





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहलाई बलवान् मुमिन (विश्वासी) कमजोर मुमिन भन्दा राम्रो र अधिक प्रिय छ, तर दुवैमा भलाई छ । तिमीले आफूलाई लाभदायक हुने कुराको लागि प्रयासरत रहनुपर्छ, अल्लाहसँग मद्दत माग्नु र हरेस नखानु । कुनै विपत्ति आइपर्यो भने यदि मैले यो गरेको भए यो र यो हुन्थ्यो भनी नभन्नु, बरु यसो भन्नु, "कदरुल्लाहि वमा शाअ फअ़ल" (अर्थात यो अल्लाहको निर्णय हो र उहाँ जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ) । किनकि 'यदि' शब्दले शैतानलाई मनभित्र खेल्ने मौका दिन्छ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रत्येक मुमिन राम्रो हुन्छ भनेर बताउनु भएको छ, तर आफ्नो ईमान, दृढ संकल्प, धन र शक्तिका अन्य पक्षहरूमा बलियो मुमिन अल्लाहलाई कमजोर मुमिन भन्दा झन् राम्रो र अधिक प्रिय हुन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले (मुमिन) विश्वासीहरूलाई संसार र परलोकमा लाभदायी कुराहरू प्राप्त गर्नका लागि असबाब (साधन) अपनाउन, महानतम अल्लाह माथि भरोसा राख्न, उहाँसँग सहयोग माग्न र उहाँमाथि तवक्कुल (पूर्ण भरोसा) गर्न उपदेश दिनुभयो। साथै नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अक्षमता, आलस्य र दुबै संसारमा लाभकारी कार्य गर्नबाट पछि हट्न अथवा लापरवाही गर्न निषेध गर्नुभयो । यदि मुमिनले अल्लाहसंग मद्दत खोज्दै र भलाइको लागि दुआ गर्दै लगनशीलताका साथ काम गर्छ, श्रोत र साधनहरूको प्रयोग गर्छ भने, त्यसपछि उसले आफ्ना सबै मामिलाहरू अल्लाहलाई सुम्पनुपर्छ। र उसलाई यसमा पूर्ण विश्वास गर्नुपर्छ कि अल्लाहको छनौट नै उसको लागि सबैभन्दा उत्तम हुनेछ। त्यसपछि यदि उसलाई कुनै विपत्ति आइपर्यो भने, उसले यसो भन्नु हुँदैन कि "यदि मैले त्यसो गरेको भए यो हुन्थ्यो"; "किनभने अरेबिक भाषाको शब्द ‘लौ’ अर्थात "यदि" भन्नाले भाग्यप्रति आपत्ति र बितेको कुरामा पश्चात्ताप उत्पन्न गरी शैतानको लागि मान्छेलाई भ्रममा पार्ने ढोका खोलिदिन्छ; । बरु भक्तले सन्तुष्टि र आत्मसमर्पणको प्रमाण दिँदै यसो भन्नु पर्छ: "कदरुल्लाहि वमा शाअ फअल" अर्थात यो अल्लाहको निर्णय हो र उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ ।" तसर्थ जे भयो त्यो अल्लाहको इच्छाअनुसार नै भयो। उहाँले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। उहाँको निर्णयलाई कसैले रोक्न सक्दैन र कसैले उहाँको आदेशलाई परिवर्तन सक्दैन।
अबू वाकिद लैसी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब हुनैनको युद्धमा निस्कनुभयो, उहाँ एक रूखको नजिकबाट गुज्रनुभयो, जुन मूर्तिपूजकहरू लागि (श्रद्धा स्थल) थियो र जसलाई 'धात अनवात' भनिन्थ्यो।, जसमा तिनीहरूले आफ्ना हतियारहरू झुण्ड्याउने गर्थे । तब केही मानिसहरूले भने: हे अल्लाहको रसूल! तिनीहरूको ‘जात अन्वात’ जस्तै हाम्रो लागि पनि एउटा ‘जातु ल्अन्वात’ बनाइदिनु होस्। यो सुनेर उहाँले भन्नुभयो: "सुब्हानल्लाह (अल्लाह पवित्र हुनुहुन्छ)! यो त ठीक त्यही कुरा हो जुन मोसेस (अलैहिस्सलाम) को समुदायले भनेका थिए: {हाम्रो लागि पनि एउटा पुज्य बनाइदिनु होस् जसरी तिनीहरूका पुज्यहरू छन्} [सूरह अल-अराफ: १३८]। अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, तिमीहरू निश्चित रूपमा आफूभन्दा अगाडिका मानिसहरूको बाटो र तरिका पछ्याउनेछौ।"
तिर्मीजी र अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हुनैनको लागि निस्कनुभयो, जुन ताएफ र मक्का बीचको एक उपत्यका हो, र उहाँसँग भर्खरै इस्लाम धर्म स्वीकार गरेका केही सहाबाहरू थिए । उनीहरू ‘जातु ल्अन्वात’ भनिने रूखको स्थानबाट गुज्रे, जसलाई बहुदेववादीहरूले सम्मान गर्थे र बर्कत (आशीर्वाद) लिनको लागि त्यसमा आफ्ना हतियारहरू र अन्य वस्तुहरू झुण्ड्याउने गर्थे । यो देखेर उनीहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई 'जातुल्-अन्वात' जस्तै एउटा रूख तोकिदिन अनुरोध गरे, ताकि उनीहरूले आशीर्वाद (बरकत) प्राप्त गर्ने उद्देश्यले आफ्ना हतियारहरू त्यसमा झुण्ड्याउन सकून्। वास्तवमा, उनीहरूले यो कार्यलाई वैध (जायज) ठानेरै अनुरोध गरेका थिए। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूको भनाइको निन्दा गर्दै र अल्लाहको महानताको वर्णन गर्दै, "सुब्हानल्लाह" भन्नुभयो र यो कथन मोसेसका समुदायको भनाइसँग मिल्दोजुल्दो छ भनेर बताउनुभयो: {हाम्रो लागि पनि एउटा देवता बनाउनुहोस् जसरी तिनीहरूका देवताहरू छन्} । जब तिनीहरूले मूर्तिहरूको पूजा गर्नेहरूलाई देखे, तिनीहरूले पनि मूर्तिपूजकहरू जस्तै आफ्ना लागि मूर्तिहरू बनाउन माग गरे, र यो तिनीहरूको शैली (मार्ग) को अनुसरण थियो। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मुस्लिमहरूले यहूदी र इसाईहरूको मार्ग पछ्याउनेछन् र उनीहरूजस्तै गर्नेछन् । उहाँको उद्देश्य यस्ता कार्यहरू विरुद्ध चेतावनी दिनु थियो ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गर्यो र भन्यो: अल्लाह र तपाईले जे चाहनुहुन्छ त्यही हुनेछ । यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमीले मलाई अल्लाहको बराबर ठहर गरेको छौ?" बरु यसो भन्नु: अल्लाहले मात्र जे चाहनुहुन्छ (त्यही हुन्छ) ।"
इब्ने माजहले र निसाईले सुनन कुब्रा मा तथा अहमदले वर्णन गरेका छन्एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गरेपछि भन्यो: "अल्लाह र तपाईंले जे चाहनुहुन्छ त्यही हुनेछ ।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो कथनको निन्दा गर्नुभयो र उनीहरूलाई बताउनुभयो कि सृष्टिको इच्छालाई अल्लाहको इच्छासँग "र" (वाव) शब्दले जोडेर भन्नु सानो शिर्क (शिर्क-ए-असघर) हो, जुन कुनै पनि मुस्लिमले भन्नु हुँदैन। त्यसपछि उहाँले: "अल्लाहले एक्लै जे चाहनुहुन्छ, त्यही हुन्छ," भन्नु पर्छ भनेर सही तरिका सिकाउनु भयो। किनभने उहाँ (अल्लाह) को चाहना सँग अरू कसैको इच्छा साथसाथै जोडनु हुँदैन।
आस्थावानहरूकी आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) म कहाँ आउनुभयो र मैले मेरो सामान राखिने सानो कपाटलाई जीवित प्राणीहरूको तस्बिर भएको पर्दाले ढाकेको थिएँ । उहाँले त्यो पर्दालाई हेर्ने बित्तिकै तान्नु भयो र उहाँको अनुहारको रंग नै रिसले परिवर्तन भयो र भन्नुभयो: "हे आइशा! न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो अल्लाहको सृष्टि कार्यमा तुलना गर्न चाहन्छन् ।" आइशा (रजि.) ले भन्नुभयो: "त्यसपछि हामीले त्यसलाई काट्यौं र त्यसबाट एक वा दुईवटा तकिया (सिरानी) बनायौं।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) आइशा (रजियल्लाहु अन्हा) को घरमा प्रवेश गर्नुभयो। उहाँले सामान राखिने सानो कपाटलाई जीवित प्राणीहरूको तस्बिर भएको पर्दाले छोपेको देख्नु भयो। यो देखेर उहाँको अनुहारको रङ्ग परिवर्तन भयो र अल्लाहको लागि रिस पोख्दै र त्यो पर्दालाई हटाउँदै भन्नुभयो: न्यायको दिन सबैभन्दा कठोर सजाय ती मानिसहरूलाई दिइनेछ जो जिवित प्राणीको तस्बिर बनाएर अल्लाहको सृष्टिको नक्कल गर्छन् । आइशा (रजि.) ले भन्नुहुन्छ: त्यसैले हामीले त्यसलाई (काटेर) एक वा दुईवटा सिरानी बनायौं ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्छ कि अल्लाहले भन्नुभयो: "आदमका सन्तानले मलाई झुटो ठहर्याउँछन्, जबकि उसलाई त्यसो गर्ने अधिकार छैन। उसले मेरो अपमान गर्छ, जबकि उसलाई त्यसो गर्ने अधिकार छैन। उसले मलाई झुठो यसरी ठहर्याउँछ कि मैले उसलाई पहिलो पटक सृष्टि गरे जस्तै पुनः सृष्टि गर्न सक्दिनँ भन्छ, जबकि दोस्रो पटक सिर्जना गर्नु पहिलो पटक सिर्जना गर्नुभन्दा सजिलो छ। उसले मेरो (अल्लाहको) छोरा छ भनेर मेरो अपमान गर्छ, जबकि म एक हुँ र मलाई कसैको आवश्यकता छैन, जबकि सारा संसार र सृष्टिलाई मेरो आवश्यकता छ, न मैले कसैबाट जन्म लिएको छु, न कोही मबाट जन्मेको छ र मेरो बराबर कोही पनि छैन ।”
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सी मा स्पष्ट पार्नुभएको छ कि सर्वोच्च र महान् अल्लाहले मूर्तिपूजकहरू र अविश्वासीहरू बारे बताउनुभयो कि तिनीहरूले उहाँलाई झूटो ठान्छन् र दोष तथा अवगुणहरू द्वारा उहाँको वर्णन गर्छन्, जबकि तिनीहरूका लागि यस्तो गर्नु उचित छैन। अल्लाहलाई झुठो भन्नु भनेको यो दाबी गर्नु हो कि जसरी अल्लाहले तिनीहरूलाई पहिलो पटक शून्यबाट सृष्टि गर्नुभयो, त्यसैगरी मृत्युपछि फेरि सृष्टि गर्न सक्नुहुन्न। त्यसैले उहाँले तिनीहरूको खण्डन गर्दै जवाफ दिनुभयो: शून्यबाट सृष्टि गर्ने अल्लाह पुनः सृष्टि गर्न सक्षम हुनुहुन्छ, बरु यो त झन् सजिलो छ। वास्तवमा, अल्लाहका लागि सृष्टि र मृत्युपछि पुनः सृष्टि गर्नु दुवै समान छन्, किनभने अल्लाह हरेक कुरामाथि पूर्ण सक्षम हुनुहुन्छ। अल्लाहलाई गाली गर्नु भनेको उहाँको छोरा छ भनी दाबी गर्नु हो। यसको खण्डन गर्दै उहाँले जवाफ दिनुभएको छ कि उहाँ एक्लै हुनुहुन्छ। उहाँ आफ्ना नाम, गुण र कर्महरूमा अद्वितीय हुनुहुन्छ। उहाँ हरेक कमी र दोषबाट मुक्त हुनुहुन्छ। उहाँ निरपेक्ष हुनुहुन्छ, जसलाई कसैको आवश्यकता पर्दैन तर सबैलाई उहाँको आवश्यकता छ। उहाँ न त कसैबाट जन्मिनुभएको हो, न कोही उहाँबाट जन्मेको छ, र उहाँको बराबर कोही छैन।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह भन्नुहुन्छ: जसले मेरो वली (मुमिन भक्त) सँग शत्रुता राख्छ, म उसको विरुद्ध युद्धको घोषणा गर्दछु । मेरो दासले मेरो निकटता प्राप्त गर्ने कर्महरू मध्ये मलाई सबैभन्दा बढी मन पर्ने फर्जहरु हुन् । मेरो भक्तले नफिलद्वारा मेरो नजिक हुने प्रयास गरिरहन्छ, यहाँसम्म म उसलाई माया गर्न थाल्छु । जब म उसलाई माया गर्छु म उसको कान बन्छु, जसबाट उसले सुन्दछ । म उसको आँखा बन्छु, जसबाट उसले देख्दछ । म उसको हात बन्छु, जसले ऊ समात्छ र म उसको खुट्टा बन्छु, जसले ऊ हिँड्छ । यदि उसले मसँग माग्यो भने म उसलाई दिन्छु र उसले शरण माग्यो भने म उसलाई शरण दिन्छु । म आफ्नो मुमिनको ज्यान लिनमा जति संकोच गर्छु, त्यति संकोच मैले गर्ने कुनै अरु कुरामा गर्दिनँ । किनभने उसलाई मृत्यु मन पर्दैन र मलाई उसलाई दुःख दिन मन पर्दैन ।"
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) हदीस कुद्सीमा बयान गर्नुहुन्छ, अल्लाहले भन्नुभएको छ : जसले मेरो वली (मुमिन भक्त) हरुमध्ये कसैलाई हानि पुर्याउँछ वा घृणा गर्छ, म उसको विरुद्ध शत्रुता र युद्धको घोषणा गर्नेछु । वली : प्रत्येक मुमिन र मुत्तकी वली हुन्, दासको आस्था र धार्मिकताको हद अनुसार भक्तले अल्लाहको वली बन्ने अवसर पाउने छ । मुस्लिमले अल्लाहले फर्ज गर्नुभएको उपासना, आज्ञापालन, हराम चीजहरूबाट टाढा बस्नु र नफिल (स्वैच्छिक उपासना) हरू द्वारा उहाँको निकटता प्राप्त गर्न सक्छ । जब अल्लाहले भक्तलाई प्रेम गर्नुहुन्छ, तब उहाँले भक्तलाई यी चार इन्द्रेणीहरूमा मद्दत गर्नुहुनेछ: उहाँले उसको कानलाई निर्देशित गर्नुहुन्छ, त्यसैले उसले परमेश्वरलाई खुशी पार्ने कुरा मात्र सुन्छ । उहाँले उसको आँखालाई निर्देशित गर्नुहुन्छ, त्यसैले उसले केवल परमेश्वरलाई खुशी पार्ने कुरा हेर्छ । उहाँले उसको हातलाई निर्देशित गर्नुहुन्छ, त्यसैले उसले आफ्नो हातले परमेश्वरलाई खुशी पार्ने कुरा बाहेक केही गर्दैन । उहाँले उसको खुट्टालाई निर्देशित गर्नुहुन्छ, त्यसैले ऊ केवल परमेश्वरलाई खुशी पार्ने कुरामा हिँड्छ । यद्यपि, उसले परमेश्वरसँग केही माग्यो भने, परमेश्वरले उसलाई जे मागेको छ त्यो दिनुहुनेछ । ऊ ‘मुस्तजाबुद्दावात’ (जसको दुआ अल्लाहले स्वीकार गर्नु हुन्छ) बन्ने छ । यदि उसले परमेश्वरमा शरण खोज्छ भने सर्वशक्तिमान परमेश्वरले उसलाई डरका कुराबाट आश्रय दिनुहुनेछ । त्यसपछि अल्लाहले भन्नुभयो: म आफ्नो मुमिन भक्तप्रति दया गर्दै उसको रूह (आत्मा) निकाल्नमा जति संकोच गर्छु, त्यति संकोच मैले गर्ने कुनै काममा गर्दिनँ । किनभने उसले मृत्युलाई घृणा गर्दछ, किनभने यसले पीडा दिन्छ र परमेश्वरले मुमिनलाई पीडा दिने कुरालाई घृणा गर्नुहुन्छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मानिसहरूमा पाइने दुई कुराहरू अविश्वास (कुफ्र) का कार्यहरू हुन्: वंशको निन्दा गर्नु र मृतकको लागि विलाप र मातम गर्नु।"
मुस्लिमले वर्णन गरेका छन्अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरू भित्र पाइने दुई कुराहरूको बारेमा कुरा गर्दै हुनुहुन्छ, जुन वास्तवमा काफिरको तरिका र इस्लाम पूर्वको नैतिकता हुन्। यी हुन्: १. मानिसहरूको वंशको निन्दा गर्नु, उनीहरूको कमजोरी औंल्याउनु र उनीहरूमाथि घमण्ड गर्नु। २. विपत्तिमा अल्लाहको निर्णयसँग रिसाउनु, ठूलो स्वरले रुनु र विचलित भएर लुगा च्यात्नु।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो?” सहाबाहरूले उत्तर दिए: “हाम्रो विचारमा गरिब त्यो व्यक्ति हो, जोसँग न रुपैयाँ-पैसा (दिर्हम) हुन्छ न त कुनै भौतिक सम्पत्ति।” यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरो समुदाय (उम्मत) को वास्तविक गरिब त्यो व्यक्ति हो, जो न्यायको दिन (कियामतका दिन) नमाज, रोजा र जकात जस्ता थुप्रै पुण्य कर्महरू लिएर उपस्थित हुनेछ। तर, उसले कसैलाई गाली गरेको हुनेछ, कसैमाथि व्यभिचारको झूटा आरोप लगाएको हुनेछ, कसैको सम्पत्ति (अवैध रूपमा) खाएको हुनेछ, कसैको हत्या गरेको हुनेछ र कसैलाई कुटेको हुनेछ। परिमाण स्वरूप, उसको पुण्यहरू बाट केही यस पीडितलाई दिइनेछ भने केही त्यस पीडितलाई बाँडिनेछ। यदि पीडितहरूको हक पूरा हुनुअघि नै उसका पुण्य कर्महरू सकिए भने, ती पीडितहरूका पापहरू उसमाथि थुपारिनेछ र अन्ततः उसलाई नर्कमा फालिनेछ।”
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबाहरू (साथीहरू) सँग सोध्नुभयोः के तिमीहरूलाई थाहा छ—गरिब (मुफ्लिस) को हो? उनीहरूले भनेः हामीमध्ये गरिब त्यो हो, जससँग धन वा सम्पत्ति हुँदैन। यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः मेरो उम्मतको वास्तविक गरिब त्यो व्यक्ति हो, जो कियामतको दिन नमाज, रोजा र जकातजस्ता पुण्य कर्महरू लिएर आउनेछ; तर उसले कसैलाई गाली गरेको हुन्छ, कसैमाथि झुटो आरोप लगाएको हुन्छ, कसैको सम्पत्ति हडपेको हुन्छ, कसैको हत्या गरेको हुन्छ आदि। त्यसैले उत्पीडित व्यक्तिहरूलाई उसका पुण्य कर्महरूबाट तिनको हक दिइनेछ। यदि सबैको हक अदा गर्नु अघि नै उसका पुण्य कर्महरू समाप्त भए भने, उत्पीडित व्यक्तिहरूका पापहरू उसकै कर्म–अभिलेखमा हालिनेछन्, र अन्ततः कुनै पुण्य बाँकी नरहेपछि उसलाई नरकमा फालि दिनेछ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसको सुन वा चाँदी छ र त्यसको जकात तिर्दैन, कयामतको दिन उसको लागि आगोका थालहरू तयार पारिनेछन् र उसलाई नर्कको आगोमा तताइनेछ, त्यसपछि उसको छेउ, निधार र ढाड डामिनेछन्। जब पनि पाटीहरू चिसो हुन्छन्, तिनीहरूलाई फेरि तताइनेछ। यो दण्ड पचास हजर वर्ष लामो दिनमा हुनेछ। जबसम्म सेवकहरू बीच फैसला हुँदैन यो जारी रहनेछ। त्यसपछि ऊ आफ्नो बाटो लाग्छ; स्वर्ग वा नर्क ।" सोधियो: हे अल्लाहका रसूल! ऊँटको बारेमा के नियम छ? उहाँले भन्नुभयो: “जसको ऊँट छ र उसले त्यसको कर (जकात) तिर्दैन र उसको हक के हो भने (आवश्यक परेका र यात्रीहरूको लागि) उसको दूध दुहुनुपर्छ। त्यसैले न्यायको दिनमा, त्यो व्यक्तिलाई ऊँटहरूको अगाडि समतल मैदानमा घोप्टो पारेर फ्याँकिनेछ र उसका सबै ऊँटहरू त्यहाँ पहिलेभन्दा मोटा हुनेछन्, र तिनीहरूबाट एउटा पनि बाछो हराउने छैन। यी ऊँटहरूले त्यो व्यक्तिलाई आफ्नो खुरले कुल्चनेछन् र मुखले टोक्नेछन्। जब तिनीहरूमध्ये अन्तिम बित्नेछ, तिनीहरूमध्ये पहिलोलाई त्यसैमा फर्काइनेछ। यो दण्ड पचास हजर वर्ष लामो दिनमा हुनेछ। (यो जारी रहनेछ) जबसम्म सेवकहरू बीच फैसला हुँदैन र तिनीहरूले स्वर्ग वा नर्कको बाटो देख्दैनन्।” भनियो : हे अल्लाहका रसूल, गाइ र बाख्राहरूको बारेमा के हुकुम छ? उहाँले भन्नुभयो: "जो मान्छे गाइ र बाख्राहरूको मालिक बन्यो र तिनको हक पूरा गरेन भने कयामतका दिन उसका गाइ बाख्राहरूको सामुन्ने एउटा समतल मैदानमा घोप्टि पारेर सुताइने छ र एउटा पनि गाइ बाख्रा कम भएको नहोला र कुनैको सिंग बाङ्गो नहोला न त कुनैको भाँचिएको होला अनि सिंङ नभएकाले पनि उसलाई आफ्नो सिङ्गले हान्ने छन् र आफ्नो खुरले कुल्चिने छन् । जब अन्तिम गाइ वा बाख्राले कुल्चेर गइ सके पछि पहिलाको गाइ वा बाख्रालाई फर्काइने छ र कुल्चाइने छ । यो सजाय यस्तो दिनमा होला जसको लम्बाइ पचास हजर वर्ष हुनेछ, यहाँसम्म कि भक्तहरू बीच फैसला भइ सक्ला, र उसले स्वर्ग वा नरकमा आफ्नो बाटो देख्नेछ ।" भनियोः हे अल्लाहका रसूल ! घोडाको बारेमा के भन्नुहुन्छ? उहाँले भन्नुभयो: घोडा तीन प्रकारका हुन्छन् : एक ती घोडाहरू जो मान्छेका लागि बोझ र पापका कारण बन्छन् । दोस्रो जो मान्छेका लागि पर्दा बन्छन् र तेस्रो जो मान्छेका लागि पूण्य र प्रतिफलको कारण बन्छ । जो घोडा मान्छेका लागि बोझ र पापका कारण बन्छन् ती घोडाहरू हुन् जो मान्छेले अरूलाई देखाउनका लागि र अभिमान एवं मुस्लिमसित मुठभेटका लागि राखेको हुन्छ । यस प्रकारको घोडा मानिसका लागि पापको कारण हुने गर्छन्। जो घोडा मानिसका लागि पर्दा बन्छन्, ती यस्ता घोडा हुन्, जसलाई मान्छेले अल्लाहको बोटोमा जिहादका लागि पालेको हुन्छ र तीनको पिठ्यूँ र गर्दनका बारेमा अल्लाहको हक भुलेको हुँदैन । यस्ता किसिमका घोडाहरू मानिसका लागि पर्दा हुने गर्छन् । जो घोडा मानिसका लागि पुण्यका कारण बन्छन्, ती यस्ता घोडा हुन्, जसलाई अल्लाहको मार्गमा मैदान वा हरियाली चरनभूमिमा बाँध्छ, त्यस घोडाले त्यहाँबाट खाएको प्रत्येक घाँसको कणको बदला उसलाई पुण्य लेखिन्छ। त्यसैगरी, घोडाले गरेको मलमूत्रको पनि उति नै संख्यामा पुण्य लेखिन्छ। यदि त्यो घोडा आफ्नो डोरी तानेर अगाडि बढ्छ र एउटा वा दुईटा उचाइ पार गर्छ, तब पनि अल्लाहले उसको प्रत्येक पाइला र मलमूत्रको बदला पुण्य लेख्नुहुन्छ। यदि त्यसको मालिक कुनै खोलानजिक पुग्छ र घोडाले त्यस खोलाबाट पानी खान्छ, यद्यपि उसले घोडालाई पानी खुवाउने सोच राखेको हुँदैन, तब पनि घोडाले पिएको प्रत्येक थोपा पानीको बदला अल्लाहले उसलाई पुण्य लेख्नुहुन्छ।
मुत्तफकुन अलैहिअल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले विभिन्न प्रकारका धनसम्पत्ति र तिनमा जकात नतिर्नेहरूलाई दिइने सजाय उल्लेख गर्नुभएको छ, जस्तै : १- सुन, चाँदी र त्यसको अधीनमामा रहेका अन्य सम्पत्ति र व्यापारिक सामानहरू । यदि तिनीहरूमाथि जकात अनिवार्य भयो र जकात तिरिएन भने, न्यायको दिनमा तिनीहरूलाई पगालेर पहिले प्लेटको रूपमा ढालिनेछ र त्यसपछि यी प्लेटहरूलाई नर्कको आगोमा तताइनेछ र तिनीहरूको मालिकको छेउ, निधार एवं पिठ्यूँमा डामिनेछ । जब तिनीहरूको ताप कम हुन्छ, तिनीहरूलाई फेरि तताइनेछ। न्यायको दिनमा दण्डको यो चक्र दिनभरि जारी रहनेछ र त्यो दिन पनि पचास हजर वर्षको हुनेछ। यहाँसम्म अल्लाहले प्राणीहरू बीच निर्णय गर्नुहुन्छ र तिनीहरू स्वर्ग वा नर्क जानेछन् भन्ने निर्णय गरिने छैन। २. यदि ऊँटको मालिकले अनिवार्य जकात अदा गर्दैन र त्यसको हकहरू जस्तै गरिब र दरिद्रहरूलाई दूध खुवाउदैन भने न्यायको दिन उसलाई कठोर सजाय दिइनेछ। त्यसका उँटहरू ठूला, मोटो र आफ्नो संख्यामा बढी हुनेछन्। त्यसपछि तिनीहरूको मालिकलाई तिनीहरूको अगाडि समतल, चौडा जमिनमा सुताइनेछ, त्यसपछि ऊँटहरूले उसलाई आफ्नो खुट्टाले कुल्चनेछन् र दाँतले टोक्नेछन्। जब पछिल्लो उँट अगाडि बढ्छ, पहिलो उँट फेरि फर्केर कुल्चनेछ। यो यातनाको चक्र न्यायको दिनभरि जारी रहनेछ, जुन पचास हजर वर्षसको हुनेछ। अन्ततः जब अल्लाह बन्दाहरूमाझ फैसला गर्नुहुन्छ, तब ऊ या त स्वर्गतर्फ जानेछ या नर्कतर्फ। तेस्रो: जो गाई वा भेडा-बाख्राको मालिक हुन्छ तर त्यसको अनिवार्य जकात अदा गर्दैन, त्यसलाई कयामतको दिन कठोर सजाय दिइनेछ। त्यसका सबै जनावरहरू पूरै संख्यामा ल्याइनेछन्, कुनै पनि कमी हुने छैन। त्यसका मालिकलाई फराकिलो, समथर भूमिमा लडाइनेछ। ती जनावरहरू पूर्ण रूपमा स्वस्थ र शक्तिशाली हुनेछन्—न कुनै भाँचिएको सिङ, न सिङबिनाका, न कुनै अपांगता भएका। तिनले आफ्ना सिङले हान्नेछन् र खुट्टाले कुल्चनेछन्। जब पछिल्लो जनावर अगाडि बढ्छ, पहिलो जनावर फेरि फर्केर उसलाई यातना दिनेछ। यो अवस्था निरन्तर रहनेछ, जबसम्म कयामतको दिनको फैसला पूरा हुँदैन। न्यायको दिनमा यो दण्डको चक्र दिनभरि जारी रहनेछ, र त्यो दिन पनि पचास हजर वर्षसम्म चल्नेछ। जबसम्म प्राणीहरू बीच निर्णय हुँदैन र तिनीहरू स्वर्ग जानेछन् वा नर्क जानेछन् भन्ने निर्णय हुनेछैन। ४.घोडा पाल्ने वाला; यसका तीन प्रकार छन् : १. आफ्नो मालिकलाई पाप गराउने घोडा। यसले प्रसिद्धि, घमण्ड वा मुस्लिमहरू विरुद्ध युद्धको लागि पालिएको घोडालाई जनाउँछ। २- जो मान्छेका लागि पर्दा बन्छन् । यसले अल्लाहको मार्गमा जिहादको उद्देश्यले राखिने घोडालाई जनाउँछ । उसलाई राम्रो व्यवहार गरिन्छ, खुवाइन्छ र हेरचाह गरिन्छ। ३. यस्तो घोडा जुन इनामको कारण बन्छ। यसले मुस्लिमहरूको लागि अल्लाहको मार्गमा जिहादको लागि राखिएको घोडालाई जनाउँछ। जब तिनीहरू चरन वा बगैंचामा हुन्छन्, त्यो चरन वा बगैंचामा तिनीहरूले जे खाने गर्छन्, तिनीहरूको लागि उनीहरूले खाने कुराको अनुपातमा पुण्य लेखिन्छ । अनि यसरी नै त्यसको मलमूत्र अनुसार उसका लागि पुण्य लेखिन्छ । यदि उसले आफ्नो डोरी भाँच्छ र एक वा दुई डाँडा माथि दौडन्छ भने, अल्लाह सर्वशक्तिमानले उसको खुट्टाको छाप र त्यस समयमा बग्ने रगतको मात्रा अनुसार उसको लागि पुण्य लेख्नुहुनेछ। यदि त्यसको मालिकले लिएर जाँदा कुनै खोलाको पानी खायो र त्यसको मालिकले नचाहेको भएपनि उसलाई त्यस अनुसारको पुण्य लेखिन्छ । त्यसपछि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई गधाहरूको बारेमा सोधियो: के गधाहरू पनि घोडा जस्तै हो? त्यसैले उनले जवाफ दिए कि गधाको बारेमा मलाई कुनै विशेष आदेश दिइएको छैन, यद्यपि, यो अद्वितीय र व्यापक श्लोक छ, जसको दायरा भित्र सबै प्रकारका असल कर्म र पापहरू आउँछन्: अनुवाद: त्यसैले जसले अणु बराबरको राम्रो काम गरेको छ उसले त्यो देख्नेछ, र जसले अणु बराबरको नराम्रो काम गरेको छ उसले त्यो देख्नेछ। (अल-जलजलाह: ७-८) अर्थात्, जसले राम्रो नियतले गधा पालेको छ उसले आफ्नो प्रतिफल आफ्नो अगाडि देख्नेछ र जसले नराम्रो नियतले गधा पालेको छ उसले आफ्नो अगाडि दण्ड देख्नेछ। यस पदको दायरामा सबै कार्यहरू समावेश छन्।