





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो कुर्आनलाई निरन्तर सम्हाली राख। अल्लाहको कसम; जसको कब्जामा मेरो प्राण छ, यो कुरआन (स्मरणबाट) बाँधिएको ऊँटभन्दा अझ चाँडो फुत्कन्छ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कुर्आनको ख्याल राख्न र यसलाई नियमित पढ्न आदेश दिनुभएको छ, ताकि एक व्यक्तिले यसलाई आफ्नो स्मरणमा कण्ठ गरेपछि नबिर्सियोस्। उनले आफ्नो शपथ खाएर यस कुरामा झन् जोड दिएका छन् कि यो कुरआन मानिसको स्मरणबाट बाँधिएको ऊँटभन्दा अझ छिटो फुत्कन्छ । यदि मानिसले ख्याल राख्यो भने त्यो रहन्छ र ध्यान दिएन भने त्यो निस्कन्छ ।
उसमान बिन अफ्फान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये सबैभन्दा उत्तम व्यक्ति त्यो हो जसले आँफु कुरआन सिक्छ र अरूलाई सिकाउँछ ।"
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहको नजरमा सबैभन्दा उत्कृष्ट मुस्लिम त्यो हो जसले कुर्आन सिक्यो, अर्थात् यसको तिलावत (पाठ) सिक्यो, यसलाई कण्ठ गर्यो, राम्रोसँग पढ्न सिक्यो र यसको अर्थ, व्याख्या र आशा अभिलाषा सिक्यो र साथै आफूसँग भएको कुर्आनको ज्ञानको अभ्यास गर्दै अरूलाई पनि सिकायो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूमा नमाज पढ्न प्रेरित गर्नुभयो, नत्र ती घरहरू चिहानहरू जस्तै बन्नेछन्, जसमा कसैले प्रार्थना गर्दैन । त्यसपछि उहाँले भन्नुभयो, वास्तवमा शैतान त्यो घरबाट भाग्छ जहाँ सुरा बकरह पढिन्छ ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा आयत पढ्छ, यी दुई आयतहरु उसको लागि पर्याप्त हुन्छन् ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, जसले रातमा सूरह बकरहको अन्तिम दुई आयत पढ्छ, अल्लाहले उसलाई दुष्ट र अप्रिय चीजहरू बाट बचाउँछन्। यो उनको लागि तहज्जुद नमाजको सट्टामा पर्याप्त छ। जबकि कतिपय विद्वानहरूले अन्य अज्कारको स्थानमा यी दुई आयत पर्याप्त रहेको बताएका छन् । यी दुई आयत नमाजमा पढ्दा पर्याप्त हुन्छ, आदि इत्यादि । माथि उल्लेख गरिएका सबै कुराहरू सही छन् र यसमा समावेश छन् ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले अल्लाहको पुस्तक (कुर्आन) को एक अक्षर पढ्छ, उसले एउटा पुण्य प्राप्त गर्दछ र एक पुण्यलाई दश गुणा दिइन्छ । ‘अलिफ- लम-मीम’ एक अक्षर हो भनेर म भन्दिनँ, यद्यपि अलिफ एक अक्षर हो, लाम एक अक्षर हो र मीम एक अक्षर हो ।"
तिर्मीजीले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जब कुनै मुस्लिमले अल्लाहको किताबको एक अक्षर पढ्छ, उसले बदलामा एक नेकी (पुण्य) पाउँछ र एक पुण्यलाई दस गुणा बढाइन्छ । त्यसपछि उहाँले प्रष्ट पार्दै भन्नुभयो, “म अलिफ, लाम, मीम एउटै अक्षर हो भन्दिनं, तर अलिफ एक अक्षर हो, लाम एक अक्षर र मीम एक अक्षर हो । यसरी तीन अक्षरलाई पढ्दा तीस पुण्य मिल्छ ।
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) हरेक समय र परिस्थितिमा अल्लाहलाई याद(स्मरण) गर्नुहुन्थ्यो ।
मुस्लिमले वर्णन गरेका छन्आइशा (रजियल्लाहु अन्हा) भन्छिन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको जिक्र गर्न धेरै उत्सुक हुनुहुन्थ्यो । उहाँ जहिले पनि हरेक समय, हरेक ठाउँ र हरेक अवस्थामा अल्लाहलाई याद गर्नुहुन्थ्यो ।
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा बाडेको छु र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ । जब भक्तले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो भक्तलेे मेरो बढाई व्यक्त गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो महिमा गरेको छ र एक पटक उहाँले भन्नुभयो: मेरो भक्तले आफ्नो सबै मामिलाहरू मलाई सुम्पेको छ । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो भक्तको बीचमा छ र मेरो भक्तले जे मागेको छ त्यही पाउनेछ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम, सिरातल्लजीन अन्अम्त अलैहिम गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो मेरो भक्तको लागि हो र मेरो भक्तले जे मागेको छ उसले त्यही पाउनेछ ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नुभएको छ, अल्लाहले हदीस कुदसीमा भन्नुभएको छ: मैले नमाजमा पढिने सूरह फातिहालाई म र मेरो भक्त बीच बाडेको छु । आधा मेरो लागि र आधा उसको लागि हो । पहिलो आधा भागमा अल्लाहको प्रशंसा र महिमाको वर्णन गरिएको छ, जसको लागि अल्लाहले भक्तलाई उत्तम इनाम दिनुहुन्छ । जबकि यसको दोस्रो भागमा बिन्ती र दुआ (प्रार्थना) समावेश छ, जुन अल्लाहले स्वीकार गर्नुहुन्छ र मानिसलाई उसले मागेको सबै चीजहरू प्रदान गर्नुहुन्छ । जब नमाज पढ्ने व्यक्तिले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो भक्तले मेरो प्रशंसा र कृतज्ञता व्यक्त गरेको छ र मैले सृष्टिप्रति गरेको उपकारलाई स्वीकार गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले मेरो महिमा गरेको छ, जुन ठूलो सम्मान हो । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो भक्त बीचको सम्बन्ध हो । यस आयतको पहिलो आधा "इयाक नाअ्बुदु" सम्म अल्लाहको लागि हो । वास्तवमा यसमा अल्लाह नै उपासना योग्य हुनुहुन्छ भन्ने कुराको घोषणा रहेको छ र पहिलो आधा यहीं समाप्त हुन्छ । जबकि यस आयतको दोस्रो भाग "व इयाक नस्तईन" सम्म हो, जुन भक्तको लागि हो, जसमा अल्लाहबाट सहायता मागिएको छ र उहाँले मद्दत गर्ने प्रतिज्ञा गर्नुभएको छ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम*, सिरातल्लजीन अन्अम्मत अलैहिम, गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो भक्तले बिन्ती र दुआ गरेको छ, मेरो भक्तले जे मागेको छ उसले त्यही पाउनेछ र मैले उसको दुआ स्वीकार गरें ।"
सईद बिन मुसैयबले आफ्नो बुबाबाट बयान गरेका छन्, उनले भन्नुहुन्छ : जब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो । त्यहाँ अबु जहल र अब्दुल्लाह बिन अबु उमैया बिन मुगिरा पहिलादेखि उपस्थित थिए । उहाँले अबु तालिब सगँ भन्नुभयो: ”हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म अल्लाहको दरबारमा यसलाई तपाईको लागि प्रमाणको रूपमा पेश गर्नेछु ।" यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: के तपाईं अब्दुल मुत्तलिबको धर्मलाई छोड्नु हुन्छ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बारम्बार कल्मा (ला इलाहा इल्लाल्लाह) पढ्न अनुरोध गरिरहनु भयो र यी दुवैले उनलाई रोक्न खोजिरहे । अन्ततः अबु तालिबले म अब्दुल मुतालिबको धर्ममा अडिग रहनेछु भनेर घोषणा गरे र ‘ला इलाह इल्लल्लाह’ लाई भन्न अस्वीकार गर्नुभयो। हदीस वाचकले भन्छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले (काकाको जवाफ सुनेर) भन्नुभयो: "अल्लाहको कसम मलाई मनाही नगरिएसम्म म तपाईंको लागि क्षमा माग्नेछु।” तब अल्लाहले यो आयत अवतरण गर्नुभयो: “नबी र आस्थावानहरूले बहुदेववादीहरूका लागि क्षमा माग्नु उपयुक्त छैन,चाहे तिनीहरू आफ्ना नजिकका आफन्त नै किन नहुन् ।” [अत-तौबा: ११३], र अल्लाहले अबु तालिबको बारेमा यो आयत अवतरण गर्नुभयो: “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।” [अल कसस: ५६]
मुत्तफकुन अलैहिजब अबु तालिबको मृत्युको समय नजिक आयो, तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ जानुभयो र उनलाई भन्नुभयो: हे काका, तपाईं 'ला इलाहा इल्लाल्लाह' भन्नुहोस्, म यही वचनको आधारमा अल्लाहको सामु तपाईंको लागि गवाही दिनेछु । यो सुनेर अबु जहल र अब्दुल्लाह बिन अबु उमैयाले भने: अबु तालिब ! के तपाईंले आफ्नो बुबा अब्दुल मुत्तलिबको धर्म छोड्नुहुन्छ? त्यो धर्म वास्तवमा मूर्तिपूजाको धर्म थियो । ती दुवैले उहाँलाई बारम्बार सोही कुरा भनिरहे, यहाँसम्म कि उहाँको अन्तिम वचन: "म अब्दुल मुत्तलिबको धर्मको अनुसरण गर्दै यो संसार छोड्दैछु" थियो । अर्थात्, उहाँले शिर्क र मूर्तिपूजक धर्ममै रहदाँ प्राण त्याग गर्नुभयो। । यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: मेरो प्रभुले मलाई मनाही नगरेसम्म म तपाईंको लागि माफी मागिरहनेछु । तसर्थ, यो आयत अवतरित भएको थियो: “बहुदेववादीहरू नरकबासी हुन् भन्ने कुरा स्पष्ट भएपछि नबी तथा आस्थावानहरूले तिनीहरूको लागि क्षमाको माग्नु उपयुक्त हुँदैन, चाहे तिनीहरू उनका नातेदार नै किन नहुन् ।" [अत-तौबा: ११३] त्यसैगरी अबु तालिबको बारेमा पनि आयत अवतरित भयो, अल्लाहले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्बोध गर्दै भन्नुहुन्छ : “तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ, तर अल्लाह जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ र उहाँले मार्गदर्शन पाउनेहरूलाई राम्ररी जान्नुहुन्छ ।” [अल कसस: ५६] अर्थात् तिमी जसलाई माया गर्छौ, उसलाई मार्गदर्शन गर्न सक्दैनौ । तिम्रो काम केवल सन्देश पुर्याउनु हो। अल्लाहले जसलाई चाहनुहुन्छ सत्यको मार्गमा डोऱ्याउनुहुन्छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "सूर्य आफ्नो अस्ताउने स्थानबाट नउदाएसम्म महाप्रलय हुने छैन । र जब मानिसहरूले सूर्यलाई अस्ताउने स्थानबाट उदाइरहेको देख्नेछन्, तब सबैले ईमान (आस्था) स्वीकार्ने छन्। यसै बखत बारे अल्लाहले भन्नुभएको छ: "त्यस दिन ईमान स्वीकार्न ले पहिले ईमान स्वीकार नगरेको वा ईमान स्वीकार गरी पुण्यकर्म नगरेको व्यक्तिलाई कुनै लाभ दिनेछैन ।[कुरआनः अल-अन्आम - ६ : १५८], र कयामत (महाप्रलय) को दिन यति छिट्टै आउनेछ, कि दुई जना मानिस कपडा किनबेच गरिरहेका हुनेछन्, तर त्यसलाई किन्न वा बेच्न र पट्याउन पाउनेछैनन्। र कयामत यसरी एक्कासि आउनेछ कि एक जना मानिस आफ्नो ऊँटनीको दूध निकालेर फर्किरहेको हुनेछ, तर त्यो दूध पिउन सक्ने छैन। र महाप्रलयको दिन यसरी अकस्मात् आउनेछ कि एक जना मानिसले आफ्नो इनारलाई माटोले लिपेर तयार पारिरहेको हुन्छ, तर त्यसबाट पानी खान सक्ने छैन । र प्रलयको दिन यसरी एकाएक आउनेछ, कि मानिसले खाना आफ्नो मुखतिर उठाउनेछ तर त्यो गास खान सक्नेछैन।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, प्रलयको दिनको ठूलो निशानीहरू मध्ये यो हो कि सूर्य पूर्वबाट नउदाएर पश्चिमबाट उदाउने छ, र जब मानिसहरूले यो देख्नेछन्, तब सबैजना अल्लाह प्रति आस्तिक हुनेछन् । तर त्यसबेला, काफिर (अविश्वासी) लाई न त ईमान स्वीकार्नले कुनै फाइदा पुर्याउँछ न त पुण्यले न त पश्चात्तापले (लाभ पुर्याउँछ) । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मानिसहरू आफ्नो दिनचर्यामा व्यस्त हुनेछन् र कयामत (प्रलय) अचानक आई पर्नेछ । र प्रलयको दिन यसरी अकस्मात् आउनेछ, कि बिक्रेताले क्रेताको अगाडि (देखाउन निम्ति) कपडा फैलाउने छ, तर न त किनबेच गर्न सक्नेछन् न त पट्याउनै सक्नेछन् । र प्रलयको दिन यसरी एक्कासी आउनेछ, कि एक व्यक्तिले आफ्नो ऊँटको दूध निकालिसकेको हुनेछ, तर पिउन सक्नेछैन। र प्रलयको दिन यसरी एकाएक आउनेछ, कि मानिसले आफ्नो पानीको कुण्डलाई माटोले लिपेर तयार पारिरहेको हुन्छ, तर त्यसबाट पानी खान मौका पाउनेछैन । र प्रलयको दिन यसरी आई पर्नेछ, कि एक व्यक्तिले गाँस मुखतिर लगिसकेको हुनेछ, तर त्यसलाई खान सक्नेछैन ।