





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन् : एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि बस्यो र भन्यो : हे अल्लाहको रसूल! मसँग झूट बोल्ने, विश्वासघात गर्ने र मेरो अवज्ञा गर्ने दुईवटा दासहरू छन् । त्यसैले म उनीहरुलाई गाली र कुटपिट गर्छु । उनीहरुसंग मैले गरेको व्यवहारप्रति के भन्नुहुन्छ ? उहाँले भन्नुभयो: "तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ र तपाईंले तिनीहरूलाई दिएको सजायको पनि हिसाब गरिनेछ ।" यदि तपाईंले दिएको सजाय तिनीहरूको पापको बराबर छ भने, तपाईं र तिनीहरू समान रूपमा छुट पाउनुहुनेछ । न तिनीहरुमाथि तपाईंको अधिकार हुनेछ न त तिनीहरुको अधिकार तपाईंमाथि । यदि तपाईंको सजाय तिनीहरूको अपराध भन्दा कम छ भने, तब तपाईं आशिष् पाउनुहुनेछ । यदि तपाईंको दण्ड तिनीहरूका पापहरू भन्दा अत्यधिक छ भने, तिनीहरूको अपराधको बदला तपाईंबाट लिइनेछ ।" (यो सुनेर) त्यो व्यक्ति चर्को स्वरले रुँदै फर्कियो अनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमी अल्लाहको पुस्तक पढ्दैनौ?" (जसमा लेखिएको छ:) "कयामतको दिन हामी सही तौलको तराजू राख्नेछौं । त्यसपछि कसैमाथि अन्याय हुनेछैन ।" त्यो व्यक्तिले भन्यो: अल्लाहको कसम! हामी एकअर्काबाट अलग हुनु भन्दा अरु केही उपाय छैन । म हजुरलाई गवाह बनाएर भन्दछु : मैले तिनीहरू सबैलाई स्वतन्त्र गरें ।
तिर्मीजीले वर्णन गरेका छन्एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आए र आफ्ना दासहरूको खराब व्यवहारको बारेमा गुनासो गर्न थाले, मेरा दासहरूले मसँग झूट बोल्छन्, विश्वासघात गर्छन् र मलाई धोका दिन्छन् । म उनीहरूलाई सही बाटोमा ल्याउन गाली र कुटपिट गर्छु । दासहरूसँग मैले गरेको व्यवहारले गर्दा कयामतको दिन यी मेरो अवस्था कस्तो हुनेछ । उहाँले भन्नुभयो: तिनीहरूले तपाईंलाई धोका दिए, तपाईंको अवज्ञा गरे र तपाईंसँग झूटो बोलेका छन्, त्यसको गणना गरिनेछ र तपाईंले तिनीहरूलाई दिएको सजायको पनि गणना गरिनेछ । यदि तपाईंले दिएको सजाय तिनीहरूको पापको बराबर छ भने, तपाईं र तिनीहरू समान रूपमा छुट पाउनुहुनेछ । न तिनीहरुमाथि तपाईंको अधिकार हुनेछ न त तिनीहरुको अधिकार तपाईंमाथि । यदि तपाईंको सजाय तिनीहरूको अपराध भन्दा कम छ भने, तब तपाईं आशिष् पाउनुहुनेछ । यदि तपाईंको दण्ड तिनीहरूका पापहरू भन्दा अत्यधिक छ भने, त्यसको मूल्य तपाईंबाट लिएर तिनीहरूलाई दिइनेछ । (यो सुनेर) त्यो मानिस चर्को स्वरले रुन थाल्यो । उसको यो अवस्था देखेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमी कुर्आन पढ्दैनौ?" अल्लाहले भन्नुभएको छ: "कयामतको दिन, हामी सही तौलको तराजू राख्नेछौं । त्यसपछि कसैमाथि अन्याय हुनेछैन । यदि रायोको दाना बराबर भएपनि हामी त्यसलाई जोख्नेछौं । भक्तहरूको हिसाब राख्नको लागि हामी नै पर्याप्तछौं ।" यो सुनेर त्यो व्यक्तिले भन्यो: अल्लाहको कसम! त्यसो भए हामीले एकअर्काबाट अलग हुनुमा नै सबैको भलाइ छ । म हजुरलाई गवाह बनाएर भन्दछु : मैले तिनीहरू सबैलाई अल्लाहको खुशीको लागि स्वतन्त्र गरें, ताकि हामी अल्लाहको अजाब (सजाय) बाट जोगिन सकौं ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, अत्यन्त हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु आए र भने: तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको तर्फ बोलाउदै हुनुहुन्छ त्यो धेरै राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? । त्यसपछि अल्लाहले यी उत्कृष्ट आयतहरू अवतरण गर्नुभयो: "र, जसले अल्लाहका साथ अन्य कसैलाई उपास्य भन्दैनन' अल्लाहले वर्जित गरेका कुनै जीवको अनाहक हत्या गर्दनन, न व्यभिचार गर्छन्।" [अल्-फुर्कान : ६८] "(हे पैगम्बर!) मेरा सेवकहरू मध्ये जसले आफूमाथि अन्याय गरेका छन् तिनीहरूलाई भन, अल्लाहको दयाबाट निराश नहोऊ ।" [अज्जुमर: ५३]
मुत्तफकुन अलैहिधेरै हत्या र धेरै व्यभिचार गरेका केही मूर्तिपूजकहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष आए र भने : तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि बोलाउदै हुनुहुन्छ त्यो राम्रो कुरा हो, तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? व्यक्तिले जतिसुकै र जति ठूला पाप गरे पनि यदि उसले सच्चा हृदयले पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप अवश्य स्वीकार गर्नुहुनेछ भनेर दुई आयतहरू अवतरण गरियो । यदि यसो नभएको भए मानिसहरूले अविश्वास र अवज्ञाको मार्गलाई निरन्तरता दिने थिए र इस्लामलाई स्वीकार गर्ने थिएनन् ।
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो: " हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ । मानिसहरू दुई प्रकारका मात्र छन्: एक निष्ठावान, जुन अल्लाहको नजरमा एकदमै प्रिय छ र अर्को दुष्ट, जुन अल्लाहको नजरमा अभागी र नीच छ । सबै मानिसहरू आदमका सन्तान हुन् र आदमलाई अल्लाहले माटोबाट सृष्टि गर्नुभएको हो । अल्लाहले भन्नुभएको छ: "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
तिर्मीजी र इब्ने हिब्बानले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो र भन्नुभयो: हे मानिसहरू! अल्लाहले तिमीहरूबाट जाहिलियतको (इस्लाम पूर्व) अहंकार, घमण्ड र तिमीहरूका पुर्खाहरूमाथि घमण्ड गर्ने चलनलाई हटाइदिनुएको छ । अब त्यहाँ दुई प्रकारका मानिसहरू मात्र छन्: एक किसिमको धर्मी, पवित्र, आज्ञाकारी र अल्लाहको उपासना गर्ने मुमिन भक्त । यद्यपि ऊ मानिसहरूको नजरमा सम्मानित वा उच्च वंशको नहोला तर अल्लाहको नजरमा उत्कृष्ट उही हो । अर्को किसिम: दुष्ट र पापी काफिर (अविश्वासी) । मानिसहरूको नजरमा जतिसुकै प्रतिष्ठित र उच्च वंशको भएपनि अल्लाहको नजरमा तुच्छ र अपमानित हो । सम्पूर्ण मानिसहरू आदमका सन्तान हुन् र अल्लाहले आदमलाई माटोबाट सृष्टि गर्नुभएको हो, त्यसैले माटोबाट जन्मेको व्यक्तिले घमण्ड र अहंकार गर्नु हुँदैन । अल्लाहको वचनले यसलाई पुष्टि गर्दछ : "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
जुबैर बिन अव्वाम (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनी भन्छन्: जब यो आयत: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} (अनि त्यस दिन तिमीहरूलाई प्राप्त सुख-सामग्रीहरूको बारेमा सोधिनेछ ।) [सूरह अल-तकासुर: ८] अवतरण भयो, तब जुबैर (रजियल्लाहु अन्हु) ले सोधे: हे अल्लाहको रसूल! हामीलाई कुन चीजहरूको बारेमा सोधिनेछ? वास्तवमा, हामीसँग केवल दुईवटा कालो चीजहरू मात्र छन्: खजूर र पानी । उहाँले भन्नुभयो: "यसो हो भने यिनै बारे हुनेछ ।"
तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्जब यो आयत अवतरित भयो: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} अर्थात्, अल्लाहले दिनुभएको आशिष्हरूप्रति तिमी आभारी छौ कि छैनौ भनेर तिमीलाई सोधिनेछ, तब जुबैर बिन अव्वाम (रजियल्लाहु अन्हु) ले सोधे : हे अल्लाहका रसूल! हामीलाई कुन आशिष्को (धन–सम्पत्ति, स्वास्थ्य, आँखा, कान, मुटु, दिमाग, शान्ति तथा सन्तान) बारेमा सोधिनेछ? हामीसँग दुईवटा मात्र चीज छन्; खजूर र पानी जुन सोधिने लायक छैन ! यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: तिमी जुन अवस्थामा छौं, त्यो आफ्नो ठाउँमा छ, तैपनि आशिष्को बारेमा सोधिनेछ । किनकि यी दुबै पनि अल्लाहका दुई ठूला वरदान हुन् ।
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "कुर्आन पढ्ने मुमिनको उदाहरण बिमिरो जस्तै हो, जसको सुगन्ध राम्रो हुन्छ र स्वाद पनि मिठो हुन्छ । कुर्आन नपढ्ने मुमिनको उदाहरण खजूर जस्तै हो, जसमा कुनै सुगन्ध हुँदैन, तर स्वाद मिठो हुन्छ । कुर्आन पढ्ने मुनाफिक (पाखण्डी, कपटी) को उदाहरण 'रैहान' (तुलसी) जस्तै हो, जसको सुगन्ध राम्रो हुन्छ, तर स्वाद तितो हुन्छ । कुर्आन नपढ्ने पाखण्डीको उदाहरण 'इन्द्रायण ' (करेला जात को फर्सी जस्तै आकारको फल) जस्तै हो, जसमा कुनै सुगन्ध हुँदैन र उसको स्वाद पनि करेला जस्तो तितो हुन्छ ।"
मुत्तफकुन अलैहियस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुर्आन पढ्ने र यसबाट लाभान्वित हुने सन्दर्भमा मानिसहरूका प्रकारहरू व्याख्या गर्नुभएको छ: पहिलो श्रेणी: त्यो मुमिन (विश्वासी) जसले कुर्आन पढ्छ र त्यसबाट लाभ उठाउँछ, ऊ बिमिरो फल जस्तै हो, जसको स्वाद मिठो, सुगन्धित र रंग पनि सुन्दर हुन्छ र यसका फाइदाहरू धेरै छन् । तसर्थ, उसले पढे अनुसार कर्म गर्छ र मानिसहरूलाई फाइदा पुर्याउछ । दोस्रो: कुरआन नपढ्ने विश्वासी खजूरजस्तै हुन्छ, जसको स्वाद मीठो हुन्छ, तर त्यसमा कुनै सुगन्ध हुँदैन। उसको हृदयमा (ईमान) विश्वासले भरिएको हुन्छ, जसरी खजूरको भित्री भाग मिठासले भरिएको हुन्छ। तर उसबाट सुगन्ध फैलिँदैन, किनभने उसले कुरआनको वाचन गर्दैन, जसलाई सुनेर मानिसहरूले सन्तुष्टि र शान्ति प्राप्त गर्न सक्थे। तेस्रो: मुनाफिक (कपटी) व्यक्ति जसले कुरआन पढ्छ, ऊ रैहान (तुलसी) जस्तै हो। जसमा मीठो सुगन्ध हुन्छ तर स्वाद तीतो हुन्छ। यसको कारण के हो भने, उसले आफ्नो हृदयलाई ईमान (विश्वास) ले सुधारेको हुँदैन र न त उसले कुरआनको पालना नै गर्छ, तर मानिसहरू सामु आफुलाई मुमिन हो भनेर देखाउँछ । मीठो सुगन्ध उसले गरेको कुर्आनको वाचनको कारण हो र तितो स्वाद उसको कुफ्र (अविश्वास) को कारणले हो । चौथो: कुरआन नपढ्ने पाखण्डी 'इन्द्रायण' जस्तै हो, जसमा कुनै सुगन्ध हुँदैन र त्यसको स्वाद पनि तीतो हुन्छ। सुगन्धको अभाव कुरआन पठनको अभाव जस्तै हो र स्वादको तीतोपन उसको कपटको तीतोपन जस्तै हो, किनकि उसको भित्री मन विश्वासविहीन हुन्छ र उसको बाह्य अवस्थाबाट पनि कुनै लाभ हुँदैन, बरु हानिकारक नै हुन्छ।
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले सुरह अल-कहफको पहिलो दश आयात (श्लोक) हरू कण्ठ गर्छ, ऊ दज्जालबाट सुरक्षित रहनेछ।" अर्को हदीसमा छ: "सुरह अल-कहफको अन्तिम दश आयातहरू।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जसले सूरा अल-कहफका पहिलो दस श्लोकहरू कण्ठ गर्छ, ऊ दज्जालको सङ्कटबाट सुरक्षित रहनेछ।" दज्जाल अन्तिम समयमा देखा पर्नेछ र आफूलाई ईश्वर भएको दाबी गर्नेछ। उसको सङ्कट आदमको सृष्टिदेखि कियामत (न्यायको दिन) सम्म पृथ्वीमा हुने सबैभन्दा ठूलो सङ्कट हुनेछ, किनकि अल्लाहले उसलाई केही असाधारण कुराहरू देखाउने शक्ति दिनुहुनेछ, जसद्वारा ऊ मानिसहरूलाई भ्रममा पार्नेछ। यी श्लोकहरूमा केही आश्चर्यकर्महरू र असामान्य कुराहरू उल्लेख गरिएका छन्, जुन दज्जालले देखाउने आश्चर्यपूर्ण कुराहरूभन्दा महान् छन्। त्यसकारण, जो कोहीले पनि ती श्लोकहरूमाथि मनन गर्छ, ऊ दज्जालको प्रलोभनको शिकार हुनेछैन। अर्को हदीसमा छ: ती आयतहरू सूरा कहफको अन्त्यमा रहेका दस आयतहरू हुन्, जुन आयत {أفحسب الذين كفروا أن يتخذوا…} बाट सुरु हुन्छ।
अबु नजीह अल-इरबाद बिन सारिया (रज़ियल्लाहु अन्हु) बाट वर्णित छ, उहाँले भन्नुभयो: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई यस्तो प्रभावकारी उपदेश दिनुभयो, जसले गर्दा हाम्रा हृदय भयले काँपे र आँखाहरूबाट आसु निस्कियो। हामीले भन्यौं, "हे अल्लाहका रसूल! यो त बिदाइको उपदेश जस्तो छ, त्यसैले हामीलाई केही उपदेश दिनुहोस्।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाहसँग डराउनु र आफ्ना शासकको आज्ञा सुन्नु र पालन गर्नु, चाहे तिम्रो शासक एक कालो दास नै किन नहोस्। मेरो पछि तिमीहरूले ठूलो मतभेद देख्नेछौ। त्यस्तो अवस्थामा मेरो सुन्नत र सही मार्गमा हिँड्ने खलीफाहरूको सुन्नतको अनुसरण गर्नु। यसलाई बंगराको दाँतले समाते झैँ दृढतापूर्वक समात्नु। धर्मको नाममा चल्ने नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने अप्रमाणित कुरा) भ्रम र पथभ्रष्टता हो।"
अबू दाउद र तिर्मीजीले वर्णन गरेका छन्एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तो प्रभावशाली उपदेश दिनुभयो जसले मानिसहरूको मन छोयो र आँखा रसायो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रभावशाली उपदेश देखेर उहाँका साथीहरूले भने: हे अल्लाहको रसूल! यो विदाई प्रवचन जस्तो देखिन्छ । तसर्थ तिनीहरूले पछि काम लाग्ने केही महत्वपूर्ण वसीयत गर्न आग्रह गरे । उहाँले भन्नुभयो: म तिमीहरूलाई अल्लाहसँग डराउन आदेश दिन्छु । अल्लाहको डरको अर्थ भनेको अनिवार्य कुराको पालना गर्नु र निषेधित कुराहरूबाट टाढा रहनु हो । त्यसैगरी, म तिमीहरूलाई शासकहरूको आदेश सुन्न र पालन गर्न आदेश दिन्छु । तिम्रो शासक कालो दास भए पनि । अर्थात् एक साधारण मानिस पनि तिम्रो शासक बन्यो भने उसको आज्ञापालन गर्नुपर्छ, ताकि द्वन्द्व र जताततै रक्तपात नहोस् । किनभने तिमीहरूमध्ये जो जीवित रहन्छ उसले धेरै विवाद देख्नेछ । त्यसपछि उहाँले तिनीहरूलाई यस असहमतिबाट बाहिर निस्कने बाटो बताउनुभयो । अर्थात्, उहाँको सुन्नत र उहाँपछि खिलाफत ग्रहण गरेका सही मार्गनिर्देशित खलीफाहरू; अबु बकर सिद्दिक, उमर बिन खत्ताब, उस्मान बिन अफ्फान र अली बिन अबू तालिब (रजियल्लाहु अन्हुम) को सुन्नत दृढतापूर्वक समात्नु पर्छ । उहाँले त्यसलाई बङ्गाराले भएपनि समात्न आदेश दिनुभयो । अर्को शब्दमा, हरेक परिस्थितिमा सुन्नतलाई पछ्याउन र पालन गर्नुपर्छ । त्यसपछि धर्मको नाममा नयाँ कुराहरू आविष्कार गर्न विरुद्ध चेतावनी दिनुभयो । किनभने धर्मको नाममा आउने हरेक नयाँ कुरा पथभ्रष्टा हो ।
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मबाट प्राप्त सन्देश अरूलाई सुनाउ, चाहे त्यो केवल एक पद किन नहोस् । र "बनू इस्राएल" ( नबी मोसेसको समूदाय ) मार्फत जे ज्ञान प्राप्त हुन्छ त्यो पनि धक नमानिकन बयान गर ।र जसले जानाजानी मेरो बारेमा झूटो बोल्छ, उसले आफ्नो घर नरकमा बनाओस् ।"
बुखारीले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनी द्वारा आएको कुर्आन र हदीसको ज्ञानलाई प्रसारण गर्न आदेश दिनुभएको छ, चाहे त्यो ज्ञान कुर्आन र हदीसको एक पद किन नहोस्। तर शर्त के छ भने त्यस ज्ञानको प्रचारप्रसार गर्ने व्यक्ति र त्यसको आह्वानकर्तालाई स्वयम नै त्यस कुराको जानकार हुनुपर्यो। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "बनू इस्राएलको" समयमा भएका यस्ता घटनाहरू जुन हाम्रो शरियतसँग विरोधाभास छैन, ती कुराहरू वर्णन गर्न कुनै समस्या छैन । त्यसपछि उहाँले उनी प्रति झूट बोल्नबाट सावधान रहनु हुन सचेत गर्दै भन्नुभयो, कि जसले म बारे जानाजानी झुटो बोल्छ, उसले आफ्नो घर नर्कमा बनाओस् ।
मिकदाम बिन माअ्दिकरिब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ । हामीले यसमा जे कुरा वैध पाउनेछौं, त्यसलाई हामी वैध मान्नेछौं र जे निषेधित पाउँनेछौं, त्यसलाई निषेध मान्नेछौं । यद्यपि, निस्सन्देह, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेध गर्नुभएको कुरा पनि त्यसरी नै हराम (वर्जित) छ जसरी अल्लाहले हराम गर्नुभएको छ ।
अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भन्नुभएको छ : यस्तो समय चाँडै नै आउने छ, जब यस्ता व्यक्तिहरू देखा पर्नेछन्, जसमध्ये एक आफ्नो ओछ्यानमा बसेको हुन्छ र उसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित हदीसको बारेमा सूचित गरिनेछ, तर उसले भन्नेछ: हामी र तिमीहरूका बीचमा फरक पार्ने कुरा पवित्र कुरआन हो, यो हाम्रो लागि पर्याप्त छ । हामीले यसमा जे वैध पाउँछौं त्यसैको अनुसरण गर्नेछौं र जे निषेधित छ, हामी त्यसबाट टाढा रहनेछौं । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभयो किय, उहाँको (हदीस) सुन्नतमा हराम वा निषेध गरेको सबै कुराहरू अल्लाहले आफ्नो पुस्तकमा निषेध गरे जस्तै नियममा छन् । किनभने उहाँ आफ्नो पालनकर्ताको दूत हुनुहुन्छ।