





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
इरबाज बिन सारिया (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हाम्रो बीचमा उभिएर यस्तो प्रभावशाली उपदेश दिनुभयो जसले हाम्रो हृदय काँप्यो र हाम्रा आँखाहरू आँसुले भरिए । कसैले भन्यो, हे अल्लाहको रसूल! तपाईंले यस्तो उपदेश दिनुभएको छ, जुन विदाई प्रवचन जस्तो देखिन्छ । त्यसैले कृपया हामीलाई केही नसीहत गर्नुहोस् । उहाँले भन्नुभयो: "अल्लाहसँग डराउनु र आफ्ना शासकहरूको आदेश सुन्नु र पालन गर्नु, चाहे शासक एक कालो दास भए पनि । तिमीहरूले मेरो पछि धेरै विवाद देख्ने छौ। त्यसैले मेरो सुन्नत र सही मार्गनिर्देशित खलीफाहरूको सुन्नतको अनुसरण गर्नु ।" यसलाई बङ्गाराले भएपनि समात्नु । धर्मको नाममा नयाँ कुराहरूबाट टाढा रहनु । प्रत्येक विदअत (धर्मको नाममा गर्ने नयाँ कुरा) भ्रम र पथभ्रष्टता हो ।"
अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्तो प्रभावशाली उपदेश दिनुभयो जसले मानिसहरूको मन छोयो र आँखा रसायो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को प्रभावशाली उपदेश देखेर उहाँका साथीहरूले भने: हे अल्लाहको रसूल! यो विदाई प्रवचन जस्तो देखिन्छ । तसर्थ तिनीहरूले पछि काम लाग्ने केही महत्वपूर्ण वसीयत गर्न आग्रह गरे । उहाँले भन्नुभयो: म तिमीहरूलाई अल्लाहसँग डराउन आदेश दिन्छु । अल्लाहको डरको अर्थ भनेको अनिवार्य कुराको पालना गर्नु र निषेधित कुराहरूबाट टाढा रहनु हो । त्यसैगरी, म तिमीहरूलाई शासकहरूको आदेश सुन्न र पालन गर्न आदेश दिन्छु । तिम्रो शासक कालो दास भए पनि । अर्थात् एक साधारण मानिस पनि तिम्रो शासक बन्यो भने उसको आज्ञापालन गर्नुपर्छ, ताकि द्वन्द्व र जताततै रक्तपात नहोस् । किनभने तिमीहरूमध्ये जो जीवित रहन्छ उसले धेरै विवाद देख्नेछ । त्यसपछि उहाँले तिनीहरूलाई यस असहमतिबाट बाहिर निस्कने बाटो बताउनुभयो । अर्थात्, उहाँको सुन्नत र उहाँपछि खिलाफत ग्रहण गरेका सही मार्गनिर्देशित खलीफाहरू; अबु बकर सिद्दिक, उमर बिन खत्ताब, उस्मान बिन अफ्फान र अली बिन अबू तालिब (रजियल्लाहु अन्हुम) को सुन्नत दृढतापूर्वक समात्नु पर्छ । उहाँले त्यसलाई बङ्गाराले भएपनि समात्न आदेश दिनुभयो । अर्को शब्दमा, हरेक परिस्थितिमा सुन्नतलाई पछ्याउन र पालन गर्नुपर्छ । त्यसपछि धर्मको नाममा नयाँ कुराहरू आविष्कार गर्न विरुद्ध चेतावनी दिनुभयो । किनभने धर्मको नाममा आउने हरेक नयाँ कुरा पथभ्रष्टा हो ।
समुरह बिन जुन्दब र मुगीरा बिन शोअबा (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जसलाई ऊ झूट भएको ठान्दछ (अर्थात् झूट हो भन्ने थाहा हुँदाहुँदै पनि वर्णन गर्छ), त्यस्तो व्यक्ति स्वयं पनि झूट बोल्नेहरूमध्ये एक ठहरिन्छ।”
رواه مسلم في مقدمتهनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जसले उहाँको नामबाट कुनै हदीस वर्णन गर्छ, र उसलाई थाहा छ, वा शंका छ, वा प्रबल अनुमान छ कि उक्त हदीस उहाँमाथि लगाइएको झूट हो भने, त्यस्तो वर्णनकर्ता पनि उक्त झूटमा सहभागी ठहरिन्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जुन व्यक्तिले जानाजानी उहाँमाथि झूटो कुरा लगाउँछ, उहाँको भनाइ वा कार्यलाई झूटो रूपमा सम्बन्धित गर्छ भने उसलाई यस झूटको बदलामा नर्कमा स्थान दिइनेछ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “ "मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले यस्ता कुराहरू बताउनेछन् जुन न त तिमीले न त तिम्रा पुर्खाले सुनेका थिए । त्यसैले तिनीहरुबाट एकदमै टाढा र होसियार रहनुपर्छ ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मेरो उम्मतको अन्त्यमा यस्ता व्यक्तिहरू जन्मिनेछन् जसले झुट बोल्ने छन् र पहिले कसैले नभनेका कथाहरू भन्ने छन् । तिनीहरूले नबीको नामम झूटा र मनगढन्त हदीसहरू भन्नेछन् । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस्ता व्यक्तिहरूबाट टाढा रहन, उनीहरूलाई नभेट्न र तिनीहरूको कुरा नसुन्न हामीलाई आदेश दिनुभएको छ; ताकि झूटा कुराहरू हाम्रो हृदयमा नबसोस्, जसबाट पछि मुक्त हुन गार्हो हुन्छ ।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुराहरू सुरक्षित राख्ने उद्देश्यले लेख्थें । तर कुरैशका केही मानिसहरूले मलाई त्यसो गर्नबाट रोके र भने, "के तिमी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुरा लेख्छौ, जबकि उहाँ एक पनि मानव हुनुहुन्छ र क्रोध र खुशीको अवस्थामा कुरा गर्नुहुन्छ ? त्यसैले मैले लेख्न बन्द गरें र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसबारे सोधे । उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: " तिमीले लेखे हुन्छ, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो (मुख) बाट सत्य बाहेक केही निस्कँदैन ।"
अबू दाऊदले वर्णन गरेका छन्अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् : मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुराहरू लिखित रूपमा सुरक्षित राख्ने उद्देश्यले लेख्नेगर्थे । तर कुरैशका केही मानिसहरूले मलाई त्यसो गर्नबाट रोके र भने, उहाँ एक मानव हुनुहुन्छ, रिस र खुशी दुवै अवस्थामा बोल्नुहुन्छ, उहाँबाट कहिलेकाहीं गल्ती हुन सक्छ, त्यसैले मैले लेख्न छोडें । त्यसपछि मैले यो कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें र उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: "तिमी लेख, कसम (अल्लाहको), जसको कब्जामा मेरो ज्यान छ, यो मुखबाट रिस र खुशी हरेक परिस्थितिमा सत्य बाहेक केही निस्कँदैन ।" अल्लाहले स्वयं रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बारेमा भन्नुभएको छ: {उहाँ आफ्नो इच्छाले केही बोल्नुहुन्न । यो केवल वही (प्रकाशना) हो जुन उहाँतर्पफ पठाइएको हो} [सूरा नजम ३-४]
अबु अब्दुर्रहमान अब्दुल्लाह बिन उमर बिन अल-खत्ताब (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: "इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
رواه البخاري ومسلمरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लाम धर्मलाई पाँच स्तम्भहरूमा खडा भएको ठोस भवनसँग तुलना गर्नुभयो र इस्लामका बाँकी विशेषताहरूलाई यस भवनका पूरक बताउनु भयो । यी पाँच स्तम्भहरू मध्ये पहिलो स्तम्भ: शहादतान (दुबै गवाही); अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद ईश्वरका दूत हुनुहुन्छ भन्ने गवाही दिनु; यी दुबै गवाहीहरू एउटै स्तम्भ हुन्, जुन एकअर्काबाट कहिले अलग हुनसक्दैन । भक्तले अल्लाह एक हुनुहुन्छ र उहाँ मात्र उपासना योग्य हुनुहुन्छ स्वीकार गर्दै आफ्नै जिब्रोले भन्नुपर्छ र यसको आशा अभिलाषालाई पुरा गर्नुपर्छ । त्यसैगरी पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) मा आस्था राख्दै उहाँको अनुसरण गर्नुपर्छ । दोस्रो स्तम्भ : सलाह (नमाज) स्थापना गर्नु, दिन रातमा पाँच फर्ज नमाजहरूलाई तिनीहरूको सर्त, स्तम्भ र अनिवार्य कार्यहरूका साथ पढ्नु पर्छ । फजर, जुहर, अस्र, मगरिब र ईशा अनिवार्य सलाहहरू हुन् । तेस्रो स्तम्भ : जकात दिनु, वास्तवमा जकात एक आर्थिक उपासना हो, शरीयतले तोकेको धनसम्पत्तिमा एक निश्चित मात्रामा निकालेर हकदार मानिसहरूलाई दिइन्छ । चौथो स्तम्भ : हज गर्नु, अल्लाहको उपासनाको लागि केही विशेष कार्यहरू गर्न मक्का जाने नाम हो । पाँचौं स्तम्भ : रमजान महिनामा उपवास बस्नु । उपवास भनेको अल्लाहको उपासना गर्ने मनसायले बिहान फजर देखि सूर्यास्तसम्म उपवास तोड्ने खानेकुरा, पेय पदार्थ र अन्य चीजहरूबाट अलग रहनुको नाम हो ।
अबु अब्दुर्रहमान अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, उनले भने: “हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म वीर्यको रूपमा जम्मा गरिन्छ, त्यसपछि अर्को ४० दिनसम्म बाक्लो र जमेको रगतको रूप लिन्छ । त्यस पछि अर्को ४० दिनमा मासुको डल्लोको रूप लिन्छ । त्यसपछि अल्लाहले एउटा फरिशता पठाउनुहुन्छ जसले अल्लाहको आदेश अनुसार त्यो व्यक्तिको जीविका, उमेर, कर्म र राम्रो वा नराम्रो हुनु बारे लेख्छ र त्यसपछि उसले त्यसमा रूह (आत्मा) हाल्छ । एक व्यक्तिले जीवनभर स्वर्गवासीहरूको कर्म गर्छ र जब उसको र स्वर्गको बीचमा एक हातको दूरी हुन्छ, त्यतिखेर उसको भाग्य उसमाथि हावी हुन्छ, र ऊ नर्कवासीहरूको कर्म गरेर नर्कमा प्रवेश गर्दछ । त्यसैगरी एक व्यक्तिले जीवनभर नर्कवासीको कर्म गर्छ र जब उसको र नर्कको बीचमा एक हातको दुरी रहन्छ तब उसको भाग्य उसमाथि हावी हुन्छ र ऊ स्वर्गवासीको कर्म गरेर स्वर्गमा प्रवेश गर्दछ ।"
رواه البخاري ومسلمअब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो; उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ, किनभने अल्लाहले उहाँलाई सत्यवान घोषित गर्नुभएको छ, उहाँले भन्नुभयो: तिमीहरु मध्ये प्रत्येकको सृष्टि जम्मा गरिन्छ, अर्थात् पुरुषले आफ्नी श्रीमतीसँग सहवास गर्दा, महिलाको पाठेघरमा स्खलन गरेको वीर्य चालीस दिनसम्म शुक्रकीट (नुत्फा) को रूपमा संकलित रहन्छ । त्यसपछि यो रगतको डल्लो (अलकह) बाक्लो र स्थिर रगतको रूप लिन्छ, यो दोस्रो चालीस दिनको अवधिमा हुन्छ । त्यसपछि यो चपाउन मिल्ने मासुको टुक्रा (मुज्गह) बन्छ र यो तेस्रो चालीस दिनको अवधिमा हुन्छ। त्यसपछि अल्लाहले एक स्वर्गदूत(फरिश्ता) पठाउनुहुन्छ, जसले तेस्रो चालीस दिनको अवधि समाप्त भएपछि त्यसमा आत्मा (रूह) हाल्छ। स्वर्गदूत (मलाइकह) लाई चार चीजहरू लेख्न आदेश दिइन्छ : पहिलो, उसको जीविका, जसमा उसको जीवनभरि प्राप्त हुने सम्पूर्ण आशीर्वाद र सुख-सुविधाहरू समावेश छन्। दोस्रो, उसको आयु, अर्थात् उसले यो संसारमा रहने अवधि हो। तेस्रो, उसको कर्म, जसले उसको जीवनभरि गर्ने कामहरू जनाउँछ।चौथो कुरा ऊ भाग्यमानी कि अभागी हुने यानि दुखी हुने कि सुखी ? त्यसपछि अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाएर भन्नुभयो कि एउटा व्यक्ति मानिसहरूको नजरमा स्वर्गवासीहरूको कर्म गरिरहन्छ, मानौ स्वर्ग पुग्नमा मात्र एक हात जतिको दुरी बाँकी हुन्छ र अचानक भाग्यमाको लेखा हावी हुन्छ र उसले नर्कवासीको कर्म गर्न थाल्दछ र ऊ नर्कमा जान्छ । किनभने कर्म स्वीकार गरिने शर्त भनेको त्यसमा अडिग रहनु र कर्मलाई परिवर्तन नगर्नु हो । अर्को व्यक्ति त्यो हो जसले मानिसहरूको नजरमा नर्कमा प्रवेश गर्ने कर्महरू गरिरहन्छ, मानौ उसको र नर्कको बीचमा मात्र एक हात जतिको दुरी बाँकी हुन्छ, र अचानक भाग्यको लेखा हावी हुन्छ र उसले असल कर्म गर्न थाल्दछ र स्वर्गमा प्रवेश गर्दछ ।
उम्मुल मोमिनीन उम्म अब्दिल्लाह आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले हाम्रो यस धर्ममा कुनै पनि नयाँ कुरा निकाल्छ जुन धर्मको भाग होइन, त्यो अस्वीकार्य मानिन्छ।" मुस्लिमको अर्को हदीसमा छ: “जसले यस्तो कर्म गर्छ जसप्रति हाम्रो आदेश छैन, त्यस्तो कर्म अस्वीकार्य मानिन्छ।”
رواه البخاري ومسلمरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ वा कुरआन र हदीसबाट प्रमाणित नभएको कुरा गर्छ भने त्यसलाई उसै तर्फ फर्काइनेछ र त्यो अल्लाहको नजरमा स्वीकार्य छैन ।
अबू हुरैरा अब्दुर्रहमान बिन सखर (रज़ियल्लाहु अन्हु) बाट वर्णित छ, उहाँले भन्नुभयो, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनें: "मैले जुन कुराबाट तिमीहरूलाई रोकेको छु, त्यसबाट टाढा रहनू र जुन कुराको आदेश दिएको छु, त्यसलाई आफ्नो सामर्थ्यअनुसार पूरा गर्नू। किनभने तिमीहरूभन्दा अघिका समुदायहरू नबीहरूसँग अत्यधिक प्रश्न गर्ने र मतभेद राख्ने कारणले नै नष्ट भएका थिए।"
رواه البخاري ومسلمहामीलाई अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट रूपमा बताउनुभएको छ, जब उहाँले हामीलाई कुनै कुराबाट रोक्नुहुन्छ, त्यसबाट बिना कुनै अपवाद टाढा रहनु अनिवार्य हुन्छ। साथै, जब उहाँले कुनै कुराको आदेश दिनुहुन्छ, त्यसलाई हामीले आफ्नो सामर्थ्यअनुसार पूरा गर्नुपर्छ। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई विगतका ती समुदायहरू जस्तो हुनबाट सचेत गराउनुभयो, जसले नबीहरू सँग अनावश्यक प्रश्न गर्ने र उनीहरूको अवज्ञा गर्ने गर्दथे, फलस्वरूप अल्लाहले उनीहरूलाई विभिन्न विपत्तिद्वारा नष्ट गरिदिनुभयो। अतः उनीहरूको जस्तै विनाशबाट बच्नका लागि हामीले त्यस्तो व्यवहार गर्नुहुँदैन।