Hedayat “A fruitful harvest”
from the gardens of “ Verses and Hadiths ”
Inspiring Dawah cards that highlight the profound meanings of Quranic verses and Prophetic Hadiths. Presented in an accessible and engaging style to help Muslims gain a deeper understanding of their faith with ease.
About Hedayat
Hedayat is a platform that combines simplicity of design and ease of use
displaying the benefits derived from Verses and Hadiths in
attractive cards with unique designs.
Unique Designs
Cards with unique and attractive designs that express the content of the text
Reliable Materials
Scientifically reliable benefits reviewed by a group of scholars
Easy Browsing
You can browse the cards easily and display them effortlessly
Different Languages
Cards are available in more than 40 languages for the benefit of all
Hadith Cards
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो गर्दन उठाएर हेर्नेछन् । उसले भन्नेछ: के तिमीहरूले यसलाई चिन्यौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छ । तब उपदेशकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो गर्दन उठाएर हेर्नेछन् । उसले भन्नेछ: के तिमीले उसलाई चिन्यौ? तिनीहरूले यसलाई चिन्नेछन् र जवाफ दिनेछन्: हो, यो मृत्यु हो । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मर्नु पर्दैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् र ईमान ल्याउँदैनन् । [सूरह मर्यम : ३९]
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभयो : मृत्युलाई न्यायको दिन भाले भेडाको रूपमा ल्याइनेछ, जसको रंग सेतो र कालो हुनेछ । त्यसपछि पुकारिनेछ: हे स्वर्गवासीहरू! तः तिनीहरू आफ्नो घाँटी र टाउको उठाउँनेछन् र आवाज सुनेपछि हेर्न थाल्नेछन् । उपदेशकले तिनीहरूलाई सोध्नेछ: के तिमीहरू यसलाई चिन्छौ ? तिनीहरूले भन्नेछन्: हो, यो मृत्यु हो । सबैले त्यसलाई हेरिरहेका थिए । त्यसकारण चिन्ने छन् । त्यसपछि पुकार्नेले पुकार्नेछ : हे नरकवासीहरू हो ! तः तिनीहरू आफ्नो घाँटी र टाउको उठाउँनेछन् र आवाज सुनेपछि हेर्न थाल्नेछन् । उसले सोध्नेछ: के तिमीहरू यसलाई चिन्छौ ? तिनीहरूले भन्नेछन्: हो, यो मृत्यु हो । तिनीहरू सबैले यसलाई देखेका थिए र चिन्ने छन् । त्यसपछि यो भेडालाई मारिनेछ र आवाज दिनेले भन्नेछन्– हे स्वर्गवासीहरू हो! अब तिमीहरू सधैंभरि बाँच्नेछौ, मृत्यु आउने छैन । हे नरकवासीहरु हो! अब तिमी सधैंभरि जीवित रहनेछौ र अब मर्ने छैनौ । मुमिन (विश्वासी) हरूले बढी आनन्द लिन सकुन र काफिर (अविश्वासी) हरूले थप पीडा महसुस गर्न सकुन भनेर यो घोषणा गरिएको हो । तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत (पद) पढ्नुभयो: {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरूअचेत अवस्थामा हुनेछन् र ईमान ल्याउँदैनन् । [सूरह मर्यम : ३९] न्यायको दिन, स्वर्गवासी र नर्कवासीहरूको बीचमा निर्णय हुनेछ र प्रत्येक व्यक्ति आ-आफ्नो निवासमा जानेछ, जहाँ उनीहरू सधैं रहनेछन् । त्यस दिन, दुष्ट व्यक्तिले राम्रो काम नगरेकोमा र लापरवाह व्यक्तिले राम्रो काममा सक्रिय रूपमा सहभागी हुन नसकेकोमा सन्ताप एवं पश्चाताप गर्नेछ ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई {बिस्मिल्ला हिर्रह्मा निर्रहीम} अवतरित नभएसम्म एउटा सूरह को अन्त्य र अर्को सूरह सुरु भएको थाहा थिएन ।"
अबू दाऊदले वर्णन गरेका छन्अब्दुल्लाह बिन अब्बास रजियल्लाहु अनहुमाले स्पष्ट पारेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि कुर्आनका सूरहहरू अवतरित गरिन्थ्यो, तर उहाँलाई एउटा सूरहको अन्त्य र अर्को सूरहको सुरुवात भएको थाहा हुँदैनथ्यो । अनि {बिस्मिल्ला हिर्रह्मा निर्रहीम} अवतरित पछि अघिल्लो सूरह समाप्त भएको छ र नयाँ सूरह सुरु हुन लागेको छ थाहा पाउनु भयो ।
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न श्लोक{उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ लाग्ने आयतहरूको पछि लाग्छन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कोही जान्दैनन् । तर ठोस र परिपक्व धर्मगुरू भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । वास्तवमा बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्छन् ।} [आलि-इमरान३: ७] को तिलावत(पाठ) गर्नुभयो । आइशा (रजियल्लाहु अन्हा) बताउँछिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीले मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्ने मानिसहरूलाई देख्नेछौ, तब बुझ्नु, कि अल्लाहले यिनीहरुकै नाम लिएका छन् र यस्ता मानिसहरूबाट टाढा रहनु ।
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको पछि लाग्छन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कोही जान्दैन । तर ठोस र परिपक्व धर्मगुरू भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । वास्तवमा बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्छन् ।} को तिलावत गर्नुभयो । यसमा, सर्वशक्तिमान अल्लाहले भन्नुभयो, उहाँ नै हुनुहुन्छ जसले आफ्नो नबीमाथि कुर्आन अवतरण गर्नुभयो, जसमा केही स्पष्ट श्लोकहरू छन्, जसका नियमहरू स्पष्ट छन् र तिनीहरूमा कुनै भ्रम छैन । यी पदहरू कुर्आनका आधर हुन् । मतभेद र असहमतिको अवस्थामा यी स्पष्ट आयतहरू अनुसार निर्णय गर्नुपर्छ । जबकि केही पदहरू यस्ता छन्, जसमा एकभन्दा बढी अर्थको सम्भावना पाइन्छ । केही मानिसहरूलाई तिनीहरूको अर्थ बुझ्न गाह्रो हुन्छ वा तिनीहरू सोच्छन्, यी पदहरू अन्य पदहरू विपरीत छन् । त्यसपछि अल्लाहले यी पदहरूसंग मानिसहरूले गर्ने व्यवहारको व्याख्या गर्नुभयो । जसको हृदय टेढोपन र रोगले भरिएको छ, तिनीहरूले स्पष्ट पदहरू छोड्छन् र सम्भवतः एक भन्दा बढी अर्थ लाग्ने पदहरू लिन्छन् । तिनीहरूको उद्देश्य शंका फैलाउने र मानिसहरूलाई भ्रमित गर्ने हो । यसरी, तिनीहरूले आफ्नो इच्छा अनुसार व्याख्या गर्न खोज्छन् , यसको विपरित, जो ज्ञानमा दृढ छन् उनीहरूले एक भन्दा बढी अर्थ लाग्ने पदहरू बुझ्छन् र तिनीहरूलाई स्पष्ट आयतहरू तिर फर्काउँछन्, ती श्लोकहरूमा विश्वास गर्छन् र सम्पूर्ण आयातहरू अल्लाहबाट आएका हुन् भनेर स्वीकार गर्छन्, त्यसैले तिनीहरू बीच कुनै विवाद छैन र विरोधाभास असम्भव छ । तर असल र विवेकशील मानिसहरूले मात्र यसबाट लाभान्वित हुन्छन् । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आइशा (रजियल्लाहु अन्हा) लाई भन्नुभयो : यदि मुतशाबिह (अनेकार्थ लाग्ने) आयतहरूको खोजीमा वा त्यसको पछि लाग्ने मानिसहरूलाई देख्नेछौं भने, तब जान्नु कि यी मानिसहरू हुन् जसको नाम अल्लाहले यस पदमा उल्लेख गर्नुभएको छ । त्यसैले तिनीहरूबाट टाढै बस्नु र तिनीहरूका कुराहरू नसुन्नुहोस् ।
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले भन्नुभएको छ: मैले सलाह (नमाज) लाई म र मेरो भक्तको बीचमा आधा-आधा विभाजित गरेको छु र मेरो दासले जे मागेको छ त्यही छ । जब भक्तले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो दासले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो दासले मेरो कृतज्ञता व्यक्त गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो दासले मेरो महिमा गरेको छ र एक पटक उहाँले भन्नुभयो: मेरो दासले आफ्नो सबै मामिलाहरू मलाई सुम्पेको छ । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो दासको बीचमा छ र मेरो दासले जे मागेको छ त्यही छ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम, सिरातल्लजीन अन्अम्मत अलैहिम गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो मेरो दासको लागि हो र मेरो दासले जे मागेको छ उसले त्यही पाउनेछ ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले वर्णन गर्नुभएको छ, अल्लाहले हदीस कुदसीमा भन्नुभएको छ: मैले सलाहमा पढिने सूरह फातिहालाई म र मेरो सेवक बीच विभाजित गरेको छु । आधा मेरो लागि र आधा उसको लागि हो । पहिलो आधा भागमा अल्लाहको प्रशंसा र महिमाको वर्णन गरिएको छ, जसको लागि अल्लाहले सेवकलाई उत्तम इनाम दिनुहुन्छ । जबकि यसको दोस्रो भागमा बिन्ती र दुआ (प्रार्थना) समावेश छ, जुन अल्लाहले स्वीकार गर्नुहुन्छ र मानिसलाई उसले मागेको सबै चीजहरू प्रदान गर्नुहुन्छ । जब सलाह पढ्ने व्यक्तिले {अल्हम्दु लिल्लाहि रब्बिल-आलमीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो दासले मेरो प्रशंसा गरेको छ । जब भक्तले {अर्रहमा निर्रहीम} भन्छ, तब अल्लाह भन्नुहुन्छ: मेरो दासले मेरो प्रशंसा र कृतज्ञता व्यक्त गरेको छ र मैले सृष्टिप्रति गरेको उपकारलाई स्वीकार गरेको छ । जब भक्तले {मालिकि यौमिद्दीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो दासले मेरो महिमा गरेको छ, जुन ठूलो सम्मान हो । जब भक्तले {इय्याक नाअ्बुदु व इय्याक नस्तईन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : यो म र मेरो दासको बीचमा हो । यस श्लोकको पहिलो आधा "इयाक नाअ्बुदु" सम्म अल्लाहको लागि हो । वास्तवमा यसमा अल्लाह नै उपासना योग्य हुनुहुन्छ भन्ने कुराको घोषणा हो र पहिलो आधा यहीं समाप्त हुन्छ । जबकि यस श्लोकको दोस्रो भाग "व इयाक नस्तईन" सम्म हो, जुन दासको लागि हो, जसमा अल्लाहबाट सहायता मागिएको छ र उहाँले मद्दत गर्ने प्रतिज्ञा गर्नुभएको छ । त्यसैले जब भक्तले {इह्दि नस्सिरातल-मुस्तकीम*, सिरातल्लजीन अन्अम्मत अलैहिम, गैरुल-मग्जूबि अलैहिम व लज्जाल्लीन} भन्छ, तब अल्लाह भन्नुहुन्छ : मेरो दासले बिन्ती र दुआ गरेको छ, मेरो दासले जे मागेको छ उसले त्यही पाउनेछ र मैले उसको दुआ स्वीकार गरें ।"
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन् : एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि बस्यो र भन्यो : हे अल्लाहको रसूल! मसँग झूट बोल्ने, विश्वासघात गर्ने र मेरो अवज्ञा गर्ने दुईवटा दासहरू छन् । त्यसैले म उनीहरुलाई गाली र कुटपिट गर्छु । उनीहरुसंग मैले गरेको व्यवहारप्रति के भन्नुहुन्छ ? उहाँले भन्नुभयो: "तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ र तपाईंले तिनीहरूलाई दिएको सजायको पनि हिसाब गरिनेछ ।" यदि तपाईंले दिएको सजाय तिनीहरूको पापको बराबर छ भने, तपाईं र तिनीहरू समान रूपमा छुट पाउनुहुनेछ । न तिनीहरुमाथि तपाईंको अधिकार हुनेछ न त तिनीहरुको अधिकार तपाईंमाथि । यदि तपाईंको सजाय तिनीहरूको अपराध भन्दा कम छ भने, तब तपाईं आशिष् पाउनुहुनेछ । यदि तपाईंको दण्ड तिनीहरूका पापहरू भन्दा अत्यधिक छ भने, तिनीहरूको अपराधको बदला तपाईंबाट लिइनेछ ।" (यो सुनेर) त्यो व्यक्ति चर्को स्वरले रुँदै फर्कियो अनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमी अल्लाहको पुस्तक पढ्दैनौ?" (जसमा लेखिएको छ:) "कयामतको दिन हामी सही तौलको तराजू राख्नेछौं । त्यसपछि कसैमाथि अन्याय हुनेछैन ।" त्यो व्यक्तिले भन्यो: अल्लाहको कसम! हामी एकअर्काबाट अलग हुनु भन्दा अरु केही उपाय छैन । म हजुरलाई गवाह बनाएर भन्दछु : मैले तिनीहरू सबैलाई स्वतन्त्र गरें ।
तिर्मीजीले वर्णन गरेका छन्एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आए र आफ्ना दासहरूको खराब व्यवहारको बारेमा गुनासो गर्न थाले, मेरा दासहरूले मसँग झूट बोल्छन्, विश्वासघात गर्छन् र मलाई धोका दिन्छन् । म उनीहरूलाई सही बाटोमा ल्याउन गाली र कुटपिट गर्छु । दासहरूसँग मैले गरेको व्यवहारले गर्दा कयामतको दिन यी मेरो अवस्था कस्तो हुनेछ । उहाँले भन्नुभयो: तिनीहरूले तपाईंलाई धोका दिए, तपाईंको अवज्ञा गरे र तपाईंसँग झूटो बोलेका छन्, त्यसको गणना गरिनेछ र तपाईंले तिनीहरूलाई दिएको सजायको पनि गणना गरिनेछ । यदि तपाईंले दिएको सजाय तिनीहरूको पापको बराबर छ भने, तपाईं र तिनीहरू समान रूपमा छुट पाउनुहुनेछ । न तिनीहरुमाथि तपाईंको अधिकार हुनेछ न त तिनीहरुको अधिकार तपाईंमाथि । यदि तपाईंको सजाय तिनीहरूको अपराध भन्दा कम छ भने, तब तपाईं आशिष् पाउनुहुनेछ । यदि तपाईंको दण्ड तिनीहरूका पापहरू भन्दा अत्यधिक छ भने, त्यसको मूल्य तपाईंबाट लिएर तिनीहरूलाई दिइनेछ । (यो सुनेर) त्यो मानिस चर्को स्वरले रुन थाल्यो । उसको यो अवस्था देखेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमी कुर्आन पढ्दैनौ?" अल्लाहले भन्नुभएको छ: "कयामतको दिन, हामी सही तौलको तराजू राख्नेछौं । त्यसपछि कसैमाथि अन्याय हुनेछैन । यदि रायोको दाना बराबर भएपनि हामी त्यसलाई जोख्नेछौं । भक्तहरूको हिसाब राख्नको लागि हामी नै पर्याप्तछौं ।" यो सुनेर त्यो व्यक्तिले भन्यो: अल्लाहको कसम! त्यसो भए हामीले एकअर्काबाट अलग हुनुमा नै सबैको भलाइ छ । म हजुरलाई गवाह बनाएर भन्दछु : मैले तिनीहरू सबैलाई अल्लाहको खुशीको लागि स्वतन्त्र गरें, ताकि हामी अल्लाहको अजाब (सजाय) बाट जोगिन सकौं ।
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो कुर्आनलाई निरन्तर पढिरहनुहोस् । कसम अल्लाहको; जसको हातमा मेरो प्राण छ, त्यो कुरआन डोरीमा बाँधिएको ऊँटले आफ्नो साङ्ला भाँचेर भाग्ने भन्दा छिटो भाग्छ ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कुर्आनको ख्याल राख्न र यसलाई कडाईका साथ पढ्न आदेश दिनुभएको छ, ताकि एक व्यक्तिले यसलाई आफ्नो छातीमा कण्ठ गरेपछि बिर्सनु हुँदैन । यो कुरामा जोड दिन उहाँले कसम खाएर भन्नुभयो, ऊँटले आफ्नो साङ्ला भाँचेर भाग्ने भन्दा छिटो यो कुरआन मानिसको छातीबाट निस्कन्छ । यदि मानिसले ख्याल राख्यो भने त्यो रहन्छ र ध्यान दिएन भने त्यो भाग्छ ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले रातमा सूरह अल-बकरहको अन्तिम दुईवटा श्लोकहरू पढ्छ, त्यो उसको लागि पर्याप्त हुन्छन् ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, जसले रातमा सूरह बकरहको अन्तिम दुई श्लोकहरू पढ्छ, अल्लाहले उसलाई दुष्ट र अप्रिय चीजहरूबाट बचाउन पर्याप्त हुनुहुन्छ । कतिपय विद्वानहरूले भनेका छन्, यो उनको लागि तहज्जुद नमाजको सट्टामा पर्याप्त छन् । जबकि कतिपय विद्वानहरूले अन्य अज्कारको स्थानमा यी दुई श्लोक पर्याप्त रहेको बताएका छन् । जबकि कोही मानिसहरू भन्छन् रातको नमाजमा कम्तिमा दुई पदहरू पढ्दा पर्याप्त छ, आदि इत्यादि । माथि उल्लेख गरिएका सबै कुराहरू सही छन् र यसमा समावेश छन् ।
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरिकी छिन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।" तीनवटै सुरत पढेर सकेसम्म शरीरमा दुवै हत्केलाहरूले मसह (दल्नु) हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरुवात गर्नुहुन्थ्यो र यसरी तीन पटक गर्नु हुन्थ्यो ।
बुखारीले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को तरीका के थियो भने जब उहाँ सुत्न ओछ्यानमा जानुहुन्थ्यो, उहाँले आफ्ना दुबै हत्केलाहरू एकसाथ जम्मा गरेर माथि उठाउनुहुन्थ्यो (जसरी दुआ गर्नेले गर्छ) अनि त्यसमा अलिकति थुक मिसाएर फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।" तीनवटै सुरत पढेर सकेसम्म सम्पूर्ण शरीरमा दुवै हत्केलाहरूले मसह गर्नु (दल्नु) हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरु गर्नुहुन्थ्यो र यसरी तीन पटक दोहोर्याउनु हुन्थ्यो ।
अदी बिन हातिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट छन् ।"
तिर्मीजीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन्, किनभने तिनीहरूले सत्य थाहा पाएर पनि सत्यको अनुसरण गरेनन् । जबकि क्रिस्चियनहरू एक भ्रामक सम्प्रदाय हुन् जसले ज्ञान बिना अभ्यास गर्दछन् ।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ, पढ्दै गर्नुहोस् र माथि बढ्दै जानुहोस् । तपाईंले जसरी संसारमा तिलावत गर्नुहुन्थ्यो त्यस्तै पढ्नुहोस् । तपाईंको जहाँ अन्तिम आयत (श्लोक) समाप्त हुन्छ, त्यहाँ तपाईंको गन्तव्य हुनेछ ।"
अबू दाऊदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कुरआनलाई सधैं पढ्ने, हिफ्ज गर्ने र त्यही अनुसार कर्म गर्ने व्यक्तिलाई जन्नतमा प्रवेश गरिसकेपछि भनिनेछ : कुरआन पढ्दै गर्नुहोस् र माथि चढ्दै जानुहोस् । तपाईंले जसरी संसारमा सम्झेर मनन गर्दै विस्तारै तिलावत गर्नुहुन्थ्यो त्यस्तै पढ्नुहोस्; तपाईंको जहाँ अन्तिम आयत (श्लोक) समाप्त हुन्छ, त्यहाँ तपाईंको गन्तव्य हुनेछ ।