





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अदी बिन हातिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले हरेक व्यक्तिसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ, जहाँ उहाँ र व्यक्तिबीच कुनै अनुवादक हुनेछैन। व्यक्तिले आफ्नो दायाँतर्फ हेर्नेछ र आफूले (परलोकका लागि) अघि पठाएका कर्महरू बाहेक अरू केही देख्नेछैन। उसले आफ्नो बायाँतर्फ हेर्नेछ र त्यहाँ पनि आफ्ना विगतका कर्महरू बाहेक केही देख्नेछैन। अनि उसले आफ्नो अगाडि हेर्नेछ र आफ्नो मुहारको ठिक सामुन्ने नर्क (जहन्नम) बाहेक केही देख्नेछैन। तसर्थ, खजूरको आधा टुक्रा दान गरेरै भए पनि आफूलाई नर्कको आगोबाट जोगाऊ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि कियामत (प्रलय) को दिन प्रत्येक मोमिन अल्लाहको अगाडि एक्लै उपस्थित हुनेछ। त्यस समय अल्लाहले उससँग प्रत्यक्ष संवाद गर्नुहुनेछ र उहाँहरूको बीचमा कुनै अनुवादक वा मध्यस्थकर्ता हुनेछैन। अत्यधिक भयका कारण अगाडि रहेको जहन्नम (नरक) को आगोबाट बच्नका लागि कुनै मार्ग वा उपायको खोजीमा उसले आफ्नो दायाँ र बायाँतर्फ हेर्नेछ। "तर जब उसले आफ्नो दायाँतर्फ हेर्नेछ, उसले केवल आफ्ना सत्कर्महरू (असल कार्यहरू) मात्र देख्नेछ। र जब उसले आफ्नो बायाँतर्फ हेर्नेछ, उसले केवल आफ्ना दुष्कर्महरू (खराब कार्यहरू) मात्र देख्नेछ। र जब उसले आफ्नो अगाडि हेर्नेछ, उसले नर्कको अग्निबाहेक केही देख्ने छैन। ऊ त्यसबाट भाग्न पनि सक्दैन; किनकि उसले अनिवार्य रूपमा ‘सिरात’ (पुल) पार गर्नुपर्ने हुन्छ। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: ‘दान र अन्य कल्याणका कर्म गरेर आफू र नर्कको आगोबीच सुरक्षाको ढाल बनाऊ, चाहे त्यो आधा खजुर नै किन नहोस्।
उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही मानिसहरू आए। उहाँले नौ जनाबाट बैअत (वचनबद्धता) लिनुभयो तर एक जनाबाट लिनुभएन। त्यसैले उनीहरूले सोधे: "हे अल्लाहका रसूल! हजुरले नौ जनाबाट वचनबद्धता लिनुभयो र एक जनाबाट लिनुभएन!" उहाँले जवाफ दिनुभयो: "उसले तावीज लगाएको छ।" त्यसपछि त्यो मानिसले आफ्नो हात भित्र हाल्यो र तावीजलाई चुँडाएर फ्याँकिदियो । अनि उहाँले उसबाट पनि बैअत लिनुभयो र भन्नुभयो: "जसले तावीज झुण्ड्याउँछ, उसले शिर्क गर्छ ।"
अहमदले वर्णन गरेका छन्एक समूह नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो, तिनीहरूको संख्या दश थियो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरुमध्ये ९ जनाबाट इस्लाम र त्यसप्रति वफादारीको बैअत (वचनबद्धता/प्रतिज्ञा) लिनुभयो, तर एक जनाबाट लिनुभएन । जब यसको बरेमा सोधियो त उहाँले जवाफ दिनुभयो कि उसले तावीज झुण्ड्याएको छ। यो मोती, धागो वा अन्य चीजहरूबाट बनेको हुन्छ र दुष्ट शक्ति, हानि तथा विपत्तिबाट जोगिन घाँटी आदिमा लगाइन्छ। यो सुनेर, त्यस मानिसले ताबीज भएको ठाउँमा आफ्नो हात लग्यो र त्यसलाई काटेर फालिदियो। त्यसपछि मात्र नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ऊसँग वफादारीको प्रतिज्ञा (बैअत) लिनुभयो। उहाँले ताबीज विरुद्ध चेतावनी दिँदै त्यसको धार्मिक आदेश (हुक्म) यसरी बताउनुभयो: "जसले ताबीज झुण्ड्याउँछ उसले शिर्क गर्छ ।"
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्नुहुन्थ्यो: ‘अऊजु बिल्लाहिल्-अजीम्, व बिवज्हिहिल्-करीम्, व सुल्तानिहिल्-कदीम्, मिनश्-शैतानिर्रजीम्’ (अर्थ: "म महान अल्लाह, उहाँको सम्मानित अनुहार र उहाँको शाश्वत सत्ताको माध्यमबाट धिक्कारिएको शैतान विरुद्ध शरण चाहन्छु।")। उहाँले सोध्नुभयो: "के यति नै हो?" मैले भनेँ: "हो।" उहाँले भन्नुभयो: "जब कोही (मस्जिदमा प्रवेश गर्दा) यो दुआ पढ्छ, शैतानले भन्छ: ‘यो व्यक्ति आज पूरा दिन मबाट सुरक्षित भयो’।"
अबू दाऊदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्दा यो (दुआ) पढ्नुहुन्थ्यो: (अऊजु बिल्लाहिल्-अजीम्) म अल्लाह र उहाँका गुणहरूद्वारा शरण चाहन्छु । (व बिवज्हिहिल्-करीम्) र उहाँको महिमामय (करीम)अनुहारको माध्यमबाट— उहाँ, जो परम दाता र सर्वश्रेष्ठ दानशील हुनुहुन्छ। (व सुल्तानिहि) अर्थात् उहाँको प्रभुत्व, महिमा र सृष्टिमध्ये जसमाथि चाहनुहुन्छ, उसमाथि स्वामित्व प्राप्त गर्ने उहाँको शक्ति र (अल-कदीम्) उहाँको अनादि र अनन्त प्रभुत्वको माध्यमले। (मिनश्-शैतानिर्रजीम्) अल्लाहको कृपाबाट बहिष्कृत र धुत्कारिएको शैतानबाट (बच्न) अल्लाहको शरण चाहन्छु। अर्थात्: हे अल्लाह! मलाई उसको ‘वसवसा’ (मनमा आउने कुविचार), पथभ्रष्ट पार्ने बहकाउ, उसका चालहरू , दुष्प्रभावहरू, पापलाई आकर्षक देखाउने भ्रम र मार्गभ्रष्ट पार्ने कार्यबाट रक्षा गर्नुहोस्। किनकि, ऊ नै पथभ्रष्टताको मूल कारण र अज्ञानता एवम् विचलनतर्फ धकेल्ने मुख्य प्रेरक हो।" अब्दुल्लाह बिन अम्रलाई सोधियो: "यति नै हो?" अर्थात् के अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यति मात्र भन्नु भएको थियो? उनले भने: हो, यति मात्र भन्नु भएको थियो । मस्जिदमा प्रवेश गर्ने क्रममा यदि कसैले यो दुआ पढ्दछ भने, शैतानले भन्दछ:"यस व्यक्तिले आजको दिन र रातभरका लागि मबाट आफूलाई सुरक्षित राखेको छ।"
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै भन्नुहुनेछ: “हे स्वर्गवासीहरू!” तिनीहरूले उत्तर दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी उपस्थित छौं र सम्पूर्ण भलाइ हजुरकै हातमा छ।” अल्लाहले सोध्नुहुनेछ: “के तिमीहरू सन्तुष्ट छौ?” तिनीहरूले भन्नेछन्: “हामी किन सन्तुष्ट नहुने? जब कि हजुरले हामीलाई यस्ता वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्ना सृष्टिहरूमध्ये अरू कसैलाई दिनुभएको छैन। ” तब अल्लाहले भन्नुहुनेछ: “म तिमीहरूलाई योभन्दा पनि उत्तम उपहार दिनेछु।” तिनीहरूले सोध्नेछन्: “हे हाम्रा पालनकर्ता! योभन्दा उत्तम कुरा अरू के हुन सक्छ र?” तब अल्लाहले घोषणा गर्नुहुनेछ: “म तिमीहरूलाई मेरो ‘महा-प्रसन्नता’ (रजामन्दी) प्रदान गर्दछु, र अब उप्रान्त म तिमीहरूसँग कहिल्यै अप्रसन्न हुनेछैन।”
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले स्वर्गवासीहरूलाई सम्बोधन गर्दै सोध्नुहुनेछ: “हे स्वर्गका वासीहरू हो!” उनीहरूले जवाफ दिनेछन्: “हे हाम्रा पालनकर्ता! हामी पूर्ण निष्ठा र तत्परताका साथ उपस्थित छौं, र हामी सदैव हजुरको असीम दयाको अपेक्षा गर्दछौं। अल्लाहले सोध्नुहुनेछ: 'के तिमीहरू सन्तुष्ट छौ?' तिनीहरूले जवाफ दिनेछन्: 'हो, हामी सन्तुष्ट छौं। जब हजुरले हामीलाई ती वरदानहरू प्रदान गर्नुभएको छ, जुन हजुरले आफ्नो सृष्टिका अन्य कसैलाई पनि दिनुभएको छैन, त हामी किन सन्तुष्ट नहुने? तब अल्लाहले भन्नुहुनेछ: 'के म तिमीहरूलाई योभन्दा पनि उत्तम कुरा प्रदान नगरूँ?' तिनीहरूले भन्नेछन्: ‘हे अल्लाह! यसभन्दा उत्तम अरू के हुन सक्छ र?’ तब अल्लाहले भन्नुहुनेछ: ‘म तिमीहरूलाई मेरो अनन्त सन्तुष्टि (प्रसन्नता) प्रदान गर्दछु, जसपश्चात् म तिमीहरूसँग कहिल्यै पनि क्रोधित हुने छैन।’
अबुजर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: "कसैले पनि अर्कोलाई अनैतिकता र अविश्वासको आरोप लगाउनु हुँदैन, किनकि यदि त्यो व्यक्ति भने जसो होइन भने आरोप उसैतिर फर्किनेछ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कसैलाई "तिमी फासिक (पापी) हौ" वा "तिमी काफिर हौ" भन्नु विरुद्धमा चेतावनी दिनुभएको छ। किनभने यदि अगाडिको व्यक्ति अपराधी वा काफिर होइन भने आरोप लगाउने व्यक्ति नै दोषको हकदार हुनेछ र उसले भनेको कुरा उसैतिर फर्किनेछ। यदि उनले भनेको कुरा सत्य हो भने, वक्तालाई कुनै हानि हुनेछैन किनभने उनले भनेको कुरा सत्य हो।
अबू तल्हा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "फरिश्ताहरू त्यस घरमा प्रवेश गर्दैनन्, जहाँ कुकुर वा तस्बिर ( जीवन्त कुराको चित्र वा मूर्ति) हुन्छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि जुन घरमा कुकुर वा सजीव प्राणीहरूका तस्बिर (चित्र वा मूर्तिहरू) हुन्छन्, त्यस्तो घरमा रहमत(दया) का स्वर्गदूतहरू प्रवेश गर्दैनन्। यो यसकारण हो कि जीवित प्राणी (आत्मा भएका) को तस्बिर (चित्र वा मूर्ति) बनाउनु गम्भीर पाप हो; किनकि यसमा अल्लाहको सिर्जनाको नक्कल र त्यससँग प्रतिस्पर्धा गर्ने कुरा हुन्छ र यो शिर्क (बहुदेववाद) का माध्यमहरूमध्ये एक हो र तीमध्ये कतिपय त अल्लाहबाहेक पूजा गरिने वस्तुहरूको चित्र हुन्छन्। फरिश्ताहरू कुकुर भएको घरमा प्रवेश नगर्नुको कारण यो हो कि कुकुरले धेरै नजिस (अशुद्ध) वस्तुहरू खाने गर्दछ, र कतिपय कुकुरहरूलाई शैतान भनिन्छ। फरिश्ताहरू शैतानको विपरीत हुन्छन्। साथै, कुकुरको दुर्गन्धका कारण पनि फरिश्ताहरू प्रवेश गर्दैनन्, किनकि उनीहरू दुर्गन्धबाट कष्ट महसुस गर्छन्। यसबाहेक, कुकुर पाल्न निषेध गरिएको छ। तसर्थ, कुकुर पाल्ने व्यक्तिलाई सजायस्वरूप रहमतका फरिश्ताहरूको प्रवेश, उनीहरूको प्रार्थना, क्षमा याचना (इस्तिग्फार), घरमा बर्कत (आशीर्वाद) तथा शैतानको हानिबाट सुरक्षा जस्ता कुराहरूबाट वञ्चित गरिन्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "फरिश्ताहरू(स्वर्गदूत) त्यस्तो समूहको साथमा रहँदैनन् जहाँ कुकुर वा घण्टी हुन्छ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: स्वर्गदूतहरू यात्रामा यस्तो समूहको साथमा रहँदैनन् , जसमा कुकुर हुन्छ वा जनावरहरूको घाँटीमा घण्टी झुण्डिएको हुन्छ र हिँड्दा आवाज निस्किन्छ।
अब्दुर रहमान बिन समुरा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरु तागूत (अल्लाह बाहेक अन्य असत्य कुराहरू) को कसम नखाऊ न त आफ्ना पुर्खाहरूको ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ‘तागूत’ को कसम खान निषेध गर्नुभएको छ। ‘तागूत’ शब्द ‘तागीयह’ को बहुवचन हो, जसले ती मूर्तिहरू र लाई जनाउँछ जसको उपासना बहुदेववादीहरूले अल्लाहबाहेक गर्ने गर्दथे। यिनै मूर्तिहरू उनीहरूले गर्ने सीमा उल्लङ्घन र कुफ्र (अविश्वास) को कारण थिए। त्यसैगरी, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुर्खाहरूको नाममा कसम खान निषेध गर्नुभएको छ; किनकि जाहिलियत (इस्लामपूर्वको अज्ञानता) को युगमा अरबहरूमा आफ्ना पुर्खाहरूको नाममा गर्व र श्रद्धापूर्वक शपथ लिने चलन थियो।
बुरैदह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।"
अबू दाउद र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अमानत को नाममा शपथ खानुबाट रोक्नुभएको छ र यसको बारेमा चेतावनी दिनुभएको छ र जसले त्यसो गर्छ त्यो हामी (इस्लाम) मध्ये होइन।