





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुस्लिम त्यो हो जसको बोली र हातबाट मुस्लिमहरू सुरक्षित रहन्छन् र साँचो मुहाजिर (अल्लाहको निम्ति कुनै कुरा ठाउँ त्यग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि पूर्ण मुस्लिम त्यो हो, जसको बोली बाट अन्य मुस्लिमहरू सुरक्षित रहन्छन्। त्यसै गुण स्वरुप उसले अरू मुस्लिमहरूलाई गाली गर्दैन, श्राप दिँदैन, चुक्ली लगाउँदैन, छुल्याइँ गर्दैन र अन्य कुनै पनि तरिकाले आफ्नो बोलीद्वारा दुःख दिँदैन। त्यसैगरी उसको हातबाट (दुर्व्यवहारबाट) पनि मानिसहरू सुरक्षित हुन्छन्; उसले कसैलाई कष्ट दिँदैन, आक्रमण र अत्याचार गर्दैन, कसैको सम्पत्ति अनुचित रूपमा लिँदैन, र यस्तै अन्य खराब काम गर्दैन। र वास्तविक 'मुहाजिर' (त्याग गर्ने) त्यो हो जसले अल्लाहले निषेध गर्नुभएको कुरालाई त्याग्छ ।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो: जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, रसूल अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस् र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो)। "कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछ।"
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट रूपमा बताउँछन्, जसले अज़ानको समाप्ति पछि यो शब्द उच्चारण गर्छ: "(اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ) हे अल्लाह! यो आह्वानका पालनकर्ता ! (التَّامَّةِ) यो पूर्ण र सम्पूर्ण आह्वान, जसले तौहीद (एकेश्वरवाद) र नबीीको सन्देशलाई प्रकट गर्छ। साथै, यो स्थायी नमाज (وَالصَّلاَةِ القَائِمَةِ) जसको स्थापना गरिनेछ। (مُحَمَّدًا الوَسِيلَةَ) तपाईं मुहम्मदलाई वसीला प्रदान गर्नुहोस्, जुन स्थान केवल उहाँलाई मात्र शोभा दिन्छ। उहाँलाई (وَالفَضِيلَةَ) फजीलत प्रदान गर्नुहोस्। उहाँलाई त्यो (مَقَامًا مَحْمُودًا) महिमित स्थान प्रदान गर्नुहोस्, जुन दिन कियामतमा सबैले प्रशंसा गर्नेछन्। यो स्थान तपाईंले उहाँलाई आफ्नो वचनअनुसार प्रदान गर्नु हुनेछ: {आशा छ, तपाईंको पालनकर्ताले उहाँलाई प्रशंसित स्थानमा पठाउनुहुनेछ}।" जसले यो दुआ पढ्छ, कियामतको दिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सिफारिस पाउन निश्चित हुन्छ।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मेरा सहाबाहरूलाई गाली नगर। (अल्लाहको कसम!) यदि तिमीहरूमध्ये कसैले उहुद पर्वत समान सुन खर्च गरे पनि, त्यो उनीहरूको एक 'मुद' (दुई हत्केलाको नाप) वा त्यसको आधा अंशको बराबरीमा पुग्न सक्नेछैन।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूलाई गाली–गलौज गर्न कडाइका साथ निषेध गर्नुभएको छ, विशेष गरी मुहाजिर (मक्का वा अन्य ठाउँ बाट बसाई सारेका हरू) र अन्सारहरूमध्येका ती अग्रजहरू (साबिकुन अव्वलुन) को हकमा, जसले सर्वप्रथम इस्लाम स्वीकार गरेका थिए।। उहाँले स्पष्ट गर्नुभयो कि यदि कुनै व्यक्तिले उहुद पर्वत जत्रो सुन दान गरे पनि, त्यो सहाबाहरूमध्ये कुनै एक जनाले दिएको एक 'मुद्द' वा त्यसको आधा जति दानको पुण्यफलको बराबर पनि हुन सक्दैन। यहाँ ‘मुद्द’ भन्नाले एक सामान्य पुरुषका दुवै हथेलाले भरिने परिमाणलाई जनाउँछ। यो सहाबाहरूको उच्च निष्कपटता (इख्लास), नीयतको सत्यता, तथा मक्का विजयअघि अत्यन्त कठिन परिस्थितिमा गरिएको खर्च र जिहादमा अग्रता (सब्क) का कारण हो, जब त्यस्ता त्याग र बलिदानको अत्यधिक आवश्यकता थियो।
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी भन्छन्: नबी (सलल्लाहु अलैहि वसल्लम) ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर नबी र दूतहरू बाहेक।
तिर्मीजीले वर्णन गरेका छन्नबी (सलल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, अबु बकर सिद्दीक र उमर फारूक (रजियल्लाहु अन्हुमा) नबीहरू पछिका सबैभन्दा उत्कृष्ट मानिसहरू हुन् र नबीहरू र दूतहरूपछि स्वर्ग प्रवेश गर्ने सबैभन्दा उत्कृष्ट व्यक्ति हुन्।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो: "हसन र हुसैन (रजियल्लाहु अन्हुमा) स्वर्गका युवाहरूका सरदार हुन्।"
तिर्मीजी र अहमदले वर्णन गरेका छन्नबी (सलल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभयो कि उहाँका दुई नाति, हसन र हुसैन (अली इब्न अबी तालिब र फातिमा बिन्ते नबी), ती सबै युवाहरूका सरदार हुन् जसको निधन युवा अवस्थामा भयो र जो स्वर्ग प्रवेश गर्नेछन्। अथवा यसको अर्थ यो हो कि हसन र हुसैन स्वर्गका युवाहरूका सरदार हुन्, तर नबीहरू र खलीफा राशिदीनहरु बाहेक।
तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : “जहाँसम्म दिन र रात पुग्छन्, त्यहाँसम्म यो धर्म अवश्य पुग्नेछ। अल्लाहले कुनै पनि कच्चा वा पक्का घर (सहर, नगर र गाउँ) बाँकी राख्नुहुने छैन, जहाँ यो धर्म प्रवेश गर्नेछैन; चाहे सम्मानका साथ होस् वा अपमानका साथ। अल्लाहले इस्लामद्वारा सम्मान प्रदान गर्नुहुनेछ र कुफ्रद्वारा अपमानित गर्नुहुनेछ।” तमीम अल-दारी (रजियल्लाहु अन्हु) भन्नुहुन्थ्यो: “मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथनको सत्यता आफ्नै परिवारका सदस्यहरूमा देखेको छु। तिनीहरूमध्ये जो मुस्लिम भए, उनीहरूले भलाई, सम्मान र इज्जत पाए; र जो काफिर रहे, उनीहरूले अपमान, तिरस्कार र जिजिया भोग्नुपर्यो।”
अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भविष्यवाणी गर्नु भएको छ कि इस्लाम धर्म पृथ्वीको कुनाकाप्चा र सबै भागहरूमा फैलिनेछ। जुनसुकै ठाउँमा दिन र रात पुग्छ, त्यहाँ यो धर्म अवश्य नै पुग्नेछ। सहर, नगर, गाउँ वा मरुभूमिमा कुनै पनि कच्चा वा पक्का घर भए पनि अल्लाहले त्यहाँ इस्लाम धर्म अवश्य पुर्याउनु हुनेछ । जसले यस धर्मलाई स्वीकार गर्छ र यसमा आस्था राख्छ, इस्लामले उसलाई गौरवान्वित तुल्याउने छ। तर जसले यसलाई अस्वीकार गर्छ र कुफ्र गर्छ, ऊ कुफ्रकै कारण अपमानित हुनेछ। त्यसपछि तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले भन्नुभयो कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को यो कथनको सत्यता मैले आफ्नै परिवारका सदस्यहरूमा देखेको छु। तिनीहरूमध्ये जो मुस्लिम भए, उनीहरूले भलाइ, मान र इज्जत पाए; र जो काफिर रहे, उनीहरूले 'जिजिया' तिर्न साथै अपमान पनि पाए।
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, उहाँले भन्नु हुन्छ कि: मैले भने: हे अल्लाहको रसूल! "इब्न जुदआनले" जाहिलियत (इस्लाम पूर्व) को समयमा नातागोतालाई कायम राख्थे, गरिबहरूलाई खाना खुवाउँथे। के यो उनको लागि पुण्य-जनक हुनेछ ? उहाँले भन्नुभयो: "यी कर्महरुले उसलाई केही फाइदा दिने छैन किनभने उसले कहिल्यै पनि भनेन: हे मेरो प्रभु, प्रलयको दिन मेरो पाप क्षमा गरी दिनु होला ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले "अब्दुल्लाह बिन इब्न जुदआन"को बारेमा जानकारी दिनुभएको छ । जो इस्लामपूर्व कुरैशका प्रमुखहरू मध्ये एक थियो । उनले इस्लामले गर्न प्रोत्साहित गरेका पुण्य कार्यहरु जस्तै आफन्तसँग राम्रो व्यवहार गर्नु, सुख दु:खमा नाता कायम राख्नु र गरिबहरूलाई खाना खुवाउनु जस्ता धेरै राम्रा कामहरू गरेका थिए, तर यी कर्महरूले उनलाई परलोकमा कुनै फाइदा दिने छैन । किनकि उनी मुस्लिम थिएनन् र हे मेरा प्रभु! महाप्रलयको दिनमा मेरो पापहरू क्षमा गर्नुहोला भनेर कहिल्यै बिन्ती गरेनन् ।
जैद बिन खालिद अल-जोहनी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँले भन्नु हुन्छः रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई "हुदैबिया" भन्ने ठाउँ मा फजरको नमाज पढाउनु भयो र त्यस अघिल्लो रात वर्षा भएको थियो । नमाज पढे पछि मानिसहरूतर्फ फर्किएर भन्नुभयो: " तिमीहरुलाई थाहा छ, तिमीहरुको प्रभुले के भन्नुभएको छ?" तिनीहरूले भने अल्लाह र उहाँका रसूल लाई राम्ररी ज्ञान छ, उहाँले भन्नुभयो: "मेरा भक्तहरू मध्ये केही मोमिन (ममा विश्वास गर्ने) र अर्को काफिर (अविश्वासी) भएको छन् । जसले भन्छ: अल्लाहको कृपा र दयाले वर्षा भएको हो, उसले ममा विश्वास गर्यो र नक्षत्रलाई इन्कार गर्यो र जसले भन्छ: ग्रह र नक्षत्रले गर्दा वर्षा भएको हो, उसले नक्षत्रमा विश्वास गर्यो र म माथि अविश्वास गर्यो ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हुदैबिया (मक्का नजिकको गाउँ) मा फजरको नमाज पढाउनु भयो र त्यस अघिल्लो रात पानी परेको थियो । नमाज पढिसकेपछि मानिसहरूतर्फ फर्किएर सोध्नुयो: "तिमीहरुको पालनकर्ताले के भन्नुभएको छ, तिमीहरुलाई थाहा छ ?" उहाँका साथीहरूले भने: अल्लाह र उहाँका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: अल्लाहले स्पष्ट गर्नुभएको छ कि जब वर्षा हुन्छ मानिसहरू दुई समूहमा विभाजित हुन्छन्: एक समूह जसले अल्लाहमा विश्वास गर्दछ र अर्को समूह जसले सर्वशक्तिमान् ईश्वरलाई इन्कार गर्दछ। यसर्थ, जसले भन्छ: अल्लाहको कृपा र दयाले वर्षा भयो र वर्षाको श्रेय अल्लाहलाई दिन्छ, त्यो व्यक्ति अल्लाह, यस संसारको सृष्टिकर्ता र ब्रह्माण्डको शासकमा विश्वास गर्ने हो र नक्षत्रलाई इन्कार गर्ने हो। र जसले भन्छ: फलानो तारा वा ग्रहले गर्दा वर्षा भयो; त्यो व्यक्ति ईश्वरलाई इन्कार गर्ने र ग्रहमा विश्वास गर्ने हो | यो सानो कुफ्र (अविश्वास) हो । किनभने उसले तारालाई वर्षाको श्रेय दियो, जबकि तारा नक्षत्रले गर्दा वर्षा हुन्छ भन्ने कुरा न त धार्मीक शास्त्र मा उल्लेख छ न त सांसारिक विधिले नै पुष्टि हुन्छ । तर, जसले वर्षा र अन्य लौकिक दुर्घटनाहरूलाई ताराहरूको उदय वा अस्ताउन सँग जोडदछ र त्यसलाई नै वास्तविक कारक मान्छ त्यो व्यक्ति ठूलो (खुलस्त) काफिर हो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, वहाँ भन्नु हुन्छः रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरू आएर उहाँलाई सोधे: हाम्रो मनमा यस्ता गम्भीर नराम्रो कुराहरू आउँछन् जुन कुनै पनि मानिसले व्यक्त गर्न हिच्किचाउँछ । उहाँले सोध्नुभयो: "के वास्तवमा तिमीहरु मनमा यस्ता कुराहरू उत्पन्न हुन्छन्?" तिनीहरूले भने: हो, उहाँले भन्नुभयो: "यो नै स्पष्ट आस्थाको प्रतीक हो ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरू उहाँको सेवामा आए र तिनीहरूले मनमा उत्पन्न हुने खराब र घृणित कुराहरु बारेमा सोधे, जसलाई शब्दमा व्यक्त गर्न उनीहरूलाई गाह्रो महसुस भएको थियो। उहाँले भन्नुभयो: जुन कुराहरु तिमीहरूका मनमा उत्पन्न हुन्छ, त्यो स्पष्ट ईमान र विश्वास को प्रतीक हो, किनभने (त्यही सत्य विश्वास को कारणले) तिमीहरु शैतानबाट भ्रमित हुदैनौँ र (मनमा उत्पन्न हुने खराब) कुरालाई शब्दमा व्यक्त गर्न अप्ठ्यारो महसुस गर्छौं, यसले पुष्टि हुन्छ कि तिमीहरुको हृदय शैतानको वशमा छैन । किनभने जसको हृदय शैतानको नियन्त्रणमा हुन्छ, त्यो सित शैतानसँग लड्ने शक्ति हुँदैन ।