





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
सफवान बिन मुहरिजबाट वर्णन गरिएको छ कि एक जना मानिसले अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) लाई सोधे, तपाईंले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई फुसफुसाउने (नज्वा) को बारेमा के भन्नु भएको सुन्नुभयो? उनले जवाफ दिए: मैले उहाँलाई यसो भन्दै सुनेको छु: "आस्थावानलाई पुनरुत्थानको दिन उसको पालनकर्ताको नजिक ल्याइनेछ, यहाँसम्म उहाँले आफ्नो रक्षा छत्र उसमाथि राख्नुहुन्छ र उसलाई उसका पापहरूको बारेमा स्मरण गराइन्छ, के तिमीलाई यो पाप थाहा छ? उसले भन्नेछ: हे मेरो पालनकर्ता! मलाई थाहा छ। अल्लाहले उसलाई भन्नेछन्: "मैले तिम्रो यो पाप संसारमा लुकाएँ र आज म तिम्रो लागि यो क्षमा गर्दछु। त्यसपछि उसलाई उसको राम्रो कामको रेकर्ड दिइनेछ। तर काफिर र मुनाफिकहरूलाई सबै प्राणीहरूको अगाडि बोलाइन्छ र सार्वजनिक रूपमा घोषणा गरिनेछ कि तिनीहरूले अल्लाह विरुद्ध झूट बोलेका हुन्।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रलयको दिन अल्लाहले आफ्नो मूमिन बन्दासँग गर्ने गोप्य संवादको बारेमा जानकारी दिनुभएको छ। न्यायको दिनमा, आस्थावानलाई उसको पालनकर्ताको नजिक ल्याइनेछ, र अल्लाहले उसलाई यसरी ढाक्नेछन् कि न्यायको दिनमा उपस्थित अरूले उसको रहस्य जान्न सक्ने छैनन्। त्यसपछि अल्लाहले उसलाई भन्नेछन्: के तिमीलाई यो यो पापको बारेमा थाहा छ...? उहाँले ती पापहरूको स्मरण गराउनुहुन्छ, जो केवल भक्त र उसको पालनहारको बीचमा थिए। ऊ भन्छ: 'हो, हे मेरो पालनहार (रब)। जब सेवक डराउँछ, अल्लाहले उसलाई भन्नेछन्: मैले यस संसारमा तिम्रो यी पापहरू लुकाएको थिएँ र आज म तिमीलाई क्षमा गर्दछु। त्यसपछि, उसलाई उसको कर्मको पुस्तक दिइनेछ। तर काफिर र मुनाफिकहरूलाई सार्वजनिक रूपमा घोषणा गरिनेछ: यी ती मानिसहरू हुन् जसले आफ्नो पालनकर्तामाथि झूटा कुराहरू रचेका थिए। सुन, अत्याचारीहरूमाथि अल्लाहको अभिशाप श्राप होस् ।
मुआज बिन जबल (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एउटा यात्रामा म अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा थिएँ । हिँड्दा हिँड्दा एक दिन म उहाँको नजिक भएँ, अनि मैले भनेँ : हे अल्लाहका रसूल ! मलाई जन्नतमा प्रवेश गर्ने र जहन्नमदेखि टाढा राख्ने कर्म बताइ दिनु होस् । उहाँले भन्नुभयो : “तिमीले मसित एउटा गंभीर प्रश्न सोध्यौ र यो उसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाह सजिलो बनाइ दिनु हुन्छ । अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ । नमाज़ कायम गर । जकात देऊ, रमजानको महिनाका रोजा ( ब्रत) बस र अल्लाहको घरको हज गर।" फेरि उहाँले भन्नुभयो : "के म तिमीलाई भलाई (कल्याण) का ढोकाहरूको बारेमा न बताऊँ ? रोज़ा ढाल हो र दानले पापहरू निभाइ दिन्छ, जसरी पानीले आगोलाई निभाउछ र मान्छेको रातिमा पढेको नमाज ।" तत्पश्चात् उहाँले यो आयत पढ्नु भयो : "तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन्। तिनीहरू आफ्ना रबलाई भय एवं आशाका साथ पुकार्ने गर्छन् र हामीले प्रदान गरेका चिजहरूबाट खर्च गर्ने गर्छन् र, कसैलाई उनीहरूले गर्ने गरेको कर्मको प्रतिदानस्वरूप उनीहरूका लागि कस्तो नेत्र–शीतलता गोप्य राखिएको छ भन्ने कुरा थाहा छैन ।" फिरि उहाँले भन्नुभयो : " के म तिमीलाई दीन (इस्लाम) को आधार र उसको स्तम्भ र उसको शिर न बताइ दिऊँ ? मैंले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले भन्नुभयो : दीनको आधार इस्लाम हो, यसका स्तम्भ नमाज हो र यसको शिर जिहाद हो।" त्यसपछि उहाँले भन्नुभयो : "के म तिमीलाई यसको सार न बताऊँ ?" मैँले भनेँ : अवश्य, बताइ दिनु होस् हे अल्लाहका रसूल ! उहाँले आफ्नो जिब्रो समातेर भन्नुभयो: "यसलाई थामेर राख" मैले भनेँ : हे अल्लाहका नबी ! के हामीले जो बोलेका हुन्छौँ, त्यसमा पनि हाम्रो पकड़ होला ? उहाँले भन्नुभयो : "मुआज! तिम्रो आमाले तिमीलाई हराओस् ! (वा तिम्रो आमालाई तिमीमाथि रुन परोस्) मान्छेहरूलाई उनीहरूको मुख घोप्ट्याएर वा उनीहरूको नाक घोप्ट्यार आगोमा फाल्ने उनीहरूको जिब्रोका कारणले नै त हो ।
तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो: एक यात्रामा म नबी (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा थिएँ र एक दिन म उहाँसँग नजिक भएँ जब हामी हिँडि रहेका थियौं । अत: मैले भनेँ: हे अल्लाहका रसूल ! मलाई जन्नत (स्वर्ग) लैजाने र नरकबाट टाढा राख्ने कुरा बताइ दिनुहोस् । उहाँले भन्नुभयो : तिमीले मसित एउटा महान् कामका बारेमा सोध्यौ जो मनको लागि भारी हुन्छ । तर अल्लाहले साथ दिनु भयो भने सजिलो पनि हुन्छ । इस्लामका फराइज (अनिवार्य कर्म) हरू पुरा गर । अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ । दोस्रो : तिमीले दिन रातमा अनिवार्य गरिएका नमाज़ कायम गर । फजर, जोहर, असर, मग्रिब र इशा तिनका शर्त र आधार एवं वाजिबहरूका साथ।" तेस्रो: तिमीले अनिवार्य जकात निकाल, जुन इस्लामिक कानूनमा निश्चित मात्रामा पुग्ने सबै सम्पत्तिमा अनिवार्य हुन्छ र यो यसको हकदारहरूलाई दिइन्छ। चौथो: रमजानको रोजा राख, रोजा भनेको उपासनाको मनसायले खानु पिउनु र यस बाहेक रोजा तोड्ने अन्य चीजहरूबाट बिहान सूर्योदय देखि सूर्यास्तसम्म रोकिनु हो । पाँचौं: तपाईंले अल्लाहको उपासनाका लागि अल्लाहको घर मक्का जानु र हजका अर्कान ( गर्नु पर्ने अनिवार्य कामहरू) पूरा गर्नु । फेरि उहाँले भन्नुभयो: के म तिमीलाई भलाइको ढोकामा पुर्याउने माध्यमहरूको बारेमा न बताउँ ? यो ती फर्जहरू र नफ्लहरू पुरा गरेर हुन्छ : पहिलो: स्वैच्छिक (नफ्ल) उपवास, यसले मनोकांक्षाहरू र शक्तिलाई कमजोर बनाएर पापहरूमा पर्नबाट रोक्छ । दोस्रो: स्वैच्छिक दान यसले पाप गरि सकेपछि त्यसलाई हटाउँछ र यसको प्रभावलाई मेटाउँछ। तेस्रो: रातको अन्तिम तिहाइमा तहज्जुदको नमाज पढ, त्यसपछि उहाँले, अल्लाह तआलाको यो कथन पढ्नु भयो: {तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन् } अर्थात्, तिनीहरूले आफूलाई {ओछ्यानबाट} टाढा राख्ने गर्छन् । आराम गर्ने ठाउँहरूबाट, {उनीहरूले पुकारेका हुन्छन् आफ्ना पालनकर्तालाई} नमाज र दुआ जिक्र र कुरआन पढेर {डर र आशाका साथ र हामीले उनीहरूलाई दिएका कुराहरूबाट खर्च गर्दछन्, त्यसैले कसैलाई थाहा छैन तिनीहरूको आँखामा शितलताका लागि के लुकाएर राखिएको छ} अर्थात् यस्ता चिजहरू जसले उनीहरूको आँखा शितल होलान् कयामतका दिन सदा रहने वाला जन्नतमा । {बदलाको रुपमा उनीहरूका कर्महरूको जो उनीहरूले गरेका हुन् ।} तब उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: के म तिमीलाई {दीन} धर्मको असल बारेमा बताइदिउँ र त्यसको स्तम्भ जसमा यो निर्भर छ ? अनि यसको शिरका बारेमा न बताइदिउँ ? मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो : (जरूर) बताउनुहोस् , हे अल्लाहका रसूल ! नबी, (सल्लल्लाहु अलैहि व सल्लम) ले, भन्नुभयो: कार्यको मूल आधार इस्लाम हो, जुन शाहदतैन (दुई कलिमा) मा समेटिएको छ। यी दुई कलिमाको माध्यमबाट व्यक्तिसँग धर्मको मूल सार रहन्छ। त्यसको स्तम्भ : नमाज हो । नमाज नभए इस्लाम हुँदैन । जसरी स्तम्भ बिना घरको कल्पना गर्न सकिदैन । अत: जसले नमाज पढ्छ उसको दीन (धर्म) दर्हो हुन्छ र उच्च हुन्छ । यसरी नै यसको जुरोको टुप्पो र यसको उच्चता अल्लाहको बोल उच्च गर्नका निमित्त अल्लाहका शत्रुहरूका साथमा जिहादद्वारा हुन्छ । त्यसपछि (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : के म तिमीलाई बितेका कुराहरूको बुद्धिमत्ता र पूर्णताको बारेमा नभनूँ? उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो जिब्रो समात्नु भयो र भन्नुभयो : यसलाई रोकेर राख र तिम्रो सरोकार नभएको कुरा न बोल । मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो : के हामीले बोलेका हरेक कुरामा हामीलाई हाम्रा रब (पालनकर्ता ) ले पकड गर्नु हुन्छ र हिसाब लिनु हुन्छ र सजाय दिनु हुन्छ ?। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "तिमीलाई तिम्रो आमाले हराओस् ।" यो वाक्यले श्राप दिएको भनिदैन । अरबहरू यस्तो शब्दको प्रयोग कुनै यस्तो कुरालाई जसबाट सावधान हुनु पर्ने थियो तर सावधान नभए र वा थाहा पाउने पर्ने तर थाहा नभएको रहेछ भने भन्ने गर्छन् । फेरि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मान्छेहरूलाई मुख घोप्ट्याएर जहन्नम (नरक) मा फ्यालिने कारण यही हो कि उनीहरू आफ्नो मुखले कुफ्रका वाक्यहरू बोल्ने गर्थे । गाली गलौच, कुरा काट्नु, कुरा लगाउनु र लाञ्छना लगाउनु आदि गर्ने गर्छन् ।
अबू हुरैरह (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभयो: {हे रसूल (सन्देष्टाहरू) हो, पवित्र चिजहरू खाऊ र सत्कर्म गर, निस्सन्देह, तपाईँहरू जे गर्नु हुन्छ म सबै जान्दछु।} (अल-मुमिनुन: ५१) उहाँले भन्नुभयो: {हे इमान वालाहरू हो, हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरू मध्ये खाऊ। [अल-बकारा: 172] त्यसपछि उहाँले एक व्यक्तिको बारेमा उल्लेख गर्नुभयो, जो लामो यात्रामा हुन्छ, उसका कपाल अस्तव्यस्त र शरीर धूलोले भरिएको हुन्छ। ऊ आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु, हे मेरो प्रभु!" तर उसको खानपान हराम छ, उसको पिउने चीज हराम छ, उसको लुगा हराम छ र उसको शरीर हरामबाट पोषित छ। यस्तो अवस्थामा, उसको दुआ कसरी स्वीकार गरिन्छ ?
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, अल्लाह पवित्र, त्रुटि र दोषरहित हुनुहुन्छ र पूर्णताद्वारा विशिष्ट हुनुहुन्छ र उहाँले कर्म, वचन र आस्था पनि पवित्र नै स्वीकार गर्नु हुन्छ र जो अल्लाहको खुशी र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत अनुसार गरिएका हुन्छन् । अल्लाहको निकटता यस्तै प्रकारका कर्महरूबाट नै गर्न सकिन्छ, याद रहोस, कर्महरूको पवित्र हुनका लागि सबैभन्दा ठूलो कुरा हो उसको खाना हो र यो वैध (हलाल) होस् । हलाल (वैध) खानाले मान्छेको कर्म पवित्र हुन्छ । यही भएकाले जसरी अल्लाह तआलाले नबीहरूलाई हलाल खानपिन र राम्रा कामहरू गर्नका लागि भन्नु भएको छ, त्यसरी नै इमान वालाहरूका लागि पनि भन्नु भएको छ र अल्लाह तआलाले भन्नु भएको छ: "हे नबी (सन्देष्टाहरू ) हो ! हलाल (वैध) चीजहरू खानु होस् र सत्कर्म गर्नु होस् ।" फेरि भन्नुभयो : "हे इमान वाला हो ! जो पवित्र चिजहरू हामीले तिमीहरूलाई प्रदान गरेका छौँ त्यो खाऊ ।" फेरि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित चीजहरू खानबाट सावधान गराउनु भएको छ । किनकि हराम खानाले कर्महरूलाई बिगारि दिन्छ र अल्लाहको दरवारमा त्यसलाई स्वीकृत हुनबाट रोक्छ, चाहे जतिसुकै स्वीकृतिको स्पष्ट कारणहरू भेटिऊन् । जस्तै: १. कुनै सत्कर्म जस्तै हज र जिहाद एवं नाता जोड्नका आदिका निमित्त लामो यात्रा गर्नु । २.मान्छे व्याकुल हुनु , जस्तै उसको कपाल छरिएको होस् र धुलो मैलो लागोको होस् , जसका कारण उसको शरिर र कपडाको रङ्ग बदलेको होस् । यो सबै कुरा यसको सबूत हो कि यस्तो मान्छे हैरान र व्याकुल भएको हुन्छ । ३.दुआका लागि आकाश तिर आफ्ना हातहरू उठाउनु । ४.अल्लाहका नामहरूलाई माध्यम (वसीला) बनाएर अलाप विलाप गर्दै दुआ गर्नु, जस्तै, या रब, या रब ! (मेरा पालनकर्ता , हे मेरा प्रतिपालक ! ) भन्नु । स्वीकारका कारणहरू पाइएता पनि मान्छेको दुआ (प्रार्थाना) कबूल हुँदैन । किनभने उसको खाना हराम (अवैध), उसको पिउनु हराम (अवैध), उसको कपडा हराम (अवैध) को हुन्छ र उसको पोषण पनि हराम अपवित्र कुराबाट भएको हुन्छ । त्यसैका कारण उसको दुआ कबूल हुन नै सक्दैन ।
मिक्दाद बिन अम्रर अल् किन्दी (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको छ: उनले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भने: "हे अल्लाहका रसूल! यदि म कुनै काफिरसँग भेट गर्छु र हामी एकअर्कासँग लड्न थाल्छौं र उसले आफ्नो तरवारले मेरो एउटा हातमा प्रहार गर्छ र त्यसलाई काट्छ अनि मबाट बच्नको लागि उसले रूखको पछाडि लुक्छ र भन्छ, "मैले अल्लाहको लागि इस्लाम स्वीकार गरेको छु।" के मैले त्यसो भनेपछि पनि उसलाई मार्नु पर्छ? उहाँले भन्नुभयो, "उसलाई नमार।" मैले भने, "हे अल्लाहका रसूल! उसले मेरो एउटा हात काटेको छ र उसले यो कुरा मेरो हात काटे पछि भनेको हो । (के मैले उसलाई मार्नु हुँदैन?) उहाँले भन्नुभयो "उसलाई नमार। यदि तिमीले उसलाई मार्यौ भने, ऊ तिमीले उसलाई मार्न अघिको स्थितिमा फर्किनेछ र तिमी यो वाक्य उच्चारण गर्नु अघिको स्थितिमा फर्किनेछौ।"
मुत्तफकुन अलैहिमिक्दाद बिन अस्वद (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, जब युद्धभूमिमा कुनै काफिरसँग भेट्छन्, प्रत्येकले आफ्नो तरवार लिएर एकअर्कासँग हानाहान गर्छ। यदि काफिरले तलवारले मेरो एउटा हात काट्छ, अनि भागेर एउटा रूखको पछाडि शरण लिन्छ र भन्छ, "ला इलाह इल्लल्लाह" (अल्लाह बाहेक कोहि पूज्नीय छैन) ।" के उसलाई मार्न मेरो लागि वैध छ, जबकि उसले मेरो हात काटिसकेको छ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो: त्यसलाई नमार। जवाफ सुनेपछि उसले भन्यो: हे अल्लाहका रसूल! उसले मेरो एउटा हात काटिदियो, यसका बाबजूद मैले उसलाई नमार्ने ? उहाँले भन्नुभयो : उसलाई नमार, किनकि अब उसलाई मार्न निषेध गरिएको छ। यदि तपाईंले उसलाई मुस्लिम भइसकेपछि पनि मार्नुहुन्छ भने, उसलाई निर्दोष मानिनेछ किनभने ऊ मुस्लिम भइसकेको छ, जबकि उसलाई मार्दा किसास अनुसार तपाईंको आफ्नै रगत हलाल हुन्छ।
अबू-बर्जह अल्-अस्लमी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “कयामतको दिन कुनै पनि व्यक्तिले आफ्नो स्थानबाट एक पाइला पनि सार्न पाउनेछैन,(अथार्त् आफु उभिएको ठाउँ छोड्न सक्ने छैन) जबसम्म उससँग पाँच प्रश्नहरूको जवाफ सोधिँदैन: उसले आफ्नो जीवनकाल कहाँ र कसरी बितायो?, उसले प्राप्त गरेको ज्ञान अनुसार कतिको कर्म गर्यो?, उसले कमाएको धन कहाँबाट कमायो र कहाँ खर्च गर्यो?, र आफ्नो शरीर (र जवानी) लाई कसरी प्रयोग गर्यो?“
तिर्मीजीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कयामतको दिन, कुनै पनि व्यक्तिले हिसाबकिताबको मैदानबाट स्वर्ग वा नरकमा जानेछैन जबसम्म उसलाई यी कुराहररूको बारेमा सोधिदैन: पहिलो: उसको उमेरको बारेमा, उसले आफ्नो जीवन कसरी बितायो र जिवनको समय कहाँ खर्च गर्यो ? दोस्रो: उसको ज्ञानको बारेमा सोधपुछ हुनेछ कि उसले अल्लाहका लागि ज्ञान सिकेको थियो (वा अन्य कुनै उद्देश्यले)? के उसले आफ्नो ज्ञानअनुसार अभ्यास र कर्म गर्यो? अनि के उसले त्यो ज्ञान अरू मानिससम्म पुर्यायो? तेस्रो: उसको सम्पत्तिको बारेमा सोधिनेछ कि उसले कमाएको पैसा वैद्य थियो कि अवैध? अनि उसले केमा खर्च गर्यो, अल्लाहलाई प्रसन्न पर्ने कुरामा वा मन नपर्ने कुरामा ? चौथो: उसको शरीर, उसको शक्ति, उसको स्वास्थ्य र उसको युवावस्थालाई उसले कसरी प्रयोग गर्यो र कहाँ खर्च गर्यो भनेर सोधिने छ?
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खैबरको दिन भन्नुभयो: "म यो झण्डा त्यसलाई दिनेछु जसले अल्लाह र उहाँका रसूललाई माया गर्छ र अल्लाहले उसको हातमा विजय प्रदान गर्नु हुनेछ।" उमर (रजियल्लाहु अन्हु) ले भने: मैले त्यो दिन बाहेक कहिल्यै पदको चाहना गरेको छैन। उनले थपे: मलाई बोलाइनेछ भन्ने आशामा मैले टाउको उठाएँ। उनी अझै भन्छन्: तर, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अली इब्न अबी तालिबलाई बोलाउनुभयो, उनलाई झण्डा दिनुभयो र भन्नुभयो: "जाऊ, अल्लाहले तिमीलाई विजय नदिउन्जेल पछाडि नहेर।" उमर (रजियल्लाहु अन्हु) भन्छन्: अली (रजियल्लाहु अन्हु) अलि टाढा गए, त्यसपछि रोकिए, पछाडि नफर्केर ठूलो स्वरमा कराए: हे अल्लाहका रसूल! म मानिसहरूसँग के कुरामा लड्नु पर्छ? उहाँले भन्नुभयो: "अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भनेर साक्षी नदिएसम्म युद्ध गर।" यदि तिनीहरूले त्यसो गर्छन् भने, तिनीहरूले आफ्नो ज्यान र सम्पत्ति तिमीहरूबाट जोगाए। हो, यदि तिनीहरूको कुनै अधिकार छ भने, त्यो फरक कुरा हो। तिनीहरूको हिसाब अल्लाहसँग हुनेछ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबीहरूलाई बताउनु भयो, भोलि खैबरका यहूदीहरू माथि मुस्लिमहरू विजय पाउने छन्, जो मदीना नजिकै थियो । यो विजय एक जना मानिसको हातमा हुनेछ जसलाई उहाँले झण्डा दिनुहुनेछ, जुन सेनाको झण्डा हो। यस मानिसको एउटा विशेषता यो हुनेछ, उसले अल्लाह र उनका रसूललाई माया गर्छ र अल्लाह र उनका रसूलले पनि उसलाई माया गर्छन्। उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) बताउँछन्, त्यो एक दिन बाहेक कहिल्यै पदको चाहना गरेको छैन। उहाँको हृदयमा बोलाइने इच्छा जागृत भयो, यस आशामा कि उनलाई अल्लाह र उहाँको रसूलको प्रेमले आशीर्वाद मिल्नेछ जुन पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले वर्णन गर्नुभएको थियो। उनले आफ्नो शरीर तन्काए र आफ्नो उचाइ अलिकति बढाउन थाले ताकि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई देख्न सकून् र उनले झन्डा प्राप्त गर्न सकून्। यद्यपि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) लाई बोलाउनु भयो र उहाँलाई झण्डा दिनु भयो । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई झण्डा दिनुभयो र सेनासँगै मार्च गर्न र शत्रुसँग युद्ध गरेपछि किल्लाहरू नजितेसम्म राहत वा शान्तिको खोजीमा युद्ध नत्याग्न आदेश दिनुभयो। त्यसैले अली (रजियल्लाहु अन्हु) निस्कनुभयो। एक पटक रोकिए पनि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशको अवज्ञा गर्नबाट बच्न उनी पछाडि फर्केनन्। उनी खैबरतिर फर्किए र ठूलो स्वरमा सोधे: "हे अल्लाहका रसूल! म मानिसहरूसँग केको लागि लड्नु पर्छ?" अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: जबसम्म उनीहरूले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् साक्षी दिँदैनन् तबसम्म उनीहरूसँग लड। यदि तिनीहरूले तपाईंको निमन्त्रणा स्वीकार गर्छन् र इस्लाम धर्म अँगाल्छन् भने, तिनीहरूले आफ्नो रगत र सम्पत्ति तपाईंबाट सुरक्षित राखेका छन्। हो, यदि कुनै अपराध गरे भने इस्लामको नियम अनुसार उनीहरूलाई मृत्युको सजाय भए यो बेग्लै कुरा हो। बाँकी उनीहरूको हिसाब अल्लाहको जिम्मामा छ।
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "आस्थावानहरूको आपसी प्रेम र एकअर्काप्रतिको करुणाको उदाहरण एउटा शरीर जस्तै हो, जसको कुनै अंग दुख्दा पूरै शरीरले पीडा महसुस गर्छ, निन्द्रासमेत उड्छ र पूरै शरीरलाई ज्वरो आउँछ ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभयो कि मुस्लिमहरूको आपसी सम्बन्ध कल्याण, दया, सहयोग र एकअर्काको पीडाप्रति संवेदनशीलतामा आधारित हुनुपर्छ, जस्तो कि एउटै शरीरको अवस्था हुन्छ —जब शरीरको कुनै एक अंगमा पीडा हुन्छ, तब सम्पूर्ण शरीर नै अनिद्रा र ज्वरोले प्रभावित हुन्छ।
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) भन्नु हुन्छ: नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: त्यो मान्छे हामीमध्ये होइन, जो गालामा थप्पड हान्छ, लुगा च्यात्छ र जाहिलियत (अज्ञानताको समय) जस्तै गाली गर्छ।
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि व सल्लम) ले जाहिलियत (अज्ञानताको समय) का केही कामहरूबाट सचेत गर्नु भएको छ : उहाँले भन्नुभयो: यीनीहरु हामीहरूमध्ये होइनन् : १- गालामा थप्पड हान्नेहरू, उहाँले विशेष गरी गालाको थप्पडको बारेमा उल्लेख गर्नुभयो किनभने यस्ता अवसरहरूमा सामान्यतया गालामा थप्पड हानिन्छ। अन्यथा, अनुहारको बाँकी भागमा हिर्काउनु पनि निषेध गरिएको छ। २- रिसाएको बेला आफ्नो कलर र गला च्यात्ने व्यक्ति। ३- अज्ञानता युगका मानिसहरू जस्तै हाइ हाइ र बर्बाद भयो भनेर विलाप गर्नु वा (छाती पिटेर) शोक व्यक्त गर्नु आदि।
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "अल्लाहले भन्नुभयो: हे आदमको सन्तान! जबसम्म तिमी मलाई पुकारिरहन्छौ र आशा राख्छौ, तिम्रा पापहरू जतिसुकै भए पनि म क्षमा गरिरहनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिम्रो पाप आकाश जत्तिकै अग्लो भए पनि र तिमीले मसँग माफी माग्यौ भने म तिमीलाई माफी दिनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान! यदि तिमी मकहाँ पृथ्वी बराबर पाप लिएर आयौ र तिमीले मसँग कसैलाई शिर्क (बहुईश्वरवाद) गरेका छैनौ भने म तिमीकहाँ पृथ्वी बराबरको क्षमा लिएर आउनेछु ।"
तिर्मीजीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले हदीस कुद्सीमा भन्नुभएको छ: हे आदमको सन्तान, जबसम्म तिमी मलाई पुकारिरहन्छौ, मेरो कृपाको आशा गर्छौ र निराश हुँदैनौ भने; म तिम्रो पापलाई ढाकेर राख्ने छु र माफी दिनेछु र मलाई त्यसको परवाह छैन, यद्यपि ठूलो पाप भए पनि । हे आदमको सन्तान: तिम्रा पापहरू जतिसुकै भए पनि, आकाश र पृथ्वीबीचको ठाउँ र कुनाकाप्चालाई भरिदिए पनि, यदि तिमी मसँग क्षमा माग्छौ भने; म तिम्रा सबै पापहरूलाई पखालेर माफी दिनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान: यदि तिमी मरेपछि मकहाँ पृथ्वी बराबर पाप र अनाज्ञाकारिता लिएर आयौ र तिम्रो मृत्यु तौहीदको अवस्थामा भएको थियो र मसँग कसैलाई शिर्क (साझेदार) गरेका छैनौ भने म तिमीकहाँ पृथ्वी बराबर क्षमा लिएर आउनेछु; किनकि म क्षमाले भरिएको छु र म शिर्क (बहुदेववाद) बाहेक सबै पापहरू क्षमा गर्छु ।