





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
सुफयान बिन अब्दुल्लाह सकफी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।"
मुस्लिम र अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को एक साथी सुफयान बिन अब्दुल्लाहले उहाँलाई इस्लामको अर्थलाई व्यापक रूपमा समेटिएको कुरा सिकाउन अनुरोध गरे, ताकि उसले यसलाई दृढताका साथ पालना गरून् र यसको बारेमा अरू कसैलाई सोध्न नपरोस् । त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: भन, अल्लाह एक हुनुहुन्छ र उहाँ नै मेरो परमेश्वर, मेरो सृष्टिकर्ता र पूज्य हुनुहुन्छ र उहाँको कोही साझेदार छैन भनेर म विश्वास गर्दछु । त्यसपछि अल्लाहको आदेशको पालना गरेर र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहेर उहाँको आज्ञापालन गर्नु र त्यसमा अडिग रहनु ।
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले प्रलयको दिन मेरो उम्मत (समुदाय) बाट एक जनालाई सबै मानिसहरूको अगाडि ल्याउनुहुनेछ र उसको अगाडि उसैको उनान्सय वटा कर्मपत्रहरू फैलाइनेछन् । प्रत्येक कर्मपत्र आँखाले हेर्न भ्याएसम्म लामो हुनेछ । तब अल्लाहले सोध्नुहुनेछ: के तिमी यी मध्ये कुनै कर्मपत्रलाई अस्वीकार गर्छौ? के कर्म लेख्न तैनाथ गरिएका फरिशताहरूले तिमीमाथि अन्याय गरेका छन्? उसले भन्नेछ: होइन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: के तिमीसँग कुनै बहाना छ? उसले भन्नेछ: छैन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: तर हामीसँग तिम्रो एउटा सत्कर्म छ, आज तिमीमाथि अन्याय हुनेछैन । त्यसपछि एउटा कार्ड निकालिनेछ जसमा "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्" लेखिएको हुनेछ। अल्लाहले भन्नुहुन्छ : जाऊ, आफ्नो कर्म तौलिने ठाउँमा उपस्थित होउ । उसले भन्नेछ: हे मेराे प्रभु! यी अभिलेखहरूको अगाडि यो कार्डको के महत्व ? अल्लाह भन्नुहुनेछ: तिमीमाथि अन्याय गरिने छैन । त्यसपछि ती सबै अभिलेखहरू तराजुको एक पात्रमा र त्यो कार्ड अर्को पात्रमा राखिनेछ ।र ती सबै अभिलेखहरूको पात्र हल्का हुनेछन् र त्यो कार्डको पात्र गह्रुङ्गो हुनेछ । हो, अल्लाहको नाम भन्दा धेरै वजनदार अरु केही हुनै सक्दैन ।"
तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभयो: अल्लाहले प्रलयको दिन मेरो समुदाय बाट एउटा व्यक्तिलाई सबै मानिसहरूको अगाडि उसको हिसाब-किताबको लागि ल्याउनु हुनेछ र उसको अगाडि उसैका उनान्सय कर्मपत्रहरू पेश गरिनेछ । ती कर्मपत्रहरूमा उसले यस संसारमा गरेका कुकर्कमहरू हुनेछन् । र हरेक कर्मपत्र आँखाले हेर्न भ्याएसम्म लामो हुनेछ । तब अल्लाहले सोध्नु हुनेछ: के तिमी यी कर्मपत्रमा लेखिएका कुनैपनि कुरालाई अस्वीकार गर्छौ? के कर्म लेख्न तैनाथ गरिएका फरिशताहरूले तिमीमाथि अन्याय गरेका छन्? त्यस व्यक्तिले भन्नेछ: होइन, मेरो प्रभु! तब अल्लाहले भन्नुहुनेछ: के तिमीलाई तिम्रो संसारिक कुकर्म बारे आफ्नो सफाइमा केही भन्नु छ, के तिमी भूलचुक, गल्ती वा अज्ञानताले गर्दा पापमा लिप्त भएको हौ ?। त्यो व्यक्तिले भन्नेछ: होइन, हे प्रभु! मलाई मेरो सफाइमा केही भन्नु छैन। तब अल्लाहले भन्नुहुनेछ : हामीसँग तिम्रो एउटा सत्कर्म छ, आज तिमीमाथि अन्याय हुनेछैन । त्यसपछि एउटा कार्ड निकालिनेछ जसमा "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्" लेखिएको हुनेछ । त्यसपछि अल्लाहले त्यस व्यक्तिलाई भन्नुहुनेछ: जाऊ, आफ्नो कर्मको वजन गर्ने ठाउँमा उपस्थित होउ । त्यो व्यक्ति अचम्म मानेर सोध्ने छ: हे प्रभु! यी अभिलेखहरूको अगाडि यो कार्डको के महत्व ? अल्लाहले भन्नुहुनेछ: आज तिमीमाथि कुनै अत्याचार र अन्याय हुनेछैन। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: ती सबै अभिलेखहरू तराजुको एक पात्रमा र त्यो कागजको टुक्रा अर्को पात्रमा राखिनेछ,र त्यो अभिलेखहरूको पात्र हल्का र त्यो कार्ड राखिएको पात्र गह्रुङ्गो हुनेछ । यसरी अल्लाहले त्यस व्यक्तिलाई क्षमा प्रदान गर्नु हुनेछ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब अल्लाहले स्वर्ग र नर्क सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम) लाई स्वर्ग तिर पठाउदै भन्नुभयो: स्वर्ग र स्वर्गवासीहरूका लागि मैले तयार पारेको कुराहरूलाई अवलोकन गरेर आऊ । उनी गएर हेरे अनि फर्केर भने : तपाईंको महिमा र प्रभुत्वको कसम! जसले स्वर्गको बारेमा सुन्नेछ, त्सयमा अवश्य नै प्रवेश गर्नेछ । त्यसपछि अल्लाहको आदेश अनुसार स्वर्गलाई अप्रिय चीजहरूले घेरियो, अनि वहाँले जिब्रीललाई भन्नुभयो: अब जाऊ, स्वर्ग र स्वर्गवासीहरूका लागि बनाइएका चीजहरूलाई हेर । जिब्राइलले हेरे र त्यसलाई कठिनाइहरूले घेरेको पाए। उनी फर्किए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ कोही पनि त्यसभित्र प्रवेश गर्न सक्षम हुने छैन। त्यसपछि, अल्लाहले भन्नुभयो: "मैले नर्कका मानिसहरूका लागि के तयार पारेको छु त्यसलाई अवलोकन गरेर आऊ" । उनले देखे, नर्कको आगोको (लप्को) एकअर्कासँग भिडिरहेका थियो (घनिष्ट र भयावह थियो) । उनी फर्केर आए र भने: तपाईंको महिमा र प्रभुत्वको कसम! यसमा कोही पस्ने छैन। त्यसपछि अल्लाहको आदेश अनुसार नर्कलाई इच्छा, आकांक्षा तथा वासनाले घेरियो । अल्लाहले जिब्रील (अलैहिस्सलाम) लाई अब गएर हेर्न भन्नुभयो, उनि गए र फर्केर भने: तपाईंको महिमा र प्रभुत्वको कसम! मलाई डर छ, यसबाट कोही पनि जोगिन सक्दैन र सबैजना यसमा प्रवेश गर्नेछन् ।"
अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जब अल्लाहले स्वर्ग र नर्कलाई सृष्टि गर्नुभयो, तब अल्लाहले जिब्रील (देवदूत) लाई स्वर्गलाई हेर्न आदेश दिनुभयो, जिब्रीलले गएर देखे र फर्किएर भने: हे प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम ! जसले स्वर्ग र यसमा रहेका आनन्द, सत्कार र सुविधाको बारेमा सुन्छ, पक्कै पनि यसमा प्रवेश गर्न चाहन्छ र त्यस निम्ति कार्म गर्नेछ । त्यसपछि, अल्लाह तआलाले स्वर्गलाई मन लाई अप्रिय र कठिन लग्ने सूकर्महरूले घेरिदिनु भयो, जस्तोकि आदेशहरु को पालना गर्नु र वर्जित कुराहरु बाट टाढा हुनु । यसर्थ, स्वरमा प्रवेश गर्नको लागि यी अप्रिय र कठिन सूकर्महरू गर्न आवश्यक छ । त्यसपछि अल्लाहले जिब्रीललाई पुनः स्वर्ग र स्वर्गवासीहरूका लागि बनाइएका चीजहरूलाई हेर्न भन्नुभयो । उनी गए र स्वर्ग देखेर आएर भने: हे मेरो प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम ! मलाई डर छ कि स्वर्गमा प्रवेश पाउन निमित्त जुन अप्रिय र कठिन सूकर्महरू गर्नु सम्बन्धमा कठिनाइ र दुखहरू बेहोर्न बाध्य हुनुपर्छ त्यसले गर्दा कोही पनि स्वर्गमा प्रवेश गर्न सक्षम हुने छैन । र जब अल्लाहले नर्कको सृष्टि गर्नुभयो, तब उहाँले जिब्रील (अलैहिस्सलाम) लाई नर्कलाई हेर्न आदेश दिनुभयो, अनि उनी गए र देखे , र फर्केर आएर भने: हे प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम ! जसले पनि नर्कका पीडा, कष्ट र यातनाहरूको बारेमा सुन्नेछ, उ त्यसमा प्रवेश हुन्छ कि भनेर भयभीत हुनेछ र नर्कमा पार्ने कारणहरूबाट टाढा रहनेछ । त्यसपछि अल्लाहले नर्क र त्यसतर्फ जाने बाटोलाई (वर्जित) इच्छा, आकांक्षा तथा मनमोहक चीजहरूले घेरि दिनुभयो र भन्नुभयो: हे जिब्रील! अब जाऊ र नर्कलाई हेरेर आऊ, जिब्रील गए र देखेर फर्किएर भने: हे मेरा प्रभु! तपाईंको महिमा र प्रभुत्वको कसम, मलाई डर र त्रास छ, कि कुनै पनि मानिस यसबाट बच्नेछैन, किनकि नर्कलाई आकांक्षा, मनमोहक र वासनामय चीजहरूले घेरिएको छ, ( जस तर्फ मन लहसिन्छ )
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मैले भन्दै गरेको सुनें : "अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले नै प्राणीहरूको भाग्य लेखिदिनुभएक थिए।" उहाँले भन्नुभयो: र त्यस समय वहाँको अर्श (आसन) पानी माथि थियो ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि अल्लाहले आकाश र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले सबै प्राणीहरूको जीवन, मृत्यु र जीविकोपार्जन आदि इत्यादि बारे विस्तृत रूपमा लौहुल-महफूज (सुरक्षित पाटी) मा लेख्नु भएको थियो । यी सबै कुरा अल्लाहको इच्छा र आदेश अनुसार घटित हुनेछन्। त्यसैले (यो संसारमा) जेजसो भैरहेको छ, त्यो अल्लाह तआलाको इच्छा र निर्णयअनुसार भईरहेको छ । त्यसैले भक्तले जुन दु:ख र कष्ट भोग्दछ, त्यो उसित हुने नै थियो र जसबाट जोगिन्छ भनी लेखिएको छ त्यो उसित कहिल्यै हुने छैन।
जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्ति र कुफ्र (अविश्वास) र शिर्क(बहुईश्वरवाद)को बीचमा फरक पार्ने कुरा नमाज छोड्नु हो भनेर फर्ज नमाज (अनिवार्य) छोड्ने विरुद्ध कडा चेतावनी दिनुभएको छ । किनभने नमाज इस्लामको दोस्रो स्तम्भ र निकै नै महत्त्वपूर्ण कर्तव्य हो । यसको फर्जियत (अनिवार्यता) लाई इन्कार र यसलाई परित्याग गर्ने व्यक्ति काफिर हो भन्ने कुरामा सम्पूर्ण मुस्लिमहरूको इज्मा (एकमत) रहेको छ । त्यसैगरी यदि कसैले आलस्यले गर्दा पूर्णतया नमाजलाई त्याग्यो भने ऊ पनि काफिर हो र यस विषयमा सहाबाहरूको इज्मा (एकमत) रहेको छ । तर यदि कसैले कहिलेकाहीँ नमाज पढ्छ र कहिलेकाहीँ छोड्छ भने ऊ उक्त कडा चेतावनीको हकदार हुने खतरामा हुनेछ ।
बुरैदह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हामी र तिनीहरूको बीचमा रहेको फरक नमाज (सलाह) हो । जसले यसलाई त्याग्छ उसले कुफ्र गर्यो ।"
तिर्मीजी, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मुस्लिम र अन्य काफिर र मुनाफिक (पाखण्डी) हरू बीचको फरक नमाज हो, त्यसैले जसले यसलाई त्याग्छ उसले अविश्वास कुफ्र (अविश्वास) गरेको छ ।"
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले तिमीहरूलाई आफ्ना पिता-पुर्खाहरूको कसम खानबाट निषेध गर्नुभएको छ ।" उमर (रजियाल्लाहु अनहु) ले भने: अल्लाहको कसम! जुन दिनदेखि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो हदीस सुनेको छु, पुर्खाहरूको कहिल्यै कसम खाएको छैन । नत जानाजानी न त कसैको नक्कल गरेर नै।
मुत्तफकुन अलैहियस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो कि अल्लाहले आफ्नो पुर्खाहरूको कसम खान निषेध गर्नुभएको छ । तसर्थ, जो कसम खान चाहन्छ, उसले अल्लाहको मात्र कसम खाओस् र उहाँबाहेक अरू कसैको कसम नखाओस् । त्यसपछि उमर (रजियाल्लाहु अनहु) ले भन्नुभयो कि अल्लाहको कसम! जुन दिनदेखि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट आफ्ना पुर्खाहरूको कसम खान निषेध गरेको कुरा सुने, मैले पुर्खाहरूको कहिल्यै कसम खाएको छैन । नत जानाजानी न त कसैको शपथ नक्कल गरेर नै ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कियामत (प्रलय) को दिन मानिसहरूबीचमा सर्वप्रथम रक्तपात (हत्या) को बारेमा फैसला गरिनेछ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामत (प्रलय) को दिन मानिसहरूले एकअर्कालाई पुर्याएको अन्यायको हिसाब-किताब गर्दा, सबैभन्दा पहिले रक्तपात; हत्या र शारीरिक चोट पुर्याइएका विषयहरूमाथि न्याय गरिनेछ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई चिहानहरूको नजिकबाट गुज्रनुभयो र भन्नुभयो: " निश्चय नै यी दुवैलाई सजाय दिइँदैछ तर उनीहरू कुनै ठूलो पापको कारणले दण्डित भइरहेको छैनन्, (सजाय भोगीरहेका कारण यो हो कि) तिनीहरूमध्ये एक पिसाबबाट बच्दैनथ्यो र अर्कोले चुक्ली गर्थ्यो ।" त्यसपछि उहाँले खजुरको एउटा ताजा हाँगा लिनुभयो र त्यसलाई दुइभागमा च्यातेर प्रत्येक चिहानमा एक भाग गाड्नुभयो । साथीहरूले सोधे, हे अल्लाहका रसूल ! त्येस्तो किन गर्नुभएको ? उहाँले जवाफ दिनुभयो: "सायद यी दुई हाँगाहरू नओइलिएसम्म उनीहरूको पीडा हलुका हुनसक्छ ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) दुई चिहानहरूको नजिकबाट गुज्रनुभयो र भन्नुभयो कि यी दुई कब्रमा भएका व्यक्तिहरूलाई सजाय दिइँदैछ।; तिमीहरूलाई सानो लाग्ने कुरा नै यसको कारण हो, तर त्यो अल्लाहको नजरमा ठूलो दोष हो। यी दुई मध्ये एक जनाले पिसाब गर्दा आफ्नो शरीर र कपडालाई पिसाबबाट जोगाउन ध्यान दिँदैनथ्यो । र अर्को व्यक्तिले मानिसहरूबीच चुक्ली लगाउने तथा अरूलाई हानि पुर्याउने र उनीहरूका बीचमा कलह र मनमुटाव उत्पन्न गर्ने उद्देश्यले अरूका कुराहरू फैलाउने गर्थ्यो।