





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले जसको भलो चाहनुहुन्छ, उसलाई कठिनाइमा पारेर परिक्षा लिनुहुन्छ ।"
बुखारीले वर्णन गरेका छन्यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जब अल्लाहले कुनै आस्थावान व्यक्तिको कल्याण चाहनुहुन्छ, तब उहाँले उसलाई उसको जीवन, सम्पत्ति, वा परिवार सम्बन्धित कुनै समस्यामा पारेर परीक्षा लिनुहुन्छ। यसरी, उक्त व्यक्ति प्रार्थनामग्न भइ अल्लाह नजिक हुन पुग्छ, उसका पापहरू क्षमा गरिन्छ र उसलाई उच्च दर्जा प्राप्त हुन्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए । जब म तिमीहरूलाई कुनै कुराबाट रोक्छु, त्यसबाट टाढै बस र जब कुनै कुरा गर्न आदेश दिन्छु, सकेसम्म त्यसलाई गर ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लामिक नियमहरूका तीन किसिमहरू उल्लेख गर्नुभएको छ : जसको बारेमा शरियत मौन छ, निषेधहरू र आदेशहरू । पहिलो: जसको बारेमा शरियत मौन छ, त्यसको कुनै आदेश हुँदैन र यस्ता चीजहरूको बारेमा आधारभूत सिद्धान्त भनेको जायज र हलाल हो; नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा यस्तो कुराबारे प्रश्न गर्नबाट बच्नुपर्थ्यो, जुन घटेको थिएन। किनभने प्रश्नले कुनै चीजलाई अनिवार्य वा निषेध गर्नुपर्ने आदेश निम्त्याउन सक्थ्यो। अल्लाहले आफ्ना भक्तहरूप्रति दया देखाउँदै त्यस्ता कुरालाई खुला नै छोड्नुभएको थियो।" "तर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को देहान्तपछि, यदि प्रश्न आवश्यक धार्मिक ज्ञानका लागि मार्गदर्शन वा तालिमको उद्देश्यले सोधिएको हो भने, त्यसो गर्नु अनुमति छ, बरु त्यसलाई प्रोत्साहित नै गरिएको छ। तर यदि प्रश्न अनावश्यक जिद्दी वा दिखावटी उद्देश्यले सोधिएको हो भने, यो हदीसमा प्रश्न गर्नबाट टाढा रहन भनिएको जस्तै हो। किनभने यसले बनु इस्राएल झैं अवस्थालाई जटिल बनाउन सक्छ। उनलाई गाई बली चढाउन आदेश दिइएको थियो र यदि उनीहरूले कुनै पनि गाई वध गरेका भए, आदेश पूरा हुने थियो। तर उनीहरूले जटिलता खोजे र तिनका लागि आदेश झन् कडा बनाइयो।" दोस्रो: निषेध (हराम) हरू; अर्थात ती कुराहरू, जुन परित्याग गर्दा पुण्य पाइन्छ र गर्नेलाई दण्ड दिइन्छ, त्यसैले ती सबैबाट बच्नुपर्छ । तेस्रो: आदेश; अर्थात ती कुराहरू हुन्, जुन गर्दा पुण्य पाइन्छ र नगर्दा दण्ड दिइन्छ, त्यसैले यो सकेसम्म गर्नुपर्छ ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट अनि उहाँ अल्लाहबाट कथन गर्दै भन्नुहुन्छ : " साँच्चै, अल्लाहले पुण्य कर्महरू र पापहरू लेखिदिनुभएको छ र यसलाई स्पष्ट रूपमा प्रष्ट पार्नु भएको छ: जसले कुनै पुण्य कर्म गर्ने संकल्प राख्दछ र त्यो गर्न असमर्थ हुन्छ, अल्लाहले उसको खातामा एक नेकी [पुण्य] लेखिदिनुहुन्छ । यदि कसैले असल मनसाय अनुसार सत्कर्म गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी पुण्य लेखिदिनुहुन्छ । अर्कोतर्फ, जसले कुनै नराम्रो काम गर्न चाहन्छ, तर उसले गरेन भने अल्लाहले त्यसको स्थानमा एक पुण्य लेखिदिनुहुन्छ र यदि गलत मनसाय अनुसार नै गलत कार्य गर्यो भने, अल्लाहले त्यसको सट्टामा एउटा मात्र पाप लेख्नुहुन्छ ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) स्पष्ट पार्दै हुनुहुन्छ, अल्लाहले पुण्य कर्महरू र दुष्ट कर्महरू निर्धारण गर्नुभएको छ र त्यसपछि ती कसरी लेख्ने भनेर दुवै फरिशता (स्वर्गदूत) हरूलाई निर्देशन दिनुभएको छ : जसले पुण्य कर्म गर्ने मनसाय र संकल्प गर्यो, तर गर्न सकेन भने पनि उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । यदि उसले मनसाय अनुसार राम्रो काम गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी हृदयमा रहेको इमान्दारिता र यस कार्यबाट अरूलाई हुने लाभको आधारमा नेकी (पुण्य) लेखिन्छ । जसले दुष्ट कर्म गर्ने दृढतापूर्वक मनसाय राख्यो तर अल्लाहको लागि छोड्यो, उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । तर यदि उसले इच्छाएको गलत कार्य गर्ने चासो नभएर वा त्यसो गर्ने स्रोतसाधनलाई पनि बेवास्ता गर्यो भने केही लेखिने छैन । तर पापको कार्य गर्ने सामर्थ्य नभई दुष्कर्म छोड्छ भने उसको मनसाय विरुद्ध लेखिन्छ र यदि उसले गर्छ भने, उसको खातामा एक पाप लेखिन्छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले तिम्रो रूप र धनलाई हेर्नुहुन्न, तर तिम्रो हृदय र कर्महरूलाई हेर्नुहुन्छ ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले मानिसहरुको रूप, रंग र शरीरको आकारलाई अथवा तिनीहरू सुन्दर छन् वा कुरूप छन्, स्वस्थ वा बिरामी छन् आदि भनेर हेर्नुहुन्न । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले उनीहरुको धनसम्पत्ति धेरै छ वा थोरै छ भनेर हेर्नुहुन्न ? अल्लाहले यी चीजहरू प्रदान गर्नु हुन्छ र यी चीजहरूमा तिनीहरूको अन्तरको आधारमा हिसाब लिनुहुन्न । यधपी अल्लाहले तिनीहरूको हृदयमा रहेको धार्मिकता, विश्वास, सत्यता, इमानदारीता वा कपट र प्रसिद्धि हुने मनसाय हेर्नुहुन्छ । त्यसैगरी उहाँले तिनीहरूको कार्य सही वा गलत हो भनेर हेर्नुहुन्छ र त्यसको आधारमा इनाम वा दण्ड दिनुहुन्छ ।
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : "एक दिन हामी अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा बसिरहेका थियौं, अचानक एक जना मानिस देखा परे, उनको लुगा धेरै सेतो र कपाल धेरै कालो थियो । उनको शरीरमा यात्राको कुनै प्रभाव देखिएको थिएन र हामी मध्ये कसैले पनि उनलाई चिन्न सकेनौं । उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि बसे र आफ्नो घुँडालाई उहाँको घुँडामा जोडेर आफ्नो दुवै हत्केला उहाँको तिघ्रामा राखे र प्रश्न सोधे: ए मुहम्मद! मलाई इस्लामको बारेमा बताउनुहोस् ? तब अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो : “अल्लाह बाहेक कोही सत्य पूज्य छैन र मुहम्मद अल्लाहका सन्देष्टा हुनुहुन्छ, सलाह (नमाज) कायम गर्नु, जकात दिनु, रमजानको रोजा राख्नु र सक्षम व्यक्तिले अल्लाहको घरसम्म हज गर्नु हो भनेर गवाही दिनु।” उनले भने : हजुरले सही जवाफ दिनु भयो । हामी आश्चार्य चकित भयौं, यो कस्तो प्रकारको व्यक्ति हो, प्रश्न पनि सोध्छ र उत्तर पनि सही हो भन्छ । उनले फेरि सोधे : मलाई ईमानको बारेमा बताउनुहोस् ? उहाँले जवाफ दिनुभयो: “अल्लाह, उहाँका फरिश्ता (स्वर्गसन्देष्टा) हरू, उहाँका पुस्तकहरू, उहाँका रसूल (सन्देशवाहक) हरू र अन्तिम दिनमा विश्वास गर्नु तथा राम्रो नराम्रो भाग्य (तकदीर) मा विश्वास गर्नु भनेको ईमान हो ।” उनले भने : हजुरले सही जवाफ दिनु भयो । उनले फेरि सोधे : मलाई एहसानको बारेमा बताउनुहोस् ? तब उहाँले ले जवाफ दिनुभयो: "अल्लाहको आराधना यसरी गर, मानौं तिमी उहाँलाई देख्दैछौ । यदि तिमी अल्लाहलाई देखेको कल्पना गर्न सक्दैनौ भने उहाँले तिमीलाई देखिरहनुभएको छ ।" उनले फेरि सोधे : कयामत कहिले आउँछ? उहाँले ले जवाफ दिनुभयो: “जोसँग प्रश्न सोधिएकोछ उ सोध्ने व्यक्ति भन्दा बढी जान्दैन ।” फेरि उनले सोधे : त्यसो भए कयामतको संकेतको बारेमा बताउनुहोस् ? उहाँले ले जवाफ दिनुभयो: “दासीले आफ्ना मालकिनहरूलाई जन्म दिन थाल्नेछन्, खाली खुट्टा, नाङ्गो शरीर गरिब र बाख्राका गोठालाहरू अग्लो-अग्लो महलहरू निर्माण गर्नमा गर्व गर्नेछन् ।” त्यसपछि ती व्यक्ति प्रस्थान गरे । केही क्षणपछि पगम्बर स. ले मलाई सोध्नुभयो: ए उमर ! “तिमीलाई थाहा छ यो प्रश्न सोध्ने व्यक्ति को थिए?" मैले भने अल्लाह र उहाँको रसूल राम्ररी जान्नुहुन्छ । उहाँले ले भन्नुभयो : उनी जिब्रील थिए, तिमीहरूलाई तिम्रो धर्म सिकाउन आएका थिए ।”
मुस्लिमले वर्णन गरेका छन्उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, जिब्रील (अलैहिस्सलाम) एक अपरिचित व्यक्तिको रूपमा सहाबा (पैगम्बरका साथी) हरू कहाँ आए । उनका केही विशेषताहरू यस प्रकार थियो: उनको लुगा अत्यन्त सुकिलो र सेतो थियो र कपाल धेरै कालो थियो । उनको शरीरमा थकान, धुलो छरिएको मैलो कपाल र फोहोर लुगा जस्ता यात्राको कुनै प्रभाव देखिएन । त्यहाँ उपस्थित कसैले पनि उनलाई चिन्न सकेनन् । त्यतिबेला सहाबा (पैगम्बरका साथी) हरू अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को छेउमा बसिरहेका थिए । उनी एक विद्यार्थी जस्तै उहाँको अगाडि बसे र त्यसपछि इस्लामको बारेमा प्रश्न गरे अनि उहाँले इस्लामको पाँच स्तम्भ; शहादह (दुवै गवाही), दैनिक पाँच सलाह (नमाज) को स्थापना, हकदार व्यक्तिहरूलाई जकात दिने, रमजान महिनाको रोजा राख्ने र सक्षम व्यक्तिले हज गर्ने जवाफ दिए। जवाफ सुनेपछि प्रश्नकर्ताले भने: तपाईंले सत्य बोल्नुभयो । यो देखेर सहाबा (पैगम्बरका साथी) हरू आश्चर्यचकित भए, उनले सोध्दा त्यसको जवाफ बारे अनभिज्ञ भए झैं सोध्दै थिए , तर जवाफ सुने पछी त्यसको जवाफ सहि भएको पुष्टि पनि गर्दै थिए । त्यसपछि उनले उहाँलाई ईमानको बारेमा सोधे, उहाँले ईमानका छ वटा निम्न स्तम्भहरूको बारेमा जवाफ दिनुभयो; अल्लाहको अस्तित्व र उहाँका गुणहरूमा विश्वास गर्नु, उहाँ सृष्टि लगायत हरेक कामहरूमा एक्लै हुनुहुन्छ र उहाँको मात्र उपासना गर्नु । अल्लाहले प्रकाशबाट सृष्टि गर्नुभएको फरिश्ता (स्वर्गदूत) हरू उहाँका आदरणीय सेवकहरू हुन्, जसले अल्लाहको अवज्ञा गर्दैनन् र उहाँका आदेशहरू पालना गर्छन् भनी विश्वास गर्नु । अल्लाहको तर्फ बाट पैगम्बरहरूका लागि पठाइएका आकाशीय ग्रन्थहरू जस्तै कुर्आन, तोराह र इन्जिल आदिमा आस्था राख्नु । त्यसैगरी सम्पूर्ण दूतहरूमा आस्था राख्नु, जस्तैः नूह, इब्राहीम (अब्राहाम), मोशा, येशू तथा अन्य दूतहरू र अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि वा सल्लम) मा विश्वास राख्नु। अन्तिम दिनमा विश्वास गर्नु, जसमा मृत्यु पछि बर्जख (चिहान) को जीवनमा विश्वास, साथै मृत्युपछि मानिसहरुको पुनरुत्थान हुनेछ र तिनीहरुको लेखाजोखा हुनेछ र कर्म अनुसार वासस्थान; स्वर्ग वा नर्क को अस्तित्व रहेको कुरामा विश्वास गर्नु । अल्लाहले आफ्नो पूर्व ज्ञान र बुद्धि अनुसार सबै चीजहरू अघि नै लेख्नुभएको छ र पछि ती सबै चीजहरू उहाँको मनसाय र उहाँको भविष्यवाणी अनुसार हुन्छन् भन्ने तथ्यमा विश्वास राख्नु । त्यसपछि उनले एहसानको बारेमा सोधे, अनि उहाँले भन्नुभयो, एहसान भनेको अल्लाहलाई देखेको जस्तो गरी उपासना गर्नु, यदि यो ध्यान पुग्न सकिँदैन भने, अल्लाहले उसलाई हेर्दै हुनुहुन्छ सोचेर अल्लाहको उपासना गर्नु । यहाँ पहिलो स्थान दर्शन हो, जुन उच्च छ र दोस्रो स्थान मनमा ध्यान हो । त्यसपछि उनले कयामत कहिले आउँछ, सोधे ? अनि उहाँले जवाफमा भन्नुभयो, कयामतको ज्ञान ती चीजहरू मध्ये एक हो जसको ज्ञान अल्लाहले आँफुमा सुरक्षित राख्नुभएको छ । त्यसैले यसको बारेमा कसैलाई थाहा छैन । नत प्रश्न सोध्नेलाई, नत जवाफ दिनेलाई । त्यसपछि उनले कयामतका संकेतहरूका बारे सोधे, अनि उहाँले जवाफ दिनुभयो, दासी र तिनीहरूको गर्भबाट जन्मिने बच्चाहरू धेरै हुनेछन र धेरै छोराछोरीले आमाका अनाज्ञाकारी हुन्छन् र दास जस्तै व्यवहार गर्छन् । अर्को चिन्ह: अन्तिम दिनहरूमा बाख्रा चराउने गोठाला र भिखारीहरूलाई ठूलो मात्रामा सम्पत्ति दिइनेछ र तिनीहरूले एकअर्कासगँ आफ्ना सुन्दर र अग्ला भवनहरूको बारेमा घमण्ड गर्नेछन् । अन्तमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, प्रश्न सोध्ने व्यक्ति जिबरील थिए, जो सहाबाहरूलाई इस्लाम सिकाउन आएका थिए ।
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले हाम्रो यो धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ, जुन हाम्रो धर्ममा छैन, त्यो स्वीकार्य हुँदैन।" (बुखरी र मुस्लिम) मुस्लिममा अर्को हदीस छ: "जसले कुनै यस्तो काम गर्छ, जुन हाम्रो तरिका अनुसार छैन, त्यो स्वीकार्य छैन ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले धर्ममा कुनै नयाँ कुरा आविष्कार गर्छ वा कुरआन र हदीसबाट प्रमाणित नभएको कुरा गर्छ भने त्यसलाई उसै तर्फ फर्काइनेछ र त्यो अल्लाहको नजरमा स्वीकार्य छैन ।
अबू-जर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "हे मेरा सेवकहरू! मैले आफूमाथि अन्याय र अत्याचार हराम (निषेध) गरेको छु र यसलाई तिमीहरूका लागि पनि हराम गरेको छु, त्यसैले तिमीहरू एकार्कामाथि अन्याय नगर । हे मेरा सेवकहरू! मैले मार्गनिर्देशन गरेका बाहेक तिमीहरू सबैजना पथभ्रष्ट छौ, त्यसैले मसँग मार्गदर्शन माग, म तिमीहरूलाई सीधा बाटो देखाउनेछु । हे मेरा सेवकहरू! मैले खुवाउनेहरू बाहेक तिमीहरू सबैजना भोका छौ, त्यसैले मसँग जीविका माग, म तिमीहरूलाई जीविका दिनेछु । हे मेरा सेवकहरू! जसलाई मैले लुगा प्रदान गरेको छु त्यो बाहेक तिमीहरू सबैजना नाङ्गै छौ, त्यसैले मसँग लुगा माग, म तिमीहरूलाई लुगा दिनेछु । हे मेरा सेवकहरू! तिमी दिनरात गल्ती गर्छौ र म तिमीहरूका सबै पापहरू माफ गर्छु, त्यसैले मसँग माफी माग, म तिमीहरूलाई क्षमा गर्नेछु । हे मेरा सेवकहरू! तिमीहरू सबैजना नत मलाई हानि पुर्याउन सक्छौ नत कुनै फाइदा नै । यदि तिमीहरू मध्येको पहिलो र अन्तिम व्यक्ति, सम्पूर्ण मानव र जिन्नहरू, सबै भन्दा आज्ञाकारी व्यक्ति झैं भए पनि तिनीहरूको धार्मिकताले मेरो राज्यमा अलिकति पनि वृद्धि गर्ने छैन । हे मेरा सेवकहरू! यदि तिमीहरू मध्ये पहिलो र अन्तिम व्यक्ति, सम्पूर्ण मानव र जिन्नहरू सबै भन्दा पापी व्यक्तिको झैं भए पनि यसले मेरो राज्यमाथी कुनै कमी हुने छैन । हे मेरा सेवकहरू, यदि तिमीहरूमध्ये पहिलो र अन्तिम व्यक्ति, तिमीहरूमध्येका मानव र जिन्न एकै ठाउँमा उभिएर मसँग माग्ने हो र मैले हरेक मानिसलाई उसले मागेको कुरा दिएँ भने त्यसो गर्दा मेरो सम्पत्तिबाट केही घट्ने छैन, जस्तै समुद्रमा सियो हालेर [निकाले पछी सियोमा टाँसीएको पानी ] ले समुन्द्रको पानीमा केही कमी हुँदैन । हे मेरा सेवकहरू! यो तिम्रा कर्महरू हुन् जसलाई म गणना गर्छु र त्यसको प्रतिफल दिन्छु । तसर्थ, जसले राम्रो पाउँछ, उसले अल्लाहको प्रशंसा गरोस् र जसले अरू केही पायो, उसले आफूलाई मात्र दोष दिओस् ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गरेका छन्, अल्लाहले भन्नुभएको छ, उहाँले आफ्नो लागि अन्याय निषेध गर्नुभएको छ र आफ्नो सृष्टिहरूका लागि पनि निषेध गर्नुभएको छ, त्यसैले कसैले कसैलाई दमन गर्नु हुँदैन । अल्लाहले सत्यको मार्ग देखाउने बाहेक सबै मानवजाति सत्य मार्गबाट विचलित भएको बताउनु भएको छ । जसले अल्लाहसँग सत्य मार्गमा हिँड्ने बिन्ती गर्छ, अल्लाहले उसलाई यो अवसर प्रदान गर्नुहुन्छ । सबै मानवहरू आफ्ना सबै आवश्यकताहरूका लागि अल्लाहमा निर्भर छन् र जसले अल्लाहसँग प्रार्थना गर्दछ, उहाँले उसको आवश्यकता पूरा गर्नुहुन्छ र उसको लागि पर्याप्त हुनुहुन्छ । सबै मानिसहरू दिनरात पापहरू गर्छन् र अल्लाहले तिनीहरूका पापलाई ढाक्नुहुन्छ र तिनीहरूले माफी माग्दा क्षमा दिनुहुन्छ । मानिसले अल्लाहलाई नत हानि गर्न सक्छ नत फाइदा नै । सबै मानिसहरू सबैभन्दा आज्ञाकारी व्यक्ति झैं भए पनि तिनीहरूको धार्मिकताले अल्लाहको राज्यमा केही थपिने छैन । यसको विपरित, यदि सबै मनुष्यहरू सबैभन्दा पापी व्यक्ति जस्तै बन्छन् भने, तिनीहरूको यो पापमा संलग्नताले अल्लाहको राज्यमा कुनै कमी हुनेछैन । किनभने मानिस कमजोर र हरेक परिस्थिति, हरेक समय र हरेक ठाउँमा अल्लाहमा आश्रित हुन्छ, जबकि अल्लाह पवित्र र निरपेक्ष हुनुहुन्छ । यदि पहिले र पछिका सबै मानव र सबै जिनहरू एक ठाउँमा जम्मा भएर अल्लाहसँग आफ्नो इच्छा माग्छन् र अल्लाहले सबैको कामना पूरा गरिदिन्छन भने अल्लाहको खजानामा कुनै कमी आउने छैन । जसरी समुन्द्रमा सियो (सुई) हालेर बाहिर निकाल्दा समुन्द्रको पानी घट्दैन । किनभने उहाँ सम्पन्न हुनुहुन्छ । अल्लाहले आफ्ना सेवकहरूको कर्महरू सुरक्षित राख्नुहुन्छ, तिनीहरूको लागि गणना गर्नुहुन्छ र न्यायको दिनमा तिनीहरूको कर्मको प्रतिफल दिनुहुनेछ । यस्तो अवस्थामा, जसले आफ्नो कर्मको राम्रो प्रतिफल पाउँछ, उसले राम्रो काम गर्ने अवसर प्राप्तिमा अल्लाहलाई धन्यवाद दिनुपर्छ र जसले आफ्नो कर्मको प्रतिफल भिन्न पाउँछ, उसले आफूलाई मात्र दोष दिनुपर्दछ । जसले उसलाई बर्बाद पार्यो ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक दिन म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडी सवार थिएँ, जब उहाँले भन्नुभयो: "हे बालक ! म तिमीलाई केही कुराहरू सिकाउँदैछु । अल्लाहलाई याद राख, अल्लाहले तिम्रो रक्षा गर्नुहुनेछ । अल्लाहलाई याद राख, तिमी उहाँलाई आफ्नो सामु भेट्टाउनेछौ । जब माग्नुछ भने अल्लाहसँग मात्र माग्नु र जब मद्दत माग्नुछ भने अल्लाहसँग मात्र सहायता माग्नु । सुन, यदि सम्पूर्ण समुदायले तिमीलाई फाइदा पुर्याउन एकजुट भए भने, तब तिनीहरुले तिमीलाई त्यति नै फाइदा पुर्याउन सक्छन् जति अल्लाहले तिम्रो भाग्यमा लेख्नुभएको छ र यदि सबैले तिमीलाई हानि पुर्याउन चाहन्छन् भने पनि अल्लाहले तिम्रो भाग्यमा लेखेको भन्दा बढी हानि गर्न सक्दैनन् । भाग्यका कलमहरू उठाइए र [तकदीरको] किताब [हरूका हरफ] सुकाई सकिएका छन् ।”
तिर्मीजीले वर्णन गरेका छन्अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) बताउँछन्, एक दिन उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडि सवार थिए जब उहाँले भन्नुभयो : म तिमीलाई केही कुराहरू सिकाउनेछु जुनबाट अल्लाहले तिमीलाई फाइदा पुर्याउनु हुनेछ: अल्लाहको आदेशहरूको पालन गरेर र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहँदै अल्लाहलाई याद राख। अल्लाहको नजिक ल्याउने पुण्य कर्ममा संलग्न रहेर र उहाँको अवज्ञा र पापहरूबाट बच्ने प्रयास गर। यदि तिमीले यसो गर्यौ भने, बदलामा अल्लाहले तिमीलाई संसार र परलोकको अप्रिय चीजहरूबाट बचाउनुहुनेछ र तिमीलाई जहाँ भए पनि उहाँले मद्दत गर्नुहुनेछ । जब केही माग्न चाहन्छौ भने अल्लाह बाहेक अरु कसैसँग नमाग । किनभने उहाँले मात्र माग्नेहरूको इच्छा र मनोकामना पूरा गर्नुहुन्छ । जब मद्दत चाहिन्छ भने अल्लाह बाहेक अरु कसैसँग नखोज । तिम्रो मनमा दृढ विश्वास हुनुपर्छ, यदि पृथ्वीका सबै मानिसहरूले तिम्रो भलो गर्न चाहन्छन् भने अल्लाहले तिम्रो भाग्यमा जति लेखेको छ, त्यति मात्र गर्न सक्छन् र पृथ्वीमा बस्ने सबै मानिसले तिमीलाई नराम्रो गर्न चाहन्छन् भने पनि अल्लाहले तिम्रो भाग्यमा लेखेको भन्दा बढी गर्न सक्दैनन् । अल्लाहले यी सबै कुराहरू आफ्नो बुद्धि र अग्रिम ज्ञान अनुसार लेख्नुभएको छ र अल्लाहले लेख्नुभएको कुराहरूमा कुनै परिवर्तन सम्भव छैन ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक ।" सोधियो: हे अल्लाहका रसूल! इन्कार गर्नेहरू को हुनेछन्? उहाँले भन्नुभयो: "जसले मेरो आदेशको पालना गर्छ उसले स्वर्गमा प्रवेश गर्नेछ र जसले मेरो आज्ञा पालन गर्दैन उसले इन्कार गर्यो ।”
बुखारीले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बताउँदै हुनुहुन्छ, मेरा समस्त अनुयायीहरू स्वर्गमा प्रवेश गर्नेछन्, इन्कार गर्नेहरू बाहेक ! सहाबाहरूले सोधे: हे अल्लाहको रसूल! स्वर्ग जान कसले इन्कार गर्छ र ?! उहाँले जवाफ दिनुभयो, जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आज्ञापालन र अनुसरण गर्यो उ स्वर्गमा प्रवेश गर्नेछ र जसले आज्ञा पालन गरेन र शरियतको पालना गरेन उसले वास्तवमा आफ्नो खराब कर्महरूले गर्दा स्वर्गमा प्रवेश गर्न अस्वीकार गर्यो ।