





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले कुनै समुदाय को नक्कल गर्छ, त्यो तिनीहरूमध्ये एक हो ।"
अबू दाउद र अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले कुनै अविश्वासी, अवज्ञाकारी वा धार्मिक समुदायको आस्था, उपासना वा विशेष रीतिरिवाको नक्कल गर्छ, ऊ ती मानिसहरूमध्ये गनिनेछ । किनभने बाहिरी रूपमा नक्कल गर्नाले तिनीहरूको भित्री रूपमा अनुकरण गर्न जान्छ । कुनै पनि समुदायको नक्कल गर्नु भनेको त्यस समुदायप्रति मानसिक झुकाव, प्रेम र सम्मानको परिणाम हो भन्ने कुरामा कुनै शंका छैन । यसले व्यक्तिलाई भित्री रूपमा पनि अनुकरण गर्न निम्त्याउँछ ( यस्ता कामबाट अल्लाहको शरण होस्) ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधें, अल्लाहको नजरमा सबैभन्दा ठूलो पाप कुन हो? उहाँले भन्नुभयो: "अल्लाहको सहभागी ठहर गर्नु जबकि उहाँले नै तिम्रो सृष्टि गर्नुभएको हो ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "तिर्मो सन्तानले तिमीसँगै खाने डरले उसको हत्या गर्नु ।" मैले सोधेँ, त्यस पछि कुन हो ? उहाँले भन्नुभयो: "आफ्नो छिमेकीकी पत्नीसँग जि़ना (व्यभिचार) गर्नु ।"
मुत्तफकुन अलैहियस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधिएको छ, सबैभन्दा ठूलो पाप के हो? उहाँले भन्नुभयो: सबैभन्दा ठूलो पाप शिर्क अकबर (बहु ईश्वरवाद) हो । शिर्क अकबर भनेको अल्लाहको "उलूहीयत" (ईश्वरत्व) मा वा "रूबुबीयत" (प्रभुत्व) मा वा "अस्मा व सिफात" (उहाँको नाम र विशेषताहरू) मा कुनै साझेदार ठहर गर्नु वा उहाँको बराबरीमा अरु कसैलाई ठान्नु हो । यो पापलाई अल्लाहले (व्यक्तिले गरेको) पश्चात्ताप बिना माफ गर्नुहुन्न । यदि कोही शिर्कमा लिप्त भएको अवस्थामा मर्छ भने ऊ सधैं नरकमा रहन्छ । त्यसपछि दोस्रो ठूलो पाप भनेको आफ्नो बच्चालाई खाने खर्चको डरले मार्नु हो । हत्या गर्नु त्यत्तिकैमा ठूलो पाप हो, त्यसमाथि यदि हत्यारा र पीडितबीच रगतको सम्बन्ध छ भने त्यो झनै ठूलो हुन्छ। त्यसैगरी सन्तान हत्याको उद्देश्य अल्लाहले प्रदान गर्नुएको भोजन सँगै खान्छ भन्ने डर हुँदा पाप अझ ठूलो हुन्छ । तेस्रो ठूलो पाप भनेको आफ्नो छिमेकीकी श्रीमतीलाई बहकाएर अनि प्रलोभनमा पारेर व्यभिचार गर्नु हो । व्यभिचार गर्नु निषेधित छ, त्यसमाथि छिमेकीकी श्रीमतीसँग व्यभिचार गर्दा यसको पाप अझै बढ्छ, किनभने शरियतले छिमेकीसँग राम्रो व्यवहार गर्न आदेश दिएको छ ।
अबू अय्यूब अल अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै पनि मुस्लिमले आफ्नो भाइसँग तीन दिन भन्दा बढी बोलचाल बन्द गर्न र एकअर्कालाई भेट्दा सलाम नगर्ने व्यवहार निषेध गर्नुभएको छ । यी दुई मध्ये राम्रो मान्छे त्यो हो जसले मौनतालाई तोड्छ र अगाडि आएर सलाम गर्छ । यहाँ व्यक्तिगत स्वार्थका लागि कुराकानी बन्द गरिएको हो भन्ने बुझ्नुपर्छ । तर यदि कसैले अल्लाहको खातिर सम्बन्ध तोडेको छ, जस्तै अल्लाह र उहाँका रसूलको अवज्ञा गर्नेहरू, अधर्मी र खराब साथीहरूदेखि कुराकानी बन्द गर्ने भनेको यो कुनै समय सीमाले बाँधिएको छैन । यो कारण र परिवेशमा निर्भर छ, कारण समाप्त हुने बित्तिकै सम्बन्ध स्वतः सुचारु हुन्छ ।
अबू सिरम: (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले अर्कालाई हानि पुर्याउँछ, अल्लाहले उसलाई हानि पुर्याउनु हुन्छ र जसले अरूलाई कष्ट दिन्छ, अल्लाहले उसलाई कष्टमा पार्नुहुनेछ ।"
अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्"नबी (सल्ललाहु अलैहि वसल्लम) ले मुसलमानलाई हानी पुर्याउने वा कुनै पनि कुरामा, चाहे त्यो उसको जीवन होस्, धन होस् या परिवार, कठिनाइ थप्ने काम गर्नबाट सजग रहन भनेका छन्। जसले यस्ता काम गर्छ, उसलाई अल्लाहले उस्तै प्रकारको कर्मको आधारमा सजाय दिनेछन्।"
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं । उहाँले एक रात पूर्णिमाको चन्द्रमातिर हेरेर भन्नुभयो: "निश्चय नै, तिमीहरूले यो चन्द्रमा देखे जस्तै आफ्नो रब (पालनकर्ता) लाई देख्नेछौ र उहाँलाई हेर्दा तिमीहरूलाई कुनै समस्या हुनेछैन । तसर्थ, यदि तिमीहरू सूर्योदय र सूर्यास्त हुनुअघिका नमाजहरू (फज्र र अस्र) पढ्न सक्षम छौं भने, ती नमाजहरूलाई कहिल्यै नछोड्नु।" त्यसपछि उहाँले यो आयत पढ्नुभयो: (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।
मुत्तफकुन अलैहिएक रात साहाबहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए र यसैबीच उहाँले पूर्णिमाको चन्द्रमातिर हेरेर भन्नुभयो: आस्थावानहरूले आफ्ना परमेश्वरलाई प्रत्यक्ष आँखाले देख्न पाउनेछन् र उहाँलाई हेर्दा कुनै समस्या, थकान वा कठिनाइ हुनेछैन । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : यदि तिमी फज्र र अस्रको नमाज पढ्नबाट रोक्ने वा विचलित गर्ने कारणहरू हटाउन सक्षम छौ भने, यी दुई नमाजहरूलाई समयमा र जमातसहित पूरा गर। किनभने यी दुई नमाजहरू अल्लाहको अनुहार हेर्ने सौभाग्य प्राप्त गर्ने कारणहरू मध्ये एक हुन्। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत पढ्नुभयो : (सूर्योदय र सूर्यास्त हुनु अघि आफ्नो परमेश्वरको प्रशंसाको साथ महिमा गर) ।
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न । त्यसपछि उहाँले यो आयत पढ्नुभयो : {"तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् वास्तवमा - उनको पकड कष्टकर र शसक्त हुने गर्छ।} [सूरह हूद: 102]
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि व सल्लम) पाप, शिर्क (बहुईश्वरवाद), र मानिसहरूको अधिकार हनन् गरेर गलत काम विरुद्ध चेतावनी दिँदै हुनुहुन्छ । किनकि गल्ती गर्नेलाई तुरुन्तै सजाय दिनुको सट्टा अल्लाहले उसलाई केहिबेर समय वा मौका दिनुहुन्छ, उसको जीवन र धनमा वृद्धि गर्नुहुन्छ । तर यस्तो अवस्थामा उसले पश्चात्ताप गरेन भने उसको क्रूरता बढ्दै जान्छ अनि उसलाई समात्नुहुन्छ र छोड्नु हुन्न । त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो : {तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् वास्तवमा - उनको पकड कष्टकर र शसक्त हुने गर्छ - ।} [सूरह हूद: 102]
अबुल हय्याज असदीले बयान गरेका छन्, अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) ले मलाई भन्नुभयो: के म तिमीलाई त्यस मिसन/ अभियानमा नपठाऊ, जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई पठाउनुभएको थियो? तिमीले यदि कुनै पनि मुर्तिलाई देख्यौ भने त्यसलाई मेटाई देऊ र कुनै अग्लो कब्र (चिहान) छ भने त्यसलाई समतल गरी देऊ ।
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरूलाई यो भन्दै पठाउनुहुन्थ्यो, जुन मूर्ति भेट्टाउछौ, त्यसलाई नष्ट गरिदेऊ वा मेटाइ देऊ । हदीसमा ‘तिम्साल’ शब्दको प्रयोग भएको छ, जसको अर्थ आत्मा भएको वस्तुको चित्र हो, चाहे त्यो आकारमा होस् वा आकारविहीन । त्यसैगरी अग्लो चिहान फेला परेमा त्यसलाई जमिनसँग समतल बनाउने र त्यसमाथि बनेका भवन वा आकृति आदि भत्काउने वा धेरै नउठाउने गरी जमिनसँग समतल बनाउने । यो लगभग एक बित्ता जति अग्लो हुनुपर्छ । त्योभन्दा बढी होइन ।
इमरान बिन हुसैन (रजियल्लाहु अन्हा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "त्यो व्यक्ति हामी मध्ये होइन, जसले अशुभ शगुन मान्यो वा जसको लागि अशुभ शगुन लिइएको छ, जसले ज्योतिषीको काम गर्यो वा जसको लागि ज्योतिषीको काम गराइयो, जसले जादू गर्यो वा जसको लागि जादू गराइयो । जसले गाँठोमा झारफुक / जन्तर मन्तर गर्यो र जो कुनै ज्योतिषीकहाँ गयो र उसले भनेको वचनलाई सत्य मान्यो भने उसले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित शरीयतलाई अस्वीकार गर्यो ।
बज्जारले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना अनुयायीहरूलाई चेतावनी दिनुभएको छ, जसले यी कार्यहरू गर्छ ऊ हामी मध्ये होइन । यी कार्यहरू निम्नानुसार छन्: पहिलो : "जसले अशुभ शगुन लियो (अथवा यसमा विश्वास गर्यो) वा जसको लागि शगुन लिइएको छ ।" यसको अर्थ: अरबहरूले यात्रा, व्यापार जस्ता कुनै पनि काम सुरु गर्दा चरालाई उडाउने गर्दथे । यदि चरा दायाँ तिर उड्यो भने यो एक शुभ संकेत मान्ने गर्थे र आफूले चाहेको काम गर्न जान्थे । तर यदि चरा बायाँतिर उड्यो भने, यो एक अशुभ संकेत मान्थे र आफूले चाहेको कुराबाट टाढिन्थे । वास्तवमा, यो निषेधित काम हो, न त आफैले गर्न मिल्छ न अरुद्वारा गराउन । यसमा हरेक प्रकारको शगुन समावेश गरिएको छ, चाहे त्यो कुरा सुन्ने वा देख्नेसँग सम्बन्धित होस्, चाहे त्यो पंक्षी होस्, जनावर होस्, शारीरिक अपाङ्गता भएका मानिस होस्, कुनै विशेष संख्या होस् वा दिन वा अरु केही । दोस्रो: जसले आफैले ज्योतिषीको काम गरेको छ वा कसैबाट गराएको छ । तसर्थ, जसले नक्षत्र, ताराहरू आदिको सहायताले अदृश्य कुरा थाहा पाएको दाबी गर्छ वा अदृश्य कुरा जान्ने दाबी गर्ने व्यक्तिकहाँ गएर उसको कुरालाई सत्य हुने विश्वास गर्दछ भने त्यस्तो व्यक्तिले मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)माथि अवतरित शरीयतलाई अस्वीकार गर्यो । तेस्रो: "जसले जादू गर्यो वा अरुद्वारा जादू गरायो ।" कसैको हित गर्ने वा कसैलाई हानि पुयाउने उद्देश्यले जादु गर्ने वा जादु गराउने वा अवैध मन्त्र इत्यादि जप गरेर धागो आदिमा गाँठो लगाएर फुकाउने वा टुनामुना गर्ने व्यक्ति ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) का पवित्र श्रीमतीहरु बाट उधृत गरिएको छ, उहाँले भन्नुभयो: "जो कोही ज्योतिषी कहाँ जान्छ र उसलाई कुनै कुराको बारेमा सोध्छ भने, चालीस दिनसम्म उसको सलाह (नमाज) कबुल (अल्लाह सामु स्वीकार्य) हुँदैन ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ज्योतिषीकहाँ जाने लाई चेतावनी दिँदै हुनुहुन्छ । हदीसमा ‘अर्राफ’ शब्द प्रयोग गरिएको छ जसको अर्थ तारा, शैतान इत्यादिको सहयोगबाट अदृश्यको बारेमा जान्ने दाबी गर्नेहरु हुन्, जस्तै ज्योतिषीहरू, झाँक्री हरु, बालुवामा रेखाहरू कोरेर वा हात देखेर भविष्यवाणी गर्नेहरू इत्यादि । त्यस्ता व्यक्तिहरूलाई अदृश्यको बारेमा केही सोध्दा, अल्लाहले चालीस दिनको नमाजको इनामबाट वञ्चित गर्नुहुन्छ । वास्तवमा यो उसको ठूलो पापको सजाय हो ।