





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरू सबै जिम्मेवार छौँ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ । शासक, जसले मानिसहरूको नेतृत्व गर्छ, ऊ जिम्मेवार छ र उसलाई उसको प्रजाबारे सोधिनेछ । पुरुष आफ्नो घरपरिवारको जिम्मेवार छ र उससँग उसको मातहतको बारेमा सोधिनेछ । महिला आफ्नो पतिको घर र सन्तानको जिम्मेवार छिन् र उसलाई तिनीहरूको बारेमा सोधिनेछ । सेवक आफ्नो मालिकको सम्पत्तिको जिम्मेवार छ र उसलाई त्यसको बारेमा सोधिनेछ ।सचेत रहनुहोस्! तिमीहरु सबै जिम्मेवार छौँ र प्रत्येकले आफ्ना अधीनस्थहरूको बारेमा जवाफ दिनुपर्नेछ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, समाजमा बस्ने प्रत्येक मुस्लिमको केही जिम्मेवारी हुन्छ, जुन उसले वहन गर्नुपर्छ । शासक र हाकिम आफ्नो प्रजाका जिम्मेवार हुन् । त्यसैले उनले आफ्ना प्रजामाथि लागु हुने नियम अधिकारहरू सुनिश्चित गर्नुपर्छ, तिनीहरूलाई अत्याचारीहरू बाट जोगाउनुपर्छ, शत्रुहरूविरुद्ध तिनीहरूको रक्षा गर्नुपर्छ, र तिनीहरूको अधिकार हनन हुन नदिन ख्याल गर्नुपर्छ। पुरुषलाई आफ्नो घरपरिवारको पालनपोषण गर्ने, उनीहरूसँग राम्रो व्यवहार गर्ने, शिक्षा प्रदान गर्ने र अनुशासन सिकाउने जिम्मेवारी दिइएको छ। नारीलाई आफ्नो पतिको घरको उचित व्यवस्थापन, छोराछोरीलाई उच्च संस्कार (तरबीयत) सिकाउन र हेरचाह गर्ने जिम्मेवारी दिइएको छ, र ऊ त्यसैको लागि जवाफदेह हुन्छी। दास र नोकरलाई आफ्नो मालिकको सम्पत्तिको संरक्षण गर्ने र उसको सेवा गर्ने जिम्मेवारी दिइएको छ, र ऊ त्यसैको लागि जवाफदेह हुन्छ। प्रत्येक व्यक्ति उसलाई सुम्पिएको कुराको जिम्मेवार हुन्छ र सबैलाई उसको जिम्मेवारी र दायित्वप्रति सोधिनेछ ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, उहाँले भन्नुभयो: "तिमीहरूमध्ये जोसँग विवाह गर्ने सामर्थ्य छ, उसले विवाह गरिहालोस्। किनकि विवाहले आँखालाई झुकाउने (अवैध दृष्टिबाट बचाउने) र लज्जास्थानलाई सुरक्षित राख्ने काम गर्छ। र जससँग सामर्थ्य छैन, उसले रोजा (व्रत) राखोस्। किनकि व्रतले यौन इच्छालाई कमजोर गर्छ ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले शारीरिक तथा विवाहका आवश्यकताहरू (गाँस, बास र कपास) पूरा गर्न सक्षम व्यक्तिलाई निकाह (विवाह) गर्न प्रोत्साहन गर्नुभएको छ; किनभने यसले दृष्टिलाई नियन्त्रणमा राख्छ र व्यभिचार तथा अन्य अनैतिक कार्यहरूमा लिप्त हुनबाट जोगाउँछ । र जससँग विवाहको खर्च वहन गर्ने सामर्थ्य छैन, तर संभोग गर्ने क्षमता छ, ऊ व्रत बसोस्। किनकि व्रतले लज्जास्थान सम्बन्धी कामवासनालाई काटिदिन्छ र वीर्यको उत्तेजना (र यसको दुष्परिणाम) लाई नियन्त्रण गर्छ।
उक्बा बिन आमिर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: "तिमीहरूले महिलाहरूको घरमा प्रवेश गर्नबाट जोगिनु पर्छ।" यो सुनेर एक अन्सारी पुरुषले सोधे: हे अल्लाहका रसूल! पतिका नजिकका आफन्तहरू (भाइहरू आदि) को बारेमा तपाईं के भन्नुहुन्छ? उहाँले भन्नुभयो: "महिलाका पतिका आफन्त मृत्यु हो।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अपरिचित महिलाहरूसँग घुलमिल हुन निषेध गर्नुभएको छ। उहाँले भन्नुभयो, "आफूलाई महिलाहरूकहाँ जानबाट रोक र महिलाहरूलाई आफ्नो नजिक आउनबाट पनि रोक।" यो सुनेर एक अन्सारी पुरुषले सोधे: श्रीमानका आफन्तहरू, जस्तै श्रीमानका दाजुभाइ, भतिजा, काका, काकाका छोराछोरी आदि। विवाहित छैनन् भने उनीहरूसँग विवाह गर्न अनुमति छ, तिनीहरूको बारेमा तपाईंको के विचार छ? अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: मृत्युबाट डराएको जस्तै तिनीहरूबाट पनि सावधान रहनुहोस्। किनकि पतिका आफन्तहरूसँग एकान्तमा हुनु धार्मिक सङ्कट (फितना) र विनाशको कारण हो। अपरिचितहरू भन्दा पतिका आफन्तहरूसँग घुलमिल हुन निषेध पहिलो हुनुपर्छ। किनभने उनीहरूसँग एकान्तको लागि बढी अवसरहरू हुन्छन् र दुष्टताले प्रलोभनमा पर्ने सम्भावना बढी हुन्छ। उनीहरूले महिलासम्म पुग्न र एकान्तमा बस्न सजिलो पहुँच राख्छन्, जसलाई सामान्यतया नजरअन्दाज गरिन्छ र यसमा हुने लापरवाहीले फितनाको सम्भावना झन् बढी हुन्छ। एक महिलालाई आफ्नो पतिको नजिकका आफन्तहरूबाट पूर्ण रूपमा लुक्न र अलग्गै रहन लगभग असम्भव छ। यस विषयमा सामान्यतया एक निश्चित सहिष्णुता हुन्छ र धेरै पटक भाउजूसँग एकान्तमा भेट हुन्छ। त्यसैले, यो दुष्टता र खराबीको हिसाबले मृत्यु जस्तै हो। यसको विपरीत अपरिचित व्यक्तिसँग सावधानी अपनाइन्छ।
मालिक बिन औस बिन हदषान ले वर्णन गरेका छन् : म "दिनारबाट दिरहम कसले साट्नेछ?" तब तल्हा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले जो उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) नजिकै थिए भने: "आफ्नो सुन देखाउनु होस्, फेरि पछि आउनु होला । जब हाम्रो दास आउँछ, हामी तपाईंलाई तपाईंको चाँदी दिन्छौं।" तब उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले भन्नुभयो: "कदापि हुँदैन, अल्लाहको कसम ! तपाईंले उसलाई चाँदी दिनुस् , वा तपाईंले उसलाई उनको सुन फिर्ता गर्नुस्, किनभने अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ: "यदि चाँदी, सुनको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि गहुँ, गहुँको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि जौ, जौको सट्टामा नगद छैन भने ब्याज लाग्छ। यदि खजूर, खजूरको सट्टामा नगद छैन भने ब्याज लाग्छ।"
मुत्तफकुन अलैहिताबअी मालिक बिन औस भन्छन्, उनीसँग सुनका सिक्काहरू (दीनार) थिए र उनी ती चाँदीका (सिक्का) लाई दिरहममा साट्न चाह्नथे । त्यसमा उनीसित तल्हा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले भन्नुभयो: "हामीलाई तिम्रा दिनारहरू देखाऊ, हेर्छौं ! " त्यस पछि उनले लिने दिने निर्णय गरे पछि भने: "जब हाम्रो दास आउँछ, तब हामी तपाईंलाई चाँदीका दिरहमहरू दिनेछौं।" उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) त्यहाँ उपस्थित हुनुहुन्थ्यो । उहाँले यस्तो किसिमको किनबेचलाई गलत बताउनु भयो र तल्हा (रजियल्लाहु अन्हु) लाई कसम खाएर भन्नुभयो, या त उनले चाँदी अहिल्यै देऊ वा लिएको सुन फिर्ता गर । उहाँले यसको कारण यो बताउनु भयो, अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भएको छ, सुनको बदलामा चाँदी वा चाँदीलाई सुनसित साँट्नु छ भने लेनदेन हाताहती हुनु पर्छ । नत्र यो ब्याज मानिन्छ र बेच्नु हराम हुन्छ । तसर्थ सुनलाई चाँदीको बदलामा र चाँदीलाई सुनसित साँट्दा त्यहीबेला उचित हुन्छ जब लेनदेन हाताहाती हुन्छ र दुवै जनाले लिन पाउँछन् । यसरी नै गहुँलाई गहुँको बदलामा, जौलाई जौको बदलामा र खजुरलाई खजुरको बदलामा बेच्न त्यही अवस्थामा जायज हुन्छ जब तौल र नाप बराबर हुन्छ र दुवै जनाले उक्त बैठकमा (माल) कब्जा जमाएका हुन्छन् । यी कुराहरूमा एकातिर नगद र अर्को तिर उधारो राख्न मिल्दैन र (माल ) हात नपरुन्जेल छुट्टिन पनि मिल्दैन ।
उस्मान बिन अबी अबुल् आस सकफी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : उहाँले इस्लाम कबुल गरेदेखि नै आफ्नो शरीरमा महसुस गरेको पीडाको बारेमा गुनासो गर्नु भयो, सो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो: "शरीरको जुन भागमा तिमीलाई दुख्छ त्यहाँ आफ्नो हात राख र तीन पटक भन: "बिस्मिल्लाह" र सात पटक "अऊज़ु बिल्लाहि व क़ुदरतिही मिन शर्रि मा अजिदु व उहाज़िरु" पढ। अर्थ: म अल्लाह र उहाँको सामर्थ्यद्वारा उहाँको शरण माग्छु त्यो कुराको खराबीबाट जो म महसुस गर्दैछु र जसको मलाई डर लागिरहेको छ ।
मुस्लिमले वर्णन गरेका छन्उस्मान बिन अबू अल-आस (रजियल्लाहु अन्हु) लाई एक गम्भीर पीडा भयो, जसले उनलाई मृत्युको नजिक पुर्यायो। त्यसैले पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) उनलाई भेट्न जानुभयो र यस्तो दुआ सिकाउनुभयो जसले अल्लाहले उनको रोगलाई निको पारदिनुभयो। आफ्नो हात दुखेको स्थानमा राखेर तीन पटक (बिस्मिल्लाह) भन्नुहोस् र त्यसपछि सात पटक यसरी भन्नुहोस्: "अऊज़ु बिल्लाहि व क़ुदरतिही मिन शर्रि मा अजिदु व उहाज़िरु"। अर्थ: म अल्लाह र उहाँको सामर्थ्यद्वारा उहाँको शरण माग्छु त्यो कुराको खराबीबाट जो म महसुस गर्दैछु र जसको मलाई डर लागिरहेको छ । यस दुआले व्यक्तिको पीडा, डर वा भविष्यमा रोग फैलने खतराबाट बच्न सक्नेछ।
इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् : "रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण मानिसहरूमध्ये सर्वाधिक परोपकारी हुनुहुन्थ्यो। विशेषगरी रमजानको महिनामा, जब जिब्रील (अलैहिस्सलाम) उहाँसँग भेट गर्नुहुन्थ्यो, उहाँको उदारता अझ बढ्दथ्यो। जिब्रील (अलैहिस्सलाम) रमजानको प्रत्येक रात उहाँकहाँ आउनुहुन्थ्यो र उहाँलाई कुर्आन पढाउहुन्थ्यो । वास्तवमा, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भलाइ र दानपुण्यका कार्यमा, तीव्र वेगले बहने हावाभन्दा पनि अधिक उदार र परोपकारी हुनुहुन्थ्यो।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सर्वाधिक उदार र दानशील हुनुहुन्थ्यो। उहाँको यो उदारता रमजान महिनामा अझ बढी हुन्थ्यो, जहाँ उहाँले प्रत्येक योग्य व्यक्तिलाई उचित कुरा प्रदान गर्नुहुन्थ्यो। उहाँको उदारतामा वृद्धि हुनुका दुई प्रमुख कारणहरू थिएः पहिलो कारणः जिब्रिल (अलैहिस्सलाम) सँग भेट्नु । दोस्रो कारणः कुरआनको 'मुदारसा', अर्थात् कण्ठस्थ रूपमा पढ्ने कार्य। जिब्रील (अलैहिस्सलाम) ले उहाँसँग त्यस समयसम्म अवतरित कुरआनको 'मुदारसा' ( पाठन) गर्नुहुन्थ्यो। यस क्रममा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) उदारता, दान र परोपकारका कार्यहरूमा अझ बढी तत्पर रहनुहुन्थ्यो। उहाँको उदारता, सबैको हितका लागि वर्षा र कृपा बोकेर बहने तीव्र बतासभन्दा पनि अधिक वेगवान् र लाभदायी थियो।
अबू जुहैर, ओमारह बिन रुवैबह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जो सूर्योदय र सूर्यास्त अघि प्रार्थना गर्छ, त्यो कहिल्यै नर्कमा प्रवेश गर्नेछैन।"
मुस्लिमले वर्णन गरेका छन्अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले फज्र र अस्रको नमाज नियमित रूपमा पढ्छ, ऊ कहिल्यै नर्कमा प्रवेश गर्नेछैन। यी दुई नमाजहरू विशेष रूपमा उल्लेख गरिएको छ, किनभने यी सबैभन्दा कठिन नमाजहरू हुन्। बिहानको समय भनेको निद्राको आनन्द लिने समय हो भने अस्रको समय दिनभरको काम र व्यवसायमा व्यस्त हुने समय हो। जसले यो कठिन समयमा यी दुई प्रार्थनाहरूको पालना गर्छ, उसले बाँकी नमाजहरूलाई निश्चित रूपमा पालना गर्नेछ।
उसमान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वुजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी नमाज पढ्छ भने त्यो नमाज उसको अघिल्ला पापहरूका लागि प्रायश्चित (क्षमाको कारण) हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन, र (अल्लाहको दयाले) यो सधैँ जारी रहनेछ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: जब फर्ज नमाजको समय हुन्छ र कुनै मुस्लिमले राम्रोसँग पूर्ण रूपमा वुजू गर्छ, र नम्रताका साथ नमाज पढ्छ—अर्थात्, आफ्नो हृदय र शरीरका अङ्गहरू अल्लाहका लागि समर्पित गर्छ, उहाँको महानतालाई ध्यानमा राख्छ, र रुकु, सज्दा लगायत नमाजका सबै कार्यहरू पूर्ण रूपमा गर्छ—भने यो नमाज उसको अघिल्ला साना पापहरू का लागि प्रायश्चित बन्नेछ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन।
काअ्ब बिन उज्रा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनिवार्य नमाजपछि अज्कार (प्रार्थना) पढ्नेहरू कहिल्यै हानी, असफलता वा पछुतोमा पर्ने छैनन् र तिनीहरुले पुण्य पाउनेछन् भनेर स्पष्ट पार्नुभएको छ, ती हुन्: "सुब्हानल्लाह" ३३ चोटि, अर्थात् अल्लाह सबै कमी र अवगुणबाट पवित्र हुनुहुन्छ । "अल-हम्दु लिल्लाह " ३३ चोटि, अर्थात् अल्लाहको सम्पूर्ण पूर्णता, उहाँप्रतिको प्रेम र महिमासहित उहाँको प्रशंसा गर्नु हो। "अल्लाहु अकबर" ३४ चोटि, अर्थात अल्लाह सबै भन्दा महान र शक्तिशाली हुनुहुन्छ ।