





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
साअ्द बिन वक्कास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले मुअज्जिन (अजान दिने व्यक्ति) को अजान सुनेपछि भन्छ, "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना", उसका पापहरू क्षमा हुनेछन्।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले मुअज्जिनले अजान दिएको सुनेपछि भन्छ : "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु” अर्थ: म पुष्टि गर्दछु, स्वीकार गर्दछु र गवाही दिन्छु, अल्लाह बाहेक अरू कोही सत्य पूज्य छैनन् र उहाँ बाहेक अरू सबै, जसको पूजा गरिन्छ, मिथ्या हुन्। "व अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु" अर्थ: मुहम्मद अल्लाहको भक्त हुनुहुन्छ, जसको पूजा गरिदैन र उहाँ अल्लाहको रसूल हुनुहुन्छ, जसलाई झुठो ठहर्याउन सकिदैन भनेर स्वीकार गर्दछु । "रजीतु बिल्लाहि रब्बा" अर्थात् म अल्लाहको स्वामित्व, प्रभुत्व, पूज्यत्व र उहाँका नाम र गुणहरूप्रति विश्वास र आस्था राखेर सन्तुष्ट छु। “व बि मुहम्मदिन् रसूला” अर्थात्: म उहाँ (मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)) मार्फत पठाइएका सबै सन्देशहरू र उहाँले हामीसम्म पुर्याएका सम्पूर्ण शिक्षा र नियमहरू लाई स्वीकार गर्दछु। "व बिल्-इस्लामि" अर्थ: आदेश तथा निषेधहरू सहित इस्लामका सम्पूर्ण सिद्धान्तहरूलाई स्वीकार गर्दछु । "दीनन्" अर्थ: विश्वास र समर्पणका साथ स्वीकार गर्दछु । "उसका साना पापहरू क्षमा हुनेछन्" ।
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: एक जना मानिसले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोध्यो: "हे अल्लाहका रसूल! हामी समुद्रमा यात्रा गर्छौं र हामीसँग थोरै पानी हुन्छ। यदि हामीले पानीले वुजु गर्यौं भने पिउने पानी रहँदैन । के समुद्रको पानीले वुजू गर्न मिल्छ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "समुद्रको पानी शुद्ध छ र त्यसको मृत वैध छ।"
رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمدएक जनाले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित सोध्यो: "हामी शिकार, व्यापार र यस्तै अन्य उद्देश्यका लागि डुङ्गामा समुद्र यात्रा गर्छौं र हामीसँग थोरै मात्रामा पिउने पानी हुन्छ। यदि हामीले यसलाई वुजू र नुहाउन प्रयोग गर्यौं भने, यो सिद्धिनेछ र पिउने पानी बाँकी रहनेछैन। यस्तो अवस्थामा, के हामीलाई समुद्रको पानीले वुजू गर्न अनुमति छ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले समुद्रको पानीको बारेमा भन्नुभयो: यसको पानी आफैंमा शुद्ध छ र यसमा अरूलाई शुद्ध पार्ने क्षमता पनि छ। यसबाट वुजू गर्न र नुहाउन अनुमति छ। यसबाट निस्कने माछाहरू खान पनि अनुमति छ, चाहे तिनीहरू पानीको सतहमा तैरिरहेको अवस्थामा मरेका भेटिए पनि र कसैले पनि शिकार नगरेको भए पनि।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई त्यो पानीको बारेमा सोधियो जसमा गाईवस्तु र जंगली जनावरहरू आउने-जाने गर्छन्। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब पानी दुई कुल्ला (दुई ठूला गाग्रा बराबर) हुन्छ, यसले फोहोरलाई प्रभाव पार्न दिँदैन।"
رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمدनबी (सल्लल्लाहु अलैहि वसल्लम) सित त्यो पानी जसमा जनावर र हिंस्रक जन्तुहरू पानी पिउनका लागि आउने जाने गर्छन् त्यो पानीले पवित्रता प्राप्त गर्न मिल्छ कि मिल्दैन भनेर सोधियो । जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोकि जब पानी ठुला दुई घैला लगभग २१० लिटर जति हुन्छ भने त्यो बराबरको पानी ठुलो परिणामको हो, यो अपवित्र हुँदैन । यद्यपि पानीका ३ वटा गुण रंग, स्वाद र गन्ध अशुद्ध पदार्थले परिवर्तन हुन्छ भने, त्यो फरक कुरा हो।
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझन्छ, उसले आफ्नो नाकमा तीन पटक पानी खन्याएर सफा गरोस्, किनकि शैतानले उसको नाकको प्वालमा रात बिताउँछ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निद्राबाट उठेपछि तीन पटक नाकमा पानी खन्याएर सफा गर्न प्रोत्साहन गर्नुभएको छ। यस हदीसमा "इस्तिनसार" शब्दको अर्थ नाकमा पानी पुर्याउने र निकाल्ने हो। किनभने शैतानले व्यक्तिको नाक भित्र रात बिताउँछ।
जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मलाई उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले भन्नुभयो : एकजना व्यक्तिले वुजू गरे, तर उनको खुट्टामा नङको आकार बराबर स्थान सुक्खा नै रह्यो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यो देखेर भन्नुभयो: “फर्केर जाऊ र आफ्नो वुजू राम्रोसँग पूरा गरेर आउ।” त्यसपछि उनले फर्केर राम्रोसँग वुजू गरे र नमाज पढे।
मुस्लिमले वर्णन गरेका छन्उमर (रजियल्लाहु अन्हु) ले बताउनु भएको छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक व्यक्तिलाई वुजू गरेको अवस्थामा देख्नुभयो, तर उसको खुट्टामा नङ बराबरको ठाउँ सुक्खा थियो, जहाँ पानी पुगेको थिएन। उहाँले पानी नपुगेको ठाउँलाई औंल्याएर भन्नुभयो: फर्केर जाऊ र वुजूका प्रत्येक अंगहरूमा पानी हालेर राम्रोसँग वुजू गरेर आऊ । यो सुनेर त्यो व्यक्तिल फर्किएर गयो र राम्रोसँग वजू गरेपछि नमाज पढ्यो।
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनी भन्छन्: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) एक ‘साअ’ देखि पाँच ‘मुद’ सम्म पानीले नुहाउनुहुन्थ्यो र एक ‘मुद’ पानीले वुजू गर्नुहुन्थ्यो ।"
मुत्तफकुन अलैहि'साअ' : चार ‘मुद’ लाई एक 'साअ' भनिन्छ र औसत व्यक्तिको दुवै हत्केलामा अटाउने जति परिमाणलाई एक मुद भनिन्छ ।
उकबा बिन आमिर (रजीअल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, उहाँ भन्नुहुन्छ: हामीमाथि ऊँटहरूको हेरचाह गर्ने जिम्मेवारी थियो। जब मेरो पालो आयो, मैले साँझपख ऊँटहरू चराएर फर्काएँ र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मानिसहरूसँग उभिएर कुरा गरिरहनुभएको अवस्थामा पाएँ। उहाँको कुराबाट मैले यो वाक्य सुनेँ: "जसले राम्ररी वुजू गर्छ र त्यसपछि एकाग्रचित्त भएर दुई रकात नमाज पढ्छ, उसका लागि स्वर्ग अनिवार्य हुन्छ। " उनी भन्छन्, मैले भनेँ: "यो कति राम्रो कुरा हो!" यो सुनेर एक व्यक्तिले मलाई भन्नुभयो: "यसभन्दा अघि भनिएका कुराहरू योभन्दा अझ उत्तम थिए।" मैले हेर्दा उहाँ उमर (रजियल्लाहु अन्हु) हुनुहुन्थ्यो। उहाँले भन्नुभयो: "मैले तिमीलाई भर्खरै आएको देखेको थिएँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तिमीहरू मध्ये जसले पूर्ण रूपमा वुजू गर्छ र त्यसपछि "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अन्न मुहम्मदन् अब्दुल्लाहि व रसूलुह्" भन्छ, उसका लागि स्वर्गका आठै ढोकाहरू खोलिनेछन् र उसले चाहेको ढोकाबाट प्रवेश गर्न सक्नेछ।'"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूसँग कुरा गर्दा दुई महान गुणहरू बताउनुभयो: पहिलो: जसले सुन्नत अनुसार राम्रोसँग वुजू गर्छ र प्रत्येक अङ्गलाई पूर्ण रूपमा धुन्छ, अनि त्यसपछि भन्छ: ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु व अन्न मुहम्मदन् अब्दुल्लाहि व रसूलुह्’; उसका लागि स्वर्गका आठवटै ढोकाहरू खोलिनेछन् र उसले आफूले चाहेको ढोकाबाट प्रवेश गर्न सक्छ । दोस्रो: जसले पूर्ण तरिकाले वुजू गर्छ, त्यसपछि हृदयलाई पूर्ण निष्कपटता (इख्लास) र विनम्रता (खुशू) का साथ केन्द्रित गरेर दुई रकअत नमाज पढ्छ र आफ्नो अनुहार तथा शरीरका सबै अंगहरूद्वारा अल्लाह सामु झुक्छ र विनयी हुन्छ; उसको लागि स्वर्ग अनिवार्य हुन्छ।
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीहरूमध्ये कोही वुजु गर्छ र मोजा लगाउँछ, उसले त्यसैमा नमाज पढोस् र त्यसमाथि मसह (स्पर्श) गरोस् र यदि उसले चाहन्छ भने, अपवित्र अवस्था (जनाबत) बाहेक कुनै पनि अवस्थामा त्यसलाई नफुकालोस्।"
दार कुतनीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट रूपमा बताउनु भएको छ, यदि कुनै मुस्लिमले वुजू गरेपछि खुफ लगायो र त्यसपछि उसको वुजू टुट्यो र पुनः वुजू गर्न चाहन्छ भने, उसलाई खुफमा मस्ह (स्पर्श) गर्न अनुमति छ यदि उसले चाह्यो भने । उसले खुफ निकाल्नु आवश्यक छैन र एक निश्चित समय सम्म उसले खुफ लगाएर नमाज पढ्न सक्छ । तर यदि उसलाई स्नानको आवश्यकता पर्यो भने अनिवार्य रुपमा खुफ खोल्नु र खुट्टाहरू धुनु पर्छ ।
अबू सईद खुदरी (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ईद-अल-अजहा वा ईद-अल-फित्रको दिन नमाजको स्थान (ईद-गाह) तर्फ जानुभयो। यस क्रममा जब उहाँ महिलाहरूको नजिक पुग्नुभयो, तब उहाँले भन्नुभयो: "हे महिलाहरू, दान गर, किनभने मैले तिमीहरूलाई धेरै संख्यामा नरकमा देखेको छु।" त्यसपछि महिलाहरूले भने: "कसरी, हे रसूल?" उनले भने: "तिमीहरू बारम्बार गाली-गलौच गर्छौ र आफ्ना पतिको नाफरमानी गर्छौ।" "मैले बुद्धि र धर्ममा अपूर्ण भएको भए पनि तिमीहरू (महिलाहरू) जस्तो कुनै पनि व्यक्ति देखेको छैन जसले एक बुद्धिमान र अनुभव भएको पुरुषको विवेकलाई विकृत पारिदिन्छ।" महिलाहरूले भने: "हाम्रो धर्म र बुद्धिमा के कमी छ?" उनले भने: "के महिलाको गवाही पुरुषको गवाहीको आधा होइन?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यो उसको बुद्धिको कमी हो।" अनि "के जब ऊ महिनावारीमा हुन्छे, तब ऊ न नमाज पढ्छे न रोजा राख्छे?" महिलाहरूले भनिन्: "हो।" उनले भने: "त्यसो भए, त्यो उसको धर्मको कमी हो।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि व सल्लम) ईदको दिन ईद-गाह (नमाज पढ्ने स्थल) तर्फ निस्किनुभयो। उहाँले महिलाहरूलाई वचन दिनुभएको थियो कि उहाँ तिनीहरूलाई अलग्गै उपदेश दिनुहुन्छ र त्यो दिन उहाँले आफ्नो वचन पूरा गर्नुभयो। हे महिलाहरू! दान गर र धेरै मात्रामा इस्तिग़फार (अल्लाहसँग क्षमायाचना) गर, किनकि यी दुई (दान र क्षमायाचना) पाप माफ गराउने महान् कारण हुन्। मैले इसराको रात तिमीहरूलाई नरकका अधिकांश बासिन्दा देखेको छु। त्यस बेला तीमध्ये एक विवेकी, समझदार र सम्मानित महिलाले भनिन्: "हे रसूल! किन हामी नरकका अधिकांश बासिन्दा हौं? उहाँले भन्नुभयो: यसका धेरै कारणहरू छन्: तिमीहरू धेरै श्राप र गाली दिन्छौ र आफ्ना पतिको अधिकारलाई अस्वीकार गर्छौ। त्यसपछि नबी सल्लल्लाहु अलैहि वसल्लमले तिनीहरूको वर्णन यसरी गर्नुभयो: "बुद्धि र धर्ममा कमी भए पनि, तिमी (महिलाहरू) भन्दा बुद्धिमान, दूरदर्शी र आत्म-नियन्त्रित पुरुषको बुद्धिलाई जित्न सक्षम मैले कसैलाई देखेको छैन।" उनले भनिन्: हे रसूल! हाम्रो बुद्धि र धर्मको कमी के हो? जहाँसम्म बुद्धिको कमीको कुरा छ, दुई महिलाको गवाही एक पुरुषको गवाही बराबर हुन्छ; यही बुद्धिको कमी हो र जहाँसम्म धर्मको कमीको कुरा छ, यो धार्मिक कार्यको कमी हो, किनभने महिनावारीका कारण महिलाहरू केही दिन र रात नमाज पढ्दैनन् र रमजानका केही दिन रोजा बस्दैनन् , यही धर्मको कमी हो। तर यसमा उनीहरूको कुनै दोष छैन, न त यसका लागि उनीहरूलाई सजाय दिइनेछ। किनभने यो त प्राकृतिक संरचनाको हिस्सा हो, जस्तै मानिसलाई धनको प्रेम र आफ्नो काममा चाँडो निर्णय गर्ने प्रवृत्ति र अज्ञानताका साथ जन्म दिइन्छ, तर यस बारेमा चेतावनी दिइएको छ, ताकि महिलाहरूको कारण हुने प्रलोभनबाट सचेत रहन सकियोस्।