





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने, उहाँले भन्नुभयो : "तिमीहरू के सोच्छौ, यदि तिमीहरूमध्ये कसैको घरको ढोका नजिकैबाट एउटा नदी बगिरहेको होस् र ऊ दिनको पाँच पटक त्यसमा नुहाउँछ भने, के उसको शरीरमा कुनै मैलो बाँकी रहन्छ? उनीहरूले जवाफ दिए: "कुनै मैलो बाँकी रहँदैन।" उहाँले भन्नुभयो: "पाँचवटा नमाजको उदाहरण त्यस्तै हो। यसद्वारा अल्लाहले सम्पूर्ण पापहरू मेटाइदिनुहुन्छ।"
मुत्तफकुन अलैहियस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दिन र रातमा पाँच पटक नमाज पढ्नाले साना पाप र गल्तीहरू मेटिने कुराको तुलना, कसैको घरको अगाडि बगिरहेको नदीमा उसले दिनमा पाँच पटक नुहाउँदा शरीरमा कुनै पनि फोहोर बाँकी नरहने अवस्थासँग गर्नुभएको छ।
अम्र बिन शुऐबले आफ्नो बुबाद्वारा आफ्नो हजुरबुवाबाट नकल गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।"
अबू दाऊदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, बुबाले आफ्नो सन्तान (छोराछोरी) लाई सात वर्षको हुँदा नमाज पढ्न आदेश दिनुपर्छ र उनीहरूलाई नमाज कायम गर्न आवश्यक कुराहरू सिकाउनुपर्छ। तिनीहरू दस वर्ष पुगेपछि लापरवाही गर्छन् भने पिट्न भनिएको छ र उनीहरूको ओछ्यान पनि अलग गर्न आदेश दिइएको छ ।
अब्दुर रहमान बिन अबु लैला भन्छन्, काअब् बिन उज्राले मलाई भेटे र भने: के म तिमीलाई कोसेली नदिउँ?" जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो, हामीले भन्यौं: हे अल्लाहका रसूल! तपाईंलाई सलाम (अभिवादन) कसरी गर्ने भनेर हामीले सिकेका छौं, तर तपाईंमाथि दरुद कसरी पठाउने ? उहाँले भन्नुभयो: "तिमीहरू यसरी भन: ‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अ़ला आले इब्राहीम्, इन्नक हमीदुम्मजीद् । अल्लाहुम्म बारिक् अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्, इन्नक हमीदुम्मजीद्’ ।"
मुत्तफकुन अलैहिसहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे कि हामीले (नमाजमा बस्ने स्थिति) 'अत्तहिय्यातु' मा "अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु" द्वारा तपाईंलाई सलाम (अभिवादन) गर्ने तरिका सिकेका छौं, तर दरुद कसरी पठाउने "? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनिहरुलाई दरुद पठाउने तरिका सिकाउनुभयो, जसको अर्थ हो : "‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्" अर्थात्: उच्च (उत्कृष्ट र नजिकका फरिश्ताहरू) सभामा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्दर शब्दहरूले प्रशंसा गर्नु, उहाँको धर्मका अनुयायीहरू र उहाँका आफन्तमध्येका विश्वास गर्नेहरू माथि कृपा गर्नु। "कमा सल्लैत अ़ला आले इब्राहीम्" अर्थात् जसरी तपाईंले इब्राहीमको परिवारलाई आशीर्वाद प्रदान गर्नुभएको छ । त्यसरी नै मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि आफ्नो अनुग्रह विस्तार गर्नुहोस् । इब्राहीमको परिवार भन्नाले—इब्राहीम, इस्माईल, इसहाक, तिनीहरूको सन्तान तथा तिनीहरूको आस्थावान अनुयायीहरूलाई बुझिन्छ।” "इन्नक हमीदुम्मजीद्" अर्थात : तपाईं आफ्नो सत्ता, गुण र कर्ममा प्रशंसनीय हुनुहुन्छ र असीम महानता, प्रभुत्व र आशीर्वादको मालिक हुनुहुन्छ । "अल्लाहुम्म बारिक् अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला आले इब्राहीम्" अर्थात्, उहाँलाई सबैभन्दा ठूलो भलाइ र सम्मान प्रदान गर्नुहोस् र यसमा अझै वृद्धि गर्नुहोस् र यसलाई निरन्तर राख्नुहोस् इब्राहीम माथि गरेजस्तै।
उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले नमाजमा सूरह फातिहा पढ्दैन, उसको नमाज मान्य हुँदैन।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि सूरह फातिहा बिना नमाज सही हुँदैन । प्रत्येक रकाअतमा सूरह फातिहा पढ्नु नमाजको आधारभूत स्तम्भ हो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जसले जुमा (शुक्रबार) को दिन 'जनाबत' (सम्भोग पछि गरिने स्नान) जस्तै स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिद जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ। जो दोस्रो प्रहरमा जान्छ, उसले एउटा गाई दान गरेसरह हुन्छ। जो तेस्रो प्रहरमा जान्छ, उसले एउटा (सिङ भएको) भेडा दान गरेसरह हुन्छ। जो चौथो प्रहरमा जान्छ, उसले एउटा कुखुरा दान गरेसरह हुन्छ। र जो पाँचौं प्रहरमा जान्छ, उसले एउटा अण्डा दान गरेसरह हुन्छ। तर जब इमाम (खुत्बाका लागि) उभिनुहुन्छ, तब फरिश्ताहरू (पुण्य लेख्ने कार्य छाडी) उपदेश सुन्न उपस्थित हुन्छन्।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जुमाको नमाज लागि चाँडै जाने सद्गुणबारे बताउनुभएको छ । जुमाको लागि प्रारम्भिक आगमन सूर्योदयदेखि लिएर इमामको आगमनसम्म हुन्छ; र यो पाँच घडी हुन्छ । सूर्योदयदेखि लिएर इमामले खुत्बा (उपदेश) को लागि मिम्बर (मंच) मा चढ्नेसम्मको समयलाई पाँच भागमा विभाजित गरिएको छ : पहिलो: जसले जनाबत (यौनसम्बन्ध पछि गरीने स्नान) जस्तै पूर्ण स्नान गर्छ र त्यसपछि पहिलो प्रहरमा मस्जिदतर्फ जान्छ, उसले एउटा ऊँट दान गरे सरह पुण्य प्राप्त गर्छ । दोस्रो: जो दोस्रो प्रहरमा जान्छ, उसले दानमा गाई दिए जस्तै हुन्छ । तेस्रो: जो तेस्रो प्रहरमा जान्छ, उसले एउटा (सिङ भएको भाले ) भेडा दान गरेसरह हुन्छ । चौथो: जो चौथो प्रहरमा जान्छ, उसले दानमा कुखुरा दिए सरह पुण्य प्राप्त गर्छ। पाँचौं: जो पाँचौं प्रहरमा जान्छ, उसले दानमा अण्डा दिए जस्तै मानिन्छ । जब इमाम खुत्बा (उपदेश) दिन आउनु हुन्छ; ढोकामा बसेका स्वर्गदूतहरूले मस्जिदमा आउनेहरूलाई क्रमशः लेख्ने कार्य छोडेर जिक्र र खुत्बा सुन्न थाल्छन् ।
अब्दुल्लाह बिन अमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छ, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्दै गरेको सुनेँ, उहाँले भन्नुभयो : ""तिमीहरूमध्ये जो कोही शुक्रबारको नमाज पढ्न आउँछ उसले स्नान गर्नुपर्छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जोड दिनुभयो, जो कोही शुक्रबारको नमाज पढ्न आउन चाहन्छ उसले जनाबतको स्नान जस्तै स्नान गर्नु मुस्तहब हो।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले राम्रोसँग वुजू गर्छ, त्यसपछि जुमुआको नमाज़मा आउँछ, ध्यानपूर्वक खुत्बा सुन्छ तथा चुप लागेर बस्छ, उसका त्यस शुक्रबारदेखि अर्को शुक्रबारसम्म र थप तीन दिनका पापहरू क्षमा गरिन्छन्। र जसले (खुत्बाको समयमा) साना ढुङ्गाहरू छुन्छ (वा खेलाउँछ), उसले व्यर्थ कार्य गरेको हुन्छ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जसले वुजूका आधारभूत कार्यहरू, सुन्नत र शिष्टाचारहरूको पालना गर्दै राम्रोसँग वुजू गर्दछ, त्यसपछि जुमाको नमाजमा उपस्थित हुन्छ, चुपचाप र ध्यानपूर्वक इमामको खुत्बा (उपदेश) सुन्छ र व्यर्थका कुराकानीबाट टाढा रहन्छ, अल्लाहले उसका १० दिनका (यो शुक्रबारदेखि अर्को शुक्रबारसम्म र थप तीन दिनका) साना पापहरू क्षमा गरिदिनुहुन्छ; किनकि एउटा पुण्यको प्रतिफल दस गुणा बढाएर प्रदान गरिन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जुमुआको खुत्बाको समयमा उपदेशलाई पूर्ण रूपमा ध्यानलो नसुनेर व्यर्थका कार्यहरू गर्ने—जस्तै ढुङ्गा खेलाउने वा अन्य ध्यान भङ्ग गर्ने क्रियाकलापहरू गर्ने—बारे कडा चेतावनी दिनुभएको छ। उहाँले भन्नुभयो कि जसले यस्तो व्यवहार गर्छ, उसले ‘लग्व’ (व्यर्थ कार्य) गरेको ठहरिन्छ, र जसले ‘लग्व’ गर्छ, उसले जुमुआको पूर्ण पुण्य प्राप्त गर्दैन।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो बिहान वा बेलुका मस्जिद जान्छ, अल्लाहले उसको लागि स्वर्गमा स्वागतका लागि स्थान तयार गर्नुहुन्छ, हरेक पटक जब ऊ बिहान वा बेलुका मस्जिद जान्छ।"
मुत्तफकुन अलैहिअल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले उपासना, ज्ञान आर्जन, वा अन्य सुभ उद्देश्यका लागि दिनको सुरु वा अन्तिमसमयमा मस्जिद आउने व्यक्तिका लागि शुभ खबर दिनु भएको छ, चाहे राती वा दिनको जुनसुकै समयमा आओस्; अल्लाह तआला उसका लागि (जन्नत) स्वर्गमा स्थान र आतिथ्य तयार गर्नु भएको हुन्छ ।
अब्दुल्लाह बिन सलाम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) मदीना आइपुग्नुभयो, मानिसहरू उहाँतर्फ दौडिए र भन्न थाले: "रसूलुल्लाह आउनुभयो! रसूलुल्लाह आउनुभयो! रसूलुल्लाह आउनुभयो!" (तीन पटक)। म पनि उहाँलाई हेर्नका लागि मानिसहरूसँगै गएँ। जब मैले उहाँको मुहार स्पष्ट रूपमा देखेँ, तब मलाई हेर्ने बित्तिकै थाहा भइहाल्यो कि यस्तो मुहार कुनै झूट बोल्ने व्यक्तिको मुहार हुनै सक्दैन। त्यतिबेला मैले उहाँको मुखबाट सुनेको पहिलो कुरा थियो: “हे मानिसहरू, सलाम (अभिवादन) फैलाउनु, खाना खुवाउनु, पारिवारिक सम्बन्ध कायम गर्नु र मानिसहरू सुतिरहेको बेला रातमा नमाज पढ्नु, (यसो गरेमा) तिमीहरू शान्तिका साथ जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछौ ।”
तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) मदीना आउनुभयो, मानिसहरू उहाँलाई देख्नासाथ उहाँतर्फ दौडिए। उहाँलाई भेट्न जानेहरूमध्ये अब्दुल्लाह बिन सलाम पनि थिए, जो एक यहूदी थिए। जब उनले उहाँलाई देखे, उहाँको मुहारको प्रकाश, सौन्दर्य र सत्यव्रत प्रतिष्ठा स्पष्ट देखेर ‘यो कुनै झूटा मानिसको अनुहार हुन सक्दैन’ भन्ने कुरा उनले थाहा पाइहाले । उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मुखबाट सुनेको पहिलो कुरा के थियो भने उहाँले मानिसहरूलाई स्वर्गमा प्रवेश गराउने सत्कर्महरू गर्न प्रोत्साहित गरिरहनुभएको थियो, तीमध्ये निम्न छन् : पहिलो: सलाम (अभिवादन) को व्यापक प्रसार गर्नु, यसलाई खुला रूपमा प्रचलनमा ल्याउनु र परिचित तथा अपरिचित सबैलाई सलाम गर्नु। दोस्रो: मानिसहरूलाई भोजन गराउनु; चाहे त्यो सद्का (दान) र उपहारस्वरूप होस्, वा अतिथि सत्कारको रूपमा। तेस्रो: रगतको नातालाई सुदृढ पार्नु। अर्थात्, पितृ वा मातृ पक्षबाट रगतको सम्बन्ध वा नजिकको सम्बन्ध भएका आफन्तहरूसँग सुमधुर सम्बन्ध कायम राख्नु। चौथो: जब मानिसहरू निद्रामा मग्न हुन्छन्, त्यस समयमा रातको नफिल (स्वैच्छिक) नमाज पढ्नु।