





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको कसम जसको कब्जामा मेरो प्राण छ, चाडै नै मरियम पुत्र एक न्यायी हाकिमको रूपमा तिमीहरूका बीचमा आउनुहुनेछ । उनले क्रस भाँच्नेछन्, सुँगुरहरूलाई मार्नेछन्, करहरू हटाउनेछन् र धनसम्पत्ति यति प्रशस्त हुनेछ कि दान-प्रदान गर्दा कसैले स्वीकार गर्नेछैन ।"
मुत्तफकुन अलैहिनबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाँदै भन्नुभएको छ कि, मानिसहरूबीच मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को शरिया (इस्लामी कानून) बमोजिम न्याय गर्नका लागि चाँडै नै ईसा (येशू अलैहिस्सलाम) को अवतरण हुनेछ। क्रिस्चियनहरूले सम्मान गर्ने क्रसलाई उहाँले भाँच्नुहुनेछ, र सुँगुरलाई मार्नु हुनेछ । जिजिया (कर) हटाउनेछन् र सबै मानिसहरूलाई इस्लाम धर्म स्वीकार गर्न आह्वान गर्नेछन् । त्यतिबेला धनको अत्यधिक प्रचुरता हुनेछ, प्रत्येक व्यक्तिसँग यति धेरै धन हुनेछ र यसमा यति बर्कत (वृद्धि) हुनेछ कि हरेक व्यक्ति आत्मनिर्भर हुनेछ र कोही पनि आर्कोको धन स्वीकार गर्न तयार हुने छैन।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "क़यामत तबसम्म आउँदैन जबसम्म समय एकदम छोटो हुँदैन। त्यसबेला, एक वर्ष महिनाजस्तो लाग्नेछ, एक महिना हप्ताजस्तो, एक हप्ता दिनजस्तो, एक दिन घण्टाजस्तो बितेको महसुस हुन्छ र एक घण्टा यति तीव्र गतिमा बित्नेछ, जसरी खजुरको पात एकैछिनमा जलेर भस्म हुन्छ।"
अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, कयामत नजिकिंदै गरेको संकेतहरू मध्ये समय छोटो र संकुचित हुने हो । वर्ष महिना जस्तै बित्नेछ, महिना हप्ता जस्तै बित्नेछ, हप्ता दिन जस्तै बित्नेछ, दिन घण्टा जस्तै बित्नेछ, र घण्टा खजूरको पात जलेझैं तिब्र गतिले बित्नेछ।
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा समात्नु हुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा बेर्नु हुनेछ। त्यसपछि उहाँले भन्नुहुनेछ: "म अल-मलिक (सर्वोच्च राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले कयामतको दिन पृथ्वीलाई आफ्नो मुट्ठीमा जम्मा गर्नुहुनेछ र आकाशलाई आफ्नो दाहिने हातमा तलमाथि गरी बेर्नुहुनेछ र यसलाई नष्ट गरेपछि भन्नुहुनेछ: म नै राजा हुँ! पृथ्वीका राजाहरू कहाँ छन्?!
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "मेरो जलाशय (ताल) को दायरा एक महिना (यात्रा) को दूरी बराबर हुनेछ । यसको पानी दूध भन्दा सेतो र यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ र यहाँ राखिएका (पानी खाने) कचौराहरू आकाशका ताराहरू जस्तै हुनेछन् । जसले यसको पानी पिउनेछ, उसलाई कहिल्यै तिर्खा लाग्ने छैन ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिन उहाँलाई एउटा जलाशय (पोखरी) प्रदान गरिनेछ,जसको लम्बाइ र चौडाइ एक महिना (यात्रा)को दूरी बराबर हुनेछ । र त्यसको पानी दूध भन्दा सेतो हुनेछ । र त्यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ । र त्यहाँ राखिएका (पानी खाने) कचौराहरूको सङ्ख्या आकाशका ताराहरू जत्तिकै धेरै हुनेछन् । जसले ती कचौराले त्यो जलाशय (पोखरी) को पानी पिउँनेछ, उसलाई कहिल्यै तिर्खा लाग्नेछैन ।
आस्मा बिन्ते अबिबक्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेकी छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "म जलाशय (हौज)निर बसेर तिमध्ये को-को मकहाँ पानी पिउन आउँछन् भनेर हेरिरहेको हुनेछु । र कोही मान्छेहरु मकहाँ आउनबाट रोकिनेछन्, तब मैले भन्नेछु, हे मेरो रब! यिनीहरु मेरा उम्मती हुन् । तब भनिनेछ: उनीहरूले तिमी पछि के के गरे, के तिमीलाई थाहा छ ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए।
मुत्तफकुन अलैहिनबि (सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनुभएको छ कि, कयामतको दिन उहाँ आफ्नो जलाशय (कुण्ड) नजिक हुनुहुनेछ। जहाँबाट उहाँले आफ्नो उम्मतका (समुदायका) मानिसहरू जलाशय(हौज)मा पानी पिउन आएको हेर्नुहुनेछ। र केही मानिसहरूलाई उहाँको नजिक जानबाट रोकिनेछ, तब उहाँले भन्नु हुनेछ: हे मेरो पालनकर्ता ! यिनीहरु मेरा मान्छे र मेरा उम्मती (समुदायका) हुन् ! उहाँसँग भनिनेछ: के तिमीलाई थाहा छ कि तिम्रो मृत्यु पछि उनीहरुले के के काम गरे ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए र आफ्नो धर्म त्यागेको थिए । तसर्थ न त तिनीहरू तिमीबाट हुन्, न त तिम्रो समुदायबाट ।
अबू-जर (रजियल्लाहु अन्हु) ले वर्नण गरेका छन्, उहाँ भन्नु हुन्छः मैले भने: हे अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! हौज (जलाशय) निर राखिएका (पानी पिउने) भाडाहरू कस्ता हुन्छन्? उहाँले भन्नुभयो: "कसम अल्लाहको जसको हातमा मुहम्मदको ज्यान छ, ती भाँडाहरू अँध्यारो र सफा रातमा देखिने आकाशका ताराहरू र ग्रहहरूको संख्या भन्दा बढी छन्। ती स्वर्गका भाँडाहरू हुन्, जसले त्यसबाट पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्ने छैन। त्यसमा स्वर्गबाट उत्पत्ति भएका दुई वटा सानाखोला मिल्दछ, जसले यसको पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्ने छैन । यसको चौडाइ यसको लम्बाइ आमनबाट एला सम्मको दूरीजत्तिकै बराबर छ, यसको पानी दूधभन्दा सेतो र मह भन्दा मीठो छ ।
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खानुभयो कि, उहाँको हौजमा रहेका भाँडाहरूको संख्या आकाशका तारा र ग्रहहरूसंख्या भन्दा बढी हुनेछ, र यी तारा र ग्रहहरू अँध्यारो र बादल नभएको रातमा स्पष्ट रूपमा देखिन्छन्, किनभने जुनेली रातमा चन्द्रमाको प्रकाशले गर्द ताराहरू स्पष्ट रूपमा देखिँदैनन्, र बादल भएको रातमा बादलले आकाश छेक्ने कारणले ताराहरु देखिदैनन् । र (बताउनुभयो कि) त्यो स्वर्गको भाँडाबाट जसले त्यस जलाशयको पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्नेछैन, र त्यो नै उसको अन्तिम प्यास हुनेछ, र उहाँको हौज (जलाशय)मा स्वर्गबाट उत्पत्ति भएर बगेको दुई वटा सानाखोला मिल्दछ, र त्यस हौजको लम्बाइ र चौडाइ समान हुनेछ, र त्यसको चारै फाँट बराबर हुनेछन्, त्यस (जलाशय)को लम्बाइ सिरियाको बल्का सहरमा रहेको अम्मान र सिरियाको प्रसिद्ध सीमावर्ती सहर अइला बीचको दूरी बराबर हुनेछ, र त्यसको पानी दूधभन्दा सेतो र त्यसको स्वाद महभन्दा मीठो हुनेछ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "तिम्रो संसारको आगो नर्क को आगोको सत्तरी भागमध्ये एक भाग हो ।" कसैले भन्यो: हे अल्लाहको रसूल! यो (संसारको आगो) मात्र भए पनि पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : " नरकको आगोको तपन ६९ प्रतिशत बढी छ र त्यसको प्रत्येक भागको तपन संसारको आगो जस्तै छ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले संसारको आगो नर्कको आगोको सत्तरी भाग मध्ये एक भाग हो भन्ने कुरा बताउनुभएको छ । यसरी परलोकको आगोको तातोपन यस संसारको आगोको तापनभन्दा ६९ गुणा बढी हुनेछ, जसको प्रत्येक भाग यस संसारको आगोको तापन बराबर हुनेछ। कसैले भने, हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! नर्कबासी हरूलाई यातना दिन संसारको आगो नै पर्याप्त हुने थियो । उहाँले भन्नुभयो : नर्कको आगोलाई संसारको आगोभन्दा ६९ गुणा तातो बनाइएको छ र त्यसको प्रत्येक भागको ताप संसारको आगोको ताप बराबर हुनेछ ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,: “हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ: "तिमीहरू हरेकको सृष्टि उसको आमाको गर्भमा चालीस दिन र चालीस रात सम्म वीर्यको रूपमा जम्मा गरिन्छ, त्यसपछि अर्को ४० दिनसम्म बाक्लो र जमेको रगतको रूप लिन्छ । त्यस पछि अर्को ४० दिनमा मासुको डल्लोको रूप लिन्छ । त्यसपछि अल्लाहले एउटा फरिशता पठाउनुहुन्छ जसले अल्लाहको आदेश अनुसार त्यो व्यक्तिको जीविका, उमेर, कर्म र राम्रो वा नराम्रो हुनु बारे लेख्छ र त्यसपछि उसले त्यसमा रूह (आत्मा) हाल्छ । एक व्यक्तिले जीवनभर स्वर्गवासीहरूको कर्म गर्छ र जब उसको र स्वर्गको बीचमा एक हातको दूरी हुन्छ, त्यतिखेर उसको भाग्य उसमाथि हावी हुन्छ, र ऊ नर्कवासीहरूको कर्म गरेर नर्कमा प्रवेश गर्दछ । त्यसैगरी एक व्यक्तिले जीवनभर नर्कवासीको कर्म गर्छ र जब उसको र नर्कको बीचमा एक हातको दुरी रहन्छ तब उसको भाग्य उसमाथि हावी हुन्छ र ऊ स्वर्गवासीको कर्म गरेर स्वर्गमा प्रवेश गर्दछ ।"
मुत्तफकुन अलैहिअब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, हामीलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो; उहाँले सत्य बोल्नुहुन्छ र उहाँको भनाइ पूर्णतः सत्य हुन्छ, किनभने अल्लाहले उहाँलाई सत्यवान घोषित गर्नुभएको छ, उहाँले भन्नुभयो: तिमीहरु मध्ये प्रत्येकको सृष्टि जम्मा गरिन्छ, अर्थात् पुरुषले आफ्नी श्रीमतीसँग सहवास गर्दा, महिलाको पाठेघरमा स्खलन गरेको वीर्य चालीस दिनसम्म शुक्रकीट (नुत्फा) को रूपमा संकलित रहन्छ । त्यसपछि यो रगतको डल्लो (अलकह) बाक्लो र स्थिर रगतको रूप लिन्छ, यो दोस्रो चालीस दिनको अवधिमा हुन्छ । त्यसपछि यो चपाउन मिल्ने मासुको टुक्रा (मुज्गह) बन्छ र यो तेस्रो चालीस दिनको अवधिमा हुन्छ। त्यसपछि अल्लाहले एक स्वर्गदूत(फरिश्ता) पठाउनुहुन्छ, जसले तेस्रो चालीस दिनको अवधि समाप्त भएपछि त्यसमा आत्मा (रूह) हाल्छ। स्वर्गदूत (मलाइकह) लाई चार चीजहरू लेख्न आदेश दिइन्छ : पहिलो, उसको जीविका, जसमा उसको जीवनभरि प्राप्त हुने सम्पूर्ण आशीर्वाद र सुख-सुविधाहरू समावेश छन्। दोस्रो, उसको आयु, अर्थात् उसले यो संसारमा रहने अवधि हो। तेस्रो, उसको कर्म, जसले उसको जीवनभरि गर्ने कामहरू जनाउँछ।चौथो कुरा ऊ भाग्यमानी कि अभागी हुने यानि दुखी हुने कि सुखी ? त्यसपछि अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाएर भन्नुभयो कि एउटा व्यक्ति मानिसहरूको नजरमा स्वर्गवासीहरूको कर्म गरिरहन्छ, मानौ स्वर्ग पुग्नमा मात्र एक हात जतिको दुरी बाँकी हुन्छ र अचानक भाग्यमाको लेखा हावी हुन्छ र उसले नर्कवासीको कर्म गर्न थाल्दछ र ऊ नर्कमा जान्छ । किनभने कर्म स्वीकार गरिने शर्त भनेको त्यसमा अडिग रहनु र कर्मलाई परिवर्तन नगर्नु हो । अर्को व्यक्ति त्यो हो जसले मानिसहरूको नजरमा नर्कमा प्रवेश गर्ने कर्महरू गरिरहन्छ, मानौ उसको र नर्कको बीचमा मात्र एक हात जतिको दुरी बाँकी हुन्छ, र अचानक भाग्यको लेखा हावी हुन्छ र उसले असल कर्म गर्न थाल्दछ र स्वर्गमा प्रवेश गर्दछ ।
ताउसले वर्णन गरेका छन् :मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरूलाई भन्दै गरेको सुनेको छु, जो सबैले भन्न्थे कि सबै कुरा अल्लाहको निर्धारित भाग्य अनुसार घटित हुन्छ। र मैले अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) लाई यसो भन्दै गरेको सुनेको छु, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : “ “सबै कुरा भाग्य अनुसार मात्र हुन्छ, यहाँसम्म कि अक्षमता र चतुराई, वा चतुराई र अक्षमता पनि।”
मुस्लिमले वर्णन गरेका छन्अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सबै कुरा भाग्यको लेखा अनुसार हुन्छ; यहाँसम्म कि अक्षमता पनि भाग्यको कारणले हुन्छ, यस सन्दर्भमा अक्षमता भनेको लोक परलोक सँग सम्बन्धित अनिवार्य कार्यहरू नगर्नु, तिनीहरूलाई स्थगित गर्नु एवम् ढिलाइ गर्नु हो। र चतुराई पनि भाग्यले नैं हुन्छ , यस सन्दर्भमा चतुराई भनेको सांसारिक र परलोकको मामिलामा सक्रिय र कुशल हुनु हो । अल्लाहले क्षमता र अक्षमता र त्यस्ता सबै कुरा भाग्यमा लेखेका छन् ब्रह्माण्डमा कुनै पनि कुरा अल्लाहको ज्ञान र इच्छा बिना घट्दैन