





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
मतर बिन ओकामिस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : “जब अल्लाहले कसैको मृत्यु विशेष ठाउँमा हुने कुरा निश्चित गर्नुहुन्छ, तब उहाँले उसलाई त्यो ठाउँमा पुर्याउन लागि आवश्यक परिस्थितिहरू सिर्जना गर्नुहुन्छ।”
तिर्मीजीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भन्नुभएको छ कि “जब अल्लाहले कुनै व्यक्तिको मृत्यु विशेष ठाउँमा हुने कुरा निश्चित गर्नुहुन्छ र त्यो व्यक्ति त्यहाँ उपस्थित छैन भने, अल्लाहले उसलाई त्यहाँ जानु पर्ने कुनै कारण बनाइदिन्छन् र त्यसपछि त्यहीँ उसको प्राण लिइन्छ।"
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहेका थियौं, एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँधेर सोध्यो: तिमीहरु मध्ये मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को हुनुहुन्छ ? उहाँ आफ्ना साथीहरूसंग बसिरहनु भएको थियो । हामीले भन्यौं: यो अडेस लगाउनु भएको गोरो मान्छे उहाँ नै हुनुहुन्छ । उसले उहाँलाई सम्बोधन गर्यो : हे अब्दुल मुत्तालिबको छोरा ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: " हजुर, प्रश्न गर्नुहोस् म जवाफ दिनेछु ।" उसले रसूललाई भन्यो म तपाईंसँग केही प्रश्नहरू सोध्न जाँदैछु र म ती प्रश्नहरू प्रति कडा हुनेछु। त्यसैले आफ्नो हृदयमा मप्रति केही नराख्नु होला । उहाँले भन्नुभयो: "केही छैन, तिमीलाई जे मन लाग्छ सोध !" उसले सोध्यो: म तपाईंलाई तपाईंको र तपाईं भन्दा पहिले मानिसहरूको पालनकर्ताको कसम खुवाएर सोध्न चाहन्छु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले सोध्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच पटक नमाज पढ्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" त्यसपछि उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले रमजानमा उपवास बस्न आदेश दिनुभएको हो? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ ।" तब उसले भन्यो: म अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई धनीहरूबाट दान लिएर गरिबहरूमा बाँड्न आदेश दिनुभएको हो ? उहाँले भन्नुभयो: "हो, अल्लाह साक्षी हुनुहुन्छ।" तब उसले भन्यो: अब म तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गर्छु । मैले इस्लाम ल्याए र म मेरो समुदायको प्रतिनिधि हुँ । मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकर जनजाति को भाई हुँ ।
मुत्तफकुन अलैहिअनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मस्जिदमा बसिरहदा एकजना व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा प्रवेश गर्यो र उसले आफ्नो ऊँटलाई मस्जिदमा बसायो र बाँध्यो, त्यसपछि उसले सहाबाहरूलाई सोध्यो, तपाईंहरूमध्ये मुहम्मद को हुन्? त्यसबेला अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूको बीचमा ढल्केर बसिरहनुभएको थिए, त्यसैले हामीले भन्यौं : अडेस लगाएर बसिरहनु भएको यो सेतो मानिस उहाँ नै हुन् । त्यो व्यक्तिले उहाँलाई सम्बोधन गर्दै भन्यो: हे अब्दुल मुत्तलिब पुत्र ! नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस व्यक्तिलाई भन्नुभयो: म तपाईंको कुरा सुन्दै छु, सोध्नुहोस्, म तपाईंको प्रश्नको जवाफ दिनेछु। उसले रसूललाई भन्यो : म तपाईंसित केही प्रश्नहरू सोध्न जाँदैछु र म मेरो प्रश्नमा कडा हुन सक्नेछु, त्यसैले मनमा म प्रति केहि नराख्नु होला, अर्थात्, मसँग नरिसाउनु होला । उहाँले भन्नुभयो : तिमीलाई जे मन लाग्छ सोधे हुन्छ । उसले भन्यो: म तपाईंसित तपाईंको पालनकर्ता र तपाईं भन्दा पहिलेका मानिसहरूको पालनकर्ताको कसम खुवाएर सोध्छु: के अल्लाहले तपाईलाई सम्पूर्ण मानव जातिको लागि पठाउनुभएको हो ? उहाँले भन्नुभयो: हो, अल्लाह साक्षी हुनुहुन्छ, र आफ्नो सत्यतामा जोड दिनका लागि (कसम खानु भयो) । उसले सोध्यो: म तिमीलाई अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईंलाई दिन र रातमा पाँच फर्ज नमाज पढ्न आदेश दिनुभएको छ ? उहाँले भन्नुभयो: हो, अल्लाह साक्षी हुनुहुन्छ । उसले भन्यो: म तिमीलाई अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले वर्षको यो महिनामा अर्थात् रमजानको महिनामा उपवास बस्न आदेश दिनुभएको छ? उहाँले जवाफ दिनु भयो: हो, अल्लाह साक्षी हुनुहुन्छ । फेरि उसले सोध्यो: म तिमीलाई अल्लाहको कसम खुवाएर सोध्दैछु, के अल्लाहले तपाईलाई धनी मानिसहरूबाट दान अर्थात् जकात लिएर गरिबहरूमा बाँड्न आदेश दिनुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनु भयो: हो, अल्लाह साक्षी हुनुहुन्छ । तब जमाम बिन षाल्बाले इस्लाम स्वीकार गरे र आफ्नो समुदायलाई इस्लामतर्फ आह्वान गर्छु भनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) संग वाचा पनि गरे अनि मेरो नाम जमाम बिन षाल्बा हो र म साद बिन बकरको जनजाति हुँ भनेर परिचय पनि खुलाए ।
जियाद बिन लबीद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा घटना उल्लेख गर्नुभयो र भन्नुभयो: "यो त्यस समय हुनेछ जब ज्ञान हराउनेछ ।" मैले भने: हे अल्लाहको रसूल! ज्ञान कसरी हराउनेछ, जब हामी कुर्आन पढ्दैछौं, आफ्ना सन्तानलाई पढाउँदैछौं र हाम्रा सन्तानले यसरी प्रलयको दिनसम्म आफ्ना सन्तानलाई पढाइरहनेछन्? उहाँले भन्यो: "हे जियाद! तिम्री आमा तिम्रो लागि रोऊन् ! तिमी मलाई मदिनाको बुद्धिमान व्यक्तिहरु मध्ये लाग्थ्यो। के यी यहूदी र ईसाईहरूले तौरात र इन्जील पढ्दैनन्? तर तिनीहरूले त्यसको पालना गर्दैनन्!"।
इब्ने माजहले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरू माझ बसिरहनु भएको थियो तब उहाँले भन्नुभयो: यो त्यस समय हुनेछ जब मानिसहरूबाट ज्ञान हराउनेछ र खोसिनेछ । जियाद बिन लबीद अन्सारी (रजियल्लाहु अन्हुमा) यसबाट अचम्भित भए र उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, उहाँले भन्नुभयो: कसरी ज्ञान हराउन सक्छ र लुप्त हुनु सक्छ? जबकि हामीले कुरान पढेका छौँ र त्यो हामीले याद पनि गरेका छौँ। अल्लाहको कसम, हामी निरन्तर पढिरहनेछौँ, हाम्रा श्रीमतीहरूलाई, हाम्रा छोराछोरीलाई, र हाम्रा नातिनातिनालाई पनि पढाउनेछौँ।' जवाफमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आश्चर्य व्यक्त गर्नुभयो र भन्नुभयो: हे जियाद! तिम्री आमाले तिमीलाई गुमाइन्, म तिमीलाई मदीनाका विद्वानहरूमा गन्ने गर्थे । त्यसपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभयो, कि ज्ञान लोप हुनु भनेको कुरआन गुमाउनु होइन, बरु, ज्ञान गुमाउनु भनेको कुरानको पालनाको नगर्नु हो । किनकि यहुदी र इसाईहरू सँग पनि तौरात र इन्जील छ, तर यसले तिनीहरूलाई फाइदा पुर्याएन र तिनीहरूले ज्ञान अनुसार कर्म नगरी त्यस पुस्तकका वास्तविक उद्देश्य प्राप्त गर्न सकेनन्।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: ४० वर्षको उमेरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम)माथि कुर्आन अवतरण गरिएको थियो । त्यसपछि उहाँ १३ वर्ष मक्कामा बस्नु भयो अनि उहाँलाई हिजरत (बसाइँ सर्ने) गर्ने आदेश भयो र उहाँ मदीना "हिजरत" गरेर जानु भयो र त्यहाँ १०वर्ष बस्नु भयो र त्यस पछि उहाँको देहान्त भयो ।
मुत्तफकुन अलैहिइब्न अब्बासले बताए अनुसार, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई अल्लाहको वाणी (वही) प्राप्त भयो र रसूल (ईशदूत) बनाइयो, त्यतिबेला उहाँ ४० वर्षका हुनुहुन्थ्यो। वही प्राप्त गरेपछि उहाँले १३ वर्ष (इस्लामको प्रचारप्रसारमा) मक्कामा बिताउनुभयो। त्यसपछि उहाँलाई मदिना बसाइँ सर्न आदेश भयो र उहाँले १० वर्ष मदिनामा बिताउनुभयो। अन्त्यमा, उहाँको ६३ वर्षको उमेरमा देहान्त भयो।"
कतादह (रहेमहुल्लाह) ले वर्णन गरेका छन्: अनस बिन मलिक (रजियल्लाहु अन्हु) ले हामीलाई बताउनुभयो कि एक व्यक्तिले सोधे: हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! कसरी काफिर (अविश्वासी) लाई न्यायको दिन अनुहार द्वारा घस्रन लाएर जम्मा गरिनेछ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जसले यस संसारमा उसलाई खुट्टा द्वारा हिँड्न सक्षम बनायो, के उसले क्यामतको दिनमा उसलाई अनुहार द्वारा हिँडाउन सक्दैन? " कतादाहले भने: हाम्रो परमेश्वरको महानताको कसम ! अवश्य नै (उहाँ त्यसो गर्न सक्षम हुनुहुन्छ)।
मुत्तफकुन अलैहिकयामतको दिन काफिरहरूलाई उनीहरूको अनुहार द्वारा कसरी हिँडाइनेछ भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, उहाँले जवाफ दिनुभयो: जसले मानिसलाई यस संसारमा दुई खुट्टा द्वारा हिंड्न सक्ने बनायो, के उहाँ पुनरुत्थानको दिन उसलाई अनुहार द्वारा हिड्न सक्ने बनाउन सक्षम हुनुहुन्न?" निस्सन्देह, अल्लाह सर्वशक्तिमान सबै कुरामा सक्षम हुनुहुन्छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काकालाई भन्नुभयो: " ‘ला इलाह इल्लाल्लाह’ (अल्लाह बाहेक कोही ईश्वर छैन) भन्नुहोस्, म न्यायको दिन तपाईंको लागि गवाही दिनेछु ।" यो सुनेर उनले भने: यदि कुरैशका मानिसहरूले मेरो उपहास गर्दै नभन्ने थिए कि म डरका कारण त्यसो गर्न बाध्य भएँ, त मैले यो वचन पढेर तिमीलाई खुसी पार्ने थिएँ । यसै सम्बन्धमा अल्लाहले यो आयत (श्लोक) अवतरण गर्नुभयो: {वास्तवमा, तपाईंले जसलाई चाहानुहुन्छ त्यसलाई सत्मार्गको मार्गदर्शन गर्न सक्नुहुन्न, तर अल्लाह जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्नुहुन्छ ।" [अल-कसस: ५६]}
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो काका अबू तालिबको मृत्यु हुदै गरेको कठिन अवस्थामा उनीसित ‘ला इला-ह इल्लल्लाह’ भन्न अनुरोध गर्नुभयो, ताकि उहाँले न्यायको दिन उनको लागि मुस्लिम हो भनेर शिफाअत (सिफारिस) र गवाही दिन सकुन् । तर कुरैशका मानिसहरूले उनको निन्दा गर्नेछन् र मृत्युको डरले उनी मुस्लिम बनेको भनेर आरोप लगाउने छन् भन्ने डरले अबु तालिबले ‘ला इला-ह इल्लल्लाह’ भन्न अस्वीकार गरे । उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई भने– यदि मलाई उनीहरुको डर नभएको भए "कलमा-ए-शहादत" ‘ला इला-ह इल्लल्लाह’ पढेर तिम्रो मनलाई शान्त पार्ने र तिम्रो मनोकामना पूरा गर्ने थिएँ र तिमीलाई खुसी पार्ने थिएँ । यसै घटना प्रति यो आयत (श्लोक) अवतरण गरिएको थियो, जसमा अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग कसैलाई इस्लाम स्वीकार गर्न लगाउने शक्ति छैन भनी उल्लेख गरिएको छ । तर अल्लाहले जसलाई चाहानुहुन्छ मार्गदर्शन गर्नुहुन्छ। रसूल(सल्लल्लाहु अलैहि वसल्लम)को कर्तव्य मात्र युक्तिपूर्ण कुरा, वचन र उपदेश द्वारा बाटो देखाउनु र सत्यमार्ग तर्फ मानिसहरूलाई मार्गनिर्देशन गर्नु र बोलाउनु हो ।
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक दिन रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले साबित् बिन कैसलाई अनुपस्थित देखेर उनको बारेमा सोध्नुभयो, तब एक व्यक्तिले भने: हे अल्लाहका रसूल! म हजुरलाई उनको बारेमा जानकारी दिनेछु । त्यसैले उनी साबित् बिन कैसकहाँ गए र उनी आफ्नो घरमा शिर झुकाएर बसिरहेको देखे । आरामै हुनुहुन्छ भनेर सोध्दा उनले आफू बर्बाद भएको जवाफ दिए । किनभने उनको आवाज रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आवाज भन्दा चर्को थियो, त्यसैले उनका सबै राम्रो कर्महरू नष्ट भए र नर्कमा हुनेछु भनेर दुख पोखे । त्यो सहाबीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई उनले त यस्ता कुरा गरेको बताए । त्यसपछि उनी अर्को पटक शुभ समाचार लिएर उनीकहाँ गए । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : " उनीकहाँ जाऊ र भन: तपाईं नरकका मानिसहरूमध्ये हुनुहुन्न, तर स्वर्गका मानिसहरूमध्ये हुनुहुन्छ ।"
मुत्तफकुन अलैहिएक पटक रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले साबित् बिन कैसलाई अनुपस्थित देखेर उनको बारेमा सोध्नुभयो, तब एक व्यक्तिले भने: हे अल्लाहका रसूल! म हजुरलाई उनको बारेमा जानकारी दिनेछु । त्यसैले उनी साबित् बिन कैसकहाँ गए र उनी आफ्नो घरमा शिर झुकाएर बसिरहेको देखे । तपाईंलाई के भएको छ ? उनले आफूले भोगिरहेको पीडाको बारेमा बताए । किनभने उनको आवाज रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आवाज भन्दा चर्को हुन्थ्यो र अल्लाहले यस्ता मान्छेको कर्म नष्ट हुनेछ र ऊ नरकमा जान्छ भनेर चेतावनी दिनुभएको छ । त्यो व्यक्ति त्यहाँबाट फर्के र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसको बारेमा जानकारी दिए । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनी नर्कमा जाने व्यक्ति होइनन् तर स्वर्गको हकदार हुनुहुन्छ भनेर शुभ समाचार सुनाउन उनलाई फेरी साबित् को घर पठाउनु भयो । किनभने उनको स्वर स्वाभाविक रूपमा चर्को थियो र उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र अन्सारको खतीब (वक्ता) थिए ।
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुने, उहाँले भन्नुभयो : "जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस् । किनकि जसले ममाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । त्यसपछि मेरो लागि वसीलह माग्नुहोस् । वास्तवमा, वसीला स्वर्गमा एक स्थान हो, जुन अल्लाहका सेवकहरूमध्ये एकले मात्र पाउनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु । त्यसैले, जसले मेरो लागि वसीला माग्छ, उसको लागि मेरो शफाअत (सिफारिस) अनिवार्य हुनेछ ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अजान सुन्ने व्यक्तिले मुअज्जिन (अजान दिने व्यक्ति) ले भनेका शब्दहरू दोहोर्याउनु पर्छ भनेर निर्देशन दिनुभएको छ । तर जब मुअज्जिनले (हय्य अलस्सलाह) र (हय्य अलल्फलाह) भन्छ, श्रोताले यसको जवाफमा (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्नुपर्छ । अजान समाप्त भएपछि रसूलमाथि दरूद पठाउनु पर्छ, किनकि जसले उहाँमाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । अल्लाहले भक्तमाथि दरूद पठाउनुको अर्थ भनेको अल्लाहले फरिश्ताहरूको माझमा उनको प्रशंसा गर्नु हुन्छ । त्यसपछि अल्लाहसँग उहाँको लागि वसीला माग्ने आदेश दिनुभयो । वास्तवमा, वसीला स्वर्गको सर्वोच्च स्थान हो, जुन अल्लाहका सबै सेवकहरू मध्ये मात्र एक सेवकलाई प्राप्त हुनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु भनेर उहाँले भन्नुभयो । वास्तवमा, यो कुरा उहाँले नम्रताको रूपमा भन्नुभएको छ, किनभने अल्लाहको एक मात्र सेवकले त्यो स्थान पाउनेछ भने त्यो उहाँ नै हुनुहुनेछ, किनकि उहाँ सबैभन्दा उत्तम मानव हुन् । त्यसपछि उहाँले भन्नुभयो, जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को लागि वसीलाको दुआ गर्छ, उसले उहाँको शफाअत (सिफारिस) प्राप्त गर्नेछ ।
उस्मान बिन अबुल आस् (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: हे अल्लाहका रसूल! शैतान मेरो नमाज र मेरो कुरानकाे तिलावत (पाठ) को बीचमा आएर मलाई भ्रमित पार्न खोज्छ । यो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर ।" उनी भन्छन्, जब मैले यसो गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।
मुस्लिमले वर्णन गरेका छन्उस्मान बिन अबुल आस (रजियल्लाहु अन्हु) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर भने, हे अल्लाहका रसूल! शैतान मेरो र मेरो नमाज बीचमा बाधाको रूपमा खडा हुन्छ, मलाई एकाग्रताका साथ र ध्यानमग्न भएर नमाज पढ्न दिँदैन र मेरो तिलावत (पठन)मा शंका उत्पन्न गर्दछ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो: यो खिन्जब भनिने एक शैतान हो । जब तिमी उसको बहकाव महसुस गर्छौ, तब अल्लाहको शरण लेऊ र आफ्नो बायाँतिर तीन पटक थुक । उस्मान भन्छन्, जब मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशको पालना गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।