





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें कि उहाँले भन्नुभयो : "जसले अल्लाहलाई पालनकर्ता र उपास्य, इस्लामलाई आफ्नो धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सन्देशवाहक (रसूल) को रूपमा पूर्ण हृदयले स्वीकार गरी प्रसन्न भयो, उसले इमान (आस्था) को स्वाद पायो।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) बकाउनु भएको छ किआफ्नो विश्वास (ईमान) मा सच्चा र हृदयदेखि नै सन्तुष्ट रहने मुमिन (आस्थावान् व्यक्ति) ले आफ्नो हृदयमा एक प्रकारको प्रशन्नता, विशालता, हर्ष, मिठास र अल्लाहको सामीप्यताको आनन्द महसुस गर्नेछ र प्राप्त गर्नेछ, यदि ऊ यी तीन कुराहरूमा सन्तुष्ट छ भने: पहिलो: अल्लाहलाई आफ्नो पालनकर्ता (रब) को रूपमा स्वीकार गर्नु र उहाँप्रति प्रसन्न हुनु। यसको अर्थ यो हो कि अल्लाहले आफ्नो प्रभुत्व (रबूबियत) अनुसार जीविकोपार्जन (रिज्क) र परिस्थितिहरूको जुन बाँडफाँड गर्नुभएको छ, त्यसलाई हृदयदेखि नै प्रसन्नतापूर्वक स्वीकार गर्नु। उहाँको कुनै पनि निर्णयप्रति हृदयमा कुनै असन्तुष्टि वा आपत्ति नराख्नु र अल्लाह बाहेक अरू कसैलाई आफ्नो प्रभु नमान्नु। दोस्रो: इस्लामलाई आफ्नो धर्मको रूपमा स्वीकार गर्नु र यसप्रति प्रसन्न हुनु। यसको अर्थ इस्लामले तोकेका कर्तव्य, दायित्व र जिम्मेवारीहरूलाई खुसीसाथ स्वीकार गर्नु हो। जीवनका हरेक पक्षमा इस्लामले देखाएको मार्ग बाहेक अन्य कुनै बाटोमा नलाग्नु। तेस्रो: मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई रसूल (दूत) को रूपमा स्वीकार गर्नु र उहाँप्रति प्रसन्न हुनु। यसको अर्थ उहाँले ल्याइएका सम्पूर्ण शिक्षाहरूलाई कुनै पनि शङ्का वा संकोच बिना अन्तरहृदयदेखि स्वीकार गर्नु र त्यसमा प्रसन्न हुनु हो। साथै, उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत र मार्गदर्शनको पूर्ण रूपमा अनुसरण गर्नु हो।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसमा चारवटा लक्षणहरू छन्, त्यो शुद्ध मुनाफिक (पाखण्डी) हो र जसमा तीमध्ये एउटा छ, त्यसलाई नछोडेसम्म उसमा पाखण्डको एउटा लक्षण छ: जब ऊ बोल्छ झुट बोल्छ, जब उसले सम्झौता गर्छ, धोका दिन्छ, जब उसले वाचा गर्छ, तोड्छ र जब ऊ झगडा गर्छ गालीगलौज गर्छ ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले चार लक्षणहरू विरुद्ध चेतावनी दिनुभएको छ । यदि ती लक्षणहरू कुनै मुस्लिममा भयो भने ऊ धेरै हदसम्म पाखण्हडीरू जस्तै हुन्छ । हामी यहाँ ती व्यक्तिको बारेमा कुरा गर्दैछौं जसको व्यक्तित्वमा यी गुणहरू हावी हुन्छन् । यदि कसैमा कहिलेकाहीं यी गुणहरू हुन्छन् भने त्यो यसमा समावेश छैन, ती निम्न हुन् : पहिलो: जब ऊ बोल्छ, जानाजानी झूट बोल्छ र उसको बोलीमा सत्यता हुँदैन । दोस्रो : जब उसले सम्झौता गर्छ, त्यो पूरा गर्दैन र अर्को पक्षलाई धोका दिन्छ । तेस्रो : जब उसले वाचा गर्छ, पूरा गर्दैन अनि तोड्छ । चौथो: यदि उसले कसैसँग झगडा गर्छ भने उसको झगडा गम्भीर हुन्छ, ऊ सत्यबाट विचलित हुन्छ र सत्यलाई झुठो प्रमाणित गर्न झूट बोल्छ । निफाक (कपट) भनेको जसको भित्री रुप उसको बाहिर रुप विपरीत हो। यो अर्थ यी गुणहरू भएको व्यक्तिमा हुन्छ र उसको कपट त्यो व्यक्तिसँग सम्बन्धित हुन्छ जससँग उसले कुरा गरेको, वाचा गरेको, जिम्मा दिएको, बहस गरेको र मानिसहरूबाट वाचा गरेको थियो । यसको अर्थ यो होइन कि ऊ कपटी हो । जसमा यी मध्ये कुनै एक गुण छ, त्यसमा पाखण्डको गुण हुन्छ जबसम्म उसले यसलाई त्याग्दैन।
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठाउँछ, ऊ हामी मध्येको होइन ।"
मुत्तफकुन अलैहिमुस्लिमहरूलाई आतंकित गर्न वा लुटपाट गर्न हतियार उठाउने विरुद्ध रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चेतावनी दिनुभएको छ । जसले यो अन्यायपूर्ण काम गर्छ, उसले ठूलो अपराध र गम्भीर पाप गर्छ र यो कडा प्रतिज्ञाको हकदार हुन्छ ।
अबू बुरदा बिन अबू मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अबू मूसा अल-अशअरी (रजियल्लाहु अन्हु) धेरै बिरामी परे। रोग यति गम्भीर थियो कि उनी बेहोस भए। उनको टाउको उनको घरकी एक महिलाको काखमा थियो, जो ठूलो स्वरले रोइरहेकी थिइन् र उनी बेहोस भएका कारणले उनलाई जवाफ दिन सकेनन्। त्यसैले जब उनी होसमा आए, उनले भने: "म ती सबैसँग सम्बन्ध नरहेको घोषणा गर्दछु, जससँग नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सम्बन्ध नरहेको घोषणा गर्नुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुःखको समयमा चिच्याउने, कपाल खौरने र लुगा च्यात्नेहरूसँग सम्बन्ध तोडेको घोषणा गर्नुभएको छ।"
मुत्तफकुन अलैहिअबू बुर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अबू मुसा (रजियल्लाहु अन्हु) एक पटक धेरै बिरामी परे। रोग यति गम्भीर थियो कि उहाँले होस गुमाउनुभयो। त्यस समयमा, उनको टाउको उनको घरको एक महिलाको काखमा थियो, जसले उनको रोग देखेर रुन र विलाप गर्न थालिन्। तर बेहोसीको कारणले गर्दा अबू मुसाले केही जवाफ दिन सकेनन्। त्यसैले जब उनी होसमा आए, उनले भने: म ती सबैबाट असम्बद्ध छु जसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले असम्बद्ध घोषित गर्नुभएको छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न महिलाहरूबाट असम्बन्धित छु भनेर घोषणा गर्नुभएको छ: सालिका: दुःखको समयमा कराउने महिला। हालिका: समस्याको समयमा आफ्नो कपाल खौरने महिला। शाक्का: दुःखको समयमा आफ्नो लुगा च्यात्ने महिला। किनभने यी अज्ञानताको युगका कार्यहरू हुन्। इस्लामले हामीलाई कठिनाइको समयमा धैर्य गर्न र अल्लाहबाट प्रतिफलको आशा गर्न आदेश दिएको छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकार छन्।” सोधियो: “हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)! ती अधिकारहरू के-के हुन्?” उहाँले भन्नुभयो: “जब तिमी उसलाई भेट्दछौ, तब उसलाई सलाम गर; जब उसले तिमीलाई निम्तो दिन्छ, तब उसको निमन्त्रणा स्वीकार गर; जब उसले तिमीसँग सल्लाह माग्दछ, तब उसलाई उत्तम सल्लाह देऊ; जब उसले हाच्छिउँ गरेर ‘अल्हम्दुलिल्लाह’ (सबै प्रशंसा अल्लाहका लागि हो) भन्दछ, तब उसको जवाफमा ‘यरहमुकल्लाह’ (अल्लाहले तिमीमाथि कृपा गरून्) भन; जब ऊ बिरामी हुन्छ, तब उसलाई भेट्न (कुशलमंगल सोध्न) जाऊ; र जब उसको निधन हुन्छ, तब उसको जनाजामा सहभागी होऊ।”
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, एक मुस्लिमको अर्को मुस्लिममाथि छ वटा अधिकारहरू छन्: १- कसैलाई भेट्दा "अस्सालामु अलैकुम" भनेर अभिवादन गर्नु। जवाफमा उसले "व अलैकुमुस्सलाम" भन्नेछ। २- वलीमा (विवाह भोज) आदिमा निम्तो दियो भने उसको निमन्त्रणा स्वीकार गर्नु। ३- यदि उसले सल्लाह माग्यो भने राम्रो सल्लाह दिने अनि चापलुसी वा छलबाट बच्नु। ४- जब कसैले हाच्छिउँ गर्छ र अलहम्दुलिल्लाह भन्छ, तब जवाफमा "यरहमुकल्लाह" भन्नु र हाच्छिउँ गर्ने व्यक्तिले जवाफमा "यहदिको मुल्लाह" भन्नु। ५- बिरामी हुँदा उसलाई भेट्न जानु। ६- मृतकको जनाजा नमाज पढ्नु तथा चिहानमा उसको शव दफन कार्य सम्पन्न नभएसम्म उपस्थित रहनु।
अबु हुरैराह (रजिअल्लाहु अन्हु) बाट वर्णित छ। उहाँले भन्नुभयो: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समक्ष मासु प्रस्तुत गरियो र उहाँलाई (पशुको) अघिल्लो खुट्टाको माथिल्लो भागको मासु दिइयो, जुन उहाँलाई मन पर्थ्यो। उहाँले त्यसबाट एक टुक्रा टोक्नुभयो र त्यसपछि भन्नुभयो: "कियामतको दिन म मानिसहरूको अगुवा (सरदार) हुनेछूँ। के तिमीहरूलाई थाहा छ यो किन हुनेछ? अल्लाहले अघिल्ला र पछिल्ला सबै मानिसहरूलाई एउटा ठूलो, समतल मैदानमा भेला गर्नुहुनेछ, जहाँ पुकार्नेको आवाज सबैसम्म पुग्नेछ, हेर्नेले सबैलाई देख्नेछ र सूर्य धेरै नजिक हुनेछ। मानिसहरूले असहनीय दुःख र पीडाको सामना गर्नेछन्। त्यसैले मानिसहरूले एकअर्कालाई भन्नेछन्, 'के तिमीहरू कति समस्यामा छौ भनेर देख्दैनौ? तिमीहरू किन त्यस्तो व्यक्ति खोज्दैनौ जसले पालनकर्ता अल्लाहसामु तिमीहरूको लागि मध्यस्थता गर्न सकोस्?' त्यसपछि तिनीहरू एकअर्कालाई भन्नेछन्, 'आदम (अलैहिस्सलाम) कहाँ जाऊ।' तसर्थ तिनीहरू आदम (अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्: 'तपाईं मानवजातिका पिता हुनुहुन्छ। अल्लाहले तपाईंलाई आफ्नै हातले सृष्टि गर्नुभयो, त्यसपछि तपाईंमा आत्मा हाल्नुभयो र फरिश्ताहरूलाई सज्दा गर्न आदेश दिनुभयो, तसर्थ तिनीहरूले तपाईंको अगाडि सज्दा गरे। हाम्रा लागि आफ्नो पालनकर्तासँग सिफारिस गर्नुहोस्। के हजुरले हामी कति दुःखमा छौँ भनेर देख्नुहुन्न? हाम्रो दुःख कति बढेको छ?' आदम (अलैहिस्सलाम) ले भन्नुहुनेछ: 'आज हाम्रो पालनकर्ता धेरै क्रोधमा हुनुहुन्छ। उहाँ पहिले कहिल्यै यति रिसाउनुभएको थिएन, न त फेरि कहिल्यै रिसाउनुहुनेछ। उहाँले मलाई रूखको फल खानबाट मनाही गर्नुभयो, तर मैले त्यो खाएँ। मलाई आफ्नो बारेमा चिन्ता छ, मलाई आफ्नो बारेमा चिन्ता छ, मलाई आफ्नो बारेमा चिन्ता छ। तिमीहरू अरू कसैकहाँ जाऊ, तिमीहरू नूहकहाँ जाऊ।' मानिसहरू नूह (अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्: 'हे नूह! तपाईं पहिलो दूतका रूपमा पृथ्वीमा आउनुभयो र अल्लाहले तपाईंलाई आफ्नो कृतज्ञ सेवक भन्नुभएको छ। आफ्नो पालनकर्तासँग हाम्रा लागि सिफारिस गर्नुहोस्। हामी कष्टमा छौँ भनेर देख्नुहुन्न?' उहाँले भन्नुहुनेछ: 'मेरो पालनकर्ता आज धेरै रिसाउनुभएको छ। योभन्दा पहिले कहिल्यै उहाँ यति रिसाउनुभएको थिएन र अब कहिल्यै रिसाउनुहुने पनि छैन। वास्तवमा मलाई एउटा विशेष प्रार्थना गर्ने अधिकार थियो, तर मैले यसलाई आफ्नै समुदायको विरुद्धमा प्रयोग गरेँ। म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु। तिमीहरू मबाहेक अरू कसैकहाँ जाऊ, इब्राहिम (अलैहिस्सलाम) कहाँ जाऊ।' यो सुनेर सबै मानिसहरू इब्राहिम (अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्, 'हे इब्राहिम! तपाईं अल्लाहका नबी र पृथ्वीका सबै मानिसहरूमध्ये उहाँका मित्र हुनुहुन्छ। कृपया हाम्रा लागि सिफारिस गर्नुहोस्। के तपाईंले देख्नुहुन्न हामी कति दुःखमा छौँ?' तर उहाँले तिनीहरूलाई यो भन्नुहुनेछ, 'मेरो पालनकर्ता आज यसरी क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन। र (संसारमा) मैले तीन पटक फरक कुरा बोलेको थिएँ। म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु, म आफ्नो बारेमा चिन्तित छु। तिमीहरू मबाहेक अरू कसैकहाँ जाऊ, मूसा (अलैहिस्सलाम) कहाँ जाऊ।' त्यसपछि उनीहरू मूसॉकहाँ जानेछन् र भन्नेछन्, 'हे मूसॉ! तपाईँ अल्लाहका रसूल हुनुहुन्छ। अल्लाहले तपाईँलाई आफ्नो सन्देश र आफूसँग कुराकानी गर्ने सौभाग्य प्रदान गरेर मानिसहरूमाझ श्रेष्ठता दिनुभयो। हाम्रा प्रभुको अगाडि हाम्रो लागि सिफारिस गरिदिनुहोस्। के तपाईँ हाम्रो यो अवस्था देखिरहनुभएको छैन?' मूसॉले भन्नुहुनेछ, 'निश्चय नै मेरा प्रभु आज यसरी क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन। र मबाट (संसारमा) एउटा यस्तो व्यक्तिको हत्या हुन गएको थियो, जसको हत्या गर्ने आदेश मलाई दिइएको थिएन। मलाई आज आफ्नै चिन्ता छ, आफ्नै चिन्ता छ, आफ्नै चिन्ता छ! तिमीहरू अरू कसैकहाँ जाऊ, तिमीहरू मर्यमका पुत्र ईसा (अलैहिस्सलाम) कहाँ जाऊ।' त्यसपछि सबैजना ईसा (अलैहिस्सलाम) कहाँ जानेछन् र भन्नेछन्, 'हे ईसा! तपाईं अल्लाहका रसूल र उहाँले मर्यम (अलैहस्सलाम) तिर पठाउनुभएको वचन हुनुहुन्छ। तपाईं उहाँबाट पठाइएको आत्मा हुनुहुन्छ र काखे बालक भएर मानिसहरूसँग बोल्नुभएको छ। हाम्रा लागि आफ्नो पालनकर्तासमक्ष मध्यस्थता गर्नुहोस्, हामी साह्रै समस्यामा छौँ।' ईसा (अलैहिस्सलाम) ले भन्नुहुनेछ, 'आज मेरो पालनकर्ता धेरै रिसाउनुभएको छ। उहाँ पहिले कहिल्यै यति रिसाउनुभएको थिएन, न त कहिल्यै रिसाउनुहुनेछ।' ईसा (अलैहिस्सलाम) ले कुनै पापको उल्लेख गर्नुहुनेछैन। यद्यपि उहाँले अवश्य भन्नुहुनेछ: 'म आफ्नो बारेमा चिन्तित छु, मलाई आफ्नो बारेमा चिन्ता छ, मलाई आफ्नो बारेमा चिन्ता छ। तिमीहरू मबाहेक अरू कसैकहाँ जाऊ, तिमीहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ जाऊ।' मानिसहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ जानेछन् र भन्नेछन्: 'हे मुहम्मद! तपाईं अल्लाहका नबी र अन्तिम रसूल हुनुहुन्छ। अल्लाहले तपाईँका अघिल्ला र पछिल्ला सम्पूर्ण कुराहरू क्षमा गरिदिनुभएको छ। कृपया अल्लाहको सामु हाम्रा लागि मध्यस्थता गर्नुहोस्। के तपाईं देख्नुहुन्न कि हामी कति दुःखी छौँ?' तसर्थ म अघि बढ्नेछु र अर्शको तल गई मेरो सर्वशक्तिमान र महान् पालनकर्तालाई सज्दा (ढोग) गर्नेछु। त्यसपछि अल्लाहले मेरो हृदयमा प्रशंसा र महिमाका यस्ता शब्दहरू हालिदिनुहुनेछ, जुन मभन्दा पहिले कसैको हृदयमा कहिल्यै आएको थिएन। मैले त्यसै अनुसार अल्लाहको प्रशंसा र महिमा गर्नेछु। त्यसपछि भनिनेछ: 'हे मुहम्मद! आफ्नो टाउको उठाउनुहोस्। माग्नुहोस्, तपाईंलाई दिइनेछ; सिफारिस गर्नुहोस्, तपाईंको सिफारिस स्वीकार गरिनेछ।' अनि म आफ्नो टाउको उठाएर भन्नेछु: 'हे मेरो पालनकर्ता! मेरो समुदायमाथि दया गर्नुहोस्। हे मेरो पालनकर्ता! मेरो समुदायमाथि दया गर्नुहोस्। हे मेरो पालनकर्ता! मेरो समुदायमाथि दया गर्नुहोस्।' त्यसपछि भनिनेछ: 'हे मुहम्मद! तपाईंको उम्मतका ती मानिसहरूलाई जसको हिसाबकिताब हुनेछैन, दाहिने ढोकाबाट स्वर्गमा प्रवेश गराउनुहोस्; तिनीहरू अन्य ढोकाहरूबाट अन्य मानिसहरूसँग पनि स्वर्गमा प्रवेश गर्न सक्छन्।' त्यसपछि उहाँले भन्नुभयो: 'म कसम खान्छु त्यस अल्लाहको, जसको हातमा मेरो जीवन छ! स्वर्गका दुई ढोकाहरू बीचको दूरी मक्का र हिमयर ठाउँ बीचको दूरी बराबर छ, अथवा मक्का र बुसरा बीचको दूरी बराबर छ।'"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना साथीहरूसँग खानाको निमन्त्रणामा थिए र उहाँलाई असाध्यै मन पर्ने अघिल्लो खुट्टाको मासु (पाखुराको भाग) प्रस्तुत गरियो। उहाँले आफ्नो दाँतले त्यसलाई टोक्नुभयो र त्यसपछि उनीहरूसँग कुरा गर्दै भन्नुभयो: "कयामतको दिन म आदमका सन्तानहरूको अगुवा हुनेछु।" र उहाँले यो कुरा अल्लाहको अनुग्रहको चर्चा र कृतज्ञता व्यक्त गर्नका लागि भन्नुभयो। त्यसपछि उहाँले भन्नुभयो: "के तिमीहरूलाई थाहा छ यो किन हो? कारण के हो भने, प्रलयको दिन (कयामत) मा मानिसहरूलाई एक विशाल, समतल र पूर्ण रूपमा फैलिएको भूमिमा एकत्रित गरिनेछ। त्यहाँ उपस्थित सबै मानिसहरूलाई पुकार्ने व्यक्तिको आवाज स्पष्ट सुनिनेछ र हेर्ने व्यक्तिको नजरले उनीहरू सबैलाई देख्न सक्नेछ, उनीहरूमध्ये कोही पनि लुकेको रहने छैन; किनकि भूमि समतल भएकाले त्यहाँ हेर्नेहरूबाट लुक्न सकिने कुनै ओत वा आवरण हुने छैन र नजरले सबैलाई देख्न सक्नेछ। यदि कुनै व्यक्तिले बोल्यो भने, अन्तिम व्यक्तिसम्मै पनि उसको आवाज पुग्नेछ र नजरले सबैलाई देख्न सक्नेछ। त्यस बेला सूर्य अत्यन्त नजिक — एक 'मील' को दुरीमा — आउनेछ। मानिसहरू असह्य चिन्ता, महासंकट र पीडाले ग्रस्त हुनेछन्, जसलाई उनीहरूले सहन र थाम्न सक्ने छैनन्। त्यसैले तिनीहरू मध्यस्थता (शफाअत) मार्फत मुक्ति खोज्नेछन्। त्यस अवस्थामा महान् अल्लाहले आस्थावानहरूको हृदयमा यो कुरा हालिदिनुहुनेछ कि उनीहरू मानवजातिका पिता आदमकहाँ जाऊन्। अनि उनीहरू आदमकहाँ जानेछन् र उहाँको श्रेष्ठताको स्मरण गराउँदै, सम्भवतः उहाँले अल्लाहको सामुन्ने उनीहरूका लागि सिफारिस गरिदिनुहुनेछ भन्ने आशा राख्दै भन्नेछन्: 'तपाईँ आदम हुनुहुन्छ, मानवजातिका पिता; अल्लाहले तपाईँलाई आफ्नै हातले सृष्टि गर्नुभयो, आफ्ना फरिश्ताहरूलाई तपाईँको अगाडि ढोग्न (सज्दा गर्न) लगाउनुभयो, तपाईँलाई प्रत्येक वस्तुको नाम सिकाउनुभयो र तपाईँमा आत्मा फुक्नुभयो।' तर उहाँले असमर्थता व्यक्त गर्दै भन्नुहुनेछ: 'आज मेरा प्रभु यसरी क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन।' त्यसपछि उहाँले अल्लाह द्वारा निषेधित रुखको फल खान गल्ती याद गर्नुहुनेछ। अनि उहाँले भन्नुहुनेछ: 'आज म आफैँ सिफारिसको पात्र छु, मलाई आफ्नै चिन्ता छ, तिमीहरू अरू कसैकहाँ जाऊ, तिमीहरू नूहकहाँ जाऊ।' अनि तिनीहरू नूहकहाँ आउनेछन् र भन्नेछन्: 'तपाईँ धर्तीका बासिन्दाहरूका तर्फ अल्लाहले पठाउनुभएको पहिलो रसूल (सन्देशवाहक) हुनुहुन्छ, र अल्लाहले तपाईँको नाम 'अब्दन शकूरा' (अत्यन्त कृतज्ञ दास) राख्नुभएको छ।' तर उहाँले असमर्थता व्यक्त गर्दै भन्नुहुनेछ: 'निश्चय नै अल्लाह अज्ज व जल्ल आज यसरी क्रोधित हुनुभएको छ कि यसअघि कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन। र मलाई एउटा (विशेष) प्रार्थना (दुआ) को अधिकार दिइएको थियो, जुन मैले आफ्नै कौम (समुदाय) को विरुद्धमा गरिसकेँ। आज म स्वयंलाई नै सिफारिस (शफाअत) को आवश्यकता छ; तिमीहरू मबाहेक अरूकहाँ जाऊ, तिमीहरू इब्राहिमकहाँ जाऊ।' त्यसपछि तिनीहरू इब्राहिमकहाँ आउनेछन् र भन्नेछन्: 'तपाईँ धर्तीमा अल्लाहका खलिल (परम मित्र) हुनुहुन्छ, हाम्रा लागि आफ्ना प्रभुको समक्ष सिफारिस गरिदिनुहोस्; के तपाईँ हाम्रो यो (कष्टकर) अवस्था देखिरहनु भएको छैन?!' तब उहाँले तिनीहरूलाई भन्नुहुनेछ: 'निश्चय नै मेरा प्रभु आज यसरी क्रोधित हुनुभएको छ कि यसअघि कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुने छैन। र मैले (आफ्नो जीवनमा) तीन पटक त्यस्ता कुराहरू बोलेको थिएँ जो पूर्ण सत्य थिएनन्; ती हुन्— उहाँको यो भनाइ: 'म बिरामी छु', उहाँको यो भनाइ: 'यो कार्य यीमध्येका सबैभन्दा ठूला (मूर्ति) ले गरेका हुन्', र उहाँले आफ्नी पत्नी सारालाई उनको दुष्टताबाट बचाउनका लागि भन्नुभएको यो कुरा: 'म तिम्रो भाइ हुँ भनी भनिदिनू।' तर वास्तविक सत्य के हो भने, ती तीनवटै भनाइहरू संकेतात्मक वा द्वयार्थक (मआरिज अल-कलाम) थिए, तर ती शब्दहरूको रूप झूटजस्तै देखिएको कारण आफूलाई अयोग्य ठान्दै भयभीत हुनुभयो; किनभने जो व्यक्ति अल्लाहलाई जति बढी चिन्दछ र उहाँदेखि नजिक हुन्छ, उसको मनमा उति नै बढी डर हुन्छ। त्यसैले उहाँले भन्नुहुनेछ: 'आज म स्वयंलाई नै सिफारिसको आवश्यकता छ; तिमीहरू मबाहेक अरूकहाँ जाऊ, तिमीहरू मूसाकहाँ जाऊ।' अनि उनीहरू मूसा (अलैहिस्सलाम) कहाँ जानेछन् र भन्नेछन्: "हे मूसा! तपाईँ अल्लाहका रसूल (सन्देशवाहक) हुनुहुन्छ, अल्लाहले तपाईँलाई आफ्नो सन्देश र आफ्नो संवाद (कुराकानी) द्वारा मानव जातिमाथि श्रेष्ठता प्रदान गर्नुभयो। हाम्रा प्रभुको समक्ष हाम्रा लागि सिफारिस (शफाअत) गरिदिनुहोस्; के तपाईँ हाम्रो यो अवस्था देखिरहनु भएको छैन?!" तब उहाँले भन्नुहुनेछ: "निश्चय नै मेरा प्रभु आज यति धेरै क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यस्तो क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यस्तो क्रोधित हुनुहुने छैन। अनि मबाट एउटा यस्तो ज्यानको हत्या भएको थियो, जसको हत्या गर्ने मलाई आदेश दिइएको थिएन। आज म आफैँलाई सिफारिसको आवश्यकता छ; तिमीहरू म बाहेक अरू कसै कहाँ जाऊ, तिमीहरू मर्यमका छोरा ईसा कहाँ जाऊ।" त्यसपछि उनीहरू ईसा ( येशू अलैहिस्सलाम) कहाँ आउनेछन् र भन्नेछन्: "हे ईसा! तपाईं अल्लाहका रसूल र उहाँको त्यो वचन (कलिमा) हुनुहुन्छ, जसलाई उहाँले मर्यमतर्फ पठाउनुभयो र उहाँकै तर्फबाट एक आत्मा (रूह) हुनुहुन्छ; र तपाईंले शिशु अवस्थामै कोखाबाट मानिसहरूसँग कुराकानी गर्नुभएको थियो। हाम्रा प्रभुको समक्ष हाम्रा लागि सिफारिस गरिदिनुहोस्; के तपाईंले हाम्रो यो अवस्था देखिरहनुभएको छैन?!" तब उहाँले भन्नुहुनेछ: "निश्चय नै मेरा प्रभु आज यति धेरै क्रोधित हुनुभएको छ कि यसअघि उहाँ कहिल्यै यसरी क्रोधित हुनुभएको थिएन र यसपछि पनि कहिल्यै यसरी क्रोधित हुनुहुनेछैन।" र उहाँले आफ्नो कुनै पापको उल्लेख गर्नुहुनेछैन (अनि भन्नुहुनेछ): "आज म आफैं सिफारिसको आवश्यकतामा छु; तिमीहरू मबाहेक अरू कुनै कहाँ जाऊ, तिमीहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ जाऊ।" त्यसपछि मानिसहरू मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आउनेछन् र भन्नेछन्: "हे मुहम्मद! तपाईँ अल्लाहका रसूल र अन्तिम सन्देशवाहक (खातमुन् अम्बिया) हुनुहुन्छ र अल्लाहले तपाईँका अघिल्ला र पछिल्ला सबै कुराहरू क्षमा गरिदिनुभएको छ। हाम्रा प्रभुको समक्ष हाम्रो लागि सिफारिस गरिदिनुहोस्; के तपाईँ हाम्रो यो अवस्था देखिरहनुभएको छैन?!" तब म अर्श (सिंहासन) मुनि आउनेछु र आफ्ना सर्वशक्तिमान् एवं महान् पालनकर्तालाई सज्दा (ढोग) गर्नेछु। त्यस समय अल्लाहले मेरो हृदयमा उहाँको प्रशंसा र उत्तम महिमागानका यस्ता शब्दहरू हाल्नुहुनेछ, जुन यसअघि उहाँले मभन्दा पहिले कसैको हृदयमा पनि हाल्नुभएको थिएन। त्यसपछि भनिनेछ: "हे मुहम्मद! आफ्नो टाउको उठाउनुहोस्; माग्नुहोस्, तपाईँलाई दिइनेछ र सिफारिस गर्नुहोस्, तपाईँको सिफारिस स्वीकार गरिनेछ।" तब म आफ्नो शिर उठाउनेछु र भन्नेछु: "हे मेरा पालनकर्ता! मेरो उम्मत (समुदाय), हे मेरा प्रभु! मेरो उम्मत, हे मेरा प्रभु! मेरो उम्मत।" अनि उहाँको शिफाअत (मध्यस्थता) स्वीकार गरिनेछ। र उहाँलाई भनिनेछ: हे मुहम्मद! तपाईँको उम्मतमध्येका ती मानिसहरूलाई—जसको कुनै हिसाब-किताब लिनु पर्ने छैन—स्वर्गका ढोकाहरूमध्ये दाहिने ढोकाबाट प्रवेश गराउनुहोस्; र उनीहरू त्यो बाहेकका अन्य ढोकाहरूबाट मानिसहरूसँग स्वर्गमा प्रवेश गर्न सक्छन्। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "म कसम खान्छु त्यस अल्लाहको जसको हातमा मेरो जीवन छ! स्वर्गका दुई ढोकाहरू बीचको दूरी मक्का र यमनको सन्आ बीचको दूरी बराबर छ, वा मक्का र सिरियाको बुस्रा शहर (हौरानको एक शहर) बीचको दूरी जत्तिकै छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको जस्तो पहिरन लगाउने पुरुष र पुरुषको जस्तो पहिरन लगाउने महिलालाई धिक्कार (लअ्नत) गर्नुभएको छ।"
رواه النسائي في الكبرى وابن ماجه بمعناه وأحمدरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती पुरुषहरूलाई अल्लाहको कृपाबाट निष्कासित र टाढा हुन् भनी श्राप दिनुभएको छ, जो पहिरन, स्वरूप, रङ्ग, शैली, पहिरिने तरिका, शृङ्गार वा अन्य कुनै पनि कुरामा महिलाहरूको नक्कल गर्छन्। र त्यसैगरी, उहाँले ती महिलाहरूलाई पनि श्रापित तुल्याउनु भएको छ, जो पुरुषहरूको पहिरनको नक्कल गर्छन्। यस्तो कार्य महापाप (कबिरा) मध्ये पर्दछ।
अबु साअलबा अल-खुशनी, जुरथूम बिन नाशिर (रजियल्लाहु अन्हु) वर्णन गरिएको छ, रसूल अल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: निश्चय नै अल्लाहले अनिवार्य कर्तव्यहरू (फराइज) तोक्नुभएको छ, तिनलाई बेवास्ता नगर्नु। उहाँले कानुनी सीमाहरू (हुदूद) निर्धारण गर्नुभएको छ, तिनीहरूको उल्लङ्घन नगर्नु। उहाँले केही कुराहरूलाई निषेध (हराम) गर्नुभएको छ, ती वर्जित कार्यहरूमा संलग्न नहुनु। उहाँले केही कुराहरू बिर्सिएर होइन बरु तिमीहरूमाथि दया गरेर उल्लेख नगरी छोड्नुभएको छ, त्यसैले तिनको बारेमा अनावश्यक सोधपुछ नगर्नु।
رواه الدارقطني في سننه وغيره“नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सूचित गर्नुभएको छ, अल्लाहले केही कुराहरूलाई अनिवार्य गर्नुभएको छ र केही फर्ज (कर्तव्य) ठहर गर्नुभएको छ। त्यसैले तिमीहरूले तिनको पालना गर्नुपर्छ र तिनलाई त्याग्ने वा लापरवाही गर्ने कार्य गर्नु हुँदैन। उहाँले तिमीहरूका लागि निश्चित सीमाहरू र निषेधहरू पनि निर्धारण गर्नुभएको छ, जसले तिमीलाई उहाँले मन नपार्ने कुराहरूबाट रोक्छ र सावधान गराउँछ। त्यसैले शरियतको आदेशमा बढी कुरा थप गर्नु हुँदैन। त्यसैगरी, अल्लाहले केही कुराहरूलाई वर्जित गर्नुभएको छ, तिनीहरूबाट टाढा रहनू र तिनको नजिक पनि नजानू र उहाँले बाँकी कुराहरू बिर्सिएर होइन बरु तिमीहरूमाथि दया गरेर उल्लेख नगरी छोड्नुभएको छ, ती कुराहरू मूल रुपमा वैध नै रहनेछन्, त्यसैले तिनको बारेमा अनावश्यक सोधपुछ नगर्नु।"
अबू मुहम्मद हसन बिन अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) — जो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का नाति र उहाँका प्यारो हुन् — ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट यो वचन कण्ठस्थ गरेको छु: "जुन कुरा प्रति तिमीलाई शङ्का छ, त्यसलाई छाडेर त्यो कुरा अपनाउनु जसमा कुनै शङ्का छैन।"
رواه الترمذي والنسائيनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभएको छ, यदि कुनै वचन वा कार्य हराम (निषेधित) हो वा हलाल (वैध) भन्नेमा शङ्का छ भने, त्यसलाई छाडेर शङ्कारहित कुरालाई अपनाउनु पर्छ, जसको वैधता प्रति मन सन्तुष्ट हुन्छ।