





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबु याला शद्दाद बिन औस (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "निश्चय नै अल्लाहले हरेक कुरामा सद्भावना (इह्सान) अनिवार्य गर्नुभएको छ। त्यसैले जब तिमीले कसैलाई (मृत्युदण्ड आदि कारणले) मार्छौ तब त्यसलाई राम्रो र सहज तरिकाले मार्नु, जब तिमी (पशु) वध गर्छौ, तब राम्रो तरिकाले वध गर्नु, तिमीहरूले जनावरलाई वध गर्नुअघि चक्कु धारिलो बनाउनुपर्छ र वध गरिने जनावरलाई सहजतापूर्वक वध गर्नुपर्छ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले हर काममा राम्रो व्यवहार गर्न अनिवार्य गर्नुभएको छ। इहसान (परोपकार) भनेको तपाईंले गर्नुहुने हरेक काममा अल्लाहलाई सधैं मनमा राख्नु हो । अल्लाहको उपासना गर्दा, पुण्य कर्म गर्दा र मानिसहरूलाई दुःखबाट बचाउँदा पनि । त्यसैगरी यसमा हत्या र वध गर्दा समेत दयालु हुनु पनि समावेश छ । किसास (बदला) को रुपमा हत्या गर्दा दयालु हुनु भनेको हत्याको लागि सबैभन्दा सजिलो, हल्का र छिटो बाटो रोज्नु हो । वध गर्दा पशुप्रति दयालु हुनु भनेको हतियार धारिलो बनाउनु, जनावरको आँखा अगाडि हतियारको धार नलगाउनु र एउटा पशुलाई अर्को जनावरको अगाडि वध न गर्नु हो ।
अबु मालिक अल-हारिथ बिन आसिम अल-अशअरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तहारत (पवित्रता) ईमानको आधा भाग हो। "अल्हम्दुलिल्लाह" (अल्लाहको प्रशंसा) ले सुकर्मको तराजुलाई पूर्ण रूपमा भर्छ। "सुब्हानल्लाह" र "अल्हम्दुलिल्लाह" यी दुवै पवित्र शब्दहरूले आकाशदेखि पृथ्वीसम्मको विशाल अन्तरिक्षलाई परिपूर्ण गरिदिन्छन्। सलाह (नमाज) एक ज्योति हो। सदकह (दान) को प्रमाण हो। धैर्यता किरण हो र कुरान तपाईंको पक्ष वा विपक्षमा प्रमाण स्वरूप रहन्छ। प्रत्येक व्यक्तिले प्रत्येक दिन (परिश्रम गरी) एक प्रकारको सौदा गर्दछ—कि त उसले आफूलाई नर्कबाट मुक्त गर्दछ अथवा विनाशतर्फ धकेल्छ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा बताउनु भएको छ : बाहिरी (शारीरिक) शुद्धता "वुजू" र स्नानबाट प्राप्त हुन्छ र यो शुद्धता नमाजको लागि शर्त हो। उहाँको भनाई : "अल्हमदु लिल्लाहले तराजु भर्छ" वास्तवमा यो अल्लाहको प्रशंसा, महिमा र पूर्णताको वर्णन हो । प्रलयको दिन, यी शब्दहरू तराजूमा तौलिनेछन् र यिनले कर्महरू तौलने तराजूलाई भर्नेछन् । उहाँको भनाई : "सुब्हानल्लाह र अल्हम्दुलिल्लाह" ले अल्लाहलाई सम्पूर्ण थरीका त्रुटि र अपूर्णताबाट पवित्र ठहर्याउन्छ र उहाँ प्रति प्रेम एवं सम्मान सहित उहाँको पूर्ण उत्तम विशेषताहरू वर्णन गर्दछ र यो उहाँलाई सुहाउँदो तरिकाले हुन्छ । यी दुई शब्दहरूले आकाश र पृथ्वी बीचको ठाउँ भर्छन् । "नमाज एउटा ज्योति हो" जसले भक्तको हृदय, अनुहार, चिहान र हश्र (हिसाबकिताबको लागि भेला हुने मैदान) लाई उज्यालो पार्दछ। "दान प्रमाण हो" अर्थात् भक्तको साँचो आस्थाको र पाखण्ड (कपट) बाट टाढा रहेको प्रमाण हो, साथै दान दिनुले पाखण्डी कपटी व्यक्ति -जसले दानको प्नतिफलमा विश्वास गर्दैन- बाट भिन्नता पनि प्रमाणित हुन्छ । "सब्र (धैर्य) एक किरण हो" । धैर्य भनेको दु:ख र पीडामा असन्तुष्टि र भाग्यलाई गालीगलौज गर्नबाट रोकिनु हो । "जिया"- यसतो प्रकाशलाई भनिन्छ जसमा सूर्यको किरण जस्तै ताप र जलाउने गुण हुन्छ । किनभने धैर्य कठिन कार्य हो र यसमा आत्मसँग लड्न र आफ्नो नराम्रो इच्छा तथा आकांक्षालाई रोक्नु पर्छ । धैर्यतापूर्वक जीवन बिताउने व्यक्ति सधैं उज्यालोमा रहन्छ र ऊ निरन्तर रुपले सही मार्गमा हुन्छ । अर्थात् धैर्य भनेको अल्लाहको आज्ञापालन गर्नुमा दृढ हुनु, उहाँको अवज्ञाबाट आफूलाई बचाउनु र संसारमा आइपरेका दुःख र कठिनाइहरूमा धैर्य गर्नु हो । "कुरआन तपाइँको लागि प्रमाण हो" जब तपाईंले कुरआनको पाठ गर्नुहुन्छ र त्यसको आदेश अनुसार कार्य गर्नु हुन्छ वा "तपाइँको विरुद्ध प्रमाण" हो, जब तपाइँले त्यसको आदेशहरुको पालना गर्नहुन्न र त्यसको तिलावत (पाठ) पनि गर्नुहुन्न । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : सबै मानिसहरूले संघर्ष र प्रयास गर्छन्, धर्तीमा फैलिन्छन्, निद्राबाट ब्यूँझन्छन् अनि विभिन्न कामका लागि आफ्नो घर छोड्छन् र जीविकोपार्जन गर्छन् । अतः, तिनीहरूमध्ये केहीले अल्लाहको आज्ञापालन गर्दछन् र आफूलाई नर्कको आगोबाट मुक्त गर्छन् र तिनीहरूमध्ये केही अवज्ञा गरि विचलित हुन्छन् र पापहरूमा लिप्त भएर नर्कमा प्रवेश गर्छन् र आफूलाई नष्ट गर्छन् ।
अबु सईद सअद बिन मालिक बिन सिनान अल-खुद्री (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कसैलाई त्यत्तिकै हानि पुर्याउनु वा बदलामा हानि पुर्याउन अनुमति छैन"
رواه ابن ماجه والدارقطني وغيرهما مسندًاरसुल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो स्पष्ट पार्नुभएको छ, आफूलाई र अरूलाई सबै प्रकारका हानि-नोक्सानीबाट जोगाउनु अनिवार्य छ। कुनै पनि व्यक्तिले स्वयंलाई वा अरूलाई हानि पुर्याउने अनुमति छैन। त्यसैगरी, हानिको बदलामा हानि पुऱ्याउनु पनि वैधानिक हुँदैन, किनभने हानिको निवारण अर्को हानिद्वारा गर्न सकिँदैन। तैपनि, किसास (न्यायिक बदला) को अवस्थामा यसको अनुमति छ, तर त्यसमा पनि कुनै प्रकारको अतिक्रमण गर्नु हुँदैन।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि प्रत्येक व्यक्तिको दाबीलाई बिना सोधपुछ स्वीकार गरिन्थ्यो भने, केही मानिसहरूले अरूको सम्पत्ति र रगतसमेत आफ्नो भनी दाबी गर्ने थिए। त्यसैले, आफ्नो दाबी प्रमाणित गर्न प्रमाण प्रस्तुत गर्नु दाबीकर्ताको जिम्मेवारी हो र (दाबी) इन्कार गर्नेले शपथ खानुपर्छ।"
رواه البيهقي وغيره هكذا وبعضه في الصحيحينनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, यदि मानिसहरूलाई बिना प्रमाण तिनीहरूको दावीको आधारमा मात्र क्षतिपूर्ति दिइने हो भने मानिसहरूले जनताको सम्पत्ति र रगतको दाबीसमेत गर्नेछन् । त्यसैले दावीकर्ताले आफूले माग गरेको कुराको प्रमाण उपलब्ध गराउनुपर्छ । यदि उनीसँग प्रमाण छैन भने मुद्दा प्रतिवादी समक्ष पेश गरिनेछ र यदि उसले अस्वीकार गर्यो भने शपथ खाई निर्दोष हुनुपर्दछ ।
अबु बुरदाद्वारा बयान गरिएको छ, जसले आफ्ना बुवा अबु मूसा अल-अश'री (रदियल्लाहु अन्हु) बाट वर्णन गर्नुभएको छ: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अबु मूसा अल-अश'अरी (रज़ियल्लाहु अन्हु) लाई यमनतिर हाकिम बनाएर पठाउनुभयो। अबु मूसा अल-अश'अरीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग यमनमा बनाइने केही पेय पदार्थबारे सोध्नुभयो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सोध्नुभयो: “ती पेय पदार्थ के हुन्?” उहाँले उत्तर दिनुभयो: “बित‘अ’ र मिज्र।” (अबु बुरदा (रज़ियल्लाहु अन्हु) लाई सोधियो: “बित‘अ’ के हो?” उनले भने: “महको मदिरा।” र “मिज्र” भनेको “जौको मदिरा” हो।) नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “सबै मादक पदार्थहरू निषेधित छन्।” (बुखारी) (इमाम मुस्लिमलो वर्णन गरेको हदीसको शब्द हो) अबु मूसा अल-अश'अरी (रज़ियल्लाहु अन्हु) ले भन्नुभयो: “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई र मुआज़ (रज़िअल्लाहु अन्हु) लाई यमनतिर हाकिम बनाएर पठाउनुभयो। मैले भनेँ, ‘हे रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम)! हाम्रो (यमनको) भूमिमा एक प्रकारको पेय बनाइन्छ जसलाई ‘मिज्र’ भनिन्छ, जुन जौबाट बनाइन्छ। अनि अर्को पेय बनाइन्छ, जसलाई ‘बित्अ’ भनिन्छ, जुन मह (मधु) बाट बनाइन्छ।’ रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो, सबै मादक पदार्थहरू निषेधित छन्।” मुस्लिमको आर्को हदीस अनुसार— "रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो— कुनै पनि पदार्थ जसले प्रार्थना गर्नबाट रोक्छ वा बिर्साउँछ (जस्तै नशा ल्याउँछ), त्यो वर्जित छ।" मुस्लिमकै अर्को हदीसमा छ: "रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई संक्षिप्त र व्यापक अर्थपूर्ण बोलीको विशेषता (जवामिअल-कलिम) प्रदान गरिएको थियो, उहाँले भन्नुभयो: ‘मैले नमाजबाट विचलित गर्ने हरेक नशालु पदार्थलाई निषेध गरेको छु।"
رواه البخاري ومسلمअबु मूछ,अल-अशअरी (रजियल्लाहु अन्हु) ले बताउनुभयो कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई यमन पठाउनुभयो। उहाँले जाने क्रममा नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग त्यहाँ बनाइने पेय पदार्थहरूको बारेमा सोध्नुभयो (कि ती निषिद्ध हुन् वा होइनन्)। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ती पेय पदार्थहरू के हुन् भनी सोध्नुभयो। अबु मूसाले भन्नुभयो: ती हुन्— 'बित्अ' (महबाट बन्ने 'नबीज') र 'मिज्र' (जौबाट बन्ने 'नबीज')। तब नबी (सल्लल्लाहु अलैहि वसल्लम), जसलाई (जवामिअल-कलिम) संक्षिप्त र अर्थपूर्ण वचनको विशेषता प्रदान गरिएको थियो, ले भन्नुभयो: "सबै मादक पदार्थहरू निषेधित छन्।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, कि जसले अल्लाहको लागि हज गर्छ र 'रफस' बाट टाढा रहन्छ । 'रफस' भनेको यौन सम्बन्ध र यस सँग सम्बन्धित गतिविधिहरू हुन्, जस्तै: चुम्बन र सहवास, 'रफस' अभद्र बोलीलाई पनि भनिन्छ । र 'फिस्क' बाट टाढा रहनुको अर्थ: उसले पाप र खराब कामहरू गर्दैन । त्यसैगरी एहरामको अवस्थामा निषेधित कार्यहरूबाट पनि टाढा रह्यो भने ऊ आफ्नो हजबाट पापरहित फर्कन्छ, ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ ।
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खानाको उपस्थितिमा नमाज पढ्न निषेध गर्नुभयो, किनभने व्यक्तिको हृदय खानामा अल्झेको हुन्छ र पूर्ण एकाग्रताका साथ नमाज पढ्न सक्दैन । त्यसैगरी, दिसा पिसाबले च्यापेको अवस्थामा पनि नमाज पढ्न निषेध गरिएको छ, किनभने व्यक्तिको ध्यान त्यसैमा अल्झेको हुन्छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, शुक्रबारको खुत्बामा उपस्थित व्यक्तिहरूले चुपचाप र पूर्ण ध्यानका साथ खतीब (धर्मगुरु) को खुत्बा (उपदेश) लाई सुन्नु पर्छ, ताकि उहाँले यसमा मनन गर्न सकून् । जसले खुत्बा भइरहेको समयमा कसैलाई शान्त रहन वा ध्यान दिएर सुन्न इत्यादि सानो कुरा पनि भन्यो भने ऊ शुक्रबारको नमाजको पुण्यबाट वञ्चित भयो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "पाँच कुरा फित्रत (प्राकृतिक) हुन्; खतना गर्नु, गुप्ताङ्गका रौं खौरनु, जुँगा छोटो पार्नु, नङ्ग काट्नु र काखीका रौं उखेल्नु ।”
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पाँच फित्रत (प्राकृतिक) का कुराहरू इस्लामको विशेषता र पैगम्बरहरूको सुन्नत हुन्: १) खतना गर्नु : लिंगको टुप्पोमा रहेको अतिरिक्त छाला काट्नु हो । त्यसैगरी महिलाको योनिमाथिको छालाको टुप्पो काट्नु । २) गुप्ताङ्गको रौं खौरनु : नाभीमुनि रहेको रौंहरूलाई खौरनु वा कुनै तरिकाले सफा गर्नु । ३) जुँगा छोटो पार्नु : पुरुषको माथिल्लो ओठमा बढेको कपाल ओठ देखिने गरी काट्नु । ४) नङ्ग काट्नु । ५) काखीको रौं उखेल्नु वा कुनै तरिकाले सफागर्नु ।