





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, अपशगुन मान्नु शिर्क हो, (तीन पटक) भन्नुभयो, र यस प्रकारको कुरा हामी सबैको हृदयमा आउँछ, तर अल्लाहमाथि तवक्कुल (पूर्ण भरोसा) गर्नाले उहाँले यसलाई हटाइदिनुहुन्छ।"
अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले चरा वा जनावर, अपाङ्गता भएका व्यक्तिहरू, संख्याहरू, दिनहरू वा सुन्न वा देख्न सकिने कुनै पनि वस्तुबाट अपशकुन मान्ने कुरा विरुद्ध चेतावनी दिनुभएको छ। जाहिलियत (इस्लाम पूर्व युग) मा चराबाट अशुभ संकेत लिनु सामान्य कुरा भएकोले यहाँ चरा उल्लेख गरिएको छ । अरबहरूले यात्रा, व्यापार वा कुनै पनि काम सुरु गर्न चाहँदा चरा उडाउने गर्थे । चरा दायाँतर्फ उड्यो भने शुभ शगुन मानेर त्यो काम गर्थे । तर बायाँतर्फ उड्यो भने, अशुभ मानेर चाहेको कुराबाट पछि हट्ने गर्थे । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्ता कार्यहरूलाई शिर्क (अल्लाहसँग अन्यलाई साझेदार बनाउनु) भन्नुभयो, किनभने राम्रो ल्याउने र नराम्रो कुराबाट बचाउने अल्लाह बाहेक कोही छैन । अब्दुल्लाह बिन मसुद (रजियल्लाहु अन्हु) भन्नुहुन्छ कि कहिलेकाहीँ मुस्लिमको मनमा केही अशुभ विचार आउँछ, तर उसले त्यसलाई अल्लाहमाथि भरोसा (तवक्कुल) गरेर र आवश्यक साधनहरू (उपायहरू) अपनाएर हटाउनुपर्छ।
अब्दुल्लाह बिन शिख्खीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, बनु आमिरको समूहसँग म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गएँ। हामीले भन्यौं: तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक,सर्वेसर्वा) हुनुहुन्छ। उहाँले भन्नुभयो: "(वास्तविक र सत्य) ‘सय्यिद’ अल्लाह हुन्।" हामीले फेरि भन्यौँ: "तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ, सबैभन्दा उदार र कृपालु हुनुहुन्छ।" उहाँले भन्नुभयो: "तिमीहरूले मलाई सामान्य शब्दहरूले सम्बोधन गर, शैतानले तिमीहरूलाई कुनै धोका वा बहकाउमा नपारोस्।"
अबू दाउद र अहमदले वर्णन गरेका छन्एक प्रतिनिधिमण्डल रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो। त्यहाँ पुगेपछि उनीहरूले उहाँको प्रशंसामा केही यस्ता कुरा भने, जुन उहाँलाई मन परेन। उनीहरूले भने : तपाईं हाम्रो ‘सय्यिद ’ (मालिक) हुनुहुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनीहरूलाई भन्नुभयो : "(वास्तविक र सत्य) सय्यिद (मालिक) अल्लाह हुनुहुन्छ ।" सृष्टि र ब्रह्माण्डमा उहाँको पूर्ण प्रभुत्व छ र सम्पूर्ण सृष्टि उहाँका दाससरह हुन् । उनीहरूले भने : " तपाईं हामीमध्ये सबैभन्दा श्रेष्ठ र सबैभन्दा उच्च पद, सम्मान र विशेषता भएका हुनुहुन्छ, त्यसैगरी "हजुर हामीमध्ये सर्वाधिक महत्त्वपूर्ण र हामीमध्ये सबैभन्दा बढी उदार, गौरवशाली र सर्वोच्च हुनुहुन्छ।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले (यो सबै सुनेर) तिनीहरूलाई आफ्ना सामान्य रुपमा बोलिने शब्दहरू बोल्न र शब्दहरूमा कृत्रिमताको प्रयोग नगर्न निर्देशन दिनुभयो। उहाँले थप भन्नुभयो कि शैतानले उहाँहरूलाई अतिशयोक्तिपूर्ण प्रशंसा र शब्दहरू बोल्नतर्फ बहकाउन सक्छ, जसले शिर्क र त्यसका साधनहरूतर्फ डोर्याउँछ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अक्बाको बिहान आफ्नो ऊँटमा सवारी भएको अवस्थामा भन्नुभयो: "मेरो लागि केही स-साना ढुङ्गाहरू लिएर आऊ।" मैले उहाँको लागि चनाको दाना बराबरका सातवटा ढुङ्गाहरू ल्याइदिएँ। उहाँले ती ढुङ्गाहरूलाई आफ्नो हत्केलामा राखेर हल्लाउँदै भन्नुभयो: "यस्तै साना ढुङ्गाहरूले हान्नु।" त्यसपछि उहाँले भन्नुभयो: "हे मानिसहरू, धर्ममा अतिवादबाट टाढा रहनु, किनकि तिमीभन्दा अघिका मानिसहरू धर्ममा अतिवादका कारणले नै नष्ट भएका थिए।"
अबू दाउद, निसाई र अहमदले वर्णन गरेका छन्अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, हज्जतुल-वदाअ (अन्तिम हज) को अवसरमा कुर्बानीको दिन; ठूलो जमरातलाई ढुङ्गाले हान्ने दिनको बिहान उनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा थिए । उहाँले उनलाई जमरातका लागि ढुङ्गाहरू सङ्कलन गर्न आदेश दिनुभयो, उनले उहाँको लागि सातवटा ढुङ्गाहरू जम्मा गरे । ती प्रत्येक ढुङ्गा चनाको दाना आकारका थिए । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ती ढुङ्गाहरूलाई आफ्नो हत्केलामा राखेर हल्लाउनु भयो र भन्नुभयो: "यही आकारको ढुङ्गा हान्नु।" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले धार्मिक मामिलामा अतिवादबाट टाढा रहन र तोकिएको सीमा उल्लङ्घन नगर्न चेतावनी दिनुभयो, किनभने पहिलेका समुदायहरू धर्ममा अतिशयोक्ति र अतिवादकै कारणले नष्ट भएका थिए। ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "न त रोग आफैँ सर्छ, न कुनै अशुभ शकुन हुन्छ, न 'हामा' (उल्लू अशुभ हुने विश्वास) को कुनै प्रभाव हुन्छ, न 'सफर' महिना अशुभ हुन्छ, र कुष्ठरोगीबाट यसरी टाढा भाग जसरी सिंहबाट भाग्छौ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लामपूर्वका केही गलत कुराहरूविरुद्ध चेतावनी दिनुभएको छ, किनकि हरेक कुरा अल्लाहको हातमा छ र उहाँको आदेश र इच्छा बिना केही हुँदैन। ती कुराहरू निम्न छन्: पहिलो: जाहिलीयत (इस्लाम पूर्व) का मानिसहरू रोग आफैँ संक्रामक हुन्छ भन्ने विश्वास गर्थे। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै पनि रोग एक बिरामीबाट अर्कोमा आफैँ सर्छ भन्ने विश्वासलाई निर्मूल पार्नुभयो। किनभने ब्रह्माण्डको व्यवस्थापन गर्ने अल्लाह हुनुहुन्छ; उहाँको आदेशले रोग लाग्छ र उहाँले नै निको पार्नुहुन्छ, र उहाँको इच्छा र आदेश बिना केही हुँदैन। दोस्रो: जाहिलीयत (इस्लाम पूर्व) का मानिसहरू यात्रा वा व्यापारको लागि निस्कदा चरालाई उडाउने गर्दथे । यदि चरा दायाँ तिर उड्यो भने शुभ ठानेर त्यो काम गर्थे र यदि बायाँतिर उड्यो भने अशुभ ठानेर फर्कने गर्थे । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले चराहरूबाट लिएको यो अशुभ मान्ने आस्थालाई निषेध गर्नुभयो र यो मिथ्या विश्वास हो भनेर स्पष्ट पार्नुभयो । तेस्रो: जाहिलीयत (इस्लाम पूर्व) का मानिसहरू भन्थे: यदि कुनै घरमा उल्लू चरा आएर बस्छ भने घरका बासिन्दाहरूलाई विपत्ति आइलाग्नेछ; नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो अशुभ आस्थालाई निषेध गर्नुभयो । चौथोः नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हिजरी महिनाको दोस्रो महिना "सफर" लाई अशुभ मान्ने कुरा प्रति रोक लगाउनुभयो। केही विद्वानहरू अनुसार 'सफर' भनेको पेटमा हुने एक प्रकारको सर्प हो, जसबाट पशुधन र मानिसहरू संक्रमित हुन्छन्, र तिनीहरूको मान्यताअनुसार यो 'जरब' (लुतो) भन्दा पनि बढी सङ्क्रामक हुन्छ; नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस प्रकारका विश्वास र आस्थाहरूको खण्डन गर्दै यिनलाई अमान्य ठहर गर्नुभयो। पाँचौँ, उहाँले कुष्ठरोग लागेका व्यक्तिबाट सिंहबाट भागेजस्तै टाढा रहन आदेश दिनुभयो। यसो गर्नु आफ्नो सुरक्षाप्रति सावधानी, आफ्नो रक्षा र अल्लाहले आदेश दिनुभएका माध्यमहरूलाई अपनाउनु हो। कुष्ठरोग भनेको यस्तो रोग हो जसले मानिसका अङ्गहरूलाई खाइदिन्छ।
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कुनै पनि रोग (आफैँ) संक्रामक हुँदैन, न त अपशकुन भन्ने कुनै कुरा हुन्छ, तर मलाई शुभसंकेत मन पर्छ।" साहबाहरूले सोध्नुभयो, "शुभसंकेत भनेको के हो?" उहाँले भन्नुभयो, "मिठो राम्रो बोली।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि अल्लाहको आदेश र निर्णयबिना रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुन्छ भन्ने विश्वास गलत हो र यो इस्लामपूर्वका (जाहिलीयत) मानिसहरूको विश्वास हो। त्यसैगरी अशुभ शकुन लिनु पनि निषेधित छ। चराचुरुङ्गी, पशु, अपाङ्गता भएका व्यक्ति, सङ्ख्या वा विशेष दिनहरू आदि जस्ता सुनिने वा देखिने विषयवस्तु बाट अशुभ संकेत लिनुलाई अपशकुन (तियराह) भनिन्छ। यस हदीसमा "अत-तैर" (चरा) शब्दलाई अशुभ संकेतको रूपमा प्रयोग गरिएको छ, किनभने जाहिलियतको युगमा (इस्लामपूर्वको समयमा) चराद्वारा शगुन लिने यो विधि अत्यन्त प्रचलित थियो। जब अरबहरू कुनै यात्रा वा व्यापार सुरु गर्न चाहन्थे, उनीहरूले चरा उडाएर शकुन विचार गर्दथे। यदि चरा दायाँतर्फ उड्यो भने त्यसलाई शुभ मानेर आफ्नो काम अगाडि बढाउँथे, तर यदि चरा बायाँतर्फ उड्यो भने त्यसलाई अशुभ मानेर उक्त कार्यबाट पछि हट्ने गर्थे। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "मलाई शुभ सङ्केत मन पर्छ।" शुभ सङ्केत भनेको मिठो बोली हो, जुन सुनेपछि व्यक्तिलाई आनन्द र खुशी प्राप्त हुन्छ र यसले उसलाई आफ्नो प्रभुको बारेमा राम्रो सोच्न बाध्य पार्छ।
बरा इब्ने आजिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्सार (मदीनाका सहाबाहरूको एक विशेष समुह) को बारेमा भन्नुभयो: "तिनीहरूलाई केवल मुमिनले प्रेम गर्नेछन् र कपटीले मात्र तिनीहरूलाई घृणा गर्नेछ । जसले तिनीहरूलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुनेछ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुनेछ ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि मदीनाका अन्सारीहरूसँग प्रेम गर्नु पूर्ण ईमानको चिन्ह हो र उनीहरूप्रति घृणा राख्नु कपटको चिन्ह हो। यो यसकारण हो किनभने उनीहरूले इस्लाम र नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई पूर्ण रूपमा सहयोग गरे, (मक्का र अन्य स्थानबाट आएका) मुहाजिर मुस्लिमहरूलाई आश्रय दिए र अल्लाहको मार्गमा आफ्नो ज्यान र सम्पत्ति खर्च गर्न कुनै कसर बाँकी राखेनन्। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जसले अन्सारलाई माया गर्छ, अल्लाहले उसलाई माया गर्नुहुन्छ र जसले तिनीहरूसँग घृणा गर्छ, अल्लाहले उससँग घृणा गर्नुहुन्छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरू मध्यमार्ग र सही बाटो अपनाऊ । जानि राख, तिमीहरूमध्ये कोही पनि आफ्नो कर्मले मुक्ति पाउन सक्दैनौ।" सहाबाहरूले सोधे: "हे रसूल! तपाईँ पनि होइन?" उहाँले भन्नुभयो: "म पनि होइन, तर अल्लाहले मलाई आफ्नो रहमत र कृपाले ढाक्नुभएको छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूलाई निरन्तर कार्य गर्न, अतिशयोक्ति र फजुल खर्चबाट बच्न, सकेसम्म अल्लाहको डर मान्न, सत्यलाई आफ्नो कार्यको लक्ष्यको रूपमा पछ्याउन, इमानदारी र सुन्नतको पालना गर्न प्रोत्साहित गर्नुभयो, ताकि तिनीहरूका कार्यहरू स्वीकार गरियोस् र अल्लाहको रहमत तिनीहरू माथि अवतरित होस्। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूलाई बताउनुभयो, तिमीहरूमध्ये कसैको पनि कार्यले उसलाई बचाउन सक्दैन। बरू अल्लाहको रहमत अनिवार्य छ। साथीहरूले सोधे: हे रसूल! तपाईंका यति ठूलो स्थान र कर्महरूले पनि तपाईंलाई बचाउन सक्दैनन्? उहाँले जवाफ दिनुभयो: म पनि होइन, जबसम्म अल्लाहले मलाई आफ्नो कृपाले ढाक्नुहुन्न ।
हदीस : अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: "मभन्दा पहिले अल्लाहले पठाएका सबै नबीहरूका आफ्ना अनुयायीहरूबाट नै चेला, सहयोगी र साथीहरू थिए जसले उनीहरूको सुन्नतलाई पछ्याएका थिए र उनीहरूको आदेशहरूको अनुसरण गर्थे। त्यसपछि यस्ता मानिसहरू देखा परे जो आफ्नो इमानमा सत्य थिएनन्, जसले ती कुराहरू भने जुन उनीहरूले गर्दैनथे र ती कामहरू गर्थे जुन उनीहरूलाई गर्न आदेश दिइएको थिएन। त्यसैले जसले आफ्नो हातले तिनीहरूसँग लड्छ त्यो आस्थावान हो, जसले आफ्नो जिब्रोले तिनीहरूसँग लड्छ त्यो आस्थावान हो र जसले आफ्नो हृदयले तिनीहरूसँग लड्छ त्यो आस्थावान हो र यसभन्दा पर रायोको दाना जत्रो पनि विश्वास छैन।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, अल्लाहले कुनै पनि राष्ट्रमा रसूल पठाउनुभन्दा पहिले, उस जातिका केही चुनिएका, सहयोगी, योद्धा र इमान्दार व्यक्तिहरू नि:स्वार्थहरू हुने गर्थे, जो उनको उत्तराधिकारी हुन योग्य थिए, उनको सुन्नतलाई पालना गर्थे र उनको आदेशहरू पालना गर्थे। तर यी धर्मी पूर्वजहरूपछि, यस्ता बेकार मानिसहरू आउनेछन्, जसले ती कुराहरू भन्नेछन् जुन उनीहरूले अभ्यास गर्दैनथे र ती कामहरू गर्नेछन् जुन उनीहरूलाई गर्न आज्ञा दिइएको थिएन; त्यसकारण, जसले यस्ता मानिसहरूसँग आफ्नो हातले लड्छ, त्यो आस्थावान हो। जसले तिनीहरूसँग आफ्नो जिब्रोले लड्छ, त्यो आस्थावान हो। जसले तिनीहरूसँग आफ्नो हृदयले लड्छ, त्यो आस्थावान हो। यसभन्दा बाहिर, रायोको दाना बराबर पनि कुनै आस्था हुँदैन।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मलाई पाँचवटा कुराहरू दिइएको छ जुन मभन्दा पहिले कुनै पनि नबीलाई दिइएको थिएन : मलाई एक महिनाको दूरीसम्म डरले सहयोग गरिएको छ। सम्पूर्ण पृथ्वीलाई मेरो लागि उपासनास्थल र पवित्रताको माध्यम बनाइएको छ, त्यसैले मेरो उम्मतमध्ये जसले जहाँ पनि नमाजको समय पाउँछ, उसले त्यहाँ नमाज पढोस्। युद्धको धन मेरो लागि वैध गरिएको छ र मभन्दा पहिले कसैको लागि वैध थिएन। मलाई मध्यस्थता प्रदान गरिएको छ। अन्य नबीहरू आफ्नो समुदायको लागि खास गरेर पठाइएको थियो, तर मलाई सम्पूर्ण मानवजातिको लागि पैगम्बरको रूपमा पठाइएको छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि व सल्लम) ले बताउनु भयो, अल्लाह तआलाले उहाँलाई पाँचवटा चीजहरू दिनुभएको छ जुन उहाँ भन्दा पहिले कुनै पनि पैगम्बरलाई प्रदान भएको थिएन । पहिलो : मलाई त्रासद्वारा सहायता दिइएको छ, जुन मेरा शत्रुहरूको हृदयमा हालिदिएको छ, चाहे तिनीहरू र मेरो बीचमा एक महिनाको दूरी नै किन नहोस्। दोस्रो : सम्पूर्ण पृथ्वीलाई हाम्रो लागि मस्जिद बनाइएको छ ताकि हामी जहाँ चाहन्छौं त्यहाँ प्रार्थना गर्न सकौं। त्यसैगरी, पानी पाउन नसकेको अवस्थामा माटोद्वारा पवित्रता प्राप्त गर्छौं। तेस्रो : युद्धको धनमाल हाम्रो लागि वैध गरिएको छ, जुन मुस्लिमहरूले काफिरहरूसँगको युद्धमा लिन्छन्। चौथो : मलाई न्यायको दिनको भयावहबाट मानिसहरूलाई राहत दिनको लागि ठूलो मध्यस्थता (सिफारिसको हक) प्रदान गरिएको छ। पाँचौ : मलाई सबै जिन्न र मानवहरूको लागि पैगम्बरको रूपमा पठाइएको छ, जबकि मभन्दा पहिलेका पैगम्बरहरूलाई आफ्नै राष्ट्रहरूको लागि पैगम्बरको रूपमा पठाइएको थियो।