Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way






























Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ: जब कुनै नमाज पढ्ने व्यक्तिलाई आफ्नो नमाजमा शंका उत्पन्न हुन्छ र उसलाई थाहा हुँदैन कि उसले तीन रकात पढ्यो वा चार, यस्तो अवस्थामा उसले शंकालाई त्यागेर निश्चित कुरामा भर पर्नुपर्छ। यहाँ तीन रकात निश्चित छ र चारमा शंका छ। त्यसैले उसले तीन रकातलाई आधार मानी एक रकात पूरा गर्नुपर्छ र सलाम फेर्नुअघि दुईवटा सज्दा (सज्दा-ए-सहव) गर्नुपर्छ। यदि उसले वास्तवमा चार रकात पढेको थियो र एक रकात थप्दा पाँच रकात हुन गयो भने, उसले सलाम अघि गरेका दुई सजदा (सहव) ले नमाजलाई जोड बनाउँछ, बिजोड हुन दिँदैन; किनभने ती दुई सजदा एक रकातको सट्टा मानिन्छन्। र यदि उसले तीन रकात नै पढेको थियो भने, एक रकात थप्दा उसको नमाज पूर्ण हुन्छ र उसले कुनै कमीबेशी नगरी नमाज पूरा गरेको हुन्छ। दुईवटा सज्दा (सज्दा-ए-सहव) शैतानलाई अपमानित गर्न, पराजित गर्न र उसका उद्देश्यहरूलाई विफल पार्नका लागि निर्धारित गरिएका हुन्, किनकि उसले नमाजमा भ्रम उत्पन्न गर्ने र त्यसलाई बिगार्ने दुस्साहस गरेको थियो। तर जब आदमका सन्तानले अल्लाहको आज्ञा पालना गर्दै ती सज्दा गरे, तब उसको नमाज पूर्ण भयो। यसको विपरीत, शैतानले भने आदमलाई सज्दा गर्न अस्वीकार गरेर अल्लाहको स्पष्ट अवज्ञा गरेको थियो।
आइशा (रजिअल्लाहु अन्हा) ले जानकारी दिनुभएको छ, नबी (सलल्लाहु अलैहि वसल्लम) आफ्ना घरमा सुन्नत नमाजहरू नियमित रूपमा अदा गर्नुहुन्थ्यो र कहिल्यै छोड्नुहुन्नथ्यो। विशेषगरी, उहाँले जुहरको नमाजअघि दुई सलामको साथ चार रकआत (सुन्नत) र फज्रको नमाजअघि दुई रकआत (सुन्नत) अदा गर्नुहुन्थ्यो।
नबी (सलल्लाहु अलैहि वसल्लम) ले ती व्यक्तिलाई शुभ समाचार दिनुभयो, जसले जुहरको नमाजअघि चार रकआत सुन्नत र जुहरपछि चार रकआत सुन्नत अदा गर्छन् र यसलाई निरन्तरता दिन्छन्। यस्तो व्यक्तिलाई अल्लाहले नर्कको आगोबाट सुरक्षित राख्नु हुनेछ।
नबी (सलल्लाहु अलैहि वसल्लम) ले फज्रको सुन्नत नमाजका दुई रकआतहरूमा, फातिहा पछि पहिलो रकअतमा सूरा अल-काफिरून र दोस्रो रकअतमा सूरा अल-इखलास पढ्नु उत्तम मान्नुहुन्थ्यो।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: नमाजमा सवाब (पुण्य) र सद्गुणको हिसाबले पुरुषहरूको लागि सबैभन्दा राम्रो पङ्क्ति पहिलो हो; किनभने उनीहरू इमामदेखि नजिक हुन्छन्, राम्रोसँग तिलावत (पाठ) सुन्न पाउँछन् र महिलाहरूको पङ्क्ति देखि टाढा हुन्छन्। त्यसैगरी पुरुषहरूको लागि सबैभन्दा नराम्रो, पुण्य (सवाब) र सद्गुणको हिसाबले सबैभन्दा न्यून, तथा शरीअतको उद्देश्यबाट सर्वाधिक टाढा रहेको पङ्क्ति अन्तिम पङ्क्ति हो। र महिलाहरूका निम्ति (नमाजको) सबैभन्दा उत्तम पङ्क्ति अन्तिम पङ्क्ति हो; किनकि यसमा पर्दाको मर्यादा कायम रहन्छ, पर-पुरुषहरूसँगको घुलमिलबाट बचिन्छ, र उनीहरूको दृष्टि तथा फित्ना (प्रलोभन) बाट सुरक्षित रहिन्छ। यसको विपरीत, महिलाहरूका लागि सबैभन्दा खराब (अनुपयुक्त) पङ्क्ति पहिलो हो; किनभने त्यहाँ पुरुषहरूसँग घुलमिल र प्रलोभनमा पर्ने सम्भावना जोखिम बढी हुन्छ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई पंक्ति पछाडि एक्लै नमाज पढिरहेको देख्नुभयो, त्यसैले उहाँले उसलाई नमाज दोहोर्याउन आदेश दिनुभयो; किनभने यस अवस्थामा उनको प्रार्थना मान्य थिएन।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक दिन फज्रको नमाज पढाउनुभयो र त्यसपछि सोध्नुभयो: के हाम्रो यो नमाजमा फलानो मान्छे उपस्थित छ? सहाबाहरूले भने: छैन । त्यसपछि उहाँले अर्को व्यक्तिको बारेमा सोध्नुभयो: "के फलानो उपस्थित छ?" उनीहरूले भने: छैन । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : वास्तवमा, फज्र र इशाको नमाज मुनाफिकहरू (पाखण्डीहरू) का लागि सबैभन्दा कठिन हुन्छ; किनकि यी समयमा आलस्यको प्रभाव बढी हुन्छ र अर्कोतर्फ अँध्यारोका कारण मानिसहरूले नदेख्ने हुँदा यसमा ‘रिया’ (देखावटीपन) को अवसर प्राप्त हुँदैन। र हे मुमिनहरू, यदि तिमीहरूलाई फज्र र इशाको नमाजमा कति ठूलो पुण्य र अतिरिक्त प्रतिफल छ भन्ने कुरा थाहा भएको भए, तिमीहरू हात र घुँडा टेक्दै भए पनि अवश्य उपस्थित हुनेथियौ; किनकि प्रतिफल सधैं कठिनाइको अनुपातमा प्रदान गरिन्छ। पहिलो पंक्तिमा रहनेहरू, जो इमामको नजिक हुन्छन्, तिनीहरूको स्थिति अल्लाहका निकटवर्ती फरिश्ताहरूको पंक्तिसरह हुन्छ। यदि विश्वासीहरूले पहिलो पंक्तिको महत्त्व र उत्कृष्टता थाहा पाएका भए, यसलाई प्राप्त गर्न उनीहरू अवश्य नै एक-अर्कासँग प्रतिस्पर्धा गर्ने थिए। र दुइजना मिलेर नमाज पढ्नु अधिक पुण्यदायी र प्रभावकारी हुन्छ। यसैगरी, दुई जनासँग मिलेर पढिएको नमाज, एक जनासँग पढिएको नमाजभन्दा अझ उत्तम र श्रेष्ठ हुन्छ। जुन नमाजमा उपासकहरूको सङ्ख्या जति धेरैनहुन्छ, त्यो अल्लाहको दृष्टिमा त्यति नै बढी प्रिय र उत्कृष्ट हुन्छ।
नबी (सलल्लाहु अलैहि वसल्लम) ले महिलालाई आफ्नो अभिभावकको अनुमति बिना आफ्नो विवाह आफैं गर्नबाट चेतावनी दिनुभएको छ। यस्तो विवाहलाई अमान्य (बातिल) मानिन्छ। नबीले यसलाई तीन पटक दोहोर्याउनुभएको छ, मानौं यस्तो विवाह कहिल्यै भएको नै थिएन। यदि त्यो पुरुषले, जसले महिलासँग बिना अभिभावकको अनुमति विवाह गर्यो, त्यस महिलासँग शारीरिक सम्बन्ध बनायो भने, उसले सम्पूर्ण महर दिनुपर्नेछ। यदि महिलाको अभिभावकहरूले विवाहको जिम्मेवारीमा विवाद गर्छन्, र उनीहरू सबैको अधिकार बराबर छ भने, जसले पहिले विवाहको लागि कदम चाल्छ र त्यो महिलाको हितको लागि हो भने उसलाई यो अधिकार दिइन्छ। तर यदि अभिभावकले विवाह गर्न अस्वीकार गर्छ भने, उसले आफ्नो अधिकार त्याग गरिसकेको छ। यस्तो अवस्थामा, शासक वा उनका प्रतिनिधि, जस्तै न्यायाधीश, महिलाको अभिभावक बन्छन्। यद्यपि, वास्तविक अभिभावक छन भने शासकलाई यो अधिकार हुँदैन।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नी पत्नीसँग गुदद्वारमा सम्भोग गर्नुको विरुद्धमा चेतावनी दिनुहुन्छ र भन्नुहुन्छ, जसले यस्तो गर्छ त्यो अल्लाहको दयाबाट श्रापित हुन्छ र त्यसो गर्नु ठूलो पाप हो।