





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह त्यस्तो पुरुषलाई हेर्नुहुन्न जसले पुरुषसँग या महिलासँग मलद्वारमा सहवास गर्छ।"
رواه الترمذي والنسائي في الكبرىनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्यन्तै गम्भीर चेतावनी दिनुभयो, भन्नुभयो, अल्लाहले त्यस्तो व्यक्तिलाई दयाको दृष्टिले हेर्नुहुनेछैन जसले मलद्वारमा पुरुषसँग वा मलद्वारमा महिलासँग सम्भोग गर्छ। यो कार्य ठूला पापहरू मध्ये एक हो।
मुआविया अल-कुशैरी (रजियल्लाहु अन्हुमा) ले भन्नुभएको छ: मैले सोधे: हे रसूल! हामीमध्ये कसैमाथि उसकी पत्नीको के अधिकार छ? उहाँले भन्नुभयो: "तिमी खाँदा उसलाई खुवाऊ, कमाउँदा लुगा लगाइदेऊ, उसको अनुहारमा प्रहार नगर, उसको बारेमा नराम्रो नबोल र घर भित्र बाहेक ऊबाट अलग नहोऊ।"
अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधिएको थियो, एक पत्नीको आफ्नो पतिमाथि के अधिकार छ, उहाँले आफ्नो उत्तरमा केही कुराहरू उल्लेख गर्नुभयो: १. उनी बिना नखानुहोस्। जब तपाईं खानुहुन्छ, उसलाई पनि खुवाउनुहोस्। २- उनलाई छोडेर एक्लै लुगाफाटा नलगाउनुहोस्। जब तपाईं पर्याप्त कमाउनुहुन्छ र किन्न सक्नुहुन्छ भने उसलाई पनि लगाउन दिनुहोस्। ३- कारण वा आवश्यकता बिना प्रहार नगर्नुहोस्। यदि अनुशासनको लागि वा दायित्वलाई बेवास्ता गरेको कारणले प्रहार गर्नु आवश्यक पर्यो भने हल्का र पीडा नहुने गरी गर्नुपर्छ र अनुहारमा प्रहार गर्नु हुँदैन। किनभने अनुहार शरीरको सबैभन्दा महत्त्वपूर्ण, सबैभन्दा देखिने भाग हो र यसमा धेरै कोमल र संवेदनशील अंगहरू हुन्छन्। ४. गाली नगर वा अल्लाहले तिम्रो अनुहार कुरूप बनाउन् भनेर नभन। अनुहार वा शरीरको कुनै पनि भाग कुरूप बनाउने कुनै पनि नराम्रो प्रार्थना नगर। किनकि अल्लाहले मानव शरीर र अनुहारलाई सृष्टि गर्नुभएको छ र यसलाई राम्रो आकार र रूप दिनुभएको छ। संरचनाको निन्दा गर्नु भनेको स्रष्टाको निन्दा गर्नु हो। ५- यदि उबाट अलग हुनु आवश्यक छ भने, ओछ्यान अलग गर्नुहोस्। उसलाई अर्को घरमा नपठाउनुहोस्। किनकि यो सामान्यतया पति र पत्नी बीच भइरहेको देखिन्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसको दुई पत्नीहरू छन् र उनी ती मध्ये एकतर्फ झुकाव राख्छ, त्यो कियामतको दिन उसको एउटा पाटो बाङ्गो भएर आउनेछ।"
رواه أبو داود والترمذي والنسائي وابن ماجه وأحمدनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जसकोएक भन्दा बढी पत्नीहरू छन्, तर उनले ती पत्नीहरू बीच सम्भव न्याय गर्न सकेन, जस्तै खर्च, आवास, लुगा र रात बिताउने मामिलामा। तिनीहरूको सजाय कियामतको दिन यस्तो हुनेछ, उसको शरीरको आधा भाग एकातिर झुकेको हुनेछ। जसरी उनी आफ्नै मामिलामा पक्षपाती थिए।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निश्चय नै, अल्लाहले मेरो उम्मतको अन्तर्मनमा आउने कुराहरू (खराब विचारहरू) लाई क्षमा गरिदिनुभएको छ, जबसम्म उसले त्यसलाई कार्यमा परिणत गर्दैन वा बोलीद्वारा व्यक्त गर्दैन।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि कुनै पनि मुसलमानलाई उसको मनमा उत्पन्न हुने खराब विचारहरू (हदीसे नफ्स) का कारण तबसम्म दण्डित गरिँदैन, जबसम्म उसले तिनलाई वचनद्वारा व्यक्त गर्दैन वा कर्मद्वारा व्यवहारमा उतार्दैन। निस्सन्देह, अल्लाहले यस उम्मतबाट यो बोझ हटाइदिनुभएको छ र क्षमा प्रदान गर्नुभएको छ। तसर्थ, मनमा आफैँ उत्पन्न हुने क्षणिक खराब विचारहरूमा कुनै पकड (सजाय) छैन, जबसम्म ती विचारहरूमा व्यक्तिको मन स्थिर हुँदैन र उसले तिनलाई स्वीकार गर्दैन। तर, यदि ती विचारहरूले हृदयमा जरा गाडेर दृढ रूप लिन्छन्—जस्तै अहङ्कार, घमण्ड र कपट—वा उसले तिनलाई शारीरिक अङ्गहरूद्वारा कार्यमा ल्याउँछ अथवा बोलीद्वारा व्यक्त गर्छ भने, त्यस अवस्थामा ऊ अवश्य उत्तरदायी हुनेछ (सजायको हकदार बन्नेछ)।
अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तीन प्रकारका व्यक्तिहरूबाट (कर्महरूको लेखा-जोखा राख्ने) कलम उठाइएको छ: सुतेको व्यक्तिबाट, जबसम्म ऊ ब्युँझिँदैन, बालकबाट, जबसम्म ऊ बालिग (वयस्क) हुँदैन, र पागल व्यक्तिबाट, जबसम्म ऊ पूर्ण चेतनामा आउँदैन।"
अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ कि आदमका सबै सन्तानहरू आफ्ना कर्मप्रति जवाफदेह हुन्छन्, यी तीन (अवस्थाका मानिसहरू) बाहेक : १. बालक, जबसम्म ऊ वयस्क (बालिग) हुँदैन। २. पागल व्यक्ति, जबसम्म उसको चेतना (होस) फर्किदैन । ३. र सुतिरहेको व्यक्ति, जबसम्म ऊ निद्राबाट ब्युँझिँदैन। यी तीनै वर्गबाट धार्मिक दायित्व र जवाफदेही हटाइएको छ र ती अवस्थामा भएका पापहरू उनीहरूको कर्म लेखामा चढाइँदैन। तरपनि, बालकले सानो उमेरमा गरेका सत्कर्महरूको पुण्य लेखिन्छ; तर पागल र निद्रामा रहेको व्यक्तिका हकमा भने यो लागू हुँदैन। किनकि यी दुवै यस्तो अवस्थामा हुन्छन्, जहाँ उनीहरूबाट हुने उपासनाको स्वीकार्यता सम्भव हुँदैन, किनकि उनीहरूको चेतना गुमेको हुन्छ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हरेक मादक पदार्थ 'खम्र' (रक्सी) हो र हरेक नशालु पदार्थ हराम हो । जसले यस संसारमा रक्सी पिउछ र पश्चात्ताप नगरी यसको लतमा मर्छ भने ऊ परलोकमा त्यसबाट बञ्चित हुनेछ ।"
رواه مسلم وأخرج البخاري الجملة الأخيرة منهनबी (सल्लल्लाहु अलैहि व सल्लम) ले स्पष्ट रूपमा बताउनुभएको छ, जुन पदार्थको सेवनले चेतना हराउँछ र होश नष्ट गर्छ, त्यो मादक पदार्थ (शराब) हो, चाहे त्यसलाई पिइएको होस्, खाइएको होस्, सुँघिएको होस्, या कुनै अन्य माध्यमले प्रयोग गरिएको होस्। जुनसुकै कुरा जसले नशा गराउँछ र चेतना हराउँछ, त्यसलाई अल्लाहले हराम ठहराउनुभएको छ र त्यसबाट बच्न आदेश दिनुभएको छ, चाहे त्यो थोरै होस् या धेरै। जसले यी नशालु पदार्थहरूमध्ये कुनै लतमा पर्छ र पश्चात्ताप नगरिकन मर्छ भने; अल्लाहले उसलाई स्वर्ग मा त्यसबाट वञ्चित गरेर सजाय दिनुहुनेछ ।
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मूर्तिपूजकहरूसँग आफ्नो धन, ज्यान र वाणीद्वारा जिहाद गर।"
رواه أبو داود والنسائي وأحمدनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले काफिरहरूसँग (बहुदेववादी) जिहाद गर्ने र उनीहरूको सामना गर्न आफ्नो क्षमताअनुसार सबै साधन प्रयोग गर्न आदेश दिनुभएको छ, ताकि अल्लाहको वचन सर्वोच्च रहोस्। जिहादका केही साधनहरू यस प्रकार छन्: १- काफिरहरू विरुद्ध जिहादको लागि पैसा खर्च गर्नु, जस्तै हतियार खरिद गर्नु र मुजाहिदीनहरूलाई आपूर्ति गर्नु आदि। २- काफिरहरूसँग लड्न शरीर र आत्माले निस्कनु। ३- मौखिक रूपमा इस्लाममा आह्वान गर्ने, प्रमाण स्थापित गर्ने र उनीहरूको तर्क र दावीहरूको खण्डन गर्ने।
खुरैम बिन फातिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो: कर्म ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । तीमध्ये (स्वर्ग वा नरक) अनिवार्य गर्ने दुईवटा कर्म छन्, र (बाँकी ४ प्रकारका कर्महरू मध्ये ) एउटा कर्मको प्रतिफल कर्म अनुसार नै पाइनेछ, र अर्को कर्मको प्रतिफल दश गुणा बढी र केही कर्मको प्रतिफल सात सय गुणा बढी प्राप्त हुनेछ। दुईटा (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला कर्महरू भनेको : जो अल्लाहसँग शिर्क (साझेदारी) नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा जानेछ, र जो अल्लाहसँग शिर्क गरेको अवस्थामा मर्यो भने ऊ नर्कमा जानेछ । र त्यो कर्म जसको प्रतिफल कर्म अनुसार नै पाइनेछ भनेको : जसले भित्री मनले कुनै सत्कर्म गर्ने नियत गर्दछ र अल्लाहले त्यस प्रति उसको प्रतिज्ञालाई देख्नुहुन्छ त उसको लागि एक नेकी (पुण्य) लेखिन्छ,र जसले दुष्कर्म गर्ने नियत गर्दछ, उसको लागि एउटा पाप मात्र लेखिन्छ । र जसले सत्कर्म गर्दछ, त्यसलाई दश गुणा बढी प्रतिफल दिइनेछ । र जसले अल्लाहको बाटोमा दान प्रदान गर्छ, त्यसलाई सात सय गुणा बढी प्रतिफल (पुण्य)दिइनेछ । र मानिसहरू चार प्रकारका छन्: (पहिलो) जसलाई संसारमा सुख सुविधा प्राप्त छ, तर आखिरत(परलोक)मा उसलाई कष्ट र दुःख हुनेछ ।(दोस्रो) जसले संसारमा कष्ट र दुःख साथ जीवन काट्यो, तर आखिरतमा उसलाई सुख सुविधा प्राप्त हुनेछ, (तेस्रो) जसलाई संसार र आखिरत दुवैमा कष्ट दुःख हुनेछ, (चौथो) जसलाई संसार र आखिरत दुवैमा सुख सुविधा प्राप्त हुनेछ।
अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : कर्महरू ६ प्रकारका र मानव ४ प्रकारका हुन्छन् । र छ किसिमका कर्महरू यी हुन्: पहिलो प्रकार: जो व्यक्ति यस अवस्थामा मर्छ कि उसले कसैलाई अल्लाहको साझेदार बनाएको छैन भने, ऊ अनिवार्य रूपले स्वर्ग मा प्रवेश गर्नेछ । दोस्रो प्रकार: र जो व्यक्ति यस अवस्थामा मर्छ कि उसले कसैलाई अल्लाहको साझेदार बनाएको छ (शिर्क जस्तो महापाप गरेर मरेको छ) भने, ऊ अनिवार्य रूपले नर्कमा प्रवेश गर्नेछ, जहाँ ऊ सदासर्वदा रहनेछ। यी दुवै कार्य (स्वर्ग वा नरक) अनिवार्य गर्नेवाला हुन्। तेस्रो प्रकार: नियतमा आधारित भलाइ, कुनै व्यक्तिले राम्रो काम गर्ने मनसाय आफ्नो मनमा गर्यो र उसको मनसाय राम्रो थियो, साथै अल्लाहले उसको उद्देश्य पनि जान्नु हुन्थ्यो तर केही कारणवश ऊ त्यो असल काम गर्न असमर्थ भयो भने तैपनि उसको लागि एक नेकी लेखिने छ । चौथो प्रकार: यदि कुनै व्यक्तिले खराब काम गर्छ भने, उसको कर्मफलमा मात्र एउटा पाप लेखिन्छ। यी दुवै कार्यहरूमा केही थप नगरिकन कर्मको प्रतिफल कर्म अनुसार नै बराबर पाइनेछ। पाँचौं प्रकार: अर्थात एउटा राम्रो कर्मको पुण्य दस असल कर्म बराबर, जसले राम्रो काम गर्ने नियत (इरादा) गर्दछ र त्यसलाई पूरा गर्दछ उसलाई एक नेकी (पुण्य) गर्दा दश गुणा बढी प्रतिफल दिइनेछ । छैटौं प्रकार: अर्थात एउटा राम्रो कर्मको पुण्य सात सय असल कर्म बराबर; जसले अल्लाहको मार्गमा धन-सम्पत्ति खर्च गर्दछ,उसको त्यस एक कर्म को बदला सात सय गुणा बढी पुण्य लेखिनेछ र, यो अल्लाहको महानता र भक्तहरूप्रति उहाँको को कृपा र उदारता हो । बाँकी चार प्रकारका मानिसहरू निम्न हुन् : पहिलो: धनि र सम्पन्न व्यक्ति, जसलाई यस संसारमा प्रशस्त धनसम्पत्ति प्राप्त छ, ऊ विलासी जीवन बिताउँछ र आफ्ना सबै इच्छाहरू पूरा गर्दछ, तर परलोकमा उसले कठिनाइको सामना गर्नेछ र उसको गन्तव्य नर्क हुनेछ र त्यो धनी काफिर हो । दोस्रो: यस संसारमा कष्ट साथ जीविकोपार्जन गर्ने व्यक्ति, तर परलोकमा उसलाई प्रचुर मात्रामा सुविधा प्रदान गरिनेछ, उसको गन्तव्य स्वर्ग हुनेछ र त्यो गरीब मुअ्मिन (विश्वासी) हो । तेश्रो : यस संसार र परलोकमा दुवैमा कष्ट र अभाव भोग्ने व्यक्ति र त्यो गरिब काफिर हो । चौथो : यस संसार र परलोकमा प्रशस्त धनसम्पत्ति पाएको व्यक्ति र त्यो धनी मुअ्मिन (विश्वासी) हो ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "अल्लाहलाई उहाँले प्रदान गर्नुभएको छुटको लाभ उठाइयोस भन्ने कुरा त्यत्तिकै प्रिय छ जति उहाँले आफ्ना आदेश र उपदेशहरूको पालना हुन मन पराउनुहुन्छ ।"
इब्ने हिब्बानले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : भक्तको लागि सहज होस् भनेर अल्लाहले केही उपासनाका नियमहरूमा छुट र सहुलियत दिनुभएको छ, जस्तैः यात्रा गर्दा ४ रकातको नमाजलाई २ रकात मात्र पढ्ने, दुई नमाजलाई जम्मा गरी एकसाथ पढ्ने इत्यादि छुटहरू, ती छुटहरूको लाभ उठाइयोस भन्ने कुरा उहाँलाई त्यत्तिकै मनपर्छ, जति उहाँलाई उहाँले तोकेका अनिवार्य आदेशहरूको पालना हुने कुरा मन पर्छ, किनकि दुबै छूट र अनिवार्य आदेशको सम्बन्धमा अल्लाहको निर्देशनहरू समान छन्।