





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू जर्र; जुनदुब बिन जुनादा र अबू अब्दुर्रहमान; मुआज बिन जबल (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमी जहाँ भए पनि अल्लाहसँग डराऊ, नराम्रो काम गरेपछि राम्रो काम गर्ने गर ताकि त्यो मेटियोस् र मानिसहरूसँग राम्रो व्यवहार गर।"
तिर्मीजीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तीन कुराको आदेश दिनुभएको छ: पहिलो: हरेक स्थान, समय, परिस्थिति, गोप्य र सार्वजनिक रूप, कल्याण र कठिनाइको समयमा अल्लाहसँग डराउनु र यो अनिवार्य कार्यहरू गरेर र निषेधित कार्यहरूबाट टाढा रहेर प्राप्त हुन्छ। दोस्रो: यदि कुनै दुष्कर्ममा लिप्त भइयो भने, त्यसलगत्तै नमाज, दान, भलाइ, नातेदारी जोड्ने, तौबा (पश्चात्ताप) वा यस्तै अन्य कुनै असल कार्य गर्नु, किनकि असल कार्यले नराम्रो कार्यलाई मेटाइदिन्छ। तेस्रो: मानिसहरूसँग असल आचरण र उत्कृष्ट चरित्रका साथ व्यवहार गर्नु, जसमा मुस्कुराएर भेट्नु, नरम व्यवहार, नम्रता, भलाइ फैलाउनु र कसैलाई हानि नपुऱ्याउनु जस्ता कुराहरू समावेश छन्।
अबू-बकरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जब दुई मुसलमानहरू एकअर्काको विरुद्ध तरवार उठाएर खडा हुन्छन्, हत्यारा र पीडित दुवै नरकको भागीदार हुनेछन्।" मैले प्रश्न गरेँ, "हे अल्लाहका रसूल! एक व्यक्ति हत्यारा भएकाले नरकमा गयो तर पीडितको के दोष?" तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "उसको मनसाय पनि त हत्या गर्नु नै थियो।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जब दुई मुस्लिम हातमा तरवार लिएर लड्छन् र एक अर्काको ज्यान लिन चाहन्छन्, त्यस अवस्थामा हत्यारा आफ्नो साथीको हत्याको कारण नरकमा जान्छ । तर मृतक पनि किन नरकमा जान्छ?" यो कुरा सहाबाहरूले स्पष्ट रूपमा बुझ्न सकेनन्, त्यसैले उहाँसामु जिज्ञासा राखे। त्यसको उत्तरमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, ऊ पनि नरकमा जान्छ, किनभने उसले पनि अर्को व्यक्तिलाई मार्ने इच्छा राखेको थियो, तर आफ्नो उद्देश्यमा सफल हुन सकेन, किनभने उसको प्रतिद्वन्द्वीले उसलाई पहिले नै मार दियो ।
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबै कर्महरू नियत (मनसाय) मा आधारित छन् र व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ। त्यसैले, जसको हिजरत (प्रवास/बसाईं सराई) अल्लाह र उहाँका रसूलको लागि हो, उसको हिजरत अल्लाह र उहाँका रसूलको लागि [मान्य] हुनेछ र जसले संसार प्राप्ति वा कुनै महिलासँग विवाह गर्नको लागि हिजरत (प्रवास) गर्दछ, उसको हिजरत त्यहि उदेश्य अनुरुप हुनेछ ।" सही बुखारीमा यसरी उल्लेख छ: "सबै कार्यहरू नियतीमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिलाई उसको नियत अनुसार इनाम दिइनेछ ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) स्पष्ट पार्दै हुनुहुन्छ, सबै कार्यहरू नीयतमा निर्भर हुन्छन् । यो हुकुम सबै कर्म र मामिलाहरूको लागि लागु हुन्छ । जसले आफ्नो कर्मबाट केही लाभ प्राप्त गर्न चाहन्छ उसले त्यो लाभ मात्र पाउँछ, पुण्य पाउँदैन । यसको विपरित, जसले आफ्नो कर्मद्वारा अल्लाहको निकटता र प्रशन्नता प्राप्त गर्न चाहन्छ उसलाई उसको कर्मको प्रतिफल दिइन्छ, चाहे त्यो कार्य खाने र पिउने जस्तो साधारण कार्य नै किन नहोस् । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कार्यहरूमा नीयतको प्रभावलाई व्याख्या गर्न एउटा उदाहरण दिनुभयो, जसमा हामी देख्छौं, कार्यको बाहिरी रूप एउटै भए पनि परिणाम फरक हुन्छ । जसले अल्लाहको खुशी प्राप्त गर्न आफ्नो देश छोड्ने मनसाय राखेको छ, उसको प्रवास एक धार्मिक प्रवास हो र उसलाई उसको सही नियतको प्रतिफल दिइनेछ । तर जो व्यक्ति प्रवास गर्दा धन, पद, व्यापार र विवाह आदि जस्ता सांसारिक लाभलाई प्राप्त गर्ने उद्देश्य राख्छ, उसले प्राप्त गर्न चाहेको लाभ मात्र प्राप्त हुन्छ । पुण्य र भलाइ उसलाई प्राप्त हुँदैन ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट केही वसीयत (उपदेश दिन) आग्रह गरे र उहाँले भन्नुभयो: "रिसाउनु हुँदैन ।" उनले यो प्रश्न बारम्बार दोहोर्याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।
बुखारीले वर्णन गरेका छन्एक जना सहाबा मध्ये अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई केही लाभदायक कुरा बताउन आग्रह गरे र उहाँले रिसाउनु हुँदैन भन्नुभयो । अर्थात्, पहिले तपाईं रिस उठ्ने कुराबाट टाढा रहनुहोस् र यदि रिस उठ्यो भने आफूलाई नियन्त्रण गर्नुहोस् र क्रोधित भएको बेला हत्या, हिंसा र गालीगलौज इत्यादिबाट जोगिनुहोस् । उनले वसीयत गर्न बारम्बार दोहोर्याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "यदि तिमीहरु अल्लाहप्रति त्यसरी भरोसा गर्छौ जसरी भरोसा गर्ने हक छ, उहाँले तिमीहरुलाई त्यसै गरी जीविका दिनुहुनेछ जसरी चरालाई दिनुहुन्छ। ती चराहरु बिहान खाली पेट निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् ।”
तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई सम्पूर्ण मामिलाहरुमा अल्लाहमा भरोसा गर्न प्रेरित गर्दै हुनुहुन्छ चाहे सांसारिक मामिला होस् वा धार्मिक मामिला साथै त्यो लाभ प्राप्तिको होस् वा हानिबाट बच्नको लागि । किनकि प्रदान गर्ने वाला र रोक्ने वाला, हानि गर्ने र फाइदा दिने वाला एक अल्लाह मात्र हुनुहुन्छ । हामीले अल्लाहमा इमान्दारीपूर्वक भरोसा राखेर फाइदा पुर्याउने र हानिबाट जोगाउने कामहरू गर्नुपर्दछ । जब हामी यसो गर्छौं, अल्लाहले हामीलाई भोकाएका पंक्षीहरू जस्तै जीविकोपार्जन दिनुहुन्छ, जो बिहान भोकै बाहिर निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् । वास्तवमा, चराहरूको यो कार्य निर्भरता र आलस्य बिना जीविका खोज्ने एक प्रयास हो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्, तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । त्यसपछि उसले फेरि पाप गर्यो र भन्यो: हे मेरो पालनकर्ता, मेरो पापहरू क्षमा गर्नुहोस्! तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । [हे मेरा उपासक] तिमी जे चाहन्छौ गर, मैले तिमीलाई क्षमा गरें ।”
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो पालनकर्ता का बारेमा बयान गर्नुहुन्छ, जब एक व्यक्तिले पाप गर्छ र त्यसपछि भन्छ, "हे अल्लाह!" मलाई माफ गर्नुहोस्! तब अल्लाह भन्नुहुन्छ: मेरो दासले पाप गरेको छ र उसलाई विश्वास छ, उसलाई माफ गर्ने वा सजाय दिने उसको एक पालनकर्ता हुनुहुन्छ । त्यसैले मैले उसलाई माफ गरें । त्यसपछि जब व्यक्तिले फेरि पाप गर्छ र भन्छ, हे मेरो अल्लाह! मलाई माफ गर्नुहोस्, तब अल्लाह भन्नुहुन्छ, मेरो दासले पाप गरेको छ र उसलाई विश्वास छ, उसलाई माफ गर्ने वा सजाय दिने उसको एक पालनकर्ता हुनुहुन्छ । त्यसैले मैले उसलाई माफ गरें । त्यसपछि जब व्यक्तिले फेरि पाप गर्छ र भन्छ, हे मेरो अल्लाह! मलाई माफ गर्नुहोस्, तब अल्लाह भन्नुहुन्छ, मेरो दासले पाप गरेको छ र उसलाई विश्वास छ, उसलाई माफ गर्ने वा सजाय दिने उसको एक पालनकर्ता हुनुहुन्छ । त्यसैले मैले उसलाई माफ गरें । जबसम्म परिस्थिति यस्तो छ, उसले हरेक पटक पाप गरेपछि तुरुन्तै पाप गर्न छोड्छ, लज्जित हुन्छ र फेरि पाप नगर्ने संकल्प गर्छ, तर स्वार्थको मोहमा परेर फेरि पाप गर्छ । जबसम्म यो अवस्था रहन्छ, अर्थात् उसले पाप गर्छ र पश्चात्ताप गर्छ, तबसम्म म उसलाई क्षमा गरिरहनेछु । किनभने पश्चात्तापले पहिलेका पापहरू मेटाउँछ ।
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरूमाथी न्याय गर्ने न्यायाधीशहरू अल्लाहको दाहिने हाततिर उज्यालो मञ्चमा विराजमान हुनेछन् । उहाँका दुवै हातहरू दाहिने हुन् ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले आफ्नो घरपरिवार, प्रजा र मातहतमा रहेकाहरू माथी न्याय र सत्यताका साथ फैसला गर्छन्, उनीहरु न्यायको दिन प्रकाशबाट निर्माण गरिएका उच्च स्थानमा विराजमान हुनेछन् । यी स्थानहरू उनीहरूलाई सम्मान स्वरुप दिइनेछ । यी उच्च स्थानहरू दयालु अल्लाहको दाहिने तर्फ हुनेछन् । स्मरण रहोस, अल्लाहका दुवै हातहरू दाहिने छन् ।
जरीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो विनम्रताबाट वञ्चित छ, त्यो सबै भलाइबाट वञ्चित छ ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि जो व्यक्ति नम्रता र दयाबाट वञ्चित हुन्छ—चाहे त्यो धार्मिक मामिलामा होस् वा सांसारिक कार्यहरूमा, र चाहे व्यक्तिगत आचरणमा होस् वा अरूसँगको व्यवहारमा—ऊ वास्तवमा सम्पूर्ण भलाईबाट वञ्चित रहन्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूलाई थाहा छ गीबत [चुक्ली] भनेको के हो?" साथीहरूले भने: अल्लाह र उनका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: "तिमीले आफ्नो भाइको बारेमा उसलाई मन नपर्ने कुरा गर्नु।" साहबाले सोधे: हामीले भनेको कुरा यदि साँचो हो भने के त्यो पनि चुक्ली हुन्छ? उहाँले भन्नुभयो: "तिमीले भनेको कुरा यदि साँचो हो भने तिमीले उसको गीबत (चुक्ली) गर्यौ र यदि यो नभएको कुरा काट्येउ भने तिमीले उसलाई झुटो आरोप लगायौ ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित गीबतको व्याख्या यसरी गर्नुभएको छ : मुस्लिमको अनुपस्थितिमा उसलाई मन नपर्ने कुरा भन्नु । चाहे त्यो कुरा उसको शारीरिक संरचनासँग सम्बन्धित होस् वा उसको बानी र नैतिकतासँग, जस्तै : अन्धो, धोखेबाज र झूटो आदि त्यो गुण उसमा भए पनि । यदि त्यो गुण उसमा छैन भने, यो एक झूटा आरोप हो, जुन गीबत [चुक्ली] भन्दा ठूलो अपराध हो ।