





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
सम्पूर्ण मुमिनहरूको आमा आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, "जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।"
मुत्तफकुन अलैहिजब रमजानको अन्तिम दश रातहरू आउँथे, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रातभरि विभिन्न प्रकारका उपासनाहरू गर्नुहुन्थ्यो र आफ्नो परिवारलाई पनि उपासना गर्नको लागि उठाउनुहुन्थ्यो। उहाँ उपासनामा सामान्य बानीभन्दा बढी उपासनामा कडा परिश्रम गर्नुहुन्थ्यो; र उहाँ यसैमा पूर्ण रूपमा समर्पित हुनुहुन्थ्यो र आफ्ना पत्नीहरूबाट अलग रहनुहुन्थ्यो।
सम्पूर्ण मुमिनहरूको आमा आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, उनी भन्छिनः सूरह नस्रको यो आयत "इजा जा-अ नस्रुल्लाही वल फत्ह" (जब अल्लाहका तर्फबाट मद्दत र विजय आयो) (सूरतुन्नस्र: १) अवतरण भएपछि जब पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज पढ्नुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: "सुब्हानक रब्बना व बिहम्दिक अल्लाहुम्मग्फिरली" (हे अल्लाह, हाम्रा पालनकर्ता! तपाईं पवित्र हुनुहुन्छ र तपाईंकै लागि सम्पूर्ण प्रशंसा छ। हे अल्लाह! मलाई क्षमा गर्नुहोस्)। र आयशाबाट नै वर्णित छ, उहाँले भन्नुभयो: "अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो नमाज रुकू र सुजूदमा धेरैजसो यो भन्ने गर्नुहुन्थ्यो: 'सुब्हानकल लाहुम्मा रब्बना व बिहम्दिका, अल्लाहू मग्फिर ली' (हे अल्लाह! हाम्रा पालनकर्ता, तपाईं पवित्र हुनुहुन्छ र सबै प्रशंसा तपाईंकै हुन्, हे अल्लाह! मलाई क्षमा गरिदिनुस्)। यसो गरेर, उहाँ वास्तवमा कुरआनको आदेशको पालना गर्नुहुन्थ्यो।"
मुत्तफकुन अलैहिमोमिनहरूकी आमा आयशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ कि जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि "इजा जा-अ नसरुल्लाही वल फतह" (जब अल्लाहको मद्दत र विजय आउनेछ) अवतरण भयो, तब उहाँले कुरआनको मर्मलाई बुझ्नुभयो र अल्लाहको आदेश पालना गर्न हतार गर्नुभयो। अल्लाहको आदेश थियो: "आफ्नो पालनकर्ताको प्रशंसा सहित पवित्रताको वर्णन गर्नुहोस् र उनीसँग क्षमा माग्नुहोस्।" त्यसैले उहाँले नमाजको क्रममा रुकु र सुजूदमा यो दुआ धेरै पटक भन्ने गर्नुहुन्थ्यो: "सुब्हानक" (हे अल्लाह! तपाई हरेक किसिमको त्रुटि र अवगुणबाट पवित्र हुनुहुन्छ), "अल्लाहुम्मा रब्बना व बिहम्दिक" (हे हाम्रा पालनकर्ता अल्लाह! तपाईको पूर्ण अस्तित्व, गुण र कार्यहरूको लागि तपाईको सम्पूर्ण प्रशंसा छ), "अल्लाहुम्मा इग्फिरली" (हे अल्लाह! मेरा पापहरूलाई मेटाउनुहोस् र मलाई क्षमा गरिदिनुहोस्)।
अबू उमामा इयास बिन सालबा हारिसी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले झुठो कसम खाएर कुनै मुसलमानको अधिकार (वा सम्पत्ति) हडप्छ, अल्लाहले उसको लागि नर्क अनिवार्य गरिदिनुहुन्छ र स्वर्गलाई उसमाथि निषेधित गरिदिनुहुन्छ।" एक जना मानिसले सोधे: "हे अल्लाहका रसूल! यदि त्यो एकदमै सानो वा मामुली कुरा नै किन नहोस्? उहाँले भन्नुभयो: "हो, चाहे त्यो पिलु (दतिवन) रूखको सानो हाँगा नै किन नहोस्।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको नाममा जानीजानी झूटो कसम खाएर कुनै मुस्लिमको वैध अधिकार हडप्ने र खोस्ने प्रति कडा चेतावनी दिनुभएको छ। उहाँले स्पष्ट पार्नुभएको छ कि यस्तो दुष्कर्मले मानिसलाई नर्कको भागीदार बनाउँदछ र उसलाई स्वर्ग प्राप्तिबाट वञ्चित गरिदिँन्छ; र वास्तवमा, यो अत्यन्तै घोर महापाप (कबिरा ) हो। एक व्यक्तिले सोध्यो: ‘हे अल्लाहका रसूल, यदि कसम खाएर लिइएको वस्तु सानो मात्र भए पनि के सजाय उस्तै हुनेछ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो:"हो, चाहे त्यो पिलुको रुखबाट निकालिएको मिसवाक (दतिवन) नै किन नहोस्।"
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँसग भन्नुभयो: "के तिमी संधै (वर्षैभरी) व्रत बस्छौ र रातभरी नमाज पढ्छौ?" मैले भने, "हो।" उहाँले भन्नुभयो, "यदि तिमीले यसो गर्यौ भने, तिम्रा आँखाहरू कमजोर हुनेछन् र तिम्रो शरीर (आत्मा) थाक्नेछ। जसले वर्षैभरी व्रत बस्छ, उसले वास्तवमा उपवास नै बसेको मानिँदैन। महिनाको तीन दिन व्रत बस्नु भनेको पूरै वर्ष व्रत बस्नु सरह हो।" मैले भने, "म यसभन्दा बढी गर्ने क्षमता राख्छु।" उहाँले भन्नुभयो, "त्यसोभए दाऊद (अलैयहिस्सलाम) को जस्तो व्रत बस्ने गर; उहाँ एक दिन व्रत बस्नुहुन्थ्यो र एक दिन छोड्नुहुन्थ्यो, र शत्रुको सामना हुँदा कहिल्यै भाग्नुहुन्नथ्यो।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो कुरा थाहा भयो कि अब्दुल्लाह बिन अम्र (रदियल्लाहु अन्हुमा) वर्षभरि नै लगातार व्रत (रोजा) बस्ने गर्नुहुन्थ्यो र कहिल्यै व्रत छोड्नुहुन्नथ्यो, र रातभरि नमाज पढ्नुहुन्थ्यो अनि सुत्नुहुन्नथ्यो। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई त्यसो गर्नबाट रोक्नुभयो र भन्नुभयो: "व्रत पनि बस र व्रत छोड पनि (अर्थात् कुनै दिन बस, कुनै दिन नबस), र रातमा नमाज पनि पढ र सुत पनि।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्दुल्लाहलाई वर्षभरि लगातार व्रत बस्न र रातभरि नमाज पढ्नबाट रोक्नुभयो र भन्नुभयो: "यदि तिमीले यसो गर्यौ भने, तिम्रा आँखाहरू कमजोर र भित्र धस्सिएका हुनेछन् र तिम्रो शरीर थाक्नेछ तथा गल्नेछ। जसले वर्षभरि नै लगातार व्रत बस्छ, उसले व्रत बसेकै मानिँदैन।" किनभने, निषेध गरिएको कार्य गरेको हुनाले उसले व्रतको पुण्य पनि पाउँदैन र निरन्तर व्रत बसेको हुनाले खानुपर्ने खाना पनि खाँदैन। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई हरेक महिना तीन दिन व्रत बस्न मार्गदर्शन गर्नुभयो, जुन पूरै वर्ष व्रत बसे सरह हुन्छ; किनकि प्रत्येक राम्रो कामको पुण्य १० गुणा हुन्छ, र यो पुण्यको सबैभन्दा न्यूनतम वृद्धि हो। यो निर्देशन सुने पछि, अब्दुल्लाहले भन्नुभयो: मसँग यो भन्दा बढी गर्ने शक्ति छ। जवाफमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: त्यसो भए दाऊद (अलैहिस्सलाम) को जस्तै व्रत बस, जुन सबैभन्दा उत्तम उपवास हो। उहाँ एक दिन व्रत बस्नुहुन्थ्यो र एक दिन छोड्नुहुन्थ्यो, र शत्रुको सामना हुँदा कहिल्यै भाग्नुहुन्नथ्यो; किनभने उहाँको उपवास बस्ने तरिकाले उहाँको शरीर कमजोर हुँदैनथ्यो।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहिवसल्लम) ले भन्नुभएको छ: "जसले कुनै यस्तो बिरामी व्यक्तिको स्वास्थ्य सोधपुछ गर्दछ, जसको मृत्युको समय नजिक आएको हुँदैन र उसको नजिक सात पटक यो भन्दछ: {अस्अलुल्लाहल् अजीम रब्बल् अर्शिल् अजीम अइ यश्फिय-क}, अर्थात्: 'म महान् अर्श (सिंहासन) को स्वामी अल्लाहसँग तिम्रो स्वास्थ्य लाभको प्रार्थना गर्दछु,' भने अल्लाहले उसलाई त्यस रोगबाट निश्चित रूपमा मुक्ति (स्वास्थ्य लाभ) प्रदान गर्नुहुनेछ।"
अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि जब कोही मुस्लिम आफ्नो कुनै बिरामी मुस्लिम भाइको स्वास्थ्य सोधपुछ गर्न जान्छ—जसको मृत्युको समय नजिक आएको हुँदैन—र बिरामीको नजिक बसी सात पटक यो प्रार्थना गर्दछ: “असअलुल्लाहल्-अजीम, रब्बल्-अर्शिल्-अजीम, अन् यशफियक” (अर्थात्: म सर्वमहान् अल्लाह—जो आफ्ना पवित्र नाम, गुण र कार्यहरूमा महान् हुनुहुन्छ—विशाल अर्श (सिंहासन) का मालिकसँग प्रार्थना गर्दछु कि उहाँले तिमीलाई पूर्ण स्वास्थ्य प्रदान गरून्।) यदि कोही व्यक्तिले यो दुआ सात पटक दोहोर्याएर प्रार्थना गर्दछ भने, अल्लाहले निश्चय नै उसलाई त्यस रोगबाट मुक्ति र आरोग्यता प्रदान गर्नुहुनेछ।
मुस्लिमहरूकी आमा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी उम्मे सलमा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जोसँग कुर्बानी (वध) का लागि जनावर छ र उसले कुर्बानी गर्ने नियत राखेको छ, उसले जिल-हिज्जा महिनाको चन्द्रमा देखेपछि कुर्बानी नगर्दासम्म आफ्नो शरीरको कुनै पनि कपाल र नङ काट्नु हुँदैन।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभएको छ कि जसले कुर्बानी गर्ने इच्छा राख्छ, उसले जुल-हिज्जा महिनाको चन्द्रमा देखेपछि कुर्बानी सम्पन्न नगरेसम्म आफ्नो टाउकोको कपाल, काखीका रौँ, जुँगा तथा हातखुट्टाका नङहरू नकटाओस्।
अमीरुल मोमिनीन अबु हफ्स उमर बिन अल-खत्ताब (रजियल्लाहु अन्हु)बाट वर्णन गरिएको छ, उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "सम्पूर्ण कर्महरू नियतमा आधारित छन् र प्रत्येक व्यक्तिले आफ्नो नियतअनुछ,र नै प्रतिफल पाउँछ। यदि कसैले अल्लाह र उहाँका रसूलका लागि 'हिजरत' गर्छ भने, उसको हिजरत अल्लाह र उहाँका रसूलकै लागि मानिन्छ; तर यदि कसैले छ,ंछ,रिक लाभ वा कुनै महिलासँग विवाह गर्ने उद्देश्यले 'हिजरत' गर्छ भने, उसको 'हिजरत' सोही उद्देश्यका लागि मानिन्छ जसका निम्ति उसले 'हिजरत' गरेको हो।"
رواه إماما المحدثين أبو عبد الله محمد بن إسماعيل بن إبراهيم بن المغيرة بن بردزبه البخاري وأبو الحسين مسلم بن الحجاج بن مسلم القشيري النيسابوري في صحيحيهما اللذين هما أصح الكتب المصنفةनबी (सल्लल्लाहु अलैहि वसल्लम) स्पष्ट पार्दै हुनुहुन्छ, सबै कार्यहरू नीयतमा निर्भर हुन्छन् । यो हुकुम सबै कर्म र मामिलाहरूको लागि लागु हुन्छ । जसले आफ्नो कर्मबाट केही लाभ प्राप्त गर्न चाहन्छ उसले त्यो लाभ मात्र पाउँछ, पुण्य पाउँदैन । यसको विपरित, जसले आफ्नो कर्मद्वारा अल्लाहको निकटता र प्रशन्नता प्राप्त गर्न चाहन्छ उसलाई उसको कर्मको प्रतिफल दिइन्छ, चाहे त्यो कार्य खाने र पिउने जस्तो साधारण कार्य नै किन नहोस् । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कार्यहरूमा नीयतको प्रभावलाई व्याख्या गर्न एउटा उदाहरण दिनुभयो, जसमा हामी देख्छौं, कार्यको बाहिरी रूप एउटै भए पनि परिणाम फरक हुन्छ । जसले अल्लाहको खुशी प्राप्त गर्न आफ्नो देश छोड्ने मनसाय राखेको छ, उसको प्रवास एक धार्मिक प्रवास हो र उसलाई उसको सही नियतको प्रतिफल दिइनेछ । तर जो व्यक्ति प्रवास गर्दा धन, पद, व्यापार र विवाह आदि जस्ता सांसारिक लाभलाई प्राप्त गर्ने उद्देश्य राख्छ, उसले प्राप्त गर्न चाहेको लाभ मात्र प्राप्त हुन्छ । पुण्य र भलाइ उसलाई प्राप्त हुँदैन ।
अबु अब्दिल्लाह नोमान बिन बशीर (रज़ियल्लाहु अन्हु) ले भन्नुहुन्छ, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें: "हलाल (वैध) स्पष्ट छ र हराम (निषेधित) स्पष्ट छ र यी दुवैको बीचमा केही शंकास्पद र संदिग्ध कुराहरू छन्, जुन धेरै मानिसहरूलाई थाहा छैन ।तसर्थ, जसले आफूलाई शंकास्पद कुराहरूबाट जोगाउँछ उसले आफ्नो धर्म र इज्जतलाई जोगायो र जसले शंकास्पद कुराहरूलाई पछ्याउने गर्छ, त्यो निषेधित कुराहरूमा फस्नेछ । यसको उदाहरण एक गोठालो सरह हो, जसले निषेधित क्षेत्र (खेत) को वरिपरि जनावरहरू चराउँछ र उसको जनावर त्यसमा चर्ने सम्भावना हुन्छ । सुन्नुहोस्! हरेक राजाको केही निषेधित क्षेत्र हुन्छन् (जसमा कसैलाई प्रवेश गर्न अनुमति छैन) र अल्लाहको निषेधित क्षेत्र भनेको हराम (निषेधित) कुराहरू हुन् । सावधान होउ, शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।"
رواه البخاري ومسلمनबी (सल्लल्लाहु अलैहि वसल्लम) चीजहरूको बारेमा एक सरल सिद्धान्त र नियम बताउनु भएको छ । शरियतमा तीन प्रकारका चीजहरू छन्; स्पष्ट रूपमा हलाल चीजहरू, स्पष्ट रूपमा हराम चीजहरू र संदिग्ध चीजहरू; जसको हलाल वा हराम स्पष्ट छैन र धेरै मानिसहरूलाई यसको नियम बारे थाहा छैन । यस्तो अवस्थामा जसले यी संदिग्ध र अस्पष्ट चीजहरूलाई त्याग्छ, उसको धर्म निषेधित चीजहरूमा पर्नबाट सुरक्षित हुनेछ र यस शंकास्पद कुरामा संलग्न भएको कारणले उसको इज्जत र प्रतिष्ठा पनि मानिसहरूको आलोचनाबाट सुरक्षित हुनेछ । बरु, जो यी संदिग्ध र अस्पष्ट कुराहरूबाट टाढा रहँदैन, उसले या त निषेधित कुरामा फस्न वा मानिसहरूको आलोचनाको सामना गर्न आफूलाई अगाडि बढायो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले संदिग्ध कार्य गर्नेहरूको अवस्था व्याख्या गर्न एउटा उदाहरण दिनुभयो र भन्नुभयो, यस्तो व्यक्तिको उदाहरण गोठालो जस्तै हो जसले कसैको संरक्षित चरन नजिक आफ्नो गाईवस्तु चराउने गर्छ । यस्तो अवस्थामा संरक्षित चरन नजिकै चर्ने भएकाले उनको जनावर सुरक्षित चरनमा गएर चर्न थाल्ने सम्भावना छ । त्यसैगरी शंकास्पद कार्य गर्ने व्यक्ति आफ्नो कर्मको कारणले हरामको नजिक हुँदै जान्छ र उसलाई हराममा पर्ने सम्भावना हुन्छ । त्यस पछि, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मानव शरीरमा मासुको एउटा टुक्रा छ, जब यो सही हुन्छ, सम्पूर्ण शरीर ठीक रहन्छ र जब यो बिग्रिन्छ, सम्पूर्ण शरीर बिग्रन्छ, त्यो हृदय हो ।
अबु हम्जा अनस बिन मालिक (रज़ियल्लाहु अन्हु), जो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सेवक थिए, उहाँले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "तिमीहरूमध्ये कोही पनि मुमिन (आस्थावान) हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन उसले आफ्नो लागिमन पराउछ ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जबसम्म कुनै मुस्लिमले आफ्नो भाइको लागि आफूलाई मन पर्ने आज्ञाकारिता अनि दीन र दुनियाँका राम्रा कुराहरू मन पराउँदैन र आफुले घृणा गर्ने कुरा उसको लागि घृणा गर्दैन, तबसम्म उसको ईमान पूर्ण हुन सक्दैन । यदि उसले कुनै मुस्लिम भाइमा धार्मिक कुराहरूमा केही कमीकमजोरी देख्छ भने उसले त्यसलाई सुधार्ने प्रयास गर्नुपर्छ । यदि उसमा कुनै भलाई देख्छ भने त्यसमा उसको साथ र सहयोग गर्नुपर्छ । दीन र दुनियाँका कुराहरूमा राम्रो सल्लाह दिनुपर्छ ।