





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये कसैले पनि रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि देखि व्रत बस्न सुरु नगर। तर, यदि कुनै व्यक्तिले नियमित रूपमा व्रत बस्ने गरेको छ भने, उसले त्यो दिन व्रत बस्न सक्छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजानप्रति सावधानी अपनाउने नियतले रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि व्रत (रोजा) बस्न निषेध गर्नुभएको छ; किनकि रमजानको व्रतको अनिवार्यता चन्द्रमा (हिलाल) देखिनुसँग जोडिएको छ, र यसमा कुनै अनावश्यक सावधानीको आवश्यकता छैन। तर, यदि कुनै व्यक्तिले आफ्नो नियमित बानी अनुसारको व्रत बस्दै आएको छ—जस्तै एक दिन व्रत बस्ने र एक दिन छोड्ने, वा सोमबार र बिहीबारको व्रत—र त्यो दिन त्यसै अनुसार परेमा, उसले व्रत बस्न सक्छ; यसलाई रमजानको स्वागतार्थ राखिएको व्रत मानिने छैन। यसै गरी, कुनै अनिवार्य व्रतहरू जस्तै कजा (छुटकेको व्रत) र नज्र (भाकल गरेको व्रत) पूरा गर्न पनि यस अवधिमा अनुमति छ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातुल् फित्र प्रत्येक मुस्लिम, दास र स्वतन्त्र, पुरुष र महिला, साना र वृद्धमाथि अनिवार्य गर्नुभएको छ र मानिसहरूलाई ईदको नमाजको लागि निस्कनु अघि नै चुक्ता गर्ने आदेश दिनुभएको छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजानको समाप्ति पश्चात् 'जकात-उल-फित्र' अनिवार्य गर्नुभएको छ, जसको निर्धारित मात्रा 'एक साअ' अर्थात् 'चार मुद' बराबर हुन्छ। 'मुद्': वास्तवमा यो एक औसत व्यक्तिको दुवै हत्केला (अञ्जुली) भरिने मात्राको खजुर वा जौको मापन हो। 'जकात-उल-फित्र' प्रत्येक त्यस्तो मुस्लिममाथि अनिवार्य छ, जससँग आफ्नो र आफ्नो परिवारको निम्ति एक दिन र एक रातका लागि पर्याप्त भोजन उपलब्ध छ; चाहे ऊ स्वतन्त्र नागरिक होस् वा दास, पुरुष होस् वा महिला, बालक होस् वा वृद्ध। प्रत्येक व्यक्तिले आफ्नो र आफ्नो परिवारका सम्पूर्ण सदस्यहरूको तर्फबाट जकात-उल-फित्र भुक्तान गर्नुपर्दछ। र उहाँले ईदको नमाजको लागि बाहिर निस्कनु अघि नै जकात उल फित्र तिर्न आदेश दिनुभयो।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा गर्नु वैध छैन।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा स्पष्ट पार्नुभएको छ कि कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो कुनै महरम (विवाह निषेधित पुरुष नातेदार) बिना एक रातको यात्रा गर्नु निषेध (हराम) छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले व्रत (रोजा) बसेको अवस्थामा बिर्सिएर केही खायो वा पियो भने, उसले आफ्नो व्रत पूरा गरोस्; किनकि उसलाई अल्लाहले नै ख्वाउनु र पिलाउनु भएको हो।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ कि अनिवार्य वा ऐच्छिक उपवासको अवस्थामा यदि कुनै व्यक्तिले बिर्सिएर खायो वा पियो भने, उसले आफ्नो उपवास पूर्ण गरोस् र त्यसलाई भङ्ग नगरोस्; किनभने उपवास भङ्ग गर्ने उसको कुनै उद्देश्य थिएन। वास्तवमा त्यो अल्लाहद्वारा उसलाई प्रदान गरिएको जीविका हो, जसअन्तर्गत अल्लाहले नै उसलाई ख्वाउनुभयो र पिलाउनुभयो।
इब्न अजहरका मुक्त दास अबू उबैदले भनेका छन्: मैले उमर इब्ने खत्ताब (रजियल्लाहु अन्हु) सँग ईदको नमाज पढेँ। उनले भन्नुभयो, "यी दुई दिनहरू ती हुन् जसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उपवास राख्न निषेध गर्नुभएको छ — एउटा (रमजानपछिको) ईद उल-फित्रको दिन, र अर्को त्यो दिन जब तिमीहरू आफ्नो बलिदान (कुर्बानी) को मासु खान्छौ।" (अर्थात् ईद उल-अधाको दिन।)
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ईद-उल-फित्र र ईद-उल-अजहाको दिनमा व्रत बस्न निषेध गर्नुभएको छ। ईद-उल-फित्रको दिन रमजानको व्रत समापन गरिएको खुसीयाली मनाउने दिन हो, र ईद-उल-अजहाको दिन कुर्बानीको मासु खाने दिन हो।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) को 'तल्बिया' यस प्रकार थियो: "लब्बैक अल्लाहुम्मा लब्बैक्, लब्बैक ला शरीक लका लब्बैक्, इन्नल्-हम्दा वन्-निअ्मता लका वल्-मुल्क्, ला शरीक लक्।" अर्थ: "हे अल्लाह! म उपस्थित छु, म उपस्थित छु। तपाईंको कोही साझेदार छैन, म उपस्थित छु। निश्चय नै समस्त प्रशंसा तपाईंकै लागि हो, समस्त वरदान तपाईंबाटै प्राप्त हुन्छ र सम्पूर्ण साम्राज्य तपाईंकै हो। तपाईंको कोही साझेदार छैन।" वर्णनकर्ता भन्नुहुन्छ कि अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हु) यस पवित्र तल्बियामा यी शब्दहरू पनि थप गर्नुहुन्थ्यो: "लब्बैक लब्बैक, वसअ्दैक, वल्-खैरु बियदैक, लब्बैक, वर-रग्बा इलैक वल्-अमल्।" अर्थ: "म उपस्थित छु, म उपस्थित छु। म हजुरको आज्ञापालनद्वारा धन्य र भाग्यशाली छु, र समस्त कल्याण तपाईंकै हातमा छ। मेरा सम्पूर्ण इच्छाहरू तपाईंतर्फनै लक्षित छन् र मेरा समस्त कर्महरू पनि केवल तपाईंकै निम्ति समर्पित छन्।"
मुत्तफकुन अलैहिजब नबी (सल्लल्लाहु अलैहि वसल्लम) हज वा उमराहको 'इह्राम' बाँध्न चाहनुहुन्थ्यो, तब उहाँले यस प्रकार 'तल्बिया' भन्नुहुन्थ्यो: "(लब्बैक अल्लाहुम्मा लब्बैक) म हजुरको सेवामा उपस्थित छु हे अल्लाह, म उपस्थित छु! यो हजुरको त्यस आह्वानको निरन्तर जवाफ हो, जसमा हजुरले हामीलाई इख्लास (निष्ठा), तौहीद (एकेश्वरवाद), हज र अन्य कुराहरूका लागि बोलाउनुभएको थियो। (लब्बैक ला शरीक लका लब्बैक) म उपस्थित छु, हजुरको कुनै साझेदार छैन, म उपस्थित छु! त्यसैले केवल हजुर मात्र नै उपास्य हुनुहुन्छ; हजुरको प्रभुत्व (रुबुबियाह), पूज्यत्व (उलुहियाह) र हजुरका नामहरू तथा गुणहरू (अस्मा वस-सिफात) मा हजुरको कुनै साझेदार छैन। (इन्नल हम्द) पक्कै पनि सबै प्रशंसा तपाईँकै लागि हुन्, (वन्-निअ्मत) र सबै आशिषहरू हजुरकै तर्फबाट हुन् र हजुर नै ती प्रदान गर्नेवाला हुनुहुन्छ, (लका) हरेक परिस्थितिमा हजुरकै लागि हुन्। (वल मुल्क) र त्यसैगरी सम्पूर्ण ब्रह्माण्डको स्वामित्व र अधिराज्य पनि हजुरकै हो। (ला शरीक लक) हजुरको कुनै साझेदार छैन, त्यसैले यी सबै कुराहरू केवल हजुर एक्लैका लागि हुन्।" अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) यी शब्दहरू थप्ने गर्थे: (लैबैक लैबैक व सा'दैक) म हजुरको सेवामा पूर्ण रूपले उपस्थित छु र हजुरको आज्ञापालन गर्न तयार छु, मलाई एकपछि अर्को गर्दै लगातार खुसी र सौभाग्य प्रदान गर्नुहोस्, (वल खैरु वियदैक) र सबै प्रकारका कल्याण र भलाइ हजुरकै हातमा छन् र हजुरकै कृपाबाट प्राप्त हुन्छन्, (लैबैक वर-रग्बाउ इलैक) म हजुरकै सेवामा उपस्थित छु र मेरा सबै चाहना, प्रार्थना र याचनाहरू केवल हजुरसँगै छन् जसको हातमा सम्पूर्ण भलाइ छ, वल अमलु) र मेरा सम्पूर्ण कर्महरू हजुरकै निमित्त हुन्, किनकि हजुर नै वास्तवमा उपासनाको वास्तविक हकदार हुनुहुन्छ।
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "रमजान महिनाको अन्तिम दस दिनका बिजोर रातहरूमा 'लैलातुल कद्र' लाई भेट्टाउन प्रयास गर।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजानको हरेक वर्षको अन्तिम दस दिनका बिजोर रातहरूमा धेरै भन्दा धेरै असल कार्यहरू गरेर लैलातुल कद्र (शबे कद्र) लाई खोज्ने र प्राप्त गर्ने प्रयास गर्न प्रोत्साहित गर्नुभएको छ। र ती बिजोर रातहरू: एक्कासौँ, तेइसौँ, पच्चिसौँ, सत्ताइसौँ र उनन्तीसौँ रातहरू हुन्, जसमा यो रात पर्ने बढी सम्भावना हुन्छ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, ”लाईलातुल-कद्र रमजानको अन्तिम सात दिनमा अवस्थित छ भनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबालाई सपनामा देखाइयो। तत्पश्चात्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: ‘म तिमीहरूका सपनाहरू (रमजानका) अन्तिम सात रातहरू प्रति सहमतिमा भइरहेको देख्दैछु; तसर्थ, जसले यस रातको खोजी गर्न चाहन्छ, उसले यसलाई अन्तिम सात रातहरूमा नै खोज गरोस्।’”
मुत्तफकुन अलैहिलाईलातुल-कद्र (रमजानको) अन्तिम सात रातमा हो भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथीहरूले सपनामा देखे। यसो भएको देखेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: मैले देखें कि तिमीहरू सबैको सपनाहरू रमजानको अन्तिम सात रातहरू प्रति नै छन् । त्यसैले, जसले यो रात प्राप्त गर्न चाहन्छ र यसको खोजीमा छ, उसले धेरै भन्दा धेरै असल कर्महरू गरेर यसलाई खोज्ने कडा मेहनत गरोस्। किनकि उक्त रात अन्तिम सात रातहरूमा पर्ने ठूलो आशा हुन्छ। यदि रमजान महिना ३० दिनको छ भने यो २४ औं रातबाट सुरु हुन्छ, र यदि महिना २९ दिनको छ भने यो २३ औं रातबाट सुरु हुन्छ।
अबु जर रजियल्लाहु अन्हुले वर्णन गरेका छन् : नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भनेः “हे अल्लाहका रसूल! धनी मानिसहरूले त पुण्यका सबै अवसरहरूमा अघि बढिसके। उनीहरूले पनि हामीले जस्तै नमाज पढ्छन्, हामीले जस्तै रोजा राख्छन्, तर उनीहरू आफ्ना अतिरिक्त सम्पत्तिबाट दान पनि गर्छन्।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः “के अल्लाहले तिमीहरूलाई दान गर्ने (अवसर) दिनुभएको छैन र? ‘सुब्हानल्लाह’ भन्नु (तस्बीह) दान हो, ‘अल्लाहु अकबर’ भन्नु (तकबीर) दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु (तह्मीद) दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु (तहलील) दान हो, भलाइको आदेश दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अनि तिमीहरू मध्ये कसैले आफ्नो दम्पतिसँग शारीरिक सम्बन्ध राख्दछ भने त्यो पनि दान हो।” सहाबाहरूले भनेः “हे अल्लाहका दूत! हामीमध्ये कसैले आफ्नो इच्छा (कामवासना) पूरा गर्दा पनि उसलाई पुण्य मिल्छ र?” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः “तिमीहरू के भन्छौ, यदि उसले त्यो इच्छा हराम (अवैध) तरिका बाट पूरा गरेको भए, के उसमाथि पाप हुन्छ ? ठीक त्यसैगरी जब उसले यसलाई हलाल (वैध) बाट पूरा गर्छ, उसलाई त्यसमा पुण्य मिल्छ।”
मुस्लिमले वर्णन गरेका छन्केही गरीब सहाबाहरूले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष आफ्नो कठिनाइ, गरिबी र धनी भाइहरूझैँ सम्पत्ति दान गरेर ठूलो पुण्य र प्रतिफल हासिल गर्न नसकेको, साथै नेकी (पुण्य) का कामहरूमा उनीहरू सरह अगाडि बढ्न नसकेको गुनासो गर्दै यसरी भनेः “हामी नमाज पढ्छौँ भने उनीहरू पनि नमाज पढ्छन्, हामी रोजा राख्छौँ भने उनीहरू पनि रोजा राख्छन्। तर उनीहरूले आफ्ना अतिरिक्त धनबाट दान–खैरात गरेर हामीभन्दा अघि बढ्छन्, तर हाम्रो हातमा दान गर्न केही पनि हुँदैन।” त्यसैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई दान–खैरात गर्ने केही त्यस्ता उपायहरू बताइदिनुभयो, जुन उनीहरूले पनि गर्न सक्थे। उहाँले भन्नुभयो: के अल्लाहले तिमीहरूका लागि दान–खैरात गर्ने बाटाहरू खोलिदिनु भएको छैन र? ‘सुब्हानल्लाह’ को जप गर्नु तिमीहरूका लागि दान हो, ‘अल्लाहु अकबर’ भन्नु दान हो, ‘अल्हम्दुलिल्लाह’ भन्नु दान हो, ‘ला इलााह इल्लल्लाह’ भन्नु दान हो, भलाइको हुकुम दिनु दान हो, नराम्रो कामबाट रोक्नु दान हो, अँझ आफ्नो पत्नीसँग शारीरिक सम्बन्ध राख्नु पनि दान हो। सहाबाहरू यस कुरामा धेरै अचम्म मानेर भनेः “हे अल्लाहका रसूल! के हाम्रो वासना पूरा गर्नेमा समेत पुण्य र प्रतिफल मिल्छ र?” उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: “भन त, यदि कसैले आफ्नो वासना हराम स्थानमा पूरा गर्यो भने – जस्तै व्यभिचार आदिमा संलग्न भयो भने – के उसलाई पाप हुने छैन र? त्यसैगरी जब उसले आफ्नो वासना हलाल मार्गबाट पूरा गर्छ, तब उसलाई पुण्य र प्रतिफल अवश्य नै मिल्छ।”