





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबु मसऊद उक़्बा बिन अम्र अल-अन्सारी अल-बद्री (रज़ियल्लाहु अन्हु) ले भन्नुहुन्छ, अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: पहिलाका अम्बिया (सन्देष्टाहरू) सित मान्छेहरूले जे कुरा सिकेका थिए, (त्यसमध्ये यो पनि हो) : "यदि तिमीलाई लाज छैन भने, जे मन लाग्छ गर।"
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई भन्नुभयो: अघिल्ला समयका सन्देष्टाहरूले गरेका उपदेशहरू जो मानिसहरू बीचमा फैलिएका छन् र सन्तान दर सन्तान हस्तान्तरण हुँदै यो समुदायका पहिलो वंशज सम्म आइ पुगे, तीमध्ये यो पनि हो कि जुन काम तपाईं गर्न लाग्नु भएको छ त्यसलाई हेर्नु होस्, यदि त्यो काम गर्नका लागि कुनै लाज छैन भने त्यो काम गरि हाल्नुस् र यदि त्यो काममा तपाईंलाई लाज मान्नु पर्ने छ भने , त्यसलाई छोडिदिनुहोस्; नराम्रो कर्मको बाधक भनेको लाज लाग्नु हो र जसलाई लाज हुँदैन ऊ हरेक प्रकारका अनैतिक र निन्दनीय कामहरूमा लिप्त हुन्छ ।
उमर बिन अल-खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि तिमीहरूले अल्लाहमाथि त्यसरी नै भरोसा गर्थ्यौ, जसरी वास्तविक रूपमा भरोसा गरिन्छ भने, उहाँले तिमीहरूलाई त्यसरी नै जीविका प्रदान गर्नुहुनेछ जसरी चराहरूलाई गर्नुहुन्छ। तिनीहरू बिहान भोकै बाहिर निस्कन्छन् र साँझ पेट भरिएर फर्कन्छन्।"
رواه الإمام أحمد والترمذي والنسائي وابن ماجه وابن حبان في صحيحه والحاكمरसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई सम्पूर्ण मामिलाहरुमा अल्लाहमा भरोसा गर्न प्रेरित गर्दै हुनुहुन्छ चाहे सांसारिक मामिला होस् वा धार्मिक मामिला साथै त्यो लाभ प्राप्तिको होस् वा हानिबाट बच्नको लागि । किनकि प्रदान गर्ने वाला र रोक्ने वाला, हानि गर्ने र फाइदा दिने वाला एक अल्लाह मात्र हुनुहुन्छ । हामीले अल्लाहमा इमान्दारीपूर्वक भरोसा राखेर फाइदा पुर्याउने र हानिबाट जोगाउने कामहरू गर्नुपर्दछ । जब हामी यसो गर्छौं, अल्लाहले हामीलाई भोकाएका पंक्षीहरू जस्तै जीविकोपार्जन दिनुहुन्छ, जो बिहान भोकै बाहिर निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् । वास्तवमा, चराहरूको यो कार्य निर्भरता र आलस्य बिना जीविका खोज्ने एक प्रयास हो ।
नव्वास बिन सिम्आन (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन।" वाबिसा बिन मअबद (रज़ियल्लाहु अन्हु) बाट वर्णित छ, उनले भने: म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवा उपस्थित भएँ। उहाँले मलाई भन्नुभयो: "के तिमी पुण्य (बिर्र) र पाप (इथ्म) को विषयमा सोध्न आएका हौ?" मैले उत्तर दिएँ: “हो हजुर।” उहाँले भन्नुभयो: "आफ्नो हृदयलाई सोध। पुण्य र भलाइ त्यो हो, जसप्रति तिम्रो आत्मा र हृदय सन्तुष्ट हुन्छन्। र पाप त्यो हो, जुन तिम्रो मनमा खट्कन्छ र तिम्रो हृदयमा द्विविधा उत्पन्न गर्छ, चाहे मानिसहरूले तिमीलाई त्यसको पक्षमा फतवा (धार्मिक आदेश) र बारम्बार अनुमति नै किन नदिउन्।’"
الحديث الأول: رواه مسلم، والحديث الثاني: رواه أحمد والدارميनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुण्य र पाप को बारेमा बताउँदै भन्नुभयो: "निश्चय नै भलाइ र पुण्य को सबैभन्दा ठूलो गुण अल्लाहप्रति तक्वा (डर र भक्ति) सहितको राम्रो आचरण हो । सृष्टि (मानिसहरू) प्रति सहनशीलता, कम क्रोध, मुस्कानयुक्त अनुहार, मधुर वचन, सम्बन्ध कायम राख्नु, आज्ञाकारिता, नम्रता, उपकार, राम्रो व्यवहार र उत्तम सङ्गति हो। भलाइ र पुण्य त्यो हो, जसमा हृदय र आत्माले शान्ति महसुस गर्दछ। पाप त्यो हो, जसले आत्मामा अशान्ति उत्पन्न गर्छ र हृदयमा यस्तो हिचकिचाहट वा द्विविधा पैदा गर्छ, जसले गर्दा सन्तुष्टि र शान्ति रहँदैन। यो कार्य पाप हो कि भन्ने डर हृदयमा रहिरहन्छ र व्यक्ति त्यसलाई प्रकट गर्न रुचाउँदैन, किनभने त्यो कुरा मानिसहरू—विशेषतः आदरणीय र सद्गुणी व्यक्तिहरूको—दृष्टिमा निन्दनीय ठहरिन्छ। मानव स्वभावले आफ्ना राम्रा कामहरू अरूलाई देखाउन चाहन्छ, तर यदि आत्माले आफ्ना कुनै कार्यहरू अरूको सामु ल्याउन अरुचि देखाउँछ भने, त्यो कार्य पाप हो, जसमा कुनै भलाइ छैन। त्यसैगरी मानिसहरूले तिमीलाई त्यस कुराको पक्षमा फतवा (धार्मिक निर्णय) दिए पनि, जबसम्म तिम्रो मनमा त्यस कुराप्रति शङ्काको कुनै अंश बाँकी छ, तबसम्म त्यस फतवालाई अनुसरण नगर्नु नै उचित हुन्छ। किनभने यदि शङ्का ठोस छ र फतवा दिने व्यक्तिले पर्याप्त ज्ञानबिना निर्णय गरेको छ भने, त्यस्तो फतवाले शङ्का हटाउँदैन। तर यदि फतवा शरियतका ठोस प्रमाणहरूमा आधारित छ भने, प्रश्नकर्ताले त्यसको पालन गर्नु अनिवार्य हुन्छ—चाहे उसको हृदय त्यसप्रति पूर्ण रुपमा सन्तुष्ट नहोस्।
अब्दुल्लाह बिन बुस्र (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: "हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! इस्लामका नियम र कर्तव्यहरू हाम्रा लागि अत्यधिक भएका छन्, त्यसैले हामीलाई कुनै यस्तो एउटा मूल सिद्धान्त बताइदिनुहोस्, जसको पालना हामीले दृढतापूर्वक गर्न सकौँ।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्।" अर्को हदीसमा, मुआज बिन जबल (रजियल्लाहु अन्हु) बाट वर्णित छ: मैले रसूल अल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) सँग अन्तिम विदा लिँदा सोधेँ, "कुन कार्य सबैभन्दा उत्कृष्ट र अल्लाहको सबैभन्दा नजिक पुर्याउने कार्य हो?" उहाँले भन्नुभयो: "मृत्यु हुने समयसम्म तिम्रो बोलि सर्वोच्च र महान अल्लाहको स्मरण (जिक्र) मा तल्लीन रहोस्।"
رواه أحمد والترمذي وابن ماجه وابن حبانएक जना मान्छेले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित गुनासो गर्यो, नफ्ली (ऐच्छिक) उपासनाहरूको संख्या धेरै भएको अनि आफु कमजोर भएकोले त्कायसलाई पुरा गर्न असमर्थ छु। त्यसपछि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई एउटा सजिलो कामको लागि मार्गदर्शन गर्न आग्रह गरे जसले ठूलो प्रतिफल ल्याउनेछ, जुन उसले पालन गर्न र दृढतापूर्वक समात्न सक्नेछ। सो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई यसको तरिका बताउनु भयो, निरन्तर मुखमा अल्लाह जिक्र होस् र हरेक अवस्था र हालतमा अल्लाहको याद होस्; जिक्रमा सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, अस्तग्फिरुल्लाह आदि दुआहरू ।
अबू-बकरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : «के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई सबैभन्दा ठूलो पापहरू बयान गर्दा यी तीनवटा पापहरू बताउनु भयो : १) अल्लाहसँग शिर्क गर्नु: अर्थात् अल्लाह बाहेक अरूको उपासना गर्नु । अल्लाह बाहेक अरू कसैलाई अल्लाहको उपासना, उहाँको नाम र उहाँका गुणहरूमा बराबरी ठहर गर्नु हो। २) आमाबाबुको अवज्ञा गर्नु: यसको मतलब बोली वा कर्मद्वारा आमाबाबुलाई कुनै प्रकारको पीडा दिनु वा उनीहरूसँग राम्रो व्यवहार नगर्नु हो । ३) झूट बोल्नु र यसमा झूटो गवाही दिनु समावेश छ : झूटो गवाही भनेको कसैको सम्पत्ति चोर्ने वा कसैको अपमान गर्ने उद्देश्यले गरिएको प्रत्येक झूटा बयानलाई जनाउँछ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले झूट बोल्न विरुद्ध बारम्बार चेतावनी दिनुभयो, किनभने झूट एक खराब कुरा हो र समाजमा यसले ठूलो नकारात्मक प्रभाव पार्दछ। उहाँ ले यति धेरै पटक यस कुरा लाई दोहोर्याउनु भयो, यहाँसम्म कि उहाँका साथीहरूले उहाँको कष्ट देखेर उहाँप्रति माया देखाउदै चुप लाग्नुभएको भए बेश हुन्थ्यो सोचे।
मिकदाम बिन माअ्दिकरिब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "यदि कुनै मानिसले आफ्नो भाइसँग माया गर्दछ भने, उसले बताऒस् कि ऊ सँग माया गर्दछ" ।
अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आस्थावानहरू बीचको सम्बन्धलाई बलियो बनाउन र तिनीहरू भित्र आपसी प्रेमको वातावरण सिर्जना गर्न एउटा कारण उल्लेख गर्नुभएको छ । त्यो के हो कि जब कोही व्यक्तिले कसैलाई माया गर्छ भने उसले उसलाई माया गर्छ भनेर बताउनुपर्छ ।
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "ठूला पापहरू: शिर्क (अल्लाहसँग साझेदारी) गर्नु, आमाबाबुको अवज्ञा गर्नु, कसैको हत्या गर्नु र झूटो कसम खानु हो।
बुखारीले वर्णन गरेका छन्यस हदीसमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ठूला पापहरू बयान गर्दै हुनुहुन्छ । जुन पापले गर्दा अपराधीलाई यस संसार वा परलोकको सजायको कडा चेतावनी दिइएको छ, त्यसलाई कबाइर (ठूला पापहरू) भनिन्छ । पहिलो ठूलो पाप : अल्लाहसँग शिर्क गर्नु, अर्थात् अल्लाह बाहेक अरूको उपासना गर्नु । उहाँको उपासना, नाम र गुणहरूमा बराबरी र प्रतिद्वन्द्वी ठहर गर्नु शिर्क हो । दोस्रो ठूलो पाप : आमाबाबुको अवज्ञा गर्नु, बोली वा कर्मद्वारा आमाबाबुलाई कुनै प्रकारको पीडा दिनु वा उनीहरूसँग राम्रो व्यवहार नगर्नु हो । तेस्रो ठूलो पाप : हत्या गर्नु हो, जस्तै कसैलाई अनाहक यातना दिएर मार्नु । चौथो ठूलो पाप : जानीजानी झुटो कसम खानु हो । यसलाई अरबीमा "यमीने गुमूस" भनिन्छ किनभने यसले मान्छेलाई पाप वा नरकमा डुबाउँछ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “विधुवा, एकल महिला, गरीब र दीन-दु:खीहरूको हेरचाह र सेवा गर्ने व्यक्ति जिहाद (धर्म युद्ध) गर्ने वा दिउँसो ब्रत बस्ने र राती सलाह (नमाज) पढ्ने व्यक्ति सरह हो ।”
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले विधुवा असहाय महिलाको हितको ख्याल राख्छ, त्यसैगरी गरिब र दीन-दुःखीहरूको मद्दत र हेरचाह गर्छ, अल्लाहसँग ती कर्महरूको प्रतिफलको आशा राख्दै उनीहरूका लागि खर्च गर्छ भने अल्लाहले उसलाई जिहाद (धर्म युद्ध) गर्ने वा नथाकी तहज्जुदको नमाज पढ्ने र लगातार उपवास बस्ने व्यक्तिसरह पुण्य दिनुहुनेछ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सात घातक कुराहरूबाट सावधान रहनुहोस् "। साथीहरूले सोधे: हे अल्लाहका रसूल! तिनीहरू के हुन? उहाँले भन्नुभयो: “अल्लाहसँग शिर्क गर्ने (साझेदार बनाउने), जादु गर्ने, अल्लाहले निषेध गरेको प्राणीलाई अन्यायपूर्ण ढंगले हत्या गर्ने, ब्याज लेनदेन गर्ने, अनाथको सम्पत्ति खाने, युद्धको मैदानबाट भाग्ने र स्वच्छर निर्दोष आस्थावान, सोझो महिलाहरूमाथि व्यभिचारको आरोप लगाउने ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मतलाई सात विनाशकारी अपराध र पापहरूबाट बाँच्न आदेश दिनुभएको छ। जब उहाँसँग यी सात पापहरू के हुन् भनेर सोधियो, तब उहाँले भन्नुभयो: १) शिर्क गर्नु, अर्थात् अल्लाहको समान र तुल्य ठहर गर्नु वा गैरुल्लाह (अल्लाह बाहेक) को उपासना गर्नु । शिर्क (बहुदेववाद) सबैभन्दा ठूलो पाप भएकोले पहिले नम्बरमा उल्लेख गरिएको छ । २) जादू गर्नु । जादु भन्नाले धागो आदिमा गाँठो बाँधेर मन्त्र जप्नु, औषधि र धुवाँ जस्ता पदार्थको प्रयोग गर्नु, जसले मोहित व्यक्तिलाई कित बिरामी बनाउँछ कित उसको ज्यान लिन्छ, वा पति-पत्नी बीचको सम्बन्धलाई विच्छेद गर्दछ । वास्तवमा यो एक दुष्ट कार्य र शैतानी काम हो । जादुमा प्रायजसो शिर्क वा दुष्ट आत्माहरूलाई खुशी पार्ने हराम कार्यहरू गर्नुपर्छ । ३) अल्लाहले हत्या गर्न निषेध गर्नुभएको व्यक्तिको हत्या गर्नु, तर शरीयतले कसैलाई मृत्युदण्डको सजाय दिन्छ भने त्यसलाई कार्यन्वयन गर्ने जिम्मेवारी शासकको हो । ४) ब्याज लिने वा दिने, चाहे त्यो खाइयोस् वा अन्य तरिकाले उपभोग गरियोस् । ५) वयस्कको उमेर नपुगी बाबुको मृत्यु भएको नाबालक बच्चा (अनाथ) को सम्पत्ति हडप्नु । ६) काफिरहरूसँग लड्दा युद्धको मैदानबाट फर्केर भाग्नु । ७) पवित्र महिलाहरू माथि व्यभिचारको झूटो आरोप लगाउने । त्यस्तै पुरुषहरू माथि पनि व्यभिचारको आरोप लगाउने ।