





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू हुमैद वा अबू ओसैदले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
मुस्लिमले वर्णन गरेका छन्नबी सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो उम्मतलाई मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्न सिकाउनु भएको छ: (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) ("हे अल्लाह, मेरो लागि आफ्नो रहमतका ढोका खोलिदिनुहोस्")। यसद्वारा मानिसले अल्लाहसँग आफ्नो करुणा प्राप्त हुने कारणहरू सजिलो बनाइदिन अनुरोध गर्छ। त्यसैगरी मस्जिदबाट बाहिर निस्कँदा यो पढ्न : (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) अर्थात अल्लाहको अत्यधिक अनुग्रह र हलाल जीविकोपार्जनका लागि दुआ गर्नु पर्दछ ।
सालिम बिन अबु जाअ्दले बयान गरेका छन्, एक व्यक्तिले भने : म नमाज पढेर राहत पाउन चाहन्छु । तर उनीहरूले उनको भनाइलाई नराम्रो रूपमा लिए । उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "हे बिलाल! नमाजको कायम/आह्वान गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।"
अबू दाऊदले वर्णन गरेका छन्एक सहाबीले भने: म नमाज पढेर राहत पाउन चाहन्छु, तब वरपरका केही मानिसहरूले उनको भनाइलाई नराम्रो ठाने । त्यसपछि उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : ए बिलाल! नमाज लागि अजान देऊ र नमाज कायम गर, ताकि हामीले यसबाट शान्ति पाउन सकौं; किनभने नमाज मा अल्लाहसँग कुराकानी हुन्छन् र आत्मा र हृदयलाई शान्ति मिल्छ ।
अबू हाजिम बिन दिनारले बयान गरेका छन्, केही मानिसहरू सहल बिन साद साइदी कहाँ आए । मिन्बरको काठ कुन रुखको हो भनेर उनीहरुबीच बहस चलिरहेको थियो । तिनीहरूले सहललाई यसको बारेमा सोधे, उनले भने: म अल्लाहको कसम खाएर भन्दछु, यो काठ कुन रूखको हो मलाई राम्रोसँग थाहा छ । यसलाई पहिलो पटक राखेको दिन र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिलो पटक यसमा बस्नुभएको दिन पनि मैले देखेको छु । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (जसको नाम सहल (रजि.) ले पनि लिएका थिए) लाई सन्देश पठाउनुभयो : "तिम्रो सिकर्मी कामदारलाई मेरो लागि एउटा काठको मिम्बर (कुर्सी झैं) बनाई दिन भन, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ।" उनले आफ्नो नोकरलाई जंगलको रूखबाट मिम्बर तयार गर्न आदेश दिइन् । अनि उनले त्यो मिम्बर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन् अनि उहाँले त्यो मिम्बरलाई यो ठाउँमा राख्न आदेश दिनुभयो । त्यसपछि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्दै गरेको देखें । उहाँले त्यसमाथि उभिएर तकबीर भन्नुभयो त्यसपछि रुकुअ गर्नुभयो र त्यसपछि उहाँ पछाडि हट्नुभयो र मिम्बरबाट ओर्लनुभयो र मिम्बर नजिकै सज्दा गर्नुभयो र त्यसपछि मिन्बरमा उभिनुभयो । नमाज समाप्त भएपछि मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो: " हे मानिसहरू! मैले तिमीहरूलाई तालिम दिनका लागि यसो गरेको हुँ, ताकि तिमीहरू मलाई देखेर मैले पढेको जस्तो नमाज पढ्न सिक।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मिन्बर कुन काठले बनाइएको हो विषयमा बहस र विवाद गरेपछि केही मानिसहरू एक जना सहाबी सहल बिन साद कहाँ आए र यसको बारेमा सोधे । उनले भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला जोसँग एउटा सिकर्मी थियो एउटा काठको मिम्बर (कुर्सी झैं) बनाई दिन भन्नुभयो, ताकि मानिसहरूलाई सम्बोधन गर्दा म त्यसमा बस्न सकूँ भनेर संदेश पठाउनुभयो । उनले उहाँको आदेशको पालना गर्दै आफ्नो दासलाई काठको मिम्बर बनाउन आदेश दिइन् । जब मिम्बर तयार भयो, ती महिलाले यसलाई अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ पठाइन् । त्यसपछि उहाँले त्यसलाई मस्जिद भित्रको एक स्थानमा राख्न आदेश दिनुभयो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यसमाथि उभिएर नमाज पढ्नुभयो । त्यसमा उभिएर तकबीर भन्नुभयो, रुकु गर्नुभयो, त्यसपछि मिन्बरबाट मुख पछाडि नफर्काइ पछि सर्दै ओर्लिनुभयो, मिम्बरको नजिकै सज्दा गरेर फेरि मिम्बरमा फर्किनुभयो । जब नमाज पूरा भएपछि उहाँले मानिसहरूतर्फ फर्केर सम्बोधन गर्नुभयो र भन्नुभयो: तपाईंहरूले मलाई देखेर मेरो सलाह (नमाज) सिक्न सक्छौ भनेर मैले यसो गरेको हो ।
हित्तान बिन अब्दुल्लाह रक्काशी भन्छन्, मैले एक पटक अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) संग नमाज पढें । तशह्हुदमा बसिरहेको बेला पछाडि नमाज पढिरहेको एक व्यक्तिले भन्यो: नमाज धार्मिकता र जकात संग स्थापित गरिएको छ । जब अबू मुसा (रजियल्लाहु अन्हु) ले आफ्नो नमाज पूरा गरे अनि सलाम फेरेर मानिसहरूतर्फ फर्के तब भने: तिमीहरूमध्ये कसले यसो भन्दै थियो? जब कसैले जवाफ दिएनन्, उनले फेरि सोधे: तिमीहरूमध्ये कसले यसो भन्दै थियो? त्यसपछि उनले भने: हे हित्तान! सायद तिमिले भन्यौ होला ! उसले भन्यो: मैले भनेको होइन, मलाई डर थियो सायद तपाईंले मलाई गाली गर्नुहुन्छ । यो सुनेर त्यहाँ उपस्थित एक व्यक्तिले भने: मैले भनेको हो र मेरो नियत राम्रो थियो । त्यसपछि अबु मुसा अल-अशरी (रजियल्लाहु अन्हु) ले भने: नमाजमा के भन्नुपर्छ पनि थाहा छैन? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सम्बोधन गर्नुभयो र हामीलाई हामीले गर्नुपर्ने सुन्नतहरू स्पष्ट पार्नुभयो र हामीलाई नमाज पढ्ने तरिका सिकाउनुभयो । उहाँले ले भन्नुभयो : "जब तपाईंहरू नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक व्यक्तिले इमामत गरोस् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् । जब उनले {गैरिल-मग्जूबि अलैहिम वलज्जाल्लीन} (अल-फातिहा:७) भन्छन्, तपाईंहरूले आमीन भन्नुहोस्; अल्लाहले तपाईंहरूको प्रार्थना स्वीकार गर्नुहुनेछ । त्यसपछि जब उनले "अल्लाहु अकबर" भन्छन् र रूकुअ गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र रूकुअमा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र रूकुअ गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको रुकुअमा क्षणिक ढिलाइ रुकुअबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब इमामले ‘समिअल्लाहु लिमन-हमिदह’ भन्छन् तब तपाइँहरू ‘अल्लाहुम्म रब्बना व लकल-हम्द’ भन्नुहोस्, 'अल्लाहले तपाइँको बिन्ती सुन्नुहुन्छ' भन्ने कुरा अल्लाहले रसूलद्वारा बताउनुभएको छ । त्यसपछि जब इमामले "अल्लाहु अकबर" भन्छन् र सज्दा गर्छन्, तपाईंहरूले पनि तकबीर भन्नुहोस् र सज्दामा जानुहोस् । याद रहोस्, इमामले तपाईंहरू भन्दा पहिला तकबीर भन्छन् र सज्दा गर्छन् ।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तपाईंको सज्दामा क्षणिक ढिलाइ सजदाबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ । जब तपाईं तशह्हुदमा बस्नुहुन्छ, तपाईंले शुरुदेखि निम्न दुआ पढ्नुहोस् : ‘अत्तहिय्यातु अत्तैयिबातु अस्सलवातु लिल्लाह, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्’ ।
मुस्लिमले वर्णन गरेका छन्अबु मुसा अल-अशअरी (रजियल्लाहु अन्हु) ले नमाज पढाउनुभयो । तशह्हुदमा बसिरहेको बेला उनको पछाडि नमाज पढिरहेको एक व्यक्तिले 'कुर्आनमा दान र जकातको साथमा नमाजको उल्लेख गरिएको कुरा गर्यो । नमाज समाप्त भइसकेपछि उनी मानिसहरू तिर फर्के र तिनीहरूलाई सोधे : ‘कुरआनमा दान र जकातको साथमा नमाजको उल्लेख गरिएको छ’ भनी तिमीहरूमध्ये कसले भनेको छ? जब सबै चुप लागे र कसैले जवाफ दिएनन्, उनेल फेरि प्रश्न सोधे, तर कसैले कुनै जवाफ दिएनन् । तब अबू मुसा (रजियल्लाहु अन्हु) ले हित्तानलाई भने, हे हित्तान! सायद तिमिले भन्यौ होला ! किनभने उनी साहसी व्यक्ति थिए र उनीसँग उनको गहिरो सम्बन्ध र ठूलो निकटता थियो, जसका कारण यो आरोपले उनलाई चोट पुर्याउने सम्भावना कम थियो । साथै, यसको उद्देश्य वास्तविक वक्तालाई पत्ता लगाउनु पनि थियो । तर हित्तानले त्यसलाई अस्वीकार गर्दै भने: तपाईंले मलाई गाली गर्नुहुन्छ भन्ने डर लगेको थियो । यो सुनेर त्यहाँ उपस्थित एक व्यक्तिले भने मैले भनेको थिए र मेरो नियत राम्रो थियो । त्यसमा अबु मुसा अल-अशअरी (रजियल्लाहु अन्हु) ले उनलाई निर्देशन दिदै भने, नमाजमा के भन्नुपर्छ पनि थाहा छैन? यो वास्तवमा उनको भनाइको एक प्रकारको खण्डन थियो । तब अबू मुसा अशअरी (रजियल्लाहु अन्हु) ले बयान गरे, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सम्बोधन गर्नुभयो र हामीलाई शरीयत र नमाज सिकाउनुभयो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : जब तपाईं नमाज पढ्नुहुन्छ भने आफ्ना सफ (पङ्क्ति) हरू सीधा र बराबर राख्नुहोस् । त्यसपछि तपाईंहरूमध्ये एक जनाले मानिसहरूलाई इमामत गरुन् । जब इमामले तकबीर भन्छन्, तपाईंहरूले पनि उस्तै तकबीर भन्नुहोस् । जब उनले सूरह फातिहा पढ्छन् र {गैरिल-मग्जूबि अलैहिम वलज्जाल्लीन} (अल-फातिहा:७) मा पुग्छन् भने तपाईंहरू आमीन भन्नुहोस् । जब तपाईं यसो गर्नुहुन्छ, अल्लाहले तपाईंहरूको दुआ स्वीकार गर्नुहुनेछ । त्यसपछि जब इमामले तकबीर भन्छन् र रुकुअमा जान्छन्, तब तपाईंहरूले पनि तकबीर भन्नुहोस् र रूकुअमा जानुहोस् । इमाम तपाईंहरू भन्दा पहिला रूकुअ गर्छन् र रूकुअबाट उठ्नेछन् । त्यसैले इमाम भन्दा अगाडि नजानुहोस् । रूकुअमा जाने क्षणिक ढिलाइ रूकुअबाट उठ्ने बेलाको क्षणिक ढिलाइले क्षतिपूर्ति हुनेछ र यसरी तपाईको रूकुअको लम्बाइ इमामको रूकुअको लम्बाइ बराबर हुनेछ । त्यसपछि जब इमामले ‘समिअल्लाहु लिमन-हमिदह’ भन्छन् तब तपाइँहरू ‘अल्लाहुम्म रब्बना व लकल-हम्द’ भन्नुहोस्, अल्लाहले तपाइँको बिन्ती र भनाई सुन्नुहुन्छ । अल्लाहले यो कुरा रसूल मार्फत भन्नुभयो । त्यसपछि जब इमामले तकबीर भन्छन् र सज्दामा जान्छन्, मुक्तदीहरूले पनि तकबीर भन्नुपर्छ र सज्दामा जानुपर्छ । इमाम तिनीहरूको अगाडि सजदामा जान्छन् र तिनीहरूको अगाडि सजदाबाट उठ्नेछन् । यसरी सजदामा जानको क्षणिक ढिलाइ सजदाबाट उठ्ने बेलाको क्षणिक ढिलाइबाट पूरा हुनेछ र यसरी तिनीहरूको सजदाको लम्बाइ इमामको सजदाको लम्बाइ बराबर हुनेछ । त्यसपछि तशह्हुदको लागि बस्दा सबैभन्दा पहिले यो दुआ पढ्नुहोस्: ‘अत्तहिय्यातु अत्तैयिबातु अस्सलवातु लिल्लाह’ अर्थात् राज्य, अस्तित्व र महानता यी सबै चीजहरू केवल अल्लाहका लागि हुन् । त्यसैगरी सबै पाँच नमाज़हरू अल्लाहका लागि हुन् । त्यसपछि ‘अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्’ भन्नुहोस् । हामी हरेक दोष, कष्ट, कमी र भ्रष्टाचारबाट सुरक्षाको लागि दुआ गर्छौं विशेष गरी मुहम्मद सल्लल्लाहु अलैहि वा सल्लमको लागि दरुद पठाउँछौं । त्यसपछि हामी आफैलाई सलाम गर्छौं र अल्लाहका ती धर्मी सेवकहरूलाई अभिवादन पठाउँछौं जसले अल्लाह र उहाँका सेवकहरूको अनिवार्य कर्तव्यहरू पूरा गर्छन् । त्यसपछि हामी गवाही दिन्छौं, अल्लाह बाहेक कोही उपासना योग्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सेवक र दूत हुनुहुन्छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उहाँ हरेक नमाजमा तकबीर भन्नुहुन्थ्यो, चाहे त्यो नमाज अनिवार्य होस् वा नफिल, चाहे त्यो रमजानमा होस् वा अन्य महिनामा । नमाजको लागि खडा हुँदा तकबीर भन्नुहुन्थ्यो, रुकुमा जाँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि (रुकुबाट उठ्दा) ‘समिअल्लाह लिमान हमिदह’ भन्नुहुन्थ्यो र सज्दामा जानुअघि ‘रब्बना वलकल-हम्दु’ भन्नुहुन्थ्यो । त्यसपछि सज्दामा जाँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि सज्दाबाट टाउको उठाउँदा तकबीर भन्नुहुन्थ्यो, त्यसपछि दुई रकात पूरा गरेपछि तेस्रो रकाअतको लागि खडा हुँदा तकबीर भन्नुहुन्थ्यो र यसरी नमाज पूरा नभएसम्म प्रत्येक रकतमा तकबीर भन्नुहुन्थ्यो । नमाज पूरा गरेपछि उनले भने : अल्लाहको कसम, जसको हातमा मेरो जीवन छ, म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँ (स.) यस संसार बाट बिदा भए ।
मुत्तफकुन अलैहिअबू हुरैरा (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नमाजको एक भाग बयान गर्दै भनेका छन् । उहाँ जब नमाजको लागि उभिनुहुन्थ्यो, तब उहाँ तकबीर तहरीमा(अल्लाहु अक्बर) भन्नुहुन्थ्यो । त्यसपछि रुकुमा जाँदा, सजदा गर्दा, रुकुबाट टाउको उठाउँदा, दोस्रो सज्दामा जाँदा, दोस्रो सज्दाबाट शिर उठाउँदा र तशह्हुदको लागि बस्दा र तीन वा चार रक्अतको नमाज मा तेस्रो र चौथो रक्अतको लागि उभिने बेला तकबीर भन्नुहुन्थ्यो र यसरी नमाज पूरा नभएसम्म प्रत्येक रक्अतमा तकबीर भन्नुहुन्थ्यो । रुकुबाट उठ्दा ‘समिअल्लाह लिमन हमिदह’ र ‘रब्बना वलकल-हम्दु’ भन्नुहुन्थ्यो । नमाज पूरा गरेपछि अबू हुरैरा (रजियल्लाहु अन्हु) ले भने : म तपाईंहरूमध्ये सबै भन्दा बढी अल्लाहको रसूलसँग मिल्दोजुल्दो नमाज पढ्ने व्यक्ति हुँ । उहाँ यसरी नै नमाज पढ्नु हुन्थ्यो यहाँसम्म कि उहाँ (स.) यस संसार बाट बिदा भए ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।"
इब्ने हिब्बानले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सबैभन्दा खराब चोर त्यो हो जसले आफ्नो नमाजमा चोरी गर्छ । किनभने अर्काको सम्पत्ति चोरेर मानिसले सांसारिक फाइदा लिन सक्छ तर नमाज मा चोरी गर्नेले आफ्नो हकको पुण्य र इनाम चोर्छ । सहाबाहरूले सोधे, हे अल्लाहका रसूल ! नमाजमा चोरी गर्नुको अर्थ के हो? उहाँले जवाफ दिनुभयो: यसको मतलब भनेको व्यक्तिले रुकुअ र सज्दा पूर्ण रूपमा नगर्नु हो; अर्थात् छिटो छिटो रुकुअ र सज्दा गर्ने र सुन्नत अनुसार नगर्ने हो ।
अब्दुल्लाह बिन अबू औफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो पीठ उठाउनुहुन्थ्यो, तब यो दुआ पढ्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह्, अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ मा शिअत मिन शैइन् बा'अदु।
मुस्लिमले वर्णन गरेका छन्जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रुकुअबाट आफ्नो टाउको उठाउनुहुन्थ्यो, तब उहाँले भन्नुहुन्थ्यो: ‘समिअल्लाहु लिमन् हमिदह् ।’ अर्थात् जसले अल्लाहको प्रशंसा गर्छ, अल्लाहले उसको प्रशंसा स्वीकार गर्नुहुन्छ र उसलाई इनाम दिनुहुन्छ । त्यसपछि निम्न शब्दहरूद्वारा अल्लाहको प्रशंसा गर्नुहुन्थ्यो: ‘अल्लाहुम्म रब्बना लकल्-हम्द्, मिल-अस्स्मावाति व मिल-अल-अर्ज व मिलअ माशिअत मिन शैइन् बाअदु ।' अर्थात्, अल्लाहको प्रशंसा आकाश, पृथ्वी र तिनीहरू बीचमा जे छ त्यो बराबर छ र त्यसपछि अल्लाहले जे चाहनुहुन्छ ती सबै चीजहरूको विस्तार बराबर छ ।
मुगीरा बिन शोअबाका लेखक वर्रादले बयान गरेका छन्, मुगीरा बिन शोअबाले मलाई मुआविया (रजियल्लाहु अन्हु) लाई पठाइएको पत्रमा लेख्न लगाए: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि यो दुआ पढ्नुहुन्थ्यो : ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, अल्लाहुम्म ला मानिअ लिमा आअ्तैत्, वला मुअ्तिय लिमा मनअ्त, वला यन्फउ जलजद्दि मिन्कल्-जद्द ।’
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाज पछि : ‘ला इलाह इल्लल्लाहु वह्दहू ला शरीक लहु, लहुल्मुल्कु व लहुल्-हम्दु व हुव अला कुल्लि शैइन् कदीर्, अल्लाहुम्म ला मानिअ लिमा आअ्तैत, वला मुअ्तिय लिमा मनाअ्त, वला यन्फउ जलजद्दि मिन्कल्-जद्द’ पढ्नुहुन्थ्यो । अर्थात् म तौहीद (एकेश्वरवाद) को वचनलाई स्वीकार गर्दछु । म साँचो उपासना केवल अल्लाहको लागि योग्य रहेको तथ्य स्वीकार गर्दछु र उहाँबाहेक सबैका लागि अस्वीकार गर्दछु । किनकि अल्लाह बाहेक अरु कोही सच्चा उपाष्य छैन । म पुष्टि गर्छु कि साँचो र पूर्ण सार्वभौमसत्ता अल्लाहका लागि हुन् र आकाश र पृथ्वीमा भएका सबै प्रशंसाका हकदार केवल उहाँ मात्र हुनुहुन्छ । किनकि उहाँ सबै कुरामा सक्षम हुनुहुन्छ । यदि उहाँले कसैलाई केही प्रदान गर्नुहुन्छ भने त्यसलाई कसैले रोक्न सक्दैनन् वा कसैलाई केही नदिने नियत गर्नुभएको छ भने त्यसलाई कसैले दिन सक्दैन । कुनै धनी व्यक्तिको धनले उहाँको दरबारमा उसलाई कुनै फाइदा गर्दैन । हो, उसको सत्कर्मले मात्र उसलाई फाइदा गर्नेछ ।
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा यो दुआ : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो ।
अबू दाउद, निसाई, इब्ने माजह र अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै सज्दाको बीचमा बस्दा : ’रब्बिग्-फिर्ली, रब्बिग्-फिर्ली’ पढ्नुहुन्थ्यो र यसलाई बारम्बार दोहोर्याउनुहुन्थ्यो । "रब्बिग्-फिर्ली" को अर्थ : सेवकले आफ्ना पापहरू मेटाउन र आफ्ना कमजोरीहरू ढाक्नका लागि आफ्नो परमेश्वरलाई अनुरोध गर्नु हो ।