





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाह भन्नुहुन्छ: आदमको सन्तानको हरेक कर्म उसको लागि हो, (रोजा) उपवास बाहेक, किनकि यो केवल मेरो लागि हो र म यसको प्रतिफल दिनेछु । उपवास ढाल हो । जब तिमीहरू मध्ये कोही उपवासमा हुन्छ, उसले अश्लील कुरा नगरोस् वा हल्ला नगरोस्। यदि कसैले उसलाई गाली गर्छ वा बहस गर्छ भने, उसले भनोस्, "म उपवासमा छु।" अल्लाहको कसम, जसको हातमा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को प्राण छ, रोजा राख्ने व्यक्तिको मुखको गन्ध अल्लाहको दृष्टिमा कस्तुरीको सुगन्धभन्दा पनि पवित्र हुन्छ। रोजा राख्ने व्यक्तिको लागि दुई खुशीका अवसरहरू छन् जसमा ऊ खुशी हुन्छ: जब उसले आफ्नो रोजा तोड्छ, ऊ खुशी हुन्छ र जब उसले आफ्नो प्रभुलाई भेट्नेछ आफ्नो रोजाको कारण खुशी हुन्छ ।
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, अल्लाहले हदीसे कुदसीमा भन्नु हुन्छ : आदमका सन्तानको हरेक कर्म दश गुणादेखि सात सय गुणासम्म बढाइन्छ; उपवास बाहेक। किनकि उपवास मेरो लागि हो। यसमा कुनै कपट छैन। म यसको प्रतिफल दिनेछु र मलाई मात्र थाहा छ यसले कति प्रतिफल पाउनेछ र यसको असल कर्म कति गुणा बढाइनेछ। त्यसपछि उहाँले भन्नुभयो: "उपवास ढाल हो।" अर्थात्, यो नर्कको आगोबाट सुरक्षाको साधन, आवरण र बलियो किल्ला हो। किनभने उपवासले व्यक्तिलाई इच्छाहरूको शिकार हुन र पापमा फस्नबाट रोक्छ। जबकि नर्क इच्छाहरूले घेरिएको छ। (जब तिमीहरूमध्ये कोही व्रत बसेको छ, उसले अश्लील कुरा गर्नु हुँदैन) अर्थात्, उसले यौनसम्पर्क, यौनका कुराहरु र अरू कुनै अश्लील भाषा बोल्नु हुँदैन। (हल्ला नगर्नुहोस्) : झगडा गर्नु वा कराउनु हुँदैन। (यदि कसैले उसलाई दुर्व्यवहार गर्छ वा ऊसँग लड्न तयार छ) अर्थात्, रमजानको महिनामा, उसले म रोजा राखेको छु भनेर जवाफ दिनुपर्छ, सायद उसले यो गर्न छोड्नेछ कि, तर यदि ऊ कुनै पनि अवस्थामा लड्न तयार छ भने, उसले सकेसम्म कम बल प्रयोग गरेर उबाट भाग्नु पर्छ। अनि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस ईश्वरको कसम खानुभयो जसको हातमा उनको जीवन थियो, रोजा राख्ने व्यक्तिको मुखको बदलिएको गन्ध अल्लाहको दृष्टिमा कस्तुरीको गन्धभन्दा बढी पवित्र छ। त्यसैगरी, यो गन्ध शुक्रबार र जिक्र जमघटमा कस्तुरी लगाएर पाउने इनामभन्दा बढी पुण्यदायी छ। रोजा राख्ने व्यक्तिको लागि खुशीका दुई अवसरहरू छन्: रोजा तोड्ने समय; रोजा तोड्नुको खुशी भनेको भोक र तिर्खा मेट्नु, रोजा पूरा हुनु, उपासना पूरा हुनु र यस मार्फत अल्लाहले भोलिपल्ट फेरि रोजा राख्न सजिलो बनाएको छ। (जब ऊ आफ्नो प्रभुलाई भेट्छ, ऊ आफ्नो उपवासबाट खुसी हुनेछ) अल्लाहबाट पाउने प्रतिफल र पुण्य देखेर।
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: एक रात मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ओछ्यानमा भेट्टाइनँ। मैले उहाँलाई खोज्न थालेँ र मेरा हातहरू उहाँको खुट्टाको तलामा छोए। उहाँ सज्दामा हुनुहुन्थ्यो र उहाँका दुवै खुट्टा उभिएका थिए। उहाँ भनिरहनुभएको थियो: "हे अल्लाह! म तपाईंको क्रोधबाट तपाईंको खुशीमा शरण लिन्छु र तपाईंको दण्डबाट तपाईंको क्षमामा शरण लिन्छु। म तपाईंको गौरवशाली गुणहरू मार्फत तपाईंको शरण चाहन्छु। म तपाईंको अधिकार अनुसार तपाईंको प्रशंसा गर्न सक्दिन। तपाईंले जस्तो आफ्नो प्रशंसा गर्नुभएको छ त्यस्तै हुनुहुन्छ।"
मुस्लिमले वर्णन गरेका छन्आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ: म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को छेउमा सुतिरहेको थिएँ। रातको समयमा मैले उहाँलाई ओछ्यानमा भेटिन। त्यसपछि मैले आफ्नो हातले त्यो स्थानमा खोज्न थालें जहाँ उहाँ नमाज पढ्नु हुन्थ्यो। उहाँ सज्दाको अवस्थामा हुनुहुन्थ्यो र उहाँका दुवै खुट्टा उभिएका थिए र उहाँ यसो भन्दै हुनुहुन्थ्यो: हे अल्लाह! म तपाईंको क्रोधबाट तपाईंको खुशीमा शरण लिन्छु र तपाईंको दण्डबाट तपाईंको क्षमामा शरण लिन्छु। म तपाईंको सुन्दरता र तपाईंको गौरवशाली गुणहरू मार्फत तपाईंको शरण चाहन्छु। किनकि तपाईं मात्र शरण दिन सक्नुहुन्छ। अल्लाहको दरबार बाहेक कुनै भाग्ने वा शरणस्थान छैन। मेरो प्रयासको बावजुद, तपाईंले मलाई दिनुभएको आशीर्वाद र अनुग्रहको साँच्चै कदर गर्न सक्दिन। तपाईंले आफ्नो प्रशंसा गर्दा आफूलाई जस्तो ) को त्यस्तै हुनुहुन्छ। अरू कसैले तपाईंको प्रशंसालाई न्याय गर्न सक्दैन।
शुरैह बिन हानि भन्नुहुन्छ: मैले आइशा (रजियल्लाहु अन्हा) लाई सोधेँ, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरमा प्रवेश गर्नुहुन्थ्यो, उहाँले सबैभन्दा पहिले के गर्नुहुन्थ्यो? उनले जवाफ दिइन्: उहाँ मिस्वाक गर्नुहुन्थ्यो।
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) दिन होस् वा रात, जुनसुकै समयमा घरमा प्रवेश गर्दा पहिलो मिस्वाक गर्नुहुन्थ्यो।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो। यो सुनेर उहाँले भन्नुभयो: "यो त्यस्तो मानिस हो जसको कानमा वा दुवै कानमा शैतानले पिसाब फेरेको छ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु एक जना मानिसको बारेमा चर्चा गरियो जो सूर्योदय नभएसम्म सुतिरहेको थियो र अनिवार्य नमाजको लागि उठेन। उहाँले भन्नुभयो: "वास्तवमा, त्यो त्यस्तो मानिस हो जसको कानमा शैतानले पिसाब फेरेको छ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूमध्ये प्रत्येक मानिस राति सुत्दा शैतानले उसको टाउको पछाडि तीनवटा गाँठो बाँध्छ र प्रत्येक गाँठोमा फुँक्छ र भन्छ, 'सुत, अझै धेरै रात बाँकी छ। यदि कोही उठेर अल्लाहलाई सम्झन्छ भने, एउटा गाँठो खुल्छ। यदि उसले वुजू गर्छ भने, अर्को गाँठो खुल्छ। यदि उसले प्रार्थना गर्छ भने, अर्को गाँठो पनि खुल्छ। यसरी, ऊ ऊर्जावान र राम्रो स्वभावको रहन्छ। अन्यथा, ऊ दुःखी र सुस्त रहन्छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तहज्जुद वा फज्रको नमाजको लागि उठ्न चाहने व्यक्तिलाई शैतानले कसरी रोक्न खोज्छ भनेर व्याख्या गर्दै हुनुहुन्छ। जब मोमिन सुत्न जान्छ, शैतानले उसको टाउकोको पछाडि तीनवटा गाँठो बाँध्छ। जब ऊ उठ्छ अनि अल्लाहको नाम लिन्छ र शैतानको वस्वसा (फुसफुस) बाट विचलित हुँदैन भने एउटा गाँठो खुल्छ। त्यसपछि, यदि उसले वुजू गर्छ भने, दोस्रो गाँठो खुल्छ । त्यसपछि, यदि उसले उठेर प्रार्थना गर्छ भने तेस्रो गाँठो पनि खुल्छ र ऊ ऊर्जावान र प्रसन्न अवस्थामा उठ्छ। किनभने ऊ आज्ञाकारिताको लागि ईश्वरीय मार्गदर्शन प्राप्त गरेकोमा खुसी हुन्छ। साथै उसलाई अल्लाहले वाचा गरेको इनाम र माफीको लागि आशा हुन्छ र ऊ शैतानको चाल असफल भएकोमा पनि खुसी हुन्छ। यसको विपरीत, यदि ऊ उपासनाको लागि उठ्दैन भने, दुष्ट स्वभावको, दुःखी हृदयको र असल र धार्मिक कामहरूमा अल्छी हुन्छ, किनभने ऊ शैतानको साङ्लोले बाँधिएको हुन्छ र परम दयालुको निकटताबाट टाढा राखिन्छ।
मादान बिन अबू तल्हा यामुरीले बयान गरेका छन्, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा मुक्त गरिएका दास थौबान (रजियल्लाहु अन्हु) लाई भेटें र भनें: "मलाई यस्तो कुनै कार्य बताइदिनुहोस्, जुन गर्नाले अल्लाहले मलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ," अथवा मैले सोधें: "अल्लाहलाई सबैभन्दा प्रिय कार्य कुन हो?" उहाँ मौन रहनुभयो। मैले फेरि सोधें, उहाँ फेरि मौन रहनुभयो। तेस्रो पटक सोध्दा उहाँले भन्नुभयो: "मैले पनि यो कुरा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधेको थिएँ, उहाँले भन्नुभयो:'अल्लाहको निम्ति धेरैभन्दा धेरै सज्दा गर्ने गर; किनकि जब तिमीले अल्लाहका लागि एउटा सज्दा गर्छौ, अल्लाहले त्यसबापत तिम्रो एक दर्जा उच्च बनाउनुहुन्छ र तिम्रो एउटा पाप मेटाइदिनुहुन्छ।'" मअदान भन्छन्: "त्यसपछि म अबु दरदा (रजियल्लाहु अन्हु) सँग भेटें र उहाँलाई पनि यही प्रश्न सोधें। उहाँले मलाई ठ्याक्कै थौबानले जस्तै उत्तर दिनुभयो।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो : कुन काम गर्दा स्वर्गमा प्रवेश गर्न सकिन्छ वा अल्लाहलाई सबैभन्दा बढी मनपर्ने कार्य कुन हो ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रश्नकर्तालाई भन्नुभयो: नमाजमार्फत अत्यधिक सज्दा गर्ने गर, किनकि तिम्रो हरेक सज्दाको बदलामा अल्लाहले तिम्रो एक दर्जा बढाउनुहुन्छ र पाप क्षमा गर्नुहुन्छ।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे।
मुस्लिमले वर्णन गरेका छन्रमजानको अन्तिम दश दिन आउँदा नबी (सल्लल्लाहु अलैहि वसल्लम) अन्य दिनहरू भन्दा बढी उपासना र विभिन्न असल कामहरूमा संलग्न हुनुहुन्थ्यो। उहाँले यी रातहरूको महानताको सम्मान र लैलतुल-कद्रको खोजीमा गर्नुभयो।
अबु अब्स अब्दुर्रहमान बिन जब्र (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसको पाइला अल्लाहको बाटोमा धूलोले भरिएको हुन्छ, त्यस व्यक्तिलाई (नर्कको आगोले) छुने छैन।"
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले शुभ समाचार दिनुभएको छ, अल्लाहको मार्गमा जिहाद गर्दा जसको खुट्टामा धूलो लाग्छ, उसलाई आगोले कहिल्यै छुँदैन।
अबू कतादह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी आफ्नो ऋणीलाई खोजिरहेका थिए। वास्तवमा, ऊ लुकेको थियो र एक भेटियो।ऋणीले भने: म आर्थिक कठिनाइमा छु। त्यसैले अबू कतादाहले सोधे, "के तपाईं अल्लाहको कसम खान सक्नुहुन्छ ?" उनले जवाफ दिए, "म अल्लाहको कसम खान्छु, मलाई खाँचो छ।" त्यसपछि उनले भने : मैले रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्लादै गरेको सुनेको छु: "जो चाहन्छ कि अल्लाहले उसलाई प्रलयको दिनको कठिनाइबाट बचाओस्, उसले गरिबलाई राहत देओस् वा उसको ऋण (केही वा सबै) माफ गरोस्।"
मुस्लिमले वर्णन गरेका छन्अबू कतादह अन्सारी (रजियल्लाहु अन्हु) आफ्नो एक ऋणीलाई खोज्दै हुनुहुन्थ्यो, जो उहाँबाट लुकेर बसेको थियो। उहाँले उसलाई फेला पार्नुभयो। ऋणीले भन्यो: "म असमर्थ छु र मसँग तिमीलाई तिर्ने धन छैन। त्यसपछि अबू कतादह (रजियल्लाहु अन्हु) ले उसँग पैसा छैन भनेर अल्लाहको कसम खुवाउनुभयो। उसले अल्लाहको कसम खायो कि ऊ आफ्नो भनाइमा साँचो छ। त्यसपछि अबू कतादह (रजियल्लाहु अन्हु) ले भने : उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने, उहाँले भन्नुभयो: जो कोही खुशी र सन्तुष्ट छ, अल्लाहले उसलाई न्यायको दिनको चिन्ता, कठिनाइ र भयावहताबाट बचाउनुहुनेछ, उसले दरिद्रहरूसँग उदार हुनुपर्छ। अर्थात्, उसले ऋण तिर्न अझै समय दिनुपर्छ वा ऋणको आंशिक वा सम्पूर्ण भाग माफ गर्नुपर्छ।