





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
उमर बिन अबू सलमह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म एउटा बच्चा थिएँ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हेरचाहमा थिएँ । मेरो हात (खाँदै गर्दा) भाँडोमा यताउता घुमिरहेको थियो, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभयो: " ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ ।" त्यसपछि म सधैं त्यही निर्देशन अनुसार खाना खाने गर्थें ।
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पत्नी; उम्मे सल्मा (रजियल्लाहु अन्हा) को छोरा उमर बिन अबू सल्मा, (जो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अभिभावकत्वमा थिए) ले बयान गरेका छन्, म खाना खाँदा आफ्नो हात खाना टिप्नका लागि थालीमा घुमाउने गर्थें र जताततैबाट खाना उठाउँथे, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई खाना खाने तीनवटा आचरण/तरिकाहरू सिकाउनुभयो: १) खाना खानुअघि बिस्मिल्लाह पढ्नु । २) दाहिने हातले खाना खानु । ३) खाना आफ्नो सामु नजिक को भी भागबाट खानु ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरूमध्ये कसैले खाना खान्छ भने दायाँ हातले खानुपर्छ, र जब पिउँछ भने दायाँ हातले पिउनुपर्छ। किनकि शैतानले आफ्नो बायाँ हातले खान्छ र पिउँछ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरूलाई दाहिने हातले खान र पिउन आदेश दिनुभएको छ र देब्रे हातले खान र पिउन निषेध गर्नुभएको छ; किनभने शैतानले देब्रे हातले खान्छ र देब्रे हातले पिउछ ।
अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले भने: "हे अल्लाहका रसूल! मलाई यस्तो कुनै कुरा सिकाइदिनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ।" उहाँले जवाफ दिनुभयो: "अल्लाहसँग सुरक्षा र कल्याण (आफियत) को याचना गर्नुहोस्।" त्यसपछि म केही दिन पर्खिए र पुनः उपस्थित भई भने: "हे अल्लाहका रसूल! मलाई यस्तो कुनै कुरा सिकाइदिनुहोस्, जुन म अल्लाहसँग माग्न सकूँ।" तब उहाँले भन्नुभयो: "हे अब्बास! हे अल्लाहका रसूलका काका! अल्लाहसँग यस संसार र परलोक दुवैमा सुरक्षा र कल्याणको लागि प्रार्थना गर्नुहोस्।"
तिर्मीजी र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) का काका, अल-अब्बास बिन अब्दुल-मुत्तलिब (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष उपस्थित भई अल्लाहसँग याचना गर्नका निम्ति कुनै विशेष दुआ सिकाइदिन आग्रह गर्नुभयो। जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई धर्म, दुनिया र आखिरतका सम्पूर्ण विपत्ति तथा दोषहरूबाट सुरक्षित रहन प्रार्थना गर्न सिकाउनुभयो। अब्बास (रजियल्लाहु अन्हु) भन्नुहुन्छ: 'केही दिनको अन्तरालपछि म पुनः नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गएँ र अल्लाहसँग माग्नका लागि अर्को कुनै दुआ सिकाइदिन अनुरोध गरेँ।' त्यसबेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई अत्यन्त मायाका साथ सम्बोधन गर्दै भन्नुभयो: “हे अब्बास! हे अल्लाहका रसूलका काका! संसार र आखिरतमा हुने हरेक हानिबाट बच्न र सम्पूर्ण लाभ र कल्याण प्राप्त गर्न अल्लाहसँग केवल ‘आफियत’ (पूर्ण सुरक्षा, आरोग्यता र हिफाजत) माग्नु।
अब्दुर्रहमान इब्न अबी लैला (रहिमहुल्लाह) बाट रिवायत छ कि उनीहरू हुजैफा (रज़ियल्लाहु अनहु) को संगतमा थिए। उहाँ (हुजैफा) ले पिउनका लागि पानी माग्नुभयो, तब एक जना मजूसी (अग्निपूजक) ले उहाँलाई (चाँदीको कचौरामा) पानी दियो। जब हुजैफाले गिलास आफ्नो हातमा लिनुभयो, उहाँले त्यो गिलास फ्याँकिदिनुभयो र भन्नुभयो: "यदि मैले उसलाई एक वा दुई पटकभन्दा बढी नरोकेको भए (म यस्तो गर्ने थिइनँ), तर मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनेको छु, उहाँले भन्नुहुन्छ: “तिमीहरु रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनु, तथा सुन र चाँदीका भाँडा र थालहरूमा खानपान नगर्नू। किनभने, यी वस्तुहरू तिनीहरू (अविश्वासीहरू) का लागि यस लोकमा हुन् र हाम्रो लागि परलोकमा हुन्।”
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुरुषहरुको लागि सबै प्रकारको रेशमको लुगा लगाउन निषेध गर्नुभएको छ । त्यसैगरी, उहाँले महिला तथा पुरुष दुवैका लागि सुन र चाँदीका भाँडामा खानपान गर्न निषेध गर्नुभएको छ। साथै नबी (सल्लल्लाहु अलैहि वसल्लम) ती सबै वस्तुहरु परलोकमा केवल मोमिनहरूका लागि विशेष गरिएको छ भनेर सूचित गर्नुभएको छ; किनभने तिनीहरूले अल्लाहको आदेशको पालना गर्दै यस संसारमा त्यसबाट टाढिएका थिए । जहाँसम्म काफिरहरूको कुरा छ, तिनीहरूका लागि परलोकमा कुनै आनन्द सुख हुने छैन, किनकि तिनीहरूले सांसारिक जीवनमा आसक्त भएर र अल्लाहको आदेशको उल्लङ्घन गरेर आफ्ना सम्पूर्ण सुख-सुविधा र आनन्द यसै संसारमा भोगिसकेका हुन्छन्।
उमर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले यस संसारमा रेशमको लुगा लगायो, उसले परलोकमा रेशम लगाउन पाउने छैन।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो कुरा स्पष्ट पार्नुभएको छ कि जुन कुनै पुरुषले संसारमा रेशमको पोशाक लगायो र तौबा नगरी मृत्यु भयो भने, उसलाई आखिरतमा सजायस्वरूप रेशमको पहिरनबाट वञ्चित गरिनेछ।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ कि मुआविया (रजियल्लाहु अन्हु) मस्जिदमा मानिसहरूको एक समूहकहाँ आउनुभयो र सोध्नुभयो: "तपाईंहरू यहाँ किन बसिरहनुभएको छ?" उनीहरूले भने: "हामी अल्लाहको स्मरण (जिक्र) गर्न बसेका छौं।" मुआविया (रजियल्लाहु अन्हु) ले भन्नुभयो: "मलाई कसम खाएर भन्नुहोस्, के तपाईंहरू केवल जिक्रको लागि नै बसिरहनुभएको छ?" मानिसहरूले भने: "अल्लाहको कसम, हामी यहाँ अल्लाहको स्मरणकै लागि बसेका छौं।" मुआविया (रजियल्लाहु अन्हु) ले भन्नुभयो: "मैले तपाईंहरू माथि अविश्वास गरेर वा शंका गरेर कसम खान लगाएको होइन। नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग मेरो निकटता भए तापनि, उहाँबाट मभन्दा कम हदीसहरू वर्णन गर्ने अरू कोही छैन होला: नबी (सल्लल्लाहु अलैहि वसल्लम) आफ्ना सहाबाहरू (साथीहरू) को समूहमा आउनुभयो र सोध्नुभयो: "तिमीहरू यहाँ किन बसिरहेका छौ?" सहाबाहरूले जवाफ दिए: "हामी यहाँ अल्लाहको स्मरण गर्न र उहाँको प्रशंसा गर्न बसेका हौँ, जसले हामीलाई इस्लामको मार्गदर्शन दिनुभयो र हामीलाई इस्लाम (जस्तो धर्म) प्रदान गर्नुभयो।" उहाँले भन्नुभयो: "कसम खाएर भन, के तिमीहरू साँच्चै यही उद्देश्यका लागि बसिरहेका छौ?" उनीहरूले भने: "अल्लाहको कसम, हामी यही उद्देश्यका लागि बसेका हौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मैले तिमीहरूमाथि शंका गरेर कसम खुवाएको होइन, तर वास्तविकता यो हो कि म कहाँ जिब्रील (अलैहिस्सलाम) आउनुभयो र मलाई भन्नुभयो कि अल्लाहले फरिश्ताहरू (स्वर्गदूतहरू) को सामु (यसै सत्कर्मको कारणले) तपाईंहरूप्रति गर्व गरिरहनुभएको छन्।"
मुस्लिमले वर्णन गरेका छन्मुआविया बिन अबी सुफयान (रजियल्लाहु अन्हुमा) मस्जिदमा एउटा हल्का (समूह) तिर आउनुभयो र तिनीहरूसँग सोध्नुभयोः तिमीहरू कुन कुराको लागि भेला भएका छौ ? तिनीहरूले भने: हामी अल्लाहलाई याद (जिक्र) गर्न बसेका छौं । उनले यो सुनेर तिनीहरू अल्लाहलाई याद (जिक्र) गर्न बसिरहेका छन् भन्ने कुराको लागि कसम खान लगाए । र तिनीहरूले त्यसकुरा प्रति कसम खाए । त्यसपछि मुआविया (रजियल्लाहु अन्हु) ले भन्नुभयो, "मैले तपाईंहरूको सत्यतामाथि शंका गरेर वा तपाईंहरूलाई झुटो ठानेर कसम खान भनेको होइन।" साथै, उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग उहाँको जस्तो घनिष्ठता र पद अरू कसैको नभएको बताउनुभयो; किनभने उहाँकी बहिनी उम्मे हबीबा (रजियल्लाहु अन्हा) नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी हुनुहुन्थ्यो र उहाँ स्वयं 'वही' (ईश्वरीय प्रकाश) का लेखकहरूमध्ये एक हुनुहुन्थ्यो। यति हुँदाहुँदै पनि, उहाँले धेरै कम हदीसहरू वर्णन गर्नुभएको छ। त्यसपछि मुआविया (रजियल्लाहु अन्हु) ले उनीहरूलाई बताउनुभयो कि "एक दिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) घरबाट बाहिर निस्कनुभयो र उहाँहरूलाई (सहाबीहरूलाई) मस्जिदमा बसेर अल्लाहको स्मरण गरिरहेको र इस्लामको मार्गदर्शन प्रदान गर्नुभएकोमा अल्लाहको प्रशंसा गरिरहेको अवस्थामा भेट्टाउनुभयो। तब उहाँले आफ्ना सहाबीहरूलाई पनि त्यसरी नै सोध्नुभयो र कसम लिनुभयो, जसरी मुआविया (रजियल्लाहु अन्हु) ले सोध्नुभएको र कसम लिनुभएको थियो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबीहरूसँग गर्नुभएको प्रश्न र कसम खान लगाउनुको कारण खुलाउँदै भन्नुभयो: जिब्रील (अलैहिस्सलाम) मकहाँ आएर भन्नुभयो: अल्लाहले स्वर्गदूतहरूको अगाडि ती सहाबीहरूको उत्कृष्टता बताउँदै र उनीहरूका असल कार्यहरू देखाउँदै उनीहरूप्रति गर्व गरिरहनुभएको छ।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, "जब कुनै व्यक्ति आफ्नो घरमा प्रवेश गर्दा र खाना खान सुरु गर्दा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: "यहाँ तिमीहरूका लागि न त बास बस्ने ठाउँ छ, न त खानाको व्यवस्था।" तर यदि त्यो व्यक्तिले घर प्रवेश गर्दा अल्लाहको नाम लिँदैन भने, शैतानले आफ्ना साथीहरूलाई भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ भेट्टायौ।" र यदि खाना खाँदा पनि अल्लाहको नाम लिँदैन भने, शैतानले भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ र खाना दुवै भेट्टायौ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरमा प्रवेश गर्दा र खाना खानु अघि अल्लाहको नाम लिन आदेश दिनुभएको छ । जब एक व्यक्तिले घरमा प्रवेश गर्दा र खाना खानु अघि 'बिस्मिल्लाह' भन्छ, तब शैतानले आफ्ना सहयोगीहरूलाई भन्छ, यस घरमा तिमीहरूका लागि न त रात बिताउने ठाउँ छ, न त खाने व्यवस्था, किनकि घरको मालिकले अल्लाहको नाम लिएर तिमीहरूबाट आफूलाई सुरक्षित गरेको छ । यसको विपरित, जब कुनै व्यक्ति घरमा प्रवेश गर्छ र घरमा प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिँदैन, तब शैतानले आफ्ना सहयोगीहरूलाई त्यो घरमा रात बिताउने ठाउँ र खाना खाने प्रबन्ध दुबै भेट्टाएको भनेर बताउँछ ।
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "असल साथीको उदाहरण अत्तर (सेन्ट) बेच्ने व्यक्तिसँग मिल्दोजुल्दो छ, भने नराम्रो साथीको उदाहरण आगोको भट्टीमा फुक्ने लोहार जस्तो हो । अत्तर बेच्ने व्यक्तिले तपाईंलाई अत्तर उपहार दिन सक्छ, वा तपाईंले उसबाट किन्न सक्नुहुन्छ, वा (कम्तीमा) तपाईंलाई उसबाट मिठो बास्ना त आउँछ। तर भट्टीमा फुक्ने लोहारले तपाईंको लुगा जलाउन सक्छ, वा (कम्तीमा) तपाईंलाई त्यहाँबाट नराम्रो गन्ध आउनेछ।"
मुत्तफकुन अलैहियस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुई प्रकारका मानिसहरूको उदाहरण दिनुभएको छ : पहिलो प्रकारः असल साथी र सच्चा मित्र, जसले अल्लाहको बाटोतर्फ मार्गदर्शन गर्छ, उहाँको प्रसन्नता कसरी प्राप्त हुन्छ भनी सिकाउँछ र आज्ञापालनमा सहयोग गर्छ। त्यस्तो साथीको उदाहरण कस्तूरी अत्तर बेच्ने व्यापारी जस्तै हो—या त उसले तिमीलाई कस्तूरी दिनेछ, या त तिमी उसबाट अत्तर किन्नेछौ, या कम्तीमा पनि उसको नजिकै बसेर तिमीले सुगन्धित बासनाको अनुभव गर्नेछौ। दोस्रो प्रकारः नराम्रो र खराब मित्र; जसले अल्लाहको बाटोबाट रोक्छ, पाप काममा सहयोग गर्छ, हरेक नराम्रो काममा संलग्न हुन्छ र उसले गर्दा उसका सबै साथीहरु लज्जित हुन्छन् । यस्तो साथीको उदाहरण भट्टीमा फुक्ने लोहारजस्तै हो; कि त त्यसबाट उडिरहेको झिल्काले तिम्रो लुगा जलाउनेछ, या कम्तीमा पनि त्यहाँ नजिकै बसेर तिमीले खराब दुर्गन्धको अनुभव गर्नेछौ।
अनस (रजियल्लाहु अन्हु) ले भन्नुहुन्छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ गर्नुहुन्थ्यो: ‘या मुकल्लिबल-कुलूब, सब्बित कल्बी अला दीनिक’, जसको अर्थ हो: "हे हृदयहरू परिवर्तन गर्ने मेरो पालनकर्ता! मेरो हृदयलाई तपाईंको धर्ममा अडिग बनाउनुहोस्।" मैले भनेँ: "हे अल्लाहका रसूल! हामीले तपाईं र तपाईंले ल्याउनुभएको धर्ममा विश्वास गरेका छौं। के तैपनि तपाईं हाम्रो बारेमा डराउनुहुन्छ?" उहाँले भन्नुभयो: "हो, निस्सन्देह हृदयहरू अल्लाहका दुई औंलाहरू बीचमा छन्। उहाँले तिनीहरूलाई जसरी चाहनुहुन्छ, फेर्नुहुन्छ।"
तिर्मीजी र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः धर्म र आज्ञाकारितामा अडिग रहन तथा पथभ्रष्टता र कुमार्ग बाट टाढा हुन दुआ (प्रार्थना) गर्नुहुन्थ्यो । अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले पनि नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो दुआ (प्रार्थना) अत्यन्तै धेरै पढिरहेको देखेर आश्चर्य मान्नुभयो । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उहाँलाई भन्नुभयो: "मानिसहरूको हृदय अल्लाहका दुई औंलाहरूका बीचमा हुन्छ। उहाँले तिनलाई जसरी चाहनुहुन्छ, त्यसरी पल्टाइदिनुहुन्छ। वास्तवमा, हृदय ईमान (आस्था) र कुफ्र (अविश्वास) दुवैको केन्द्र हो। यसको अत्यधिक परिवर्तनशील स्वभावका कारण यसलाई 'हृदय' (क़ल्ब) भनिएको हो; यो उम्लिरहेको भाँडोभन्दा पनि बढी पल्टिने खतरामा रहन्छ। अल्लाहले जसलाई चाहनुहुन्छ, उसको हृदयलाई मार्गदर्शन र धर्ममा अडिग राख्नुहुन्छ, र जसलाई चाहनुहुन्छ, उसको हृदयलाई पथभ्रष्टता र भ्रामकतातर्फ फर्काइदिनु हुन्छ।