





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भन्नुहुन्छ कि अम्र बिन अबसह (रजियल्लाहु अन्हु) ले मलाई बताउनुभयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: "अल्लाह रातको अन्तिम प्रहरमा आफ्ना भक्तको सबैभन्दा नजिक हुनुहुन्छ। तसर्थ, यदि तिमी त्यस समयमा अल्लाहको स्मरण गर्नेहरूमध्ये हुन सक्नुहुन्छ भने, अवश्य त्यसो गर्नु।"
अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि अल्लाह रातको अन्तिम तेस्रो प्रहरमा आफ्नो भक्तको सबैभन्दा नजिक हुनुहुन्छ। तसर्थ, यदि तिमी त्यस समयमा अल्लाहको उपासना, दुआ, स्मरण र पश्चात्ताप गर्नेहरूमध्ये बन्न सक्छौ भने, त्यसका लागि प्रयास गर्नु।
षौबान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मानिसले खर्च गर्ने सबैभन्दा उत्तम दीनार (पैसा) त्यो हो जुन ऊ आफ्नो परिवारमाथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्नो सवारी (जनावर) माथि खर्च गर्छ, त्यसपछि त्यो पैसा जुन ऊ अल्लाहको मार्गमा आफ्ना साथीहरूमाथि खर्च गर्छ।" अबू किलाबाले भन्नुहुन्छ: "नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले परिवारबाटै सुरु गर्नुभयो। त्यसपछि अबू किलाबाले भन्नुभयो: त्यस मानिस भन्दा धेरै पुण्य अरु कसको हुन सक्छ जसले आफ्ना साना बच्चाहरूमाथि खर्च गर्छ, जसद्वारा अल्लाहले तिनीहरूलाई अरूबाट माग्नबाट बनाउनुहुन्छ, तिनीहरूलाई लाभ पुऱ्याउनुहुन्छ र सम्पन्न बनाउनुहुन्छ।
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले खर्च गर्ने विभिन्न रूपहरू स्पष्ट रूपमा व्याख्या गर्नुभयो, र खर्चका स्थानहरू धेरै भए र तिनीहरूबीच प्राथमिकता निर्धारण गर्नुपर्ने अवस्था आएमा, सर्वप्रथम अनिवार्य र अत्यन्त महत्वपूर्ण स्थानबाट नै सुरु गर्नुपर्छ भनेर क्रम निर्देशित गर्नुभयो, अर्थात्, पहिले सबैभन्दा महत्वपूर्ण कार्यमा, तत्पश्चात् त्यसपछि आउने महत्त्वपूर्ण कार्यहरूमा खर्च गर्नुपर्छ; त्यसैले उहाँले बताउनुभयो कि सबैभन्दा बढी प्रतिफल प्राप्त हुने धन त्यही हो, जुन एक मुस्लिमले ती व्यक्तिहरूमाथि खर्च गर्छ जसमाथि खर्च गर्नु उसको लागि अनिवार्य छ, जस्तै: पत्नी र सन्तानहरू। त्यसपछि, अल्लाहको मार्गमा युद्धका लागि तयार पारिएको सवारीमाथि खर्च गर्नु, त्यसपछि अल्लाहको मार्गमा लडिरहेका आफ्ना साथीहरू र सहयात्रीहरूमाथि खर्च गर्नु।
अबू सईद खुदरी (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, उनले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई भन्दै गरेको सुने: "जब तिमीहरूमध्ये कसैले राम्रो सपना देख्छ, उसले यो अल्लाहबाट आएको हो भनेर जान्नुपर्छ। त्यसैले उसले त्यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ र त्यसको वर्णन गर्नुपर्छ। तर जब उसले मन नपर्ने कुरा देख्छ, उसले यो जान्नुपर्) ले यो शैतानको तर्फबाट हो। त्यसैले उसले त्यो सपनाको नराम्रोबाट अल्लाहको शरण लिनुपर्छ र कसैलाई पनि यो कुरा उल्लेख गर्नु हुँदैन, किनकि उसले उसलाई हानि पुर्याउन सक्ने छैन।"
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, निद्रामा देखिने राम्रो र रमाइलो सपना अल्लाहको तर्फबाट हो। त्यसैले, यसको लागि अल्लाहको प्रशंसा गर्नुपर्छ र अरूलाई यसको बारेमा बताउनुपर्छ। यसको विपरीत, जब कुनै व्यक्तिले अप्रिय र कष्टकर सपना देख्छ भने त्यो शैतानको तर्फबाट हो। त्यसकारण, यस्तो सपनाको नराम्रोबाट अल्लाहको शरण लिनुपर्छ र कसैलाई भन्नु हुँदैन। यसो गरेपछि, उसलाई कुनै हानि हुनेछैन। किनभने अल्लाहले माथि उल्लेखित कुराहरूलाई सपनाको परिणामस्वरूप उत्पन्न हुन सक्ने खराबीबाट सुरक्षाको माध्यम बनाएका छन्।
सुहैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन। यदि उसलाई सुख प्राप्त हुन्छ भने ऊ (अल्लाहप्रति) कृतज्ञ हुन्छ, र त्यसमा पनि उसको हित हुन्छ। र यदि उसलाई दुःख-कष्ट आइपर्छ भने ऊ धैर्य धारण गर्छ र यसरी त्यसमा पनि उसका लागि भलाइ नै हुन्छ।"
मुस्लिमले वर्णन गरेका छन्यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोमिन (आस्थावान्) को अवस्थाप्रति प्रशंसा गर्दै आश्चर्य व्यक्त गर्नुभयो, किनभने उसका सबै अवस्थाहरू कल्याणकारी हुन्छन्, र यो विशेषता मोमिनबाहेक अरू कसैलाई प्राप्त हुँदैन; यदि उसलाई सुख प्राप्त भयो भने उसले अल्लाहप्रति कृतज्ञता प्रकट गर्दछ, फलस्वरूप कृतज्ञताद्वारा उसलाई पुण्य प्राप्त हुन्छ। र यदि उसलाई दुःख आइपर्छ भने उसले धैर्य गर्छ र अल्लाहसँग प्रतिफलको आशा राख्छ, फलस्वरूप धैर्यद्वारा पनि उसलाई प्रतिफल प्राप्त हुन्छ। यसरी ऊ हरेक अवस्थामा पुरस्कृत हुन्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : ”जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई हाच्छ्युँ आउँथ्यो, तब आफ्नो हात वा कपडा मुखमाथि राख्नुहुन्थ्यो र त्यसैद्वारा आफ्नो आवाजलाई मधुरो वा कम गर्नुहुन्थ्यो।”
अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई आच्छ्यूँ आउँथ्यो : पहिले: उहाँ आफ्नो हात वा कपडा आफ्नो मुखमा राख्नुहुन्थ्यो; ताकि उहाँसँग बसेकाहरूलाई नराम्रो लाग्ने केही फोहोर मुख वा नाकबाट ननिस्कियोस् । दोस्रो: उहाँ आफ्नो आवाज कम गर्नुहुन्थ्यो ।
ओसामा बिन जैद (रजियल्लाहु अन्हु) बाट वर्णित छ कि उहाँलाई सोधियो, “तपाईं उस्मान (रजियल्लाहु अन्हु) समक्ष गएर उहाँसँग कुराकानी किन गर्नुहुन्न?” यसको जवाफमा उहाँले भन्नुभयो: “के तिमीहरू यस्तो ठान्छौ कि मैले तिमीहरूलाई सुनाएर मात्र उहाँसँग कुरा गर्छु? अल्लाहको कसम! मैले उहाँसँग एकान्तमा कुराकानी गरेको छु। तर, म फितना (विद्रोह वा अशान्ति) को ढोका खोल्न चाहन्न र म त्यो ढोका खोल्ने पहिलो व्यक्ति बन्न पनि चाहन्न। साथै, नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट एउटा कुरा सुनिसकेपछि, म मेरो शासकलाई नै ‘मानिसहरूमध्ये सर्वोत्कृष्ट’ भनी प्रशंसा गर्ने चाहन्न, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुहुन्छ कि: "कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फालिनेछ। उसका आन्द्राहरू पेटबाट बाहिर निस्कनेछन् र ऊ तिनको वरिपरि त्यसरी नै घुम्नेछ जसरी गधा जाँतो (चक्की) को वरिपरि घुम्छ। यो देखेर नरकवासीहरू उसको वरिपरि भेला हुनेछन् र भन्नेछन्: 'हे फलानो! तिमीलाई यो के भयो? तिमी त भलाईको आदेश दिन्थ्यौ र नराम्रो कामबाट रोक्थ्यौ!' उसले जवाफ दिनेछ: 'हो, म अरूलाई राम्रो कामको आदेश दिन्थें तर म आफैँ त्यसको विपरीत गर्थें; र अरूलाई नराम्रो काम गर्नबाट रोक्थें तर म आफैँ त्यसमा लिप्त हुन्थें।'"
मुत्तफकुन अलैहिउसामा बिन जैद (रजियल्लाहु अन्हुमा) लाई मानिसहरूले भने कि तपाईं उस्मान बिन अफ्फान (रजियल्लाहु अन्हु) कहाँ किन जानुहुन्न र अहिले देखा परेको फितना (अशान्ति) को समाधानका लागि उहाँसँग खुलेर कुरा गर्नुहुन्न?” उहाँले जवाफ दिनुभयो कि मैले उहाँलाई गोप्य रूपमा भेटेर सुधारका लागि कुरा गरिसकेको छु। म सङ्कटलाई थप बल्झाउन होइन, शान्ति कायम गर्न चाहन्छु। म खुलेआम शासकको विरोध गर्ने र जनतासामु उहाँको आलोचना गर्ने पहिलो व्यक्ति बन्न चाहन्नँ। किनभने त्यसले शासकमाथि आक्रमण र अवज्ञाको ढोका खोल्छ, र यो फितना तथा अशान्तिको ठूलो कारण बन्छ। म त्यस्तो ढोका खोल्ने पहिलो व्यक्ति बन्न चाहन्नँ। त्यसपछि उसामा बिन जैद (रजियल्लाहु अन्हुमा) ले भन्नुभयो: अमीर (शासक) हरूलाई गोप्य रूपमा राम्रो सल्लाह र उपदेश दिनुपर्छ र यसमा कुनै ढिलासुस्ती गर्नु हुँदैन, चाहे उनी शासक नै किन नहोऊन्। उनीहरूको अगाडि झूटो प्रशंसा गरेर चापलूसी गर्नु हुँदैन। किनकि उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुन्नुभएको छ कि 'कयामतको दिन एक व्यक्तिलाई ल्याइनेछ र उसलाई नरकमा फ्याँकिनेछ। (नरकको आगोले गर्दा) उसका आन्द्राहरू बाहिर निस्कनेछन् र ऊ त्यसको वरिपरि यसरी घुम्नेछ जसरी गधा जाँतोको वरिपरि घुम्छ। यो देखेर नरकका मानिसहरू उसको वरिपरि भेला हुनेछन् र सोध्नेछन्: हे फलानो! तिमीलाई यो के भयो? के तिमी भलाइको आदेश दिने र नराम्रो कामबाट रोक्ने काम गर्दैन थियौ र?'" उसले जवाफ दिनेछ: हो, यो सत्य हो, म अरूलाई राम्रो काम गर्न आदेश दिन्थें, तर म आफै त्यसको विपरीत गर्थें र अरूलाई नराम्रो काम गर्नबाट मनाही गर्थें, तर आफैं त्यसमा लिप्त हुन्थे ।
अनस बिन् मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले दुई छोरीहरूलाई यौवनावस्थामा नपुगुन्जेलसम्म पालनपोषण गर्छ, ऊ र म प्रलयको दिन यसरी नै आउनेछन्।" यसो भन्दै गर्दा, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना औंलाहरू जोडेर एकसाथ देखाउनुभयो।
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जसलाई दुई छोरी वा दिदीबहिनीहरूको खर्च बेहोर्छ, उनीहरूलाई शिक्षा दिन्छ, उनीहरूलाई राम्रो कुरा सिकाउँछ र नराम्रो कुराबाट चेतावनी दिन्छ र त्यसपछि उनीहरू दुवै हुर्किन्छन् र वयस्क हुन्छन्, तब ऊ र नबी (सल्लल्लाहु अलैहि वसल्लम) प्रलयको दिन यसरी नै आउनेछन्। यसो भन्दै गर्दा उहाँले आफ्नो चोर औंला र बीचको औंलालाई एकसाथ जोडेर देखाउनुभयो।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।”
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, स्वर्गमा आस्थावानहरू मात्र प्रवेश गर्नेछन् र साथै एकअर्कालाई प्रेम नगरेसम्म नत आस्था पूर्ण हुन्छ नत मुस्लिम समाजको अवस्था सुध्रिन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रेमलाई सुदृढ र प्रगाढ बनाउने सर्वोत्तम कुराको मार्गदर्शन गर्नुभयो, त्यो हो मुस्लिमहरूबीच सलाम गर्ने व्यवहार फैलाउनु, जसलाई अल्लाहले भक्तहरूको लागि अभिवादनका रूपमा निर्धारित गर्नुभएको छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौं, अचानक हामीले केही खसेको आवाज सुन्यौं । तब उहाँले भन्नुभयो: "तिमीहरूलाई थाहा छ यो के (को आवाज) हो?" हामीले भन्यौं: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले भन्नुभयो: "यो एउटा ढुङ्गा (को आवाज) हो, जुन सत्तरी वर्षअघि नर्कमा फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ ।”
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै भारी वस्तु खसेझैँ सुनिने एक भयप्रद आवाज सुन्नुभयो। त्यसपछि उहाँले आफूसँग उपस्थित सहाबाहरूलाई सो आवाजको बारेमा सोध्नुभयो। उनीहरूले उत्तर दिए: “अल्लाह र उहाँका रसूल नै यस बारेमा बढी जान्नुहुन्छ।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई भन्नुभयो: यो त्यो ढुङ्गाको आवाज हो, जुन सत्तरी वर्षअघि नर्कको किनारबाट फ्याँकिएको थियो र निरन्तर नरकमा झरिरहेको थियो र अहिले तल्लो तहमा पुगेको छ, जसको आवाज तिमीहरूले सुन्यौ ।