





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
सलमह बिन अक्वह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक देब्रे हातले खाना खायो । यो देखेर उहाँले भन्नुभयो: "दाहिने हातले खाऊ ।" उसले भन्यो: म (दायाँ हातले खान) सक्दिनं । उहाँले भन्नुभयो: "तिमी कहिल्यै सक्ने छैनौ ।" वास्तवमा, अहंकारले उसलाई त्यसो गर्नबाट रोकियो । हदीस बयान गर्नेले भने: त्यसपछि, त्यस व्यक्तिले आफ्नो दाहिने हात कहिल्यै मुखसम्म पुर्याउन सकेन।
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक जना मानिसलाई आफ्नो देब्रे हातले खाना खाइरहेको देख्नुभयो र उसलाई दाहिने हातले खाना खान भन्नुभयो । तर अहङ्कारका कारण उसले त्यसो गर्न नसक्ने झूट बोल्यो । त्यसो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसले कहिल्यै पनि आफ्नो दाहिने हातले खान सक्ने छैन भनी भन्नुभयो । अल्लाहले आफ्नो नबीको दुआ स्वीकार गर्नुभयो र उसको दाहिने हात बेकार भयो । त्यो व्यक्तिले फेरि कहिल्यै आफ्नो दाहिने हातलाई खान वा पिउन निमित्त मुखसम्म ल्याउन सकेन ।
अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले 'हज्जतुल-वदाअ' ( उहाँको जिवनको अन्तिम हज्ज) को खुत्बा (उपदेश) मा भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहसँग डराउनु, जो तिमीहरूको पालनकर्ता हुन्, दिनको पाँच पटक नमाज पढ्नु, रमजान महिनाको रोजा राख्नु, आफ्नो धनसम्पत्तिमा अनिवार्य हुने जकात दिनु र आफ्नो हाकिमको आज्ञापालन गर्नु, यसो गरेमा, तिमी आफ्नो परमेश्वर को स्वर्गमा प्रवेश गर्नेछौ ।"
तिर्मीजी र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले १० हिज्री सम्वत, 'हज्जतुल-वदाअ' (विदाई हज) मा, अरफाको दिन एक उपदेश दिनुभयो । यो उहाँको अनितम हज भएकोले यसलाई 'हज्जतुल-वदाअ' भनिन्छ । उहाँले सम्पूर्ण मानिसहरूलाई आफ्ना पालनकर्ताका आदेशहरू पालना गर्न र उहाँले निषेध गरेका कुराहरूबाट टाढा रहँदै उहाँसँग डराउन आदेश दिनुभयो। साथै अल्लाहले दिन र रातमा अनिवार्य गर्नुभएको पाँच नमाजहरू स्थापना गर्न, रमजान महिनाको रोजा राख्न, र जकातको पैसा हकदारलाई दिन र त्यसमा कन्जुस्याइँ नगर्न आदेश दिनुभयो । त्यसैगरी अल्लाहको आदेशको उल्लंघन नगरी शासक र सरोकारवालाहरूको आज्ञापालन गर्न आदेश दिनुभयो । जसले यी उल्लेखित कामहरू गर्छ फलस्वरूप उसको बास स्थान स्वर्ग हुनेछ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब तिमीहरूमध्ये कोही आफ्नो भाइलाई भेट्छौ भने, उसलाई सलाम (अभिवादन) गरोस्। अनि यदि तिनीहरूको बीचमा कुनै रूख, पर्खाल वा ढुङ्गा आउँछ र ऊ उसलाई (फेरि) भेट्छ भने, उसलाई पुन: अभिवादन गरोस्।"
अबू दाऊदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक मुस्लिमलाई आफ्नो भाइलाई भेट्दा अभिवादन गर्न प्रोत्साहित गर्नुभयो। यदि ती दुई जना सँगै हिंडिरहेका छन् र बीचमा रूख, पर्खाल वा ठूलो ढुङ्गा आयो भने फेरि भेट्दा अभिवादन गर्नुपर्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई यस्तो कामको बारेमा नभनुँ जसद्वारा अल्लाहले पापहरू मेटाउनुहुन्छ र दर्जाहरू उच्च पार्नुहुन्छ ?" तिनीहरूले भने, "हे अल्लाहका दूत, (अवश्य नै) भन्नुहोस्।" उहाँले भन्नुभयो : "अप्ठ्यारो भए पनि राम्रोसँग वुजू गर्नु, अत्याधिक मस्जिद जानु र एक नमाजपछि अर्को नमाजको लागि पर्खनु, यही नै 'रिबात' (अल्लाहको मार्गमा जिहाद र सीमानामा पहरा दिनु) हो।"
मुस्लिमले वर्णन गरेका छन्यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूलाई सोध्नुभयो : के तिमीहरू यस्तो कामको बारेमा जान्न चाहन्छौं, जसद्वारा पापहरू क्षमा हुन्छन्, फरिश्ताले लेखिएका पापहरू मेटिन्छन् र स्वर्गमा उच्च स्थान प्राप्त हुन्छ? सहाबाहरूले भने: हो, हामी जान्न चाहन्छौं, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: पहिलो: कठिनाइका बाबजुद पूर्ण रूपमा वुजू गर्नु; जस्तै– पानी अत्यन्तै चिसो वा तातो हुनु, पानी कम हुनु वा शरीर दुखिरहेको हुनु आदि। दोस्रो: अत्याधिक कदम चल्नु भनेको घर टाढा भए पनि मस्जिद बारम्बार जानु । तेस्रो: नमाजको समयको प्रतीक्षा गर्नु, हृदयलाई नमाजसँग जोडेर राख्नु, नमाजको लागि तयार रहनु र मस्जिदमा बसेर जमातको प्रतीक्षा गर्नु। त्यसैगरी नमाज पढिसकेपछि आफ्नो मुसल्ला (नमाज पढ्ने ठाउँ) मा नै बसेर अर्को नमाजको प्रतीक्षा गर्नु। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यी कार्यहरूलाई नै वास्तविक रिबात (जिहाद) बताउनुभएको छ; किनभने यसले मनभित्र हुने शैतानको चलखेललाई अवरुद्ध गर्दछ, मनोकांक्षाहरूलाई पराजित गर्दछ र शंकाहरूको निवारण गर्दछ। यसरी हिजबुल्लाह (अल्लाहको समूह) ले शैतानको सेनालाई पराजित गर्दछन्। वास्तवमा, यो सबैभन्दा ठूलो जिहाद हो र शत्रु विरुद्ध गरिने रिबात (जिहाद) सरह हो।
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई तिम्रो सबैभन्दा उत्तम कर्म, तिम्रो पालनकर्ताको नजरमा सबैभन्दा प्रशंसनीय, तिम्रो दर्जालाई उच्च पार्ने, सुन र चाँदी दान गर्नुभन्दा उत्तम, र शत्रुसँगको भेटमा तिमीले उनीहरूको र उनीहरूले तिम्रो घाँटीमा प्रहार गर्नुभन्दा पनि उत्कृष्ट कर्मको बारेमा नबताऊँ? सहाबाहरूले भने: 'अवश्य बताउनुहोस्।' उहाँले भन्नुभयो: 'अल्लाहको अत्यधिक जिक्र (स्मरण) गर्नु।'"
तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूलाई सोध्नुभयो: के तिमीहरू चाहन्छौ कि म तिमीहरूलाई सबैभन्दा उत्तम, सबैभन्दा प्रतिष्ठित, सबैभन्दा बढी प्रतिफल दिने र महान् अल्लाहको नजरमा सबैभन्दा पवित्र तथा शुद्ध कर्महरूको बारेमा बताऊँ? जसले स्वर्गमा तिमीहरूको दर्जालाई उच्च पार्ने छ ? र जुन सुन चाँदी दान दिनु भन्दा राम्रो र उत्तम हो? साथै, काफिरहरूसँग युद्ध गर्न र तिमीहरूले तिनीहरूको र तिनीहरूले तिमीहरूको घाँटीमा प्रहार गर्नु भन्दा उत्कृष्ट हो? सहाबाले भने : हो, हामी जान्न चाहन्छौं । उहाँले भन्नुभयो: सबैभन्दा उत्तम र सर्वोत्कृष्ट कर्म भनेको हरेक समय, हरेक अवस्था र परिस्थितिहरूमा अल्लाहको जिक्र (स्मरण) गर्नु र सम्झनु हो ।
सुलैमान बिन सुरद (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने: म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बसिरहेको थिएँ र दुई जना मानिसहरू एकअर्कालाई गाली गरिरहेका थिए। तिनीहरूमध्ये एक जनाको अनुहार (रिसले) रातो थियो र उसको नसाहरू फुलिरहेका थिए। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।" उहाँले भन्नुभयो: "यदि यो मानिसले: "म धिक्कारिएको शैतानबाट अल्लाहको शरण चाहन्छु," भन्छ भने उसको रिस शान्त हुनेछ। त्यसैले मानिसहरूले उनलाई भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, 'धिक्कारिएको शैतानबाट अल्लाहको शरण माग।' उनले भने, "के म पागल छु?"
मुत्तफकुन अलैहिदुई व्यक्तिले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि गाली-गलौज र झगडा गरे। तीमध्ये एकजनाको अनुहार रातो भएको थियो र उसको घाँटी वरिपरिका नशाहरू फुलिएका थिए। यो दृश्य देखेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: मलाई एउटा यस्तो शब्द थाहा छ जुन यदि यो क्रोधित व्यक्तिले भन्यो भने, उसको रिस हट्नेछ। उसले भन्नुपर्छ: "म श्रापित शैतानबाट अल्लाहको शरण चाहन्छु।" तिनीहरुले भने: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भनेका छन्: शैतानबाट बच्न अल्लाहको शरण माग । तर उसले जवाफ दियो: "के म पागल छु?" उसले सोच्यो कि पागल हुनेहरूले मात्र अल्लाहको शरण लिन्छन्।
अबू- क़तादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "राम्रो सपना अल्लाहको तर्फबाट हो र नराम्रो सपना शैतानको तर्फबाट हो। त्यसैले जब तिमीहरूमध्ये कसैले नराम्रो सपना देख्छ, उसले आफ्नो बायाँ तर्फ तीन पटक थुक्नु पर्छ र शैतानको दुष्टताबाट अल्लाहको शरण लिनु पर्छ। यदि उसले त्यसो गर्छ भने, सपनाले उसलाई कुनै पनि हानि गर्दैन।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : सुःखद र राम्रो सपना अल्लाहबाट हुन्छ, जबकि अप्रिय र दुखद सपना शैतानबाट हुन्छ। जसले नराम्रो सपना देख्छ उसले बायाँतिर फर्केर हल्का थुथु गर्नुपर्छ र त्यसको खराबीबाट जोगिन अल्लाहसँग शरण माग्नुपर्छ। किनभने यसरी गर्नाले अल्लाहले त्यस सपनाबाट हुन सक्ने नराम्रो परिणामहरूबाट सुरक्षित राख्नुहुन्छ।
उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: मैले भने: हे रसूल! मुक्ति के हो? उहाँले भन्नुभयो: "आफ्नो जिब्रोलाई नियन्त्रणमा राख, आफ्नो घरमा सुरक्षित रह र आफ्नो पापमा पश्चात्ताप गर्दै रोऊ।"
तिर्मीजी र अहमदले वर्णन गरेका छन्उक्बा इब्न आमीर (रजियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, "संसार र परलोकमा मोमिन व्यक्तिको उद्धारका कारणहरू के हुन्?" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीले तीन कुराहरूमा ध्यान दिनुपर्छ: १- आफ्नो जिब्रोलाई सबै प्रकारका नराम्रा र बेकारका कुराहरूबाट जोगाउनुहोस् र राम्रो कुराहरूको लागि मात्र मुख खोल्नुहोस्। २- आफ्नो घरमा बस्नुहोस् ताकि तपाईं एकान्तमा अल्लाहको उपासना गर्न सक्नुहोस्, उहाँको उपासनामा संलग्न रहनुहोस् र समस्याहरूबाट टाढा रहनुहोस्। ३- आफ्ना पापहरूको लागि रुनुहोस्, लज्जित हुनुहोस् र अल्लाहसामु पश्चात्ताप गर्नुहोस्।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एउटा गाउँले व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएर भन्यो: "मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्महरू बताउनुहोस्।" उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नमान्नु, फर्ज (अनिवार्य) नमाजहरू पढ्नु, जकात दिनु र रमजानको रोजा राख्नु।" उनले भने: "अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, मैले यसमा केही कुरा थप्ने छैन।" जब ऊ फर्कन थाल्यो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले कुनै जन्नती (स्वर्गवासी) लाई हेर्न चाहन्छ, उसले यो व्यक्तिलाई देखोस्।"
मुत्तफकुन अलैहिगाउँबाट एकजना सहाबी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भई स्वर्गमा लैजाने कामबारे सोध्नुभयो। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो कि स्वर्गमा प्रवेश र नर्कबाट मुक्ति तब मात्र सम्भव छ जब इस्लामका पाँच स्तम्भहरूको पूर्ण पालना गरिन्छ। उहाँले अगाडि भन्नुभयो कि यसका लागि केवल अल्लाहको उपासना गर्नु अनिवार्य छ र उहाँको उपासना गर्दा कसैलाई पनि उहाँको साझेदार बनाउनु हुँदैन। साथै, अल्लाहले आफ्ना भक्तहरूमाथि अनिवार्य गर्नुभएको पाँच समयको नमाज हरेक दिन पढ्नुपर्छ। अल्लाहले तोक्नुभएको जकात (दान) निकाल्नुपर्छ र त्यसलाई हकदारसम्म पुर्याउनुपर्छ। यसका अतिरिक्त, रमजान महिनाको रोजा (व्रत) तोकिएको समयमै राख्नुपर्छ। यो सुनेर ती सहाबीले भने, "अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, मैले तपाईंबाट सुनेका यी अनिवार्य कार्यहरूमा न त केही थप्नेछु न त केही घटाउनेछु।" जब ती सहाबी फर्कन थाले, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जो व्यक्ति कुनै जन्नती (स्वर्गमा जाने) लाई हेरेर खुसी हुन चाहन्छ, उसले यो गाउँलेलाई हेरोस्।"