





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तकबीर भनी नमाज सुरु गर्नुहुन्थ्यो र जब रुकुका लागि तकबीर भन्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात काँधसम्म उठाउनुहुन्थ्यो। रुकुबाट टाउको उठाउँदा पनि त्यसैगरी दुवै हात उठाउनुहुन्थ्यो र “समिअल्लाहु लिमन् हमिदह, रब्बना व लकल-हम्द” भन्नुहुन्थ्यो। जबकि सज्दामा यसो गर्नुहुन्नथ्यो।
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाजमा तीन स्थानमा आफ्ना दुवै हात काँधको अगाडि वा सो बराबर (काँध अर्थात्, काँधको हड्डी र माथिल्लो बाहुको जोर्नी) सम्म उठाउनुहुन्थ्यो। पहिलो स्थान: जब नमाज़को सुरुमा तकबीर-ए-तहरीमा (अल्लाहु अक्बर) भन्दै नमाज़ आरम्भ गर्नुहुन्थ्यो। दोस्रो स्थान: जब रुकूमा जानेको लागि तकबीर (अल्लाहु अक्बर) भन्नुहुन्थ्यो। तेस्रो स्थान: जब रुकूबाट टाउको उठाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो: "समीअल्लाहु लिमन् हमिदह, रब्बना व लकल हम्द" (अल्लाहले प्रशंसा गर्नेलाई सुन्नुहुन्छ, हे हाम्रा पालनकर्ता! सबै प्रशंसा तिम्रै लागि हो)। र उहाँले सज्दामा जाँदा र सज्दाबाट उठ्ने बेलामा हात उठाउनुहुन्थेन।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई 'तशह्हुद' सिकाउनु भयो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो । (त्यो सिक्ने क्रममा) मेरो हत्केला उहाँको दुवै हत्केलाहरूको बीचमा थियो : ‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ बुखारी र मुस्लिमको अर्को हदीसमा यसरी छ : "इन्न - ल्लाह हुवस्सालामु", त्यसैले जब तिमीहरू मध्ये कोही तशह्हुदमा बस्छ, उसले यसरी भनोस्: ‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन् । ( भक्तको यो प्रार्थानाले आकाश र पृथ्वीमा रहेका हरेक सत्कर्मीलाई लाभ हुनेछ), त्यस अगाडि यो पढ्ने: ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ त्यसपछि आफूले चाहेको दुआहरू गर्न सकिन्छ ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्दुल्लाह बिन मस्उद (रजियल्लाहु अन्हु) लाई नमाजमा पढिने तशह्हुद सिकाउनुभयो । त्यसबेला उनको हात उहाँका दुवै हातको बीचमा थियो, ताकि उनको सम्पूर्ण ध्यान उहाँको कुरामा केन्द्रित रहोस् । उहाँले अब्दुल्लाह बिन मस्उद लाई कुरानको सुरह सिकाए झैँ तशह्हुद सिकाउनुभयो । यसबाट के स्पष्ट हुन्छ भने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तशह्हुदका शब्दहरू र त्यसको अर्थ दुवैको शिक्षामा विशेष ध्यान दिनुहुन्थ्यो। उहाँले भन्नुभयो: 'अत्तहिय्यातु लिल्लाहि' : अर्थात् आदर र सम्मानलाई जनाउने सबै भनाइ र कार्यहरू अल्लाहका लागि हुन् । 'अस्सलवातु' : अर्थात् फर्ज (अनिवार्य) र नफल (स्वैच्छिक) सम्पूर्ण सलाह (नमाज) हरू अल्लाहका लागि हुन् । 'अत्तैयिबातु': अर्थात् पवित्रता र पूर्णतालाई संकेत गर्ने सबै वचन, कार्य र विशेषताहरू अल्लाह सर्वोच्चका लागि हुन् । 'अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु' : अर्थात् यी शब्दहरू नबीको लागि हरेक दु:ख र हानिबाट सुरक्षित हुन र सबै भलाइको वृद्धि र प्रशस्तताको लागि कामना हो । 'अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्' : अर्थात् यसमा नमाज पढ्ने व्यक्ति र आकाश तथा पृथ्वीका हरेक धर्मपरायण भक्तहरूका लागि शान्तिको प्रार्थना छ। 'अश्हदु अल्ला इलाह इल्लल्लाहु' : अर्थात् अल्लाह बाहेक कोही सत्य ईश्वर छैन भन्ने तथ्य दृढ विश्वासका साथ स्वीकार गर्दछु । 'व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह्' : अर्थात् मुहम्मद अल्लाहको भक्त र अन्तिम दूत हुन् भन्ने सत्यलाई म स्वीकार गर्दछु । त्यसपछि रसुल (सल्लल्लाहु अलैहि वसल्लम) ले नमाजी लाई आफूले चाहेको प्रार्थना (दुआ) छनोट गर्न प्रोत्साहन दिनुभयो।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) (अन्तिम तशह्हुदपछि र सलाम फेर्नु अघि) दुआ गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो : "अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिल्-कब्र, व मिन् अजाबिन्नार, व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् फित्-नतिल् मसीहिद्-दज्जाल् ।’ मुस्लिमको हदीसमा छ : "अन्तिम तशह्हुदपछि अल्लाहसँग चार चीजहरूबाट शरण माग : 'मिन् अजाबि जहन्नम व मिन् अजाबिल्-कब्र व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् शर्रिल-मसीहिद्-दज्जाल् ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाहमा अन्तिम तशह्हुदपछि र सलाम फेर्नुअघि चार चीजहरूबाट सुरक्षाको लागि अल्लाहसँग शरण माग्नुहुन्थ्यो र हामीलाई पनि तिनीहरूबाट सुरक्षाको लागि अल्लाहको शरण लिन आदेश दिनुभयो । १- (मिन् अजाबिल्-कब्र) कब्रको(चिहानको) सजायबाट । २- (मिन् अजाबिन्नार) कयामतको दिनमा नरकको सजायबाट । ३- (मिन् फित्-नतिल्-मह्-या) जीवनका प्रलोभनहरूबाट, जस्तै अवैध इच्छाहरू र भ्रामक शंकाहरू । (व मिन् फित्-नतिल्-ममात्) मृत्युको बेला आउने समस्याबाट, जस्तै मृत्युको समयमा इस्लाम वा सुन्नतबाट विचलित हुनु, वा चिहानका परीक्षा र कष्टहरूबाट—जस्तै दुई फरिश्ता (स्वर्गदूत) का प्रश्नहरू। ४- (मिन् फित्-नतिल्-मसीहिद्-दज्जाल्) झूटा दज्जालको फित्नाबाट, जुन अन्तिम समयमा देखा पर्नेछ र जसको माध्यमबाट अल्लाहले आफ्ना भक्हतरूको परीक्षण गर्नुहुनेछ । दज्जालको फित्ना (परीक्षण) ठूलो र भयानक भएकोले यहाँ विशेष रूपमा उल्लेख गरिएको हो ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, तब सुरह फातिहा पढ्न शुरु गर्नुअघि केही बेर मौन रहनुहुन्थ्यो। मैले भने: हे अल्लाहका रसूल! तपाईंको लागि मेरा बुबा र आमा पनि अर्पण हुन्! तपाईं तकबीर र (सुरह फातिहा) बीच मौन रहँदा के पढ्नुहुन्छ? उहाँले भन्नुभयो: "म यो भन्छु: "अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खता-याय, कमा युनक्क स्सौबुल्-अब्यजु मिनद् दनस्, अल्लाहुम्-मग्सिल्नी मिन् खता-याय बिष्षल्जि वल्-माइ वल्-बरद् ।"
मुत्तफकुन अलैहिजब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, सुरह फातिहा पढ्नुअघि केही बेर मौन रहनुहुन्थ्यो। यस अन्तरालमा उहाँले केही दुआ (प्रार्थना)हरू पढ्नुहुन्थ्यो र त्यसपछि आफ्नो नमाज सुरु गर्नुहुन्थ्यो। यी प्रार्थनाहरूमध्ये एक यो हो: "अल्लाहुम्म बाइद् बैनी व बैन खताया-य, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खताया-य, कमा युनक्कस्सौबुल्-अब्यजु मिनद् दनस, अल्लाहुम्मग्सिल्नी मिन् खताया-य बिष्षल्जि वल्-माइ वल्-बरद् ।" यो प्रार्थनामा व्यक्तिले यो भन्छ कि हे अल्लाह! मलाई मेरा पापहरूबाट त्यत्तिकै टाढा राख्नुहोस् जसरी तपाईंले पूर्व र पश्चिमलाई टाढा राख्नुभएको छ। हे अल्लाह! मलाई मेरा पापहरूबाट त्यसरी नै स्वच्छ र शुद्ध पार्नुहोस् जसरी सेतो कपडाबाट फोहोर र दाग सफा गरिन्छ। हे अल्लाह! मेरा पापहरूको जलन र तापलाई शुद्धि गर्ने चिसा कारकहरूद्वारा, जस्तै हिउँ, पानी र असिनाले शीतल पारिदिनुहोस्।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि कुकुरले तपाईहरूमध्ये कसैको भाँडोबाट पानी पिइहाल्यो भने, त्यसलाई सात पटक धुनुपर्छ।" सहीह मुस्लिमको हदीसमा छ: "पहिलो पटक माटोले धुनुपर्छ ।"
मुत्तफकुन अलैहियदि कुकुरले कुनै भाँडामा मुख (जिब्रो) हाल्यो भने, त्यो भाँडालाई सात पटक धुनुपर्छ भनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आदेश दिनुभएको छ। पहिलो पटक माटोले धुनुपर्छ, ताकि भाँडो पूर्णतया सफा होस् र त्यसमा कुनै फोहोर तथा हानिकारक वस्तुहरू बाँकी नरहुन्।
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्नुहुन्थ्यो तब यो दुआ भन्नुहुन्थ्यो: "अल्लाहुम्म इन्नी अऊजु बिक मिनल्-खुबुसि वल्-खबाइस् ।"
मुत्तफकुन अलैहिजब नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब शौच गर्न (पिसाब वा दिसाका लागि) कुनै ठाउँमा प्रवेश गर्न चाहनुहुन्थ्यो, उहाँले अल्लाहसँग पुरुष र महिला शैतानहरूको हानिबाट सुरक्षाको लागि शरण माग्नुहुन्थ्यो। यस दुआमा 'खुबुसि वल्-खबाइस्' शब्दलाई दुष्टता र अपवित्रताको रूपमा पनि व्याख्या गरिएको छ।
सह्ल बिन हुनैफ (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले निष्कपट हृदयले अल्लाहसँग शहादत (धर्मको लागि जीवन उत्सर्ग) प्राप्त गर्न प्रार्थना गर्छ, अल्लाहले उसलाई शहीदहरूकै दर्जामा पुर्याउनुहुन्छ; चाहे उसको मृत्यु आफ्नै ओछ्यानमा नै किन नहोस्।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जसले अल्लाहको मार्गमा लड्दै शहीद हुन र मर्न खोज्छ, यदि ऊ आफ्नो मनसायमा साँचो छ भने, अल्लाहले उसलाई उसको साँचो मनसाय अनुसार शहीदको दर्जा दिनुहुनेछ चाहे उसको मृत्यु ओछ्यानमा किन नहोस्। ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) की श्रीमती मैमुनह (रजियल्लाहु अन्हा) ज्यूले बयान गरेकी छिन्, "मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) का लागि स्नानको पानी तयार गरिदिएँ, अनि एउटा कपडाले उहाँलाई छेकिदिएँ। उहाँले आफ्नो दुवै हातमाथि पानी खन्याएर तिनलाई धुनुभयो, त्यसपछि दाहिने हातले बायाँ हातमाथि पानी खन्याएर आफ्नो लज्जास्थान धुनुभयो, अनि आफ्नो हात जमिनमा दलेर त्यसलाई धुनुभयो। त्यसपछि कुल्ली गर्नुभयो, नाकमा पानी हाल्नुभयो, आफ्नो अनुहार र दुवै हात कुहिनासम्म धुनुभयो, त्यसपछि टाउकोमाथि पानी हालेर सम्पूर्ण शरीरमा खन्याउनुभयो, त्यसपछि आफ्नो स्थानबाट अलि पर सरेर आफ्नो दुवै खुट्टा धुनुभयो । मैले उहाँलाई एउटा कपडा ल्याइदिएँ तर उहाँले नलिई हातले पानी पुछ्न थाल्नुभयो । "
मुत्तफकुन अलैहिआस्थावानहरूकी आमा मैमुनह (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को गुस्ल जनाबतको विधि वर्णन गरेकी छिन्। उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) का लागि नुहाउने पानी राखिन् र उहाँलाई कपडाले छेकिदिइन्, त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) निम्न तरिकाले नुहाउनु भयो : १) उहाँले पानीको भाँडोमा हात हाल्नु अघि आफ्नो दुवै हातमा पानी खन्याएर धुनुभयो । २) उहाँले आफ्नो दाहिने हातले देब्रे हातमा पानी खन्याएर आफ्नो गुप्तांग धुनुभयो; ताकि जनाबत (सम्भोग वा वीर्य निस्के) पछिको फोहोर सफा होस् । ३) उहाँले आफ्नो हात भुइँमा रगडेर राम्रोसँग धुनुभयो, ताकि हातमा लागेको फोहोर सफा होस् । ४) आफ्नो मुख कुल्ला गर्नुभयो; अर्थात् मुखमा पानी हालेर, यताउता घुमाएर बाहिर फ्याँक्नुभयो। त्यसपछि नाक सफा गर्नुभयो; अर्थात्, साससँगै नाकमा पानी तान्नुभयो र त्यसलाई बाहिर फ्याँकेर नाक सफा गर्नुभयो। ५) आफ्नो अनुहार र दुवै हात (कुहिनो समेत) धुनुभयो । ६) आफ्नो टाउकोमा पानी हाल्नुभयो । ७) शरीरको बाँकी भागमा पानी खन्याउनुभयो । ८) उहाँ नुहाएको ठाउँबाट अर्को ठाउँमा सर्नुभयो र खुट्टाहरू धुनुभयो, किनभने पहिले ती धुनुभएको थिएन। । त्यसपछि मैमुना (रजियल्लाहु अन्हा) ले शरीर सुकाउनको लागि एउटा कपडा ल्याइन्, तर उहाँले लिनुभएन र हातले आफ्नो शरीरको पानी पुछ्न थाल्नुभयो ।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) ले गर्दा स्नान गर्नुहुन्थ्यो, तब उहाँले आफ्ना दुवै हात धुनुहुन्थ्यो र नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो, त्यसपछि स्नान गर्नुहुन्थ्यो । त्यसपछि पानी हालेर हातले कपाललाई राम्रोसँग मलेर जरासम्म पानी पुर्याउनु हुन्थ्यो र छाला भिजिसकेको पत्यार हुनसाथ आफुमाथि तीन पटक पानी खन्याएर पुरै शरीरलाई धुनुहुन्थ्यो । उहाँका श्रीमती आइशा (रजियल्लाहु अन्हा) ले भन्नु हुन्छ: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जनाबत (सम्भोगको कारणले हुने अशुद्धि) को स्नान गर्दा पहिले आफ्ना दुवै हात धुनुहुन्थ्यो । त्यसपछि उहाँले नमाजको लागि वुजू गरे झैं वुजू गर्नुहुन्थ्यो । त्यसपछि आफ्नो शरीरमा पानी हाल्नुहुन्थ्यो। त्यसपछि आफ्नो दुवै हातले आफ्नो कपाललाई राम्ररी मलेर भित्रसम्म पानी पुर्याउनु हुन्थ्यो । कपालको जरासम्म पानी पुगेको र टाउको भिजेको महसुस हुँदा आफ्नो टाउकोमा तीन पटक पानी हालेर शरीरको बाँकी भाग धुनुहुन्थ्यो । उहाँका श्रीमती आइशा (रजियल्लाहु अन्हा) ले भन्छिन्: म र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडोबाट पानी लिन्थ्यौं र सँगै नुहाउने गर्दथ्यौं ।