Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way






























Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नुभएको छ, अल्लाहले भन्नुभयो: हे आदमका सन्तानहरू!अनिवार्य र स्वेच्छाले गर्नु पर्ने खर्चहरू गर। मैले तिम्रोलागि सजिलो बनाउनेछु र तिमीलाई यसको प्रतिफल दिनेछु, र यसमा तिमीलाई बरकत/ समृद्धि दिनेछु।"
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पूरा गर्नको लागि सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो, किनभने त्यो शर्तले महिलाको गोप्य अंगलाई हलाल (वैध) गरिएको छ । यी पत्नीले विवाह गर्दा राख्ने वैध शर्तहरू हुन् ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक अनिवार्य नमाजमा सलाम फेरिसकेपछि अल्लाहको पवित्रतालाई यस महान जिक्र मार्फत वर्णन गर्नुहुन्थ्यो, जसको अर्थ हो: "ला इलाहा इल्लल्लाह": अल्लाह बाहेक कोही सत्य ईश्वर छैन । "वह्दहू ला शरीक लहु": उहाँ एक्लै हुनुहुन्छ र (उपासना, प्रभुत्व र नाम र विशेषताहरूमा) उहाँको कुनै साझेदार छैन । "लहुल्मुल्कु" : उहाँको लागि सार्वभौमसत्ता हो । उहाँ सर्वव्यापी, आकाश, पृथ्वी र बिचमा भएका सबै चीजहरूको स्वामी हुनुहुन्छ । “व लहुल्-हम्दु”: सम्पूर्ण प्रशंसाहरू उहाँकै लागि हुन् । उहाँ हरेक दृष्टिले परिर्पूर्ण, सम्पन्न र निरपेक्ष हुनुहुन्छ । उहाँको महिमा दुःख सुख हरेक परिस्थितिमा प्रेम र आदरका साथ वर्णन गरिनेछ । "व हुव अला कुल्लि शैइन् कदीर्": उहाँको शक्ति सबै मामिलामा पूर्ण छ । उहाँको लागि कुनै पनि कुरा असम्भव छैन । उहाँले गर्न नसक्ने केही छैन । "ला हौल वला कुव्वत इल्ला बिल्लाह्": अल्लाहको तौफिक (सहायता) बिना एक अवस्थाबाट अर्को अवस्थामा रूपान्तरण हुने र उहाँको अवज्ञा छोडेर आज्ञापालन गर्ने शक्ति कसैसँग छैन । उहाँ नै वास्तविक सहयोगी हुनुहुन्छ र उहाँमाथि नै सम्पूर्ण भरोसा छ । "ला इलाह इल्लल्लाहु, वला नअ्बुदु इल्ला इय्याह्": अल्लाह बाहेक अरू कोही उपासना योग्य छैन र उहाँको कुनै साझेदार छैन भन्ने कुरामा जोर दिइएको छ । "लहुन्निअ्मतु व लहुल्-फज्लु": उहाँ नै हुनुहुन्छ जसले सबै आशीर्वाद सिर्जना गर्नुहुन्छ, उहाँ तिनीहरूको मालिक हुनुहुन्छ र उहाँले जसमाथि चाहनुहुन्छ ती माथि उपकार गर्नुहुन्छ । "व लहुस्सना उल्-ह सन्": हस्ती, गुण, कर्म, आशिष र हरेक किसिमको उत्कृष्ट प्रशंसा उहाँकै लागि हो। "लाइलाह इल्लल्लाहु मुख्लिसीन लहुद्दीन" हामी इख्लास / निष्ठाका साथ उहाँको उपासना गर्छौं । उहाँको उपासनालाई हरेक किसिमको कपट, पाखण्ड, ढोंग र प्रसिद्ध हुने भावनाबाट मुक्त राख्छौं । "व लौ करिहल्-काफिरून्": हामी तौहीद (अल्लाहलाई एक मान्ने) र उहाँको उपासना गर्नमा अडिग रहनेछौं, चाहे काफिरहरूलाई नराम्रो लागे पनि ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जुल-हिज्जा महिनाको पहिलो दश दिनमा पुण्यका काम गर्नु वर्षको अन्य दिनहरूमा पुण्य कर्महरू गर्नु भन्दा राम्रो छ । त्यसैले उहाँका साथीहरूले सोधे, यी दस दिनहरू बाहेक अन्य दिनहरूमा अल्लाहको मार्गमा जिहाद गर्नु उत्तम हो कि यी दस दिनमा सत्कर्म गर्नु ? किनभने जिहाद उत्तम कार्यहरू मध्ये एक हो भन्ने कुरा उनीहरूलाई थाहा थियो । यसको जवाफ दिँदै रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : यी दश दिनहरूमा राम्रो काम गर्नु अन्य दिनहरूमा जिहाद गर्नु भन्दा राम्रो हो! त्यो व्यक्ति बाहेक जसले अल्लाहको बाटोमा जिहादको लागि आफ्नो जीउधनलाई जोखिममा राखेर निस्क्यो र अल्लाहको बाटोमा आफ्नो सम्पत्ति र ज्यान सबै थोक अर्पण गर्यो । यी दश दिनहरूमा पुण्य कर्म गर्नुभन्दा यो व्यक्तिको यस कर्म (शहादत) उत्तम हो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अस्रको नमाजलाई निर्धारित समयबाट जानाजानी ढिलो नगर्ने चेतावनी दिनुभएको छ र यसो गर्ने व्यक्तिको कर्म बर्बाद र व्यर्थ हुनेछ भनी बताउनुभएको छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले वुजुको सुन्नत र शिष्टाचारको पालना गर्दै वजू गर्छ, उसका पापहरू मेटिन्छन् । यहाँसम्म उसको हात र खुट्टाको औंलाको नङ मुनिबाट पनि पाप निस्कन्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भएको छ, जब कुनै व्यक्तिले आफ्नो घरका सदस्यहरू जस्तै पत्नी, आमाबाबु र छोराछोरीहरू जसमाथि खर्च गर्नु उसको कर्तव्य हो, अल्लाहको प्रसन्नता प्राप्त गर्न र पुण्य प्राप्त गर्ने उद्देश्यले खर्च गर्दछ, उसले दानको इनाम पाउनेछ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कपालको केही भाग खौरन र केही भाग छोड्न निषेध गर्नुभएको छ । कपालको केही भाग खौरन र केही भाग छोड्न हुकुम बालक, जवान र वृद्ध सबै पुरुषका लागि हुन् । महिलाले कपाल खौरन अनुमति छैन ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाहले उहाँलाई नमाज पढ्दा शरीरको सातवटा अंगहरूमा सजदा गर्न आदेश दिनुभएको छ। यी सात अंगहरू यस प्रकार छन्: १) निधार, यो नाक र आँखामाथि अनुहारको भाग हो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अनुहारको नाम लिने क्रममा हातले नाकतिर इशारा गरेर निधार र नाक एउटै अंग हो र यो सातमध्ये एक हो र सज्दा गर्नेले नाक भुइँमा राख्नुपर्छ भनी बताउनुभयो । २) र ३) दुवै हात । ४) र ५) दुवै घुँडा । ६) र ७) दुवै खुट्टाका औंलाहरू । उहाँले हामीलाई सज्दा गर्दा आफ्नो कपाल र कपडालाई बचाउनको लागि बाँध्न वा जम्मा नगर्न आदेश पनि दिनुभयो, बरु, हामीलाई कपाल र कपडालाई जुन अवस्थामा छ त्यही अवस्थामा छोड्न आदेश दिनुभयो ताकि सज्दा गर्दा ती अङ्गहरूसँगै जमिनमा परून्।