Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way






























Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभयो, कयामतको दिन नर्कवासीहरूमध्ये सबैभन्दा कम सजाय पाउने व्यक्ति त्यो हुनेछ जसको लागि दुईवटा जुत्ता र जुत्ता बाँध्ने दुईवटा आगोका डोरीहरू हुनेछन्, जसबाट उसको दिमाग भाँडो जस्तै खोलिनेछ। उसले सोच्नेछ, उसलाई भन्दा कडा सजाय कसैलाई दिइएको छैन, तर वास्तवमा उसले सबैभन्दा हल्का सजाय भोगिरहेको हुनेछ। यसले शारीरिक र मानसिक दुःखद यातनालाई एकसाथ एकत्र गर्दछ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एकअर्कालाई सलाम (अभिवादन) गर्ने शिष्टाचार सिकाउनुभएको छ : 'अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु' (तपाईंमाथि अल्लाहको दया र आशीर्वाद होस्) सानोले ठूलोलाई, सवारले हिँड्नेलाई, हिँड्नेले बसेकालाई र सानो समूहले ठूलो समूहलाई सलाम गर्नुपर्ने हुन्छ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई पुण्य र पापको बारेमा सोधियो, उहाँले भन्नुभयो: अल्लाहसँग तक्वाको साथ राम्रो स्वभाव देखाउनु नै सबैभन्दा ठूलो गुण हो। मानिसहरूसँग सहनशीलता, क्रोधलाई कम गर्नु, हँसिलो अनुहार, मधुर बोली, सम्बन्ध जोड्नु, आज्ञापालन, दयालुता, परोपकार, राम्रो संगत र मेलमिलापपूर्ण बसोबास गर्नु हो। पाप भनेको, जुन मनभित्र शङ्कास्पद कुराहरूको रूपमा उत्पन्न हुन्छ र जसमा आत्मा निश्चिन्त हुन सक्दैन। मनमा त्यसबाट शङ्का उत्पन्न हुन्छ र त्यसलाई पाप हो कि भन्ने डर रहन्छ। आत्माले यो पापलाई प्रकट गर्न चाहँदैन, किनकि यो प्रतिष्ठित र आदर्श व्यक्तिहरूको नजरमा कुरूप देखिन्छ। यो यस कारण हो कि आत्मा स्वाभाविक रूपमा आफ्नो राम्रो पक्ष अरूलाई देखाउन चाहन्छ। यदि आत्माले आफ्नो केही कर्म अरूले थाहा पाउन मन पराउँदैन भने, त्यो पाप हो, जसमा कुनै भलाई हुँदैन।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि अल्लाहले आफ्नो भक्तको तौबा (पश्चात्ताप) स्वीकार गर्नुहुन्छ । यदि कुनै व्यक्तिले दिनमा पाप गर्छ र रातमा पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ; र यदि उसले रातमा पाप गर्छ र दिनमा पश्चात्ताप गर्छ भने पनि अल्लाहले उसको पश्चात्ताप स्वीकार गर्नुहुन्छ। महान् अल्लाहले तौबा (पश्चात्ताप) स्वीकार गरी प्रसन्न भएर आफ्नो हात फैलाउनुहुन्छ। जबसम्म सूर्य पश्चिमबाट उदाउँदैन, तबसम्म पश्चात्तापको ढोका खुला रहनेछ; किनभने पश्चिमबाट सूर्य उदाउनु भनेको पश्चात्तापको ढोका बन्द हुनु र संसारको अन्त्य निकट हुनुको संकेत हो।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई भन्नुभयो: अघिल्ला समयका सन्देष्टाहरूले गरेका उपदेशहरू जो मानिसहरू बीचमा फैलिएका छन् र सन्तान दर सन्तान हस्तान्तरण हुँदै यो समुदायका पहिलो वंशज सम्म आइ पुगे, तीमध्ये यो पनि हो कि जुन काम तपाईं गर्न लाग्नु भएको छ त्यसलाई हेर्नु होस्, यदि त्यो काम गर्नका लागि कुनै लाज छैन भने त्यो काम गरि हाल्नुस् र यदि त्यो काममा तपाईंलाई लाज मान्नु पर्ने छ भने , त्यसलाई छोडिदिनुहोस्; नराम्रो कर्मको बाधक भनेको लाज लाग्नु हो र जसलाई लाज हुँदैन ऊ हरेक प्रकारका अनैतिक र निन्दनीय कामहरूमा लिप्त हुन्छ ।
इब्न उमर (रजियल्लाहु अन्हुमा) ले उल्लेख गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको काँध समात्नुभयो -जुन माथिल्लो पाखुरा र काँधको जोड हो- र उनलाई भन्नुभयो: यस संसारमा यसरी बस, मानौं तिमी एक अपरिचित छौ जो त्यस्तो भूमिमा आएको छ जहाँ उसलाई आश्रय दिने कुनै बासस्थान छैन, न त उसलाई सान्त्वना दिने कुनै साथी, परिवार छन्, यी सबै कारण हुन् सृष्टिकर्ताबाट टाढा गर्ने । यो भन्दा अझ बाटो हिँड्ने अपरिचित व्यक्ति भन्दा झनै बढी हुनु , जो आफ्नो मातृभूमि जानका लागि बाटो लागी रहेको हुन्छ । अपरिचित मान्छे त कहिल्यै कुनै न चिनेको ठाउँमा रोकिन्छ पनि , तर आफ्नो शहरका लागि हिँडेको मान्छे, हिँडेको हिँड्यै गर्छ, कतै रोकिन्न, उसको नजरमा केवल गन्तव्य हुन्छ । त्यसैले एउटा यात्रुले जसरी उसलाई गन्तव्य सम्म पुर्याउन आवश्यक पर्ने कुराहरू मात्र लिन खोज्छ त्यसरी नै एउटा इमान वालाका लागि पनि सांसारिक कुराहरूबाट त्यत्ति नै कुराहरू जम्मा गर्नु जरुरी जान्नु पर्छ जतिले ऊ आफ्नो गन्तव्य (जन्नत) सम्म पुग्छ । अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले यो उपदेशलाई पूरा पूरा व्यवहारमा ल्याउनु भयो । उहाँ भन्ने गर्नुहुन्थ्यो :बिहान भए रात आउने प्रतिक्षा नगर र रात परे बिहान हुन्छ भनेर नपर्ख । आफूलाई कब्र (समाधि) मा पुरिएका मान्छेहरू मध्ये गणना गर । किनभने मान्छेको जिन्दगी स्वास्थ्य र बिमारीबाट खाली हुँदैन । त्यसैले बिरामी पर्नु भन्दा पहिला स्वास्थ्य भएको बेलामा पुण्यका कामहरू गरि हाल । सन्चो भएको बेलामा पुण्यका कामहरू गर्दै जाऊ , कतै रोग लागेर बाटो नछेकियोस् । यस लोकको जीवनलाई सुनौलो अवसर मानेर यस्ता कुराहरू जम्मा गर जो मरे पछि काम लागून् ।
एक जना मान्छेले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित गुनासो गर्यो, नफ्ली (ऐच्छिक) उपासनाहरूको संख्या धेरै भएको अनि आफु कमजोर भएकोले त्कायसलाई पुरा गर्न असमर्थ छु। त्यसपछि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई एउटा सजिलो कामको लागि मार्गदर्शन गर्न आग्रह गरे जसले ठूलो प्रतिफल ल्याउनेछ, जुन उसले पालन गर्न र दृढतापूर्वक समात्न सक्नेछ। सो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई यसको तरिका बताउनु भयो, निरन्तर मुखमा अल्लाह जिक्र होस् र हरेक अवस्था र हालतमा अल्लाहको याद होस्; जिक्रमा सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, अस्तग्फिरुल्लाह आदि दुआहरू ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जबसम्म कुनै मुस्लिमले आफ्नो भाइको लागि आफूलाई मन पर्ने आज्ञाकारिता अनि दीन र दुनियाँका राम्रा कुराहरू मन पराउँदैन र आफुले घृणा गर्ने कुरा उसको लागि घृणा गर्दैन, तबसम्म उसको ईमान पूर्ण हुन सक्दैन । यदि उसले कुनै मुस्लिम भाइमा धार्मिक कुराहरूमा केही कमीकमजोरी देख्छ भने उसले त्यसलाई सुधार्ने प्रयास गर्नुपर्छ । यदि उसमा कुनै भलाई देख्छ भने त्यसमा उसको साथ र सहयोग गर्नुपर्छ । दीन र दुनियाँका कुराहरूमा राम्रो सल्लाह दिनुपर्छ ।
नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले मुस्लिमले आफ्नो मुस्लिम भाइलाई गाली गर्न र श्राप्न मनाहि गर्नु भएको छ; र यो फिस्क (अवज्ञा) हो, अर्थात् अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञाको उल्लंघन गर्नु हो । मुस्लिमले आफ्नो मुस्लिम भाइसित काटमार गर्नु कुफ्र हो, तर यो कुफ्रे अस्गर (सानो कुफ्र) हो ।